• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, पुस २६, २०८२ Sat, Jan 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

प्रमुख खाद्यान्न बालीमै नेपाल परनिर्भर, पछिल्लो समय उत्पादन बढ्दा आयात घट्दो

64x64
कल्पना घिमिरे शनिबार, चैत २५, २०७९  २०:२८
1140x725

काठमाडौं– नेपालमा धान, मकै, गहुँ र कोदो यी चार मुख्य खाद्यान्न बाली मानिन्छन्। तर, यी प्रमुख बालीमै नेपाल नेपाल आत्मनिर्भर हुन सकेको छैन। यी चार खाद्यान्न बालीमा नै बर्सेनि अर्बौंको आयात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ। तर, पछिल्लो समय भने केही प्रतिशत कम आयात हुन थालेको विभागले जनाएको छ।

पछिल्लो समय गहुँ आयात घट्नुमा गहुँमा भारतले कोटा प्रणाली लागू गर्नु हो भने अन्य धान, मकै, कोदो स्वदेशी उत्पादनमा थोरै वृद्धि हुँदा आयातमा कमी आएको देखिन्छ। आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले मुख्य रूपमा आयात हुने धान, गहुँ, मकै र तरकारी आयात ३० प्रतिशतले घटाउने बताएका थिए।

चालू आर्थिक वर्षको साउन महिनादेखि फागुन मसान्तसम्म (८ महिनामा) ३९ अर्ब ११ करोड ९० लाख ९३ हजार रूपैयाँको ८७२७४०.९८ मेट्रिक टन धान, मकै, गहुँ र कोदो आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ। गत आर्थिक वर्षमा ५७ अर्ब २६ करोड ५ लाख ३७ हजार रूपैयाँको १४९४५८.८० मेट्रिक टन आयात भएको थियो। गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्ष ४०.५८ प्रतिशतले कम आयात भएको विभागको तथ्यांकले देखाउँछ।

चालू आर्थिक वर्षको ८ महिनामा नेपालले २६ अर्ब ७ करोड ४७ लाख ४९ हजार रूपैयाँको ५,७५,७७४.४ हजार मेट्रिक टन धान मात्रै आयात गरेको आयात गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ। जसमध्ये ४ करोड २७ लाख ७० हजार रूपैयाँको १३१.३ मेट्रिक टन धानको बीउ आयात भएको छ।

यस्तै १४ अर्ब २६ करोड ३ लाख ५६ हजार रूपैयाँको ३,९४,६८१.५८ मेट्रिक टन धान आयात भएको छ भने ११ अर्ब ४८ करोड १० लाख १० हजार रूपैयाँको १,७१,९१७.२९  मेट्रिक टन चामल आयात भएको छ। यस्तै २७ हजार रूपैयाँको ६०२ केजी ब्राउन राइस आयात भएको छ। २८ करोड २७ लाख ९८ हजार रूपैयाँको कनिका आयात भएको विभागको तथ्यांकमा छ। १८ लाख १५ हजार रूपैयाँको ३३.०९ मेट्रिक टन धानको भुजा र ५९ लाख ७३ हजार रूपैयाँको १५१.३८ मेट्रिक टन चिउरा आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।

सोही अवधिमा ११ अर्ब ६० करोड ६१ लाख ५१ हजार रूपैयाँको २,६८,३४७.२१ मेट्रिक टन मकै आयात भएको विभागको तथ्यांकमा उल्लेख छ। जसमा ११ अर्ब ३ करोड ९९ लाख २१ हजार रूपैयाँको  २६०,२४४.९४ मेट्रिक टन मकैको बीउ आयात भएको विभागको तथ्यांकमा छ। यस्तै ५६ करोड ६२ लाख ३० हजार रूपैयाँको ८,१०२.२८ मेट्रिक टन मकैको पिठो तथा मकैबाट बनेका अन्य वस्तु आयात भएको विभागको तथ्यांकमा उल्लेख छ।

सोही अवधिमा १ अर्ब ४२ करोड ६१ लाख ५८ हजार रूपैयाँको २८,२६६.५७ मेट्रिक टन गहुँ आयात भएको विभागको तथ्यांकमा छ। जसमध्ये १ अर्ब २१ करोड ८५ लाख २० हजार रूपैयाँको २७,२०२.९२ मेट्रिक टन आयात भएको छ। २० करोड ३४ लाख ९७ हजार रूपैयाँको गहुँको मैदा आटा आयात भएको छ भने गहुँको बीउ मात्रै ४१ लाख ४१ हजार रूपैयाँको ५९.३० मेट्रिक टन आयात भएको छ। सोही अवधिमा १ करोड २० लाख ३६ हजार रूपैयाँको ३५२.८१ मेट्रिक टन कोदो आयात भएको विभागको तथ्यांकमा छ। 

धान, मकै, गहुँ र कोदोको आयात घट्दो
पछिल्लो वर्ष धान, मकै, कोदो र गहुँ आयातमा केही परिमाण घटेको पाइन्छ। चालू आर्थिक वर्षको ८ महिनामा नेपालले २६ अर्ब ७ करोड ४७ लाख ४९ हजार रूपैयाँको ५७५,७७४.४ हजार मेट्रिक टन धान आयात भएको विभागको तथ्यांकले देखाउँछ। गत आर्थिक वर्षको ८ महिनामा ३६ अर्ब ७७ करोड १० लाख ५३ हजार रूपैयाँको ९११,५६९.९१ मेट्रिक टन धान आयात भएको विभागको तथ्यांकमा छ। यस्तै आर्थिक वर्ष २०७७/०७८ मा ३५ अर्ब १५ करोड ५० लाख ४१ हजार रूपैयाँको ९४८८७६.१५ मेट्रिक टन धानचामल आयात भएको विभागको तथ्यांकमा छ।

Ncell 2
Ncell 2

चालू आर्थिक वर्षको ८ महिनामा ११ अर्ब ६० करोड ६१ लाख ५१ हजार रूपैयाँको २,६८,३४७.२१ मेट्रिक टन मकै आयात भएको विभागको तथ्यांकमा उल्लेख छ। गत आर्थिक वर्षको ८ महिनामा १४ अर्ब ८६ करोड ६७ लाख ८६ हजार रूपैयाँको ४१७,५५२.४५ मेट्रिक टन मकै आयात भएको थियो। यस्तै आर्थिक वर्ष २०७७/०७८ को ८ महिनामा ११ अर्ब ५३ करोड ६६ लाख २६ हजार रूपैयाँको ४२७५१२.६९ मेट्रिक टन मकै आयात भएको विभागको तथ्यांकमा छ।

चालू आर्थिक वर्षको ८ महिनामा १ अर्ब ४२ करोड ६१ लाख ५८ हजार रूपैयाँको २८२६६.५७ मेट्रिक टन गहुँ आयात भएको विभागको तथ्यांकमा छ। यस्तै गत आर्थिक वर्षको ८ महिनामा ५ अर्ब ६० करोड ८ लाख ४७ हजार रूपैयाँको १६४,८२०.९४ मेट्रिक टन आयात भएको थियो। यस्तै आर्थिक वर्ष २०७७/०७८ को ८ महिनामा ८ अर्ब ९ करोड ४० लाख ६४ हजार रूपैयाँको २५१,९५७.६९ मेट्रिक टन गहुँ आयात भएको विभागको तथ्यांकमा छ।

चालू आर्थिक वर्षको १ करोड २० लाख ३६ हजार रूपैयाँको ३५२.८१ मेट्रिक टन कोदो आयात भएको विभागको तथ्यांकमा छ। गत आर्थिक वर्षको ८ महिनामा २ करोड १८ लाख ५१ हजार रूपैयाँको ६४५.४९ मेट्रिक टन कोदो आयात भएको विभागको तथ्यांकमा छ। यस्तै आर्थिक वर्ष २०७७/०७८ को ८ महिनामा ४ करोड ९८ लाख २७ हजार रूपैयाँको १५०५.८३ मेट्रिक टन कोदो आयात भएको छ।

धान उत्पादन बढ्दै
कृषि मन्त्रालयका अनुसार चालू आर्थिक वर्ष ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान उत्पादन भएको छ। आर्थिक वर्ष २०७८/०७९ मा नेपालमा ५१ लाख ३० हजार ६२५ मेट्रिक टन मात्रै धान उत्पादन भएको थियो। जुन गत वर्षभन्दा ३ लाख ५५ हजार ८४७ मेट्रिक टनले धेरै हो।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा १४,७३,४७४ हेक्टर जमिनमा ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान फलेको थियो। आर्थिक वर्ष २०७६/०७७ मा १४,५८,९१५ हेक्टर जमिनमा ५५ लाख ५० हजार ८७८ मेट्रिक टन धान फलेको थियो। आर्थिक वर्ष २०७५/०७६ मा १४,९१,७४४ हेक्टर जमिनमा खेती हुँदा ५६ लाख १० हजार ११ मेट्रिक टन धान फलेको थियो।

बर्सेनि २८ लाख मेट्रिक टन मकै उत्पादन 
आर्थिक वर्ष २०७८/०७९ मा कृषि मन्त्रालयले ३१ लाख ६ हजार मेट्रिक टन मकै उत्पादन भएको जनाएको छ। यस्तै आर्थिक वर्ष २०७७/०७८ मा ९,७९,७७६ हेक्टर जमिनमा २९ लाख ९७ हजार ७३३ मेट्रिक टन मकै उत्पादन भएको थियो। आर्थिक वर्ष २०७६/०७७ मान ९५७६५० हेक्टर जमिनमा २८ लाख ३५ हजार ६७४ मेट्रिक टन मकै फलेको थियो। आर्थिक वर्ष २०७५/०७६ मा ९,५६,४४७ हेक्टर जमिनमा २७ लाख १३ हजार ६३५ मेट्रिक टन मकै फलेको कृषि मन्त्रालयले जनाएको छ।

वार्षिक २० लाख मेट्रिकटन गहुँ उत्पादन 
मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा सात लाख १६ हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती भएकोमा २१ लाख ४४ हजार ५६८ मेट्रिक टन उत्पादन भएको थियो। आर्थिक वर्ष २०७७/०७८ मा सात लाख ११ हजार हेक्टरमा खेती भई २१ लाख २७ हजार २७६ मेट्रिक टन गहुँ उत्पादन भएको थियो। आर्थिक वर्ष २०७६/०७७ मा ७०७५०५ हेक्टर जमिनमा २१ लाख ८५ हजार २८९ मेट्रिक टन गहुँ फलेको थियो। आर्थिक वर्ष २०७५/०७६ मा ७,०३,९९२ हेक्टर जमिनमा २० लाख ५ हजार ६६५ मेट्रिक टन गहुँ फलेको कृषि मन्त्रालयले जनाएको छ। 

७.७ प्रतिशत जमिनमा मात्रै कोदो खेती
नेपालका कूल खाद्यान्न बालीहरुको क्षेत्रफलमध्ये ७.७ प्रतिशत हिस्सामा कोदो खेती हुन्छ। जसमध्ये पहाडी जिल्लामा ९५ प्रतिशत भू–भागमा खेती हुने गरेको कृषि मन्त्रालयले जनाएको छ। आर्थिक वर्ष २०७५/०७६ मा २६३२६१ हेक्टर जमिनमा कोदो खेती गर‍िएको थियो। सोही वर्ष ३ लाख १४ हजार २२५ मेट्रिक टन कोदा उत्पादन भएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ।

त्यस्तै आर्थिक वर्ष २०७६/०७७ मा २,६२,५४७ हेक्टर जमिनमा कोदो खेती गरिएको थियो। सो वर्ष ३ लाख २० हजार ९५३ मेट्रिक टन कोदो उत्पादन भएको थियो। आर्थिक वर्ष २०७७/०७८ मा २,६५,४०१ हेक्टर जमिनमा कोदो खेती भएको थियो। उक्त वर्ष ३ लाख २६ हजार ४४३ मेट्रिक टन कोदो उत्पादन भएको थियो।

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  २०:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
हरियो धनियाँ र काँक्रोमा भेटियो अत्याधिक विषादी बिहीबार भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा ५५.२९ प्रतिशत र नवलपरासीबाट ल्याइएको काँक्रोमा ४६.५ प्रतिशत... बिहीबार, मंसिर ४, २०८२
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य त्यसैगरी, मटरकोसा प्रतिकिलो १६०, घिउ सिमी (लोकल) प्रतिकिलो १५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १५०, घिउ सिमी (राजमा) प्रतिकिलो १००, ट... शनिबार, कात्तिक २९, २०८२
कृषिवस्तुहरु ओसारपसार तथा ढुवानीमा सहयोग गरिदिन कृषि विभागको आग्रह ढुवानीको क्रममा राजमार्गमा सिर्जित समस्याले कृषक/कृषि उद्यमी एंव कृषि व्यवसायीबाट गुनासो आएकाले ओसारपसारमा सहजीकरण गरिदिन विभागले आग... शुक्रबार, भदौ २७, २०८२
ताजा समाचारसबै
काँग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै शनिबार, पुस २६, २०८२
आजदेखि एमाले केन्द्रीय कमिटी बैठक शुरु हुँदै, यस्ता छन् छलफलका एजेन्डा शनिबार, पुस २६, २०८२
पूर्वमन्त्री होमनाथ दाहालको निधन शनिबार, पुस २६, २०८२
यस्तो रहनेछ देशभरको मौसम शनिबार, पुस २६, २०८२
यस्तो रहनेछ देशभरको मौसम शनिबार, पुस २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
संगठनको विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ वक्तव्य, चुनावमा केन्द्रित हुन आह्वान शुक्रबार, पुस २५, २०८२
कांग्रेसभित्रको विवाद उत्कर्षमा: संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्दै शुक्रबार, पुस २५, २०८२
काँग्रेसका १७ भ्रातृ संगठन विशेष महाधिवेशनको विपक्षमा शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्