• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

प्रमुख खाद्यान्न बालीमै नेपाल परनिर्भर, पछिल्लो समय उत्पादन बढ्दा आयात घट्दो

64x64
कल्पना घिमिरे शनिबार, चैत २५, २०७९  २०:२८
1140x725

काठमाडौं– नेपालमा धान, मकै, गहुँ र कोदो यी चार मुख्य खाद्यान्न बाली मानिन्छन्। तर, यी प्रमुख बालीमै नेपाल नेपाल आत्मनिर्भर हुन सकेको छैन। यी चार खाद्यान्न बालीमा नै बर्सेनि अर्बौंको आयात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ। तर, पछिल्लो समय भने केही प्रतिशत कम आयात हुन थालेको विभागले जनाएको छ।

पछिल्लो समय गहुँ आयात घट्नुमा गहुँमा भारतले कोटा प्रणाली लागू गर्नु हो भने अन्य धान, मकै, कोदो स्वदेशी उत्पादनमा थोरै वृद्धि हुँदा आयातमा कमी आएको देखिन्छ। आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले मुख्य रूपमा आयात हुने धान, गहुँ, मकै र तरकारी आयात ३० प्रतिशतले घटाउने बताएका थिए।

चालू आर्थिक वर्षको साउन महिनादेखि फागुन मसान्तसम्म (८ महिनामा) ३९ अर्ब ११ करोड ९० लाख ९३ हजार रूपैयाँको ८७२७४०.९८ मेट्रिक टन धान, मकै, गहुँ र कोदो आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ। गत आर्थिक वर्षमा ५७ अर्ब २६ करोड ५ लाख ३७ हजार रूपैयाँको १४९४५८.८० मेट्रिक टन आयात भएको थियो। गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्ष ४०.५८ प्रतिशतले कम आयात भएको विभागको तथ्यांकले देखाउँछ।

चालू आर्थिक वर्षको ८ महिनामा नेपालले २६ अर्ब ७ करोड ४७ लाख ४९ हजार रूपैयाँको ५,७५,७७४.४ हजार मेट्रिक टन धान मात्रै आयात गरेको आयात गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ। जसमध्ये ४ करोड २७ लाख ७० हजार रूपैयाँको १३१.३ मेट्रिक टन धानको बीउ आयात भएको छ।

यस्तै १४ अर्ब २६ करोड ३ लाख ५६ हजार रूपैयाँको ३,९४,६८१.५८ मेट्रिक टन धान आयात भएको छ भने ११ अर्ब ४८ करोड १० लाख १० हजार रूपैयाँको १,७१,९१७.२९  मेट्रिक टन चामल आयात भएको छ। यस्तै २७ हजार रूपैयाँको ६०२ केजी ब्राउन राइस आयात भएको छ। २८ करोड २७ लाख ९८ हजार रूपैयाँको कनिका आयात भएको विभागको तथ्यांकमा छ। १८ लाख १५ हजार रूपैयाँको ३३.०९ मेट्रिक टन धानको भुजा र ५९ लाख ७३ हजार रूपैयाँको १५१.३८ मेट्रिक टन चिउरा आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।

सोही अवधिमा ११ अर्ब ६० करोड ६१ लाख ५१ हजार रूपैयाँको २,६८,३४७.२१ मेट्रिक टन मकै आयात भएको विभागको तथ्यांकमा उल्लेख छ। जसमा ११ अर्ब ३ करोड ९९ लाख २१ हजार रूपैयाँको  २६०,२४४.९४ मेट्रिक टन मकैको बीउ आयात भएको विभागको तथ्यांकमा छ। यस्तै ५६ करोड ६२ लाख ३० हजार रूपैयाँको ८,१०२.२८ मेट्रिक टन मकैको पिठो तथा मकैबाट बनेका अन्य वस्तु आयात भएको विभागको तथ्यांकमा उल्लेख छ।

सोही अवधिमा १ अर्ब ४२ करोड ६१ लाख ५८ हजार रूपैयाँको २८,२६६.५७ मेट्रिक टन गहुँ आयात भएको विभागको तथ्यांकमा छ। जसमध्ये १ अर्ब २१ करोड ८५ लाख २० हजार रूपैयाँको २७,२०२.९२ मेट्रिक टन आयात भएको छ। २० करोड ३४ लाख ९७ हजार रूपैयाँको गहुँको मैदा आटा आयात भएको छ भने गहुँको बीउ मात्रै ४१ लाख ४१ हजार रूपैयाँको ५९.३० मेट्रिक टन आयात भएको छ। सोही अवधिमा १ करोड २० लाख ३६ हजार रूपैयाँको ३५२.८१ मेट्रिक टन कोदो आयात भएको विभागको तथ्यांकमा छ। 

धान, मकै, गहुँ र कोदोको आयात घट्दो
पछिल्लो वर्ष धान, मकै, कोदो र गहुँ आयातमा केही परिमाण घटेको पाइन्छ। चालू आर्थिक वर्षको ८ महिनामा नेपालले २६ अर्ब ७ करोड ४७ लाख ४९ हजार रूपैयाँको ५७५,७७४.४ हजार मेट्रिक टन धान आयात भएको विभागको तथ्यांकले देखाउँछ। गत आर्थिक वर्षको ८ महिनामा ३६ अर्ब ७७ करोड १० लाख ५३ हजार रूपैयाँको ९११,५६९.९१ मेट्रिक टन धान आयात भएको विभागको तथ्यांकमा छ। यस्तै आर्थिक वर्ष २०७७/०७८ मा ३५ अर्ब १५ करोड ५० लाख ४१ हजार रूपैयाँको ९४८८७६.१५ मेट्रिक टन धानचामल आयात भएको विभागको तथ्यांकमा छ।

Ncell 2
Ncell 2
nimb
nimb

चालू आर्थिक वर्षको ८ महिनामा ११ अर्ब ६० करोड ६१ लाख ५१ हजार रूपैयाँको २,६८,३४७.२१ मेट्रिक टन मकै आयात भएको विभागको तथ्यांकमा उल्लेख छ। गत आर्थिक वर्षको ८ महिनामा १४ अर्ब ८६ करोड ६७ लाख ८६ हजार रूपैयाँको ४१७,५५२.४५ मेट्रिक टन मकै आयात भएको थियो। यस्तै आर्थिक वर्ष २०७७/०७८ को ८ महिनामा ११ अर्ब ५३ करोड ६६ लाख २६ हजार रूपैयाँको ४२७५१२.६९ मेट्रिक टन मकै आयात भएको विभागको तथ्यांकमा छ।

चालू आर्थिक वर्षको ८ महिनामा १ अर्ब ४२ करोड ६१ लाख ५८ हजार रूपैयाँको २८२६६.५७ मेट्रिक टन गहुँ आयात भएको विभागको तथ्यांकमा छ। यस्तै गत आर्थिक वर्षको ८ महिनामा ५ अर्ब ६० करोड ८ लाख ४७ हजार रूपैयाँको १६४,८२०.९४ मेट्रिक टन आयात भएको थियो। यस्तै आर्थिक वर्ष २०७७/०७८ को ८ महिनामा ८ अर्ब ९ करोड ४० लाख ६४ हजार रूपैयाँको २५१,९५७.६९ मेट्रिक टन गहुँ आयात भएको विभागको तथ्यांकमा छ।

चालू आर्थिक वर्षको १ करोड २० लाख ३६ हजार रूपैयाँको ३५२.८१ मेट्रिक टन कोदो आयात भएको विभागको तथ्यांकमा छ। गत आर्थिक वर्षको ८ महिनामा २ करोड १८ लाख ५१ हजार रूपैयाँको ६४५.४९ मेट्रिक टन कोदो आयात भएको विभागको तथ्यांकमा छ। यस्तै आर्थिक वर्ष २०७७/०७८ को ८ महिनामा ४ करोड ९८ लाख २७ हजार रूपैयाँको १५०५.८३ मेट्रिक टन कोदो आयात भएको छ।

धान उत्पादन बढ्दै
कृषि मन्त्रालयका अनुसार चालू आर्थिक वर्ष ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान उत्पादन भएको छ। आर्थिक वर्ष २०७८/०७९ मा नेपालमा ५१ लाख ३० हजार ६२५ मेट्रिक टन मात्रै धान उत्पादन भएको थियो। जुन गत वर्षभन्दा ३ लाख ५५ हजार ८४७ मेट्रिक टनले धेरै हो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा १४,७३,४७४ हेक्टर जमिनमा ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान फलेको थियो। आर्थिक वर्ष २०७६/०७७ मा १४,५८,९१५ हेक्टर जमिनमा ५५ लाख ५० हजार ८७८ मेट्रिक टन धान फलेको थियो। आर्थिक वर्ष २०७५/०७६ मा १४,९१,७४४ हेक्टर जमिनमा खेती हुँदा ५६ लाख १० हजार ११ मेट्रिक टन धान फलेको थियो।

बर्सेनि २८ लाख मेट्रिक टन मकै उत्पादन 
आर्थिक वर्ष २०७८/०७९ मा कृषि मन्त्रालयले ३१ लाख ६ हजार मेट्रिक टन मकै उत्पादन भएको जनाएको छ। यस्तै आर्थिक वर्ष २०७७/०७८ मा ९,७९,७७६ हेक्टर जमिनमा २९ लाख ९७ हजार ७३३ मेट्रिक टन मकै उत्पादन भएको थियो। आर्थिक वर्ष २०७६/०७७ मान ९५७६५० हेक्टर जमिनमा २८ लाख ३५ हजार ६७४ मेट्रिक टन मकै फलेको थियो। आर्थिक वर्ष २०७५/०७६ मा ९,५६,४४७ हेक्टर जमिनमा २७ लाख १३ हजार ६३५ मेट्रिक टन मकै फलेको कृषि मन्त्रालयले जनाएको छ।

वार्षिक २० लाख मेट्रिकटन गहुँ उत्पादन 
मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा सात लाख १६ हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती भएकोमा २१ लाख ४४ हजार ५६८ मेट्रिक टन उत्पादन भएको थियो। आर्थिक वर्ष २०७७/०७८ मा सात लाख ११ हजार हेक्टरमा खेती भई २१ लाख २७ हजार २७६ मेट्रिक टन गहुँ उत्पादन भएको थियो। आर्थिक वर्ष २०७६/०७७ मा ७०७५०५ हेक्टर जमिनमा २१ लाख ८५ हजार २८९ मेट्रिक टन गहुँ फलेको थियो। आर्थिक वर्ष २०७५/०७६ मा ७,०३,९९२ हेक्टर जमिनमा २० लाख ५ हजार ६६५ मेट्रिक टन गहुँ फलेको कृषि मन्त्रालयले जनाएको छ। 

७.७ प्रतिशत जमिनमा मात्रै कोदो खेती
नेपालका कूल खाद्यान्न बालीहरुको क्षेत्रफलमध्ये ७.७ प्रतिशत हिस्सामा कोदो खेती हुन्छ। जसमध्ये पहाडी जिल्लामा ९५ प्रतिशत भू–भागमा खेती हुने गरेको कृषि मन्त्रालयले जनाएको छ। आर्थिक वर्ष २०७५/०७६ मा २६३२६१ हेक्टर जमिनमा कोदो खेती गर‍िएको थियो। सोही वर्ष ३ लाख १४ हजार २२५ मेट्रिक टन कोदा उत्पादन भएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ।

त्यस्तै आर्थिक वर्ष २०७६/०७७ मा २,६२,५४७ हेक्टर जमिनमा कोदो खेती गरिएको थियो। सो वर्ष ३ लाख २० हजार ९५३ मेट्रिक टन कोदो उत्पादन भएको थियो। आर्थिक वर्ष २०७७/०७८ मा २,६५,४०१ हेक्टर जमिनमा कोदो खेती भएको थियो। उक्त वर्ष ३ लाख २६ हजार ४४३ मेट्रिक टन कोदो उत्पादन भएको थियो।

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  २०:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार भारतीय ठूलो गोलभेडा प्रतिकिलो ८० रुपैयाँ, सानो लोकल गोलभेडा प्रतिकिलो ७० रुपैयाँ, नेपाली ठूलो गोलभेडा प्रतिकेजी ८० रु... आइतबार, कात्तिक १, २०८३
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले स्वदेशी कृषि यन्त्र उत्पादन गर्ने उद्योगलाई पाँच वर्षसम्म आयकर छुट, बैंकको ब्याजमा अनुदा... बुधबार, असोज २८, २०८३
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्