• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

ऋण मिनाह गर्नुपर्ने मागसहितको ‘अराजकता’ले बैंकिङ प्रणाली कतातिर मोडिँदैछ?

64x64
कल्पना घिमिरे शनिबार, फागुन २०, २०७९  ०६:३०
1140x725

काठमाडौं– बैंकको चर्को ब्याजका कारण मर्कामा परेको भन्दै धनगढीका उद्योगी–व्यवसायी आन्दोलनमा उत्रिए। उनीहरुले विरोध प्रदर्शनसहित बैंकका शाखाहरुमा तालाबन्दीसमेत गरे। बैंकका शाखाहरुमा तालाबन्दी भएपछि पैसा भुक्तान, बचन, ब्याज बुझाउने लगायतका कार्यहरु प्रभावित भएका थिए।

यो घटना बिहीबार भएको हो। यतिबेला बजारमा आर्थिक अभाव छ। साना व्यापारीदेखि ठूला उद्योगीसम्म आर्थिक अभावका कारण बैंक तथा वित्तीय संस्थाको ऋण तिर्न सकिरहेका छैनन्। 

पछिल्लो समय चर्को ब्याजमा लघुवित्तको ऋण लिएर तिर्न नसकेका थुप्रै घटनाहरु सतहमा आएका छन्। लघुवित्तको चर्को ब्याजविरुद्ध ऋणीहरु निरन्तर आन्दोलनमा छन्। 

यतिबेला नै दुर्गा प्रसाईले बैंक तथा वित्तीय संस्थाहरुको ऋण नतिर्ने समूहको नेतृत्व गर्दै एक अभियान सुरु गरेका छन्। पूर्व राजा ज्ञानेन्द्र शाह र उनको पारिवारिक सदस्यको उपस्थितिमा फागुन १ गते मेची पुलबाट राष्ट्रिय अभियान सुरु गरेका प्रसाईं राजनीतिक उद्देश्य प्राप्तिका लागि बैंक तथा वित्तीय संस्थाविरुद्ध लागिपरेका छन्। 

अभियान स्वरुप उनले बैंक तथा वित्तीय संस्थाले दिएको २० लाखसम्म ऋण मिनाहा हुनुपर्ने माग अघि सारेका छन्। जुन असम्भव छ। दुई साताअघि झापामा वित्तीय संस्थाविरुद्ध बोल्दै प्रसाईंले  ‘सतिश पोख्रेलको नेतृत्वमा देशभरि लघुवित्तका मान्छेलाई कालोमोसो दल्ने समूह बनाएका छौं’ भनेका थिए।

‘२० लाखसम्मको ऋण मिनाहा हुनुपर्छ। लघुवित्तका मान्छे गाउँमा आए भने च्याप्प समाउने, कालोमोसो दल्ने। बैंकका कर्मचारीले टर्चर गरे भने बैंकको बाहिर रुँघेर बस्ने र कालोमोसो दल्ने। बैंकको भित्र छिर्‍यो भने पो मुद्दा लाग्छ,’ प्रसाईंले भनेका थिए।

यसको प्रभावस्वरूप जाजरकोटमा लघुवित्तका कर्मचारीलाई फागुन १६ मा कालोमोसो दलिएको छ। बुधबार मात्रै जाजरकोटको भेरी नगरपालिकामा एनआईसी एशिया लघुवित्तका कर्मचारीमाथि दुईजना अज्ञात व्यक्तिले कालोमोसो दल्दै रकम लुटपाट गरे।
 
उक्त नगरपालिकामा मासिक किस्ता उठाउन गएका लघुवित्तका कर्मचारीमाथि दुई व्यक्तिले कालोमोसो दलेर साथमा रहेको किस्ता असुल नगदसहितको झोला खोसेर भागेको जाजरकोट प्रहरीले बताएको छ। 

लघुवित्तका कर्मचारी किस्ता उठाउन आउने बुझेर उक्त समूहले दुर्व्यवहार गरेको र लुटपाट गर्न आएका थिए। तीमध्ये पाँचजनालाई पक्राउ गरी अनुसन्धान भइरहेको डीएसपी सन्तोष रोक्काले बताए।

Ncell 2
Ncell 2

ऋण मिनाहको अभियान अराजक हो
राष्ट्र बैंकका सह प्रवक्ता नारायण प्रसाद पोखरेलले बैंक तथा वित्तीय संस्थाको ऋण मिनाहा गर्न कालोमोसो दल्ने अभियान अराजकता रहेको बताए।

साथै निक्षेपकर्ताको सानो–सानो निक्षेपबाट बैंकले ऋण प्रवाह गरेको हुँदा बैंकबाट ऋण लिइसकेपछि ऋणीले सावाँ र ब्याज भुक्तानी गर्नुपर्ने उनले बताए।

‘बैंकको आफ्नो पैसा त होइन त्यो निक्षेपकताले सानो–सानो परिमाणममा जम्मा गरेको पैसा हो। त्यसकारण ऋणीले कति समयको लागि कति ब्याजदरमा ऋण लिएको हो त्यसै अनुसार भुक्तानी गर्नुपर्छ। कुनै एक समय सरकारले कृषि विकास बैंकबाट कृषकहरुले लिएको सानो ऋण मिनाहा गरेको थियो। होला सरकारले सक्छ भने मिनाहा गरिदेला तर बैंक तथा वित्तीय संस्थाले ऋण मिनाहा गर्ने कुरा सम्भव छैन,’ उनले भने।

यो पनि पढ्नुहोस

लघुवित्तका ऋणी आन्दोलित, नियामक भन्छ : आन्दोलन गरेर ऋण मिनाहा हुँदैन

राष्ट्र बैंक लगायतका बैंक तथा वित्तीय संस्थाले तिर्न नसकेको ऋण मिनाह गर्न सम्भव नहुने र सरकारले मिनाहा गरिदिने कुरा फरक पाटो भएको उनको भनाइ छ। 

‘यो नितान्त ऋणको बारेमा आम जनताले बुझ्नुपर्छ। जस्तो कि ऋण केहो?, कमभन्दा कम ब्याजमा कसरी ऋण लिने?,कुन बैंकबाट सहुलियतमा ऋण पाइन्छ?, यी कुरा बुझेर मात्र ऋण लिनुपर्छ,’ उनले भने।

सहकारी तथा वित्तीय संस्थाले पनि आफ्नो ऋण दिँदा के सम्बन्धी दिने? केका लागि दिने? ऋण लिएर पछि उसले फिार्ता गर्न सक्छ के अवस्था छ बुझेर मात्र ऋिण दिने सम्बन्धित बैंक तथा वित्तिय संस्थाले गर्नुपर्ने उनी बताउँछन्। वित्तीय संस्थाहरुले के कसरी कर्जा प्रवाह गरिरहेको छ भन्नेबारे राष्ट्र बैंकले बेला–बेलामा अनुगमन गरेर निर्देशनसमेत दिने गरेको उनको भनाइ छ।  

यस्तै बैंकर्स संघका पूर्व अध्यक्ष भुवन दाहालले  कालो मसोदल्ने, आन्दोलन गर्ने काम अराजकता भएको बताए। ‘नारा जुलुस गर्ने, कर्मचारीलाई कालो मोसो दल्ने काम त सरासर अराजकता भयो। यसरी बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्दै आएको ऋण बैंकको आफ्नो होइन। यो जति पनि बचतकर्ताले बचत गरेको रकम जम्मा गरेर बैंकले दिने न हो। तिर्छु भनेर लिएपछि त तिर्न पर्‍यो नि?’ उनले भने  ‘ऋणीहरुको आफ्नो समस्या होला ब्याज बढेको छ। ब्याजदर घटाउने कसरी यस्ता समस्याबारे बसेर बैंक, वित्तीय संस्थासँग, बैंकर्स संघ छ। यी बसेर छलफल गर्नुस् न। आन्दोलन गरेर मोसो दलेर कुनै बैंकले ऋण मिनाहा गर्न सक्दैन।’

नेपाल राष्ट्र बैंकको २०७९ पुससम्मको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थामा कूल ४ करोड ८३ लाख निक्षेप खाताबाट ५३ खर्ब ६१ अर्ब निक्षेप संकलन गरी १८ लाख ३३ हजार कर्जा खातामार्फत् ४८ खर्ब ४४ अर्ब ऋण प्रवाह गरेका छन्। यस्तै लघुवित्तमा पनि ६० लाखभन्दा बढी बचतकर्ता छन् भने ऋणीको संख्या ३२ लाख ६० हजार रहेको छ।

प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  ०६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
पाँच अंकले बढ्यो नेप्से मंगलबार कारोबारमा आएकामध्ये ११८ कम्पनीको सेयर मूल्य बढ्यो भने १३४ कम्पनीको मूल्य घट्यो। ८ कम्पनीको सेयर मूल्य स्थिर रह्यो। सेयर मूल्... मंगलबार, पुस २९, २०८२
बढ्यो सेयर बजार, खुम्चियो कारोबार रकम १२९ कम्पनीको मूल्य बढ्दा ११५ को घट्यो भने १५ को स्थिर रह्यो । सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.३०, विका... बिहीबार, पुस २४, २०८२
सामान्य अंकले बढ्यो नेप्से सोमबारको तुलनामा मंगलबार शून्य दशमलव शून्य तीन प्रतिशतले बढेर नेप्से २५ सय ८२ दशमलव २३ विन्दुमा बन्द भएको छ । मंगलबार, पुस ८, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्