• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

लघुवित्तका ऋणी आन्दोलित, नियामक भन्छ : आन्दोलन गरेर ऋण मिनाहा हुँदैन

64x64
रासस सोमबार, फागुन ८, २०७९  २१:३९
1140x725

काठमाडौं– लघुवित्त कम्पनीले कर्जा असुलीमा ज्यादती गरेको भन्दै ऋणी आन्दोलित छन्।  ‘लघुवित्तीय संस्था विरुद्धको सङ्घर्ष समिति’ नै गठन गरेर उनीहरूले दबाब दिइरहेका छन्। 

चर्को ब्याजदर, महँगो सेवाशुल्क, झन्झटिलो किस्ता भुक्तानी प्रक्रिया, कर्मचारीको दुर्व्यवहारलगायतका कारण देखाएर लघुवित्त कम्पनीविरुद्ध ऋणीहरू सङ्गठित भएका हुन्। लघुवित्त कम्पनीहरू नाफामा मात्रै केन्द्रित हुँदा सदस्यले ऋणको भारी बोक्नुपरेको उनीहरूको भनाइ छ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज काठमाडौंमा आयोजना गरेको ‘संकटमा लघुवित्त : कारण र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा देशका विभिन्न ठाउँबाट आएका लघुवित्तका ऋणीले आफ्ना पीडा पोखे। सिराहाकी पुनमकुमारी महतोले लघुवित्तकै कर्मचारीले मिटरब्याजमा पैसा लगाउने गरेको बताइन्। लघुवित्तका कर्मचारीबाट आजित भएपछि साहु महाजनबाट चर्को ब्याजमा ऋण लिएर तिरेको उनको भनाइ छ।

‘सानो व्यवसाय सुरु गर्ने भनेर ऋण लिएँ तर मधेश आन्दोलनका बेला व्यापार व्यवसाय ठप्प भयो। नियमित किस्ता तिर्न सकिनँ। लघुवित्तका कर्मचारी घरमै आएर हरेक दिन आधा रातसम्म दुःख दिन थालेपछि साहुसँग चर्को ब्याजमा ऋण लिएर लघुवित्तको ऋण तिरेँ’, उनले भनिन्। लघुवित्तबाट ऋणको साँवा ब्याज तिर्दा आफ्नो सबै सम्पत्ति सकिएको पनि उनको भनाइ छ।

त्यस्तै, सिराहा देवीपुरका श्यामकुमारी चौधरीले लघुवित्तकै कारण आफ्नो घरखेत र गरगहना सबै बेचेको बताए। ‘मैले एक लाख ऋण लिँदा ८५ हजार मात्रै पाएँ। सुरुमै १५ हजार सेवाशुल्क भनेर काट्यो। हरेक महिना १० हजारका दरले १३ किस्ता तिरिसक्दा पनि ऋण सकिएन। थप पैसा माग्न थालेपछि मैले खेत बेच्नुपर्‍यो’, उनले भनिन्। 

रौतहटकी दिलकुमारी कार्कीले मिटरब्याजीबाट लिएको ऋण तिर्नका लागि लघुवित्तबाट ऋण लिएको बताइन्। ‘मिटरब्याजीले खाली चेक मागेर साढे चार लाख ऋण दियो। तर उसले खाली चेकमा ११ लाख भरेर असुल्न खोज्यो। मिटरब्याजीको पासोबाट उम्कन लघुवित्तबाट ऋण लिएँ। पछि लघुवित्तका कर्मचारीले पनि मिटरब्याजीजस्तै व्यवहार गर्न थाले’, कार्कीले भनिन्। 

अहिले आफू छ–सातवटा लघुवित्त कम्पनीको ऋणी रहेको उनको भनाइ छ। लघुवित्त कम्पनीका कर्मचारी बारम्बार घरमा आएर ऋण असुलीका लागि दबाब दिन थालेपछि आफ्नो छोरीले आत्महत्या गरेको पनि कार्कीले बताइन्। 

सिन्धुपाल्चोक घर भएर भक्तपुरमा हार्डवेयर पसल सञ्चालन गर्दै आएकी सुनमाया तामाङले समूहमा ऋण लिएर अर्कोले नतिर्दा आपूm समस्यामा परेको बताइन्। ‘अरुले ऋण नतिरेका कारण मेरो बचत पनि पाइनँ। जबरजस्ती ऋण भिराएर असुली गर्न खोज्नु कहाँको न्याय भयो?’, प्रश्न गर्दै उनले भनिन्। 

Ncell 2
Ncell 2
nimb
nimb

लघुवित्त कम्पनीले विभिन्न आश्वासन दिएर जबरजस्ती ऋण दिने गरेको र असुली गर्दा अनेक दुःख दिने गरेको काभ्रेपलाञ्चोकको पनौतीकी प्रिया खत्रीको भनाइ छ। ‘म ऋण लिन गएको होइन। उनीहरू आफैं आउँछन्। अनेक लोभ देखाएर जबरजस्ती ऋण भिराए। मलाई एक लाख ऋण दिने भनेकोमा ८५ हजार मात्रै हात पर्‍यो’, उनले भनिन्। 

के भन्छन् नियामक र सरोकालवाला?
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं लघुवित्त संस्था सुपरीवेक्षण विभाग प्रमुख रेवतीप्रसाद नेपाल अहिले लघुवित्त कम्पनीमा देखिएको जरा धेरैवटा समस्याबाट गाँजिएको बताउँछन्। 

‘लघुवित्त क्षेत्रमा अहिले देखिएको समस्या भनेको सुदखोर, साहु महाजन, मिटरब्याजीदेखि सहकारीसम्मले जेलिएको समस्या हो। यो एकैचोटी अहिले मात्रै देखिएको होइन’, उनले भने।

लघुवित्त कम्पनीले उत्पादनमूलक र व्यावसायिक परियोजनामामा लगानी गर्न नसक्दा समस्या भएको उनको भनाइ छ। तर ऋणीहरू आन्दोलित भएर उनीहरूले लिएको ऋण मिनाहा हुन्छ भनेर सोच्न नहुने कार्यकारी निर्देशक नेपालले बताए। 

Xtrem

Xtrem

‘अहिले देखिएको समस्याको कारण पहिचानका लागि राष्ट्र बैंकले पहल गर्छ। लघुवित्त नै बन्द गर्नुपर्ने वा ऋण नै नतिर्ने माग लिएर आन्दोलन गरेर समस्या समाधान हुँदैन’, उनले भने। राष्ट्र बैंकले नीतिगतरूपमा समाधान खोज्ने र त्यसका लागि कार्यदलनै गठन गरेर अध्ययनका लागि निर्देशन दिइसकेको पनि उनले बताए। 

लघुवित्त संस्था स्वशासनमा बस्नुपर्ने नेपालको भनाइ छ। ‘लघुवित्त कम्पनी धेरै व्यावसायिक लाभ केन्द्रित भए। केही सेयर खेलाडी लघुवित्तमा लाग्दा त्यसले पनि असर गरेको छ। अहिले बजारमा देखिएको तरलता संकटका कारण पनि लघुवित्तमा समस्या भएको हो’, उनले भने। 

लघुवित्तले प्रवाह गर्ने कर्जाबारे ऋणीलाई पर्याप्त जानकारी दिएर वित्तीय साक्षारता बढाउनुपर्ने, लघुवित्तका कर्मचारीले ऋणीसँग गर्ने व्यवहार सुधार्नुपर्ने, एउटै व्यक्तिलाई दर्जनौं संस्थाले सजिलै ऋण दिनेलगायतका कारण समस्या देखिएको पनि कार्यकारी निर्देशक नेपालको भनाइ छ। 

एकै व्यक्ति धेरैवटा लघुवित्तमा सदस्य बन्न नपाउने र कर्जा लिन नपाउने गरी राष्ट्र बैंकले चाँडै निर्देशिका जारी गर्ने उनको भनाइ छ। लघुवित्त कम्पनीहरूले कर्जा प्रवाह सजिलै गर्ने तर असुलीमा कडाइ गर्ने गर्दा ऋणीलाई त्यसले समस्यामा पारेको पनि नेपालले बताए। 

लघुवित्त संस्थाहरू आफ्नो सिद्धान्त र अवधारणाभन्दा बाहिर काम गर्न थालेपछि समस्या देखिएको त्रिभुवन विश्वविद्यालयको एमबीए प्रोग्राम डाइरेक्टर भरतसिंह थापा बताउँछन्। लघुवित्त संस्था सामाजिक पूँजी निर्माणमा कमजोर हुँदै गएको र नाफामा मात्रै बढी केन्द्रित हुन थालेको उनको भनाइ छ।

‘जहाँ सामाजिक पूँजी स्खलन हुन्छ, त्यहाँ लघुवित्तको हाम्रो मोडलले काम गर्दैन। नेपालको लघुवित्त मोडलले आपसी सद्भाव, सदाचारिता, सहकार्यसहितको सामाजिक पुँजी निर्माण हो भन्छ। तर संस्थाहरू नाफामुखी हुँदै गएर त्यो मोडल नै बिर्सिंदै गए’, थापाले भने। 

लघुवित्तको अवधारणा पैसा लगानी गर्ने र नाफा आर्जन गर्ने भन्ने मात्र नभई यसले सामाजिक सद्भाव र भाइचारा कायम गर्नका लागि पनि काम गर्ने उनको भनाइ छ। अहिले लघुवित्त क्षेत्रमा समस्या देखिनु भनेको समाजमा भाइचारा र सम्बन्ध बिग्रेको रूपमा बुझ्नुपर्ने उनले बताए। 

त्यस्तै, सुदखोर, महाजन, मिटरब्याजी, सहकारी र लघुवित्त कम्पनीका समस्या सबै एकै ठाउँमा राखेर हेर्न नहुने उनको भनाइ छ। लघुवित्तका कर्मचारीले ऋणीमाथि ज्यादती गरेको पनि उनले बताए। समुदायमा अर्काको हित चिताएर आपसी उन्नयनका लागि काम गर्न लघुवित्त कम्पनी स्थापना गरिएको भए पनि अहिले लघुवित्त कम्पनीहरूले ऋणीलाई पैसा दिने र असुल गर्ने मात्रै जानेको उनको भनाइ छ।

लघुवित्त सङ्घ नेपालका अध्यक्ष जगत पोखरेलले कुनै लघुवित्त कम्पनीले ऋणीलाई दुःख दिएको भए त्यसका लागि नियामकीय निकाय राष्ट्र बैंकले कारबाही गर्न सक्ने बताए। तर ऋणी आन्दोलित भएर समस्याको समाधान नहुने उनको भनाइ छ।

‘कुनै कम्पनीले बदमासी गरेको भए त्यसका लागि कारबाहीको तरिका छ। कानुन आफ्नो हातमा लिएर मात्रै समस्या समाधान हुँदैन’, उनले भने। नेपालमा लघुवित्त कम्पनीले गरेको लगानी मोडलबारे पुनर्विचार गर्नुपर्ने बेला आएको उनको भनाइ छ।

‘धेरै लघुवित्त भएर हो वा धेरै समस्या भएर हो। अहिले केही लघुवित्त कम्पनीका ऋणी आन्दोलनमा हुनुहुन्छ। समूहमा लगानी गर्ने लघुवित्तको मोडलबारे छलफल गर्नुपर्ने देखिएको छ’, उनले भने। लघुवित्त कम्पनीहरूले आफ्ना ऋणीलाई व्यवसाय गर्न ऋण परिचालन गर्ने र उत्पादनमा लगानी गरेर बजारको समेत सुनिश्चितता गर्नुपर्ने उनको भनाइ छ। यसो गर्दा न्यून ब्याजदर कायम गर्न सकिने पनि पोखरेलले बताए। 

लघुवित्त कम्पनीले आफ्नो सिद्धान्त र अवधारणाअनुसार काम गर्न नसकेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनार्दन पन्त बताउँछन्। त्यस्तै, वित्तीय साक्षरता नहुँदा ऋणी मर्कामा पर्ने गरेको पनि उनको भनाइ छ।

‘समाजमा रहेको चरम गरिबीबाट पार पाउन स–सानो पूँजी लगानी गरेर त्यसलाई उत्पादनसँग जोड्न सक्नुपर्छ। तर उनीहरूको उद्देश्य र काममा तालमेल नै मिलेको छैन’, उनले भने। लघुवित्त कम्पनीहरूबाट ऋणीले लिएको ऋणले उत्पादनलाई सघाउनुपर्ने पन्तको भनाइ छ। ‘ऋण लिएर उत्पादनमा लगाइएन भने त्यसले प्रतिफल दिँदैन। लघुवित्तले त कुनै व्यवसायमा लाग्न प्रेरित गर्ने हो र व्यवसायबाट आएको नाफाले ऋण तिर्ने हो’, पन्तले भने, ‘कुनै लघुवित्त कम्पनीले नियम विपरीत काम गरेको पाइएमा नियामक नेपाल राष्ट्र बैंकले कारबाही गर्नसक्नु पर्छ।’ 

लघुवित्त कम्पनीले थोरै नाफा लिएर सामाजिक कार्य बढी गर्नुपर्ने पनि उनको भनाइ छ। त्यस्तै, ऋणीले लिएको ऋण कहाँ परिचालन भयो भनेर पनि हेरिनुपर्ने उनले बताए। ‘व्यवसाय गर्नका लागि दिइएको पैसाले ऋणीले कुनै वस्तुको उत्पादनमा लगाएको छ वा छैन भनेर स्वयं लघुवित्तले नै हेर्नुपर्छ। कर्जाको सदुपयोग गरिएन भने हामी गरिबीको दुश्चक्रमा पर्छौं’, उनले भने।

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  २१:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट... सोमबार, असोज १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्