• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

लघुवित्तका ऋणी आन्दोलित, नियामक भन्छ : आन्दोलन गरेर ऋण मिनाहा हुँदैन

64x64
रासस सोमबार, फागुन ८, २०७९  २१:३९
1140x725

काठमाडौं– लघुवित्त कम्पनीले कर्जा असुलीमा ज्यादती गरेको भन्दै ऋणी आन्दोलित छन्।  ‘लघुवित्तीय संस्था विरुद्धको सङ्घर्ष समिति’ नै गठन गरेर उनीहरूले दबाब दिइरहेका छन्। 

चर्को ब्याजदर, महँगो सेवाशुल्क, झन्झटिलो किस्ता भुक्तानी प्रक्रिया, कर्मचारीको दुर्व्यवहारलगायतका कारण देखाएर लघुवित्त कम्पनीविरुद्ध ऋणीहरू सङ्गठित भएका हुन्। लघुवित्त कम्पनीहरू नाफामा मात्रै केन्द्रित हुँदा सदस्यले ऋणको भारी बोक्नुपरेको उनीहरूको भनाइ छ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज काठमाडौंमा आयोजना गरेको ‘संकटमा लघुवित्त : कारण र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा देशका विभिन्न ठाउँबाट आएका लघुवित्तका ऋणीले आफ्ना पीडा पोखे। सिराहाकी पुनमकुमारी महतोले लघुवित्तकै कर्मचारीले मिटरब्याजमा पैसा लगाउने गरेको बताइन्। लघुवित्तका कर्मचारीबाट आजित भएपछि साहु महाजनबाट चर्को ब्याजमा ऋण लिएर तिरेको उनको भनाइ छ।

‘सानो व्यवसाय सुरु गर्ने भनेर ऋण लिएँ तर मधेश आन्दोलनका बेला व्यापार व्यवसाय ठप्प भयो। नियमित किस्ता तिर्न सकिनँ। लघुवित्तका कर्मचारी घरमै आएर हरेक दिन आधा रातसम्म दुःख दिन थालेपछि साहुसँग चर्को ब्याजमा ऋण लिएर लघुवित्तको ऋण तिरेँ’, उनले भनिन्। लघुवित्तबाट ऋणको साँवा ब्याज तिर्दा आफ्नो सबै सम्पत्ति सकिएको पनि उनको भनाइ छ।

त्यस्तै, सिराहा देवीपुरका श्यामकुमारी चौधरीले लघुवित्तकै कारण आफ्नो घरखेत र गरगहना सबै बेचेको बताए। ‘मैले एक लाख ऋण लिँदा ८५ हजार मात्रै पाएँ। सुरुमै १५ हजार सेवाशुल्क भनेर काट्यो। हरेक महिना १० हजारका दरले १३ किस्ता तिरिसक्दा पनि ऋण सकिएन। थप पैसा माग्न थालेपछि मैले खेत बेच्नुपर्‍यो’, उनले भनिन्। 

रौतहटकी दिलकुमारी कार्कीले मिटरब्याजीबाट लिएको ऋण तिर्नका लागि लघुवित्तबाट ऋण लिएको बताइन्। ‘मिटरब्याजीले खाली चेक मागेर साढे चार लाख ऋण दियो। तर उसले खाली चेकमा ११ लाख भरेर असुल्न खोज्यो। मिटरब्याजीको पासोबाट उम्कन लघुवित्तबाट ऋण लिएँ। पछि लघुवित्तका कर्मचारीले पनि मिटरब्याजीजस्तै व्यवहार गर्न थाले’, कार्कीले भनिन्। 

अहिले आफू छ–सातवटा लघुवित्त कम्पनीको ऋणी रहेको उनको भनाइ छ। लघुवित्त कम्पनीका कर्मचारी बारम्बार घरमा आएर ऋण असुलीका लागि दबाब दिन थालेपछि आफ्नो छोरीले आत्महत्या गरेको पनि कार्कीले बताइन्। 

सिन्धुपाल्चोक घर भएर भक्तपुरमा हार्डवेयर पसल सञ्चालन गर्दै आएकी सुनमाया तामाङले समूहमा ऋण लिएर अर्कोले नतिर्दा आपूm समस्यामा परेको बताइन्। ‘अरुले ऋण नतिरेका कारण मेरो बचत पनि पाइनँ। जबरजस्ती ऋण भिराएर असुली गर्न खोज्नु कहाँको न्याय भयो?’, प्रश्न गर्दै उनले भनिन्। 

Ncell 2
Ncell 2

लघुवित्त कम्पनीले विभिन्न आश्वासन दिएर जबरजस्ती ऋण दिने गरेको र असुली गर्दा अनेक दुःख दिने गरेको काभ्रेपलाञ्चोकको पनौतीकी प्रिया खत्रीको भनाइ छ। ‘म ऋण लिन गएको होइन। उनीहरू आफैं आउँछन्। अनेक लोभ देखाएर जबरजस्ती ऋण भिराए। मलाई एक लाख ऋण दिने भनेकोमा ८५ हजार मात्रै हात पर्‍यो’, उनले भनिन्। 

के भन्छन् नियामक र सरोकालवाला?
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं लघुवित्त संस्था सुपरीवेक्षण विभाग प्रमुख रेवतीप्रसाद नेपाल अहिले लघुवित्त कम्पनीमा देखिएको जरा धेरैवटा समस्याबाट गाँजिएको बताउँछन्। 

‘लघुवित्त क्षेत्रमा अहिले देखिएको समस्या भनेको सुदखोर, साहु महाजन, मिटरब्याजीदेखि सहकारीसम्मले जेलिएको समस्या हो। यो एकैचोटी अहिले मात्रै देखिएको होइन’, उनले भने।

लघुवित्त कम्पनीले उत्पादनमूलक र व्यावसायिक परियोजनामामा लगानी गर्न नसक्दा समस्या भएको उनको भनाइ छ। तर ऋणीहरू आन्दोलित भएर उनीहरूले लिएको ऋण मिनाहा हुन्छ भनेर सोच्न नहुने कार्यकारी निर्देशक नेपालले बताए। 

‘अहिले देखिएको समस्याको कारण पहिचानका लागि राष्ट्र बैंकले पहल गर्छ। लघुवित्त नै बन्द गर्नुपर्ने वा ऋण नै नतिर्ने माग लिएर आन्दोलन गरेर समस्या समाधान हुँदैन’, उनले भने। राष्ट्र बैंकले नीतिगतरूपमा समाधान खोज्ने र त्यसका लागि कार्यदलनै गठन गरेर अध्ययनका लागि निर्देशन दिइसकेको पनि उनले बताए। 

लघुवित्त संस्था स्वशासनमा बस्नुपर्ने नेपालको भनाइ छ। ‘लघुवित्त कम्पनी धेरै व्यावसायिक लाभ केन्द्रित भए। केही सेयर खेलाडी लघुवित्तमा लाग्दा त्यसले पनि असर गरेको छ। अहिले बजारमा देखिएको तरलता संकटका कारण पनि लघुवित्तमा समस्या भएको हो’, उनले भने। 

लघुवित्तले प्रवाह गर्ने कर्जाबारे ऋणीलाई पर्याप्त जानकारी दिएर वित्तीय साक्षारता बढाउनुपर्ने, लघुवित्तका कर्मचारीले ऋणीसँग गर्ने व्यवहार सुधार्नुपर्ने, एउटै व्यक्तिलाई दर्जनौं संस्थाले सजिलै ऋण दिनेलगायतका कारण समस्या देखिएको पनि कार्यकारी निर्देशक नेपालको भनाइ छ। 

एकै व्यक्ति धेरैवटा लघुवित्तमा सदस्य बन्न नपाउने र कर्जा लिन नपाउने गरी राष्ट्र बैंकले चाँडै निर्देशिका जारी गर्ने उनको भनाइ छ। लघुवित्त कम्पनीहरूले कर्जा प्रवाह सजिलै गर्ने तर असुलीमा कडाइ गर्ने गर्दा ऋणीलाई त्यसले समस्यामा पारेको पनि नेपालले बताए। 

लघुवित्त संस्थाहरू आफ्नो सिद्धान्त र अवधारणाभन्दा बाहिर काम गर्न थालेपछि समस्या देखिएको त्रिभुवन विश्वविद्यालयको एमबीए प्रोग्राम डाइरेक्टर भरतसिंह थापा बताउँछन्। लघुवित्त संस्था सामाजिक पूँजी निर्माणमा कमजोर हुँदै गएको र नाफामा मात्रै बढी केन्द्रित हुन थालेको उनको भनाइ छ।

‘जहाँ सामाजिक पूँजी स्खलन हुन्छ, त्यहाँ लघुवित्तको हाम्रो मोडलले काम गर्दैन। नेपालको लघुवित्त मोडलले आपसी सद्भाव, सदाचारिता, सहकार्यसहितको सामाजिक पुँजी निर्माण हो भन्छ। तर संस्थाहरू नाफामुखी हुँदै गएर त्यो मोडल नै बिर्सिंदै गए’, थापाले भने। 

लघुवित्तको अवधारणा पैसा लगानी गर्ने र नाफा आर्जन गर्ने भन्ने मात्र नभई यसले सामाजिक सद्भाव र भाइचारा कायम गर्नका लागि पनि काम गर्ने उनको भनाइ छ। अहिले लघुवित्त क्षेत्रमा समस्या देखिनु भनेको समाजमा भाइचारा र सम्बन्ध बिग्रेको रूपमा बुझ्नुपर्ने उनले बताए। 

त्यस्तै, सुदखोर, महाजन, मिटरब्याजी, सहकारी र लघुवित्त कम्पनीका समस्या सबै एकै ठाउँमा राखेर हेर्न नहुने उनको भनाइ छ। लघुवित्तका कर्मचारीले ऋणीमाथि ज्यादती गरेको पनि उनले बताए। समुदायमा अर्काको हित चिताएर आपसी उन्नयनका लागि काम गर्न लघुवित्त कम्पनी स्थापना गरिएको भए पनि अहिले लघुवित्त कम्पनीहरूले ऋणीलाई पैसा दिने र असुल गर्ने मात्रै जानेको उनको भनाइ छ।

लघुवित्त सङ्घ नेपालका अध्यक्ष जगत पोखरेलले कुनै लघुवित्त कम्पनीले ऋणीलाई दुःख दिएको भए त्यसका लागि नियामकीय निकाय राष्ट्र बैंकले कारबाही गर्न सक्ने बताए। तर ऋणी आन्दोलित भएर समस्याको समाधान नहुने उनको भनाइ छ।

‘कुनै कम्पनीले बदमासी गरेको भए त्यसका लागि कारबाहीको तरिका छ। कानुन आफ्नो हातमा लिएर मात्रै समस्या समाधान हुँदैन’, उनले भने। नेपालमा लघुवित्त कम्पनीले गरेको लगानी मोडलबारे पुनर्विचार गर्नुपर्ने बेला आएको उनको भनाइ छ।

‘धेरै लघुवित्त भएर हो वा धेरै समस्या भएर हो। अहिले केही लघुवित्त कम्पनीका ऋणी आन्दोलनमा हुनुहुन्छ। समूहमा लगानी गर्ने लघुवित्तको मोडलबारे छलफल गर्नुपर्ने देखिएको छ’, उनले भने। लघुवित्त कम्पनीहरूले आफ्ना ऋणीलाई व्यवसाय गर्न ऋण परिचालन गर्ने र उत्पादनमा लगानी गरेर बजारको समेत सुनिश्चितता गर्नुपर्ने उनको भनाइ छ। यसो गर्दा न्यून ब्याजदर कायम गर्न सकिने पनि पोखरेलले बताए। 

लघुवित्त कम्पनीले आफ्नो सिद्धान्त र अवधारणाअनुसार काम गर्न नसकेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनार्दन पन्त बताउँछन्। त्यस्तै, वित्तीय साक्षरता नहुँदा ऋणी मर्कामा पर्ने गरेको पनि उनको भनाइ छ।

‘समाजमा रहेको चरम गरिबीबाट पार पाउन स–सानो पूँजी लगानी गरेर त्यसलाई उत्पादनसँग जोड्न सक्नुपर्छ। तर उनीहरूको उद्देश्य र काममा तालमेल नै मिलेको छैन’, उनले भने। लघुवित्त कम्पनीहरूबाट ऋणीले लिएको ऋणले उत्पादनलाई सघाउनुपर्ने पन्तको भनाइ छ। ‘ऋण लिएर उत्पादनमा लगाइएन भने त्यसले प्रतिफल दिँदैन। लघुवित्तले त कुनै व्यवसायमा लाग्न प्रेरित गर्ने हो र व्यवसायबाट आएको नाफाले ऋण तिर्ने हो’, पन्तले भने, ‘कुनै लघुवित्त कम्पनीले नियम विपरीत काम गरेको पाइएमा नियामक नेपाल राष्ट्र बैंकले कारबाही गर्नसक्नु पर्छ।’ 

लघुवित्त कम्पनीले थोरै नाफा लिएर सामाजिक कार्य बढी गर्नुपर्ने पनि उनको भनाइ छ। त्यस्तै, ऋणीले लिएको ऋण कहाँ परिचालन भयो भनेर पनि हेरिनुपर्ने उनले बताए। ‘व्यवसाय गर्नका लागि दिइएको पैसाले ऋणीले कुनै वस्तुको उत्पादनमा लगाएको छ वा छैन भनेर स्वयं लघुवित्तले नै हेर्नुपर्छ। कर्जाको सदुपयोग गरिएन भने हामी गरिबीको दुश्चक्रमा पर्छौं’, उनले भने।

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  २१:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
एकैदिन सुनको मूल्य १० हजार ४०० रुपैयाँ बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २ लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ। बुधबार, माघ ७, २०८२
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९८ रुपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ०९ पैसा र बिक्र... बुधबार, माघ ७, २०८२
सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १८५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ८ सय १० रुपैयाँमा कारोबार भइरहेको महासं... सोमबार, माघ ५, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्