Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

छिमेकीसँग सम्बन्ध बिग्रने त्रासले आफ्ना जनतालाई विषादी!

64x64
कल्पना घिमिरे बिहीबार, फागुन १८, २०७९  १२:४३
1140x725
उत्पादनअनुसार मूल्य नपाएको र बिक्री नभएको भन्दै सडकमा तरकारी फालेर विरोध गर्दै चितवनका किसान

काठमाडौं– चालु आर्थिक वर्षको ७ महिना ( २०७९ साउनदेखि माघ मसान्तसम्म) मा नेपालले झण्डै ३० अर्बको तरकारी र फलफूल आयात गरेको छ। जसमा तरकारी मात्र १९ अर्ब ६६ करोड रुपैयाँको भित्रिएको छ भने फलफूल ९ अर्ब ६६ करोड रुपैयाँ बराबरको भित्रिएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

नेपालमा आयात हुने तरकारी र फलफूलको सबैभन्दा बढी हिस्सा भारतले ओगटेको छ। तर भारतबाट वर्षेनि अर्बौं रुपैयाँको तरकारी र फलफूल बिना परीक्षण निर्वाध आयात हुन्छ। हरेक नेपालीको भान्सामा पाक्ने तरकारी खान उपयुक्त छ कि छैन भनेर जाँच समेत हुँदैन। 

बेला–बेलामा मातहतका निकायले भारतबाट आयात हुने तरकारीको विषादी परीक्षणका लागि प्रस्ताव त ल्याउँछन्, तर सरकारले त्यतातिर ध्यान दिँदैन। बरु उल्टै त्यस्ता प्रस्ताव रोक्ने गरिन्छ। 

पछिल्लो समय तरकारीको मापदण्डसहितको प्रस्ताव मन्त्रिपरिषद्‌मा पुगेको थियो, तर भारतसँगको सम्बन्ध बिग्रने भन्दै मन्त्रिपरिषद्ले उक्त फाइल कृषि तथा पशुपंक्षी मन्त्रालयमै फर्काइदियो।

उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णु तिमिल्सिना मन्त्रिपरिषद्को उक्त निर्णय अप्रिय भएको बताउँछन्। ‘यसरी सरकारले भारतबाट आउने तरकारी परीक्षण गर्ने प्रस्ताव रोक्नु भनेको उपभोक्ताको स्वास्थ्यमाथि सरकार गम्भीर छैन भन्ने पुष्टि हुन्छ। यो निर्णयअनुसार सरकारले एउटा ठूलै अपराध गरेको हो। त्यो निर्णयका सम्बन्धमा हामीले मुख्य सचिवसमक्ष निवेदन दिएको छौँ,’ उनले भने।

सर्वोच्च अदालतले यस्तो निर्णय नगर्नू भन्ने आदेश दिएकोमा सरकारले सर्वोच्चको फैसलाको मानहानीका साथै जनताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरेको उनको भनाइ छ। 

जनताको स्वास्थ्यमाथि गम्भीर छैन सरकार
वर्षेनि अर्बौं रुपैयाँको तरकारी र फलफूल बिना जाँच निर्वाध रुपमा नेपाल भित्रिरहेको छ। त्यसमा के कति परिमाणमा विषादी प्रयोग गरिएको छ भन्ने जानकारी नै हुँदैन। जनताको जीउधनको रक्षा र स्वास्थ्यको ख्याल राख्ने दायित्व सरकारको हो। 

तर सरकार यसमा गम्भीर देखिँदैन। बरु यस्ता विषादीजन्य वस्तु परीक्षणको प्रस्ताव आएमा भारतसँग सम्बन्ध बिग्रने भन्दै प्रस्ताव नै रोकिदिन्छ। पछिल्लो समय मन्त्रिपरिषद् बैठकले पनि यही कार्य गरेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

अर्को देशसँग सम्बन्ध बिग्रने र आफ्नो सत्ता गुम्नसक्ने त्रासका कारण आफ्नै देशका जनताको स्वास्थ्यमाथि खेलबाड गरिनु अपराध भएको मञ्चका महासचिव तिमिल्सिना बताउँछन्। 

‘नेपालमा उत्पादित अर्गानिक र कम विषादी भएका तरकारीले बजार नपाएर किसान सडकमा फाल्न बाध्य छन्। तर भारतीय विषादीयुक्त तरकारी नेपालीका भान्सामा पाकिरहेको छ। सरकारले जनताको स्वास्थ्यमाथि मात्र लापरबाही गरेको छैन। आफ्ना देशका किसानमाथि पनि अन्याय गरिरहेको छ’, उनी भन्छन्। 

अन्तर्राष्ट्रिय व्यापार सन्धिमा विषादी परीक्षण नगरी आयात/निर्यात गर्न नहुने सम्झौता छ। तर हाम्रै देशका सरकारहरु भने छिमेकीसँग सम्बन्ध बिग्रन्छ भन्दै आफ्ना देशका जनतालाई विष खुवाउन लागिपरेको तिमिल्सिनाको भनाइ छ। 

उनी भन्छन्, ‘संसारका कुनै पनि देशमा परीक्षण नगरी कुनै पनि वस्तु आयात/निर्यात हुँदैन। तर भारतसँगको सम्बन्ध बिग्रिन्छ भन्ने डरले खुलेआम विषादीयुक्त तरकारी ल्याउने निर्णय गर्ने सरकार कस्तो सरकार हो? यो कसको सरकार हो?,’ उनी प्रश्न गर्छन्,  ‘विषादीयुक्त तरकारी/फलफूल खाएर बिरामी भएपछि अस्पतालमा हुने उपचार खर्च कसले व्यहोर्ने? हाम्रो सरकार कति लाचारी हो। आफ्नै जनता मार्न अरुका सामु घुँडा टेक्ने।’

Xtrem

Xtrem

गत भदौ १५ गते तरकारीको मापदण्डसहितको प्रस्ताव मन्त्रिपरिषद्‌मा पुगेको थियो। तर भारतसँगको सम्बन्ध बिग्रने भन्दै फाइल कृषि मन्त्रालयमा फर्काएर भारतबाट आउने तरकारीमा विषादी परीक्षण गर्ने पछिल्लो प्रयासबाट पनि सरकारले हात झिक्यो। 

गत भदौ २१ गतेको मन्त्रिपरिषद्को निर्णयानुसार उक्त प्रस्ताव मन्त्रिपरिषद् आर्थिक तथा पूर्वाधार समितिमा छलफलका लागि पठाइएकोमा समितिमा छलफलको प्रक्रियामा विचाराधीन  रहेको थियो।

नयाँ सरकार गठन भएपछि त्यस्ता विचाराधीन सबै प्रस्तावहरू फिर्ता हुने क्रममा मन्त्रिपरिषद्को गत पुस ११ को पहिलो बैठकको निर्णयअनुसार उक्त प्रस्तावसमेत स्वतः फिर्ता भएको कृषि मान्त्रालयका प्रवक्ता प्रकाश सन्जेलले विज्ञप्तिमार्फत् जानकारी दिएका छन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल नयाँ प्रस्ताव तयार पारी मन्त्रिपरिषद्‌मा पेस गर्न निर्देशन दिइसकेको र उक्त निर्देशन अनुरुप मन्त्रालयले नयाँ प्रस्ताव तयार गरिरहेको कृषि मन्त्रालयले जनाएको छ।

साथै सो प्रस्ताव कुनै मुलुकको उत्पादनतर्फ लक्षित नभइ विश्व व्यपार संगठन (डब्लुटीओ) को प्रावधान अनुरुप खाद्य ऐन, २०२३ मा व्यवस्था भएअनुरुप खाद्य ऐन, २०२३ बमोजिम नेपालभर उत्पादन, आयात निर्यात एवं बिक्री वितरण हुने खाद्य पदार्थका लागि सो मापदण्ड आकर्षित हुने कृषि मन्त्रालयले जनाएको छ।

६ महिनामा ९ अर्ब बढीको भारतीय तरकारी आयात
चाल आर्थिक वर्षको ६  महिनामा मात्र २५ अर्ब ४२ करोड ५६ लाख ९९ हजार रुपैयाँको तरकारी र फलफूल बाहिरी मुलुकबाट आयात भएको थियो। तरकारी मात्रै १७ अर्ब ४ करोड ३५ लाख ९० हजार रुपैयाँको आयात भएको थियो भने ८ अर्ब ३८ करोड २२ लाख ८ हजार रुपैयाँको फलफूल आयात भएको भन्सार विभागको तथ्यांकमा छ।

सो अवधिमा १४ अर्ब ६९ करोड १४ लाखको तरकारी र फलफूल मात्रै भारतबाट आयात भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। जसमध्ये ९ अर्ब ६६ करोड ३० लाख रुपैयाँको तरकारी मात्र भारतबाट आयात भएको छ। सोही अवधिमा भारतबाटै ५ अर्ब २ करोड ८४ लाख रुपैयाँको फलफूल आयात भएको छ।

गत आर्थिक वर्ष २०७८/०७८ मा १६ अर्ब ९६ करोडको तरकारी विषादी परीक्षण नगरी भित्रिएको छ भने १० अर्ब ९३ करोड २८ लाख रुपैयाँको फलफूल आयात भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।

यस्तै आर्थिक वर्ष २०७७/०७८ मा १५ अर्ब २७ करोड ७७ लाख रुपैयाँको भारतीय तरकारी आयात भएको थियो भने १० अर्ब ३५ करोड ७१ लाख रुपैयाँको फलफूल आयात भएको थियो। जुन विषादी परीक्षण नगरी भित्रिएको थियो।

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १२:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्