काठमाडौँ- नेपाली कांग्रेसले आर्थिक वर्ष २०७८/७९ देखि २०८१/८२ सम्म चार आर्थिक वर्षमा २५ करोड २१ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ भने सोही अवधिमा ३४ करोड ६९ लाख रुपैयाँभन्दा बढी खर्च गरेको छ।
कांग्रेसको १५औँ महाधिवेशनमा कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनअनुसार चार वर्षको अवधिमा पार्टीको आम्दानी र खर्चमा उल्लेख्य उतारचढाव देखिएको छ।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८–७९ मा कांग्रेसको कुल आम्दानी १४ करोड ८९ लाख ९४ हजार ८६ रुपैयाँ थियो। उक्त वर्ष पार्टीको खर्च १७ करोड ९० लाख ७८ हजार २२१ रुपैयाँ पुगेको थियो।
भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले सङ्कलन गर्यो २ करोड ८१ लाख रुपैयाँ
नेपाली कांग्रेसले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा पीडित परिवारका लागि २ करोड ८१ लाख ७२ हजार ९७४ रुपैयाँभन्दा बढी सहयोग रकम सङ्कलन गरेको छ।
कांग्रेसको १५औँ महाधिवेशनमा कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनअनुसार २०८३ साल भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्याउने उद्देश्यले पार्टीका सदस्य, शुभेच्छुक तथा नेपालभित्र र विदेशमा रहेका सहयोगीबाट उक्त रकम सङ्कलन गरिएको हो।
प्रतिवेदनअनुसार कुल २ करोड ८१ लाख ७२ हजार ९७४ रुपैयाँ ९६ पैसा सङ्कलन भएको थियो। सङ्कलित रकममध्ये १ करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।