• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

मल खरिदका लागि साढे २१ अर्ब रकम विनियोजन भइसक्दा पनि किसानको माग धान्नै मुस्किल

64x64
कल्पना घिमिरे आइतबार, फागुन १४, २०७९  ०७:३४
1140x725

काठमाडौं- नेपालका किसानले बाली लगाउने बेलामा रासायनिक मल नपाएर हैरानी खेप्दै आएका छन्। कहिले धान लगाउने बेलामा त कहिले गहुँ, अनि कहिले आलु रोप्ने समयमा किसानले मल पाउँदैनन्।

मल अभाव हुन नदिन भन्दै सरकारले वर्षेनी करौडौं रुपैयाँ बजेट थप्दै आयात गरेको देखिन्छ। तर पनि किसानको मागअनुसार मल पुर्‍याउन सकेको देखिँदैन।

चालु आर्थिक वर्षको सुरुमा सरकारले रासायनिक मल किन्न १५ अर्ब रुपैयाँ विनियोजन गरेको थियो। उक्त बजेटमध्येबाट १२ अर्ब ७५ करोड खर्च भइरसकेको कृषि मन्त्रालयले जनाएको छ। 

यति रकमले मलको समस्या समाधान गर्न नसकिने भएपछि गत सोमबार अर्थ मन्त्रालयले रासायनिक मल खरिद गर्न थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गर्‍यो। कृषि तथा पशुपक्षी विकास मन्त्रालयको माग अनुसार पुनः थप स्रोतको व्यवस्था गरिएको कृषि मन्त्रालयले जनाएको छ।

सुनिश्चित गरिएको उक्त रकममध्ये २ अर्ब ४० करोड रुपैयाँ कृषि तथा पशुपक्षी विकास मन्त्रालयका लागि विनियोजन गरिएको बजेटबाट व्यवस्था गरिनेछ भने २ अर्ब ५० करोड रुपैयाँ आगामी आर्थिक वर्षको सिलिङमा समावेश गरिनेछ। २ अर्ब ६० करोड रुपैयाँ दायित्व सिर्जना भएपछि निकासा गरिने अर्थ मन्त्रालयले जनाएको छ।

यसअघि कृषि मन्त्रालयले चालु आर्थिक वर्षको धान लगाउने सिजनका लागि थप रकम ७ अर्ब ७३ करोड थप स्रोत सुनिश्चितताका लागि भन्दै अर्थ मन्त्रालयलाई पत्राचार गरेको थियो।

माग कति?
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार नेपालमा हाल हरेक वर्ष ५ लाख २० हजार मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ। विगतको अनुभव हेर्दा सरकारी स्रोतबाट ४ लाख मेट्रिक टन मल आयात हुँदा अभाव नदेखिएको उनी बताउँछन्। 

हाल सो मात्रामा पनि मल आयात गर्न नसकिएको अवस्था छ। तर यस वर्ष ३ लाख २९ हजार मल खरिद व्यवस्थापन भइसकेको र धानका लागि पुनः खरिद गर्ने तयारी भएको मन्त्रालयले जनाएको छ। गत सोमबार  ७ अर्ब ५० करोड रुपैयाँ अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरिसकेको छ। तर यस वर्ष पनि किसानको माग धान्न मुश्किल पर्ने देखिन्छ।

Ncell 2
Ncell 2

३.२९ लाख मेट्रिक टन मल खरिद गर्दा १.६० लाख आयो
चालु आर्थिक वर्षमा पुस मसान्तसम्ममा (जीटुजी समेत) ३ लाख २९ हजार मेट्रिक टन मल खरिद व्यवस्थापन (टेण्डर आह्वान) भएको कृषि मन्त्रालयले जनाएको छ। जसमध्ये हालसम्म १ लाख ६० हजार मेट्रिक टन आयात भइसकेको मन्त्रालयले जनाएको छ। त्यसमध्येबाट हालसम्म १ लाख ४४ हजार मेट्रिक टन बिक्री वितरण भइसकेको छ। त्यस्तै १ लाख ६९ हजार मेट्रिक टन मल आउन बाँकी भएको मन्त्रालयले जनाएको छ।

जसमध्ये युरिया मात्रै २ लाख २४ हजार मेट्रिक टन  खरिद व्यवस्थापन गरिएको थियो। सोमध्येबाट १ लाख २० हजार मेट्रिक टन आयात भएको छ भने ९५ हजार २७५ मेट्रिक टन बिक्री भएको कृषि मन्त्रालयले जनाएको छ।

सोही अवधिमा मन्त्रालयले डिएपी १ लाख मेट्रिक टन खरिद व्यवस्थापन गरेको थियो। जसमध्येबाट ४० हजार मेट्रिक टन आयात भएको छ भने ४३ हजार ८२१ मेट्रिक टन डीएपी बिक्री भएको कृषि मन्त्राले जनाएको छ। 

मन्त्रालयका अनुसार सोही अवधिमा ५ हजार मेट्रिक टन पोटास खरिद व्यवस्थापन गरिएको थियो। जसमध्येबाट ५ हजार ८१७ मेट्रिक टन पोटास बिक्री भएको छ।

अर्बौं बजेटको मलले किसानको माग धान्न सकेन
सरकारले रासायनिक मल खरिदका लागि भन्दै हरेक वर्ष अर्बौं रकम विनियोजन गर्दै आएको छ। तर किसानको माग धान्न सकेको छैन। किसानले हरेक वर्ष बाली लगाउने समयमा मल नपाउने समस्या भोग्नु परेको छ। मल अभावमा सोचेजति उत्पादन गर्न नसक्दा किसान मारमा पर्ने गरेका छन्।

सरकारले विगत ४ आर्थिक वर्षमा मल खरिदका लागि मात्रै ५० अर्ब रकम विनियोजन गरेको छ। तर यही अवधिमा किसानले झनै मल अभाव भोग्नु परेको छ।

आर्थिक वर्ष २०७६/०७७ मा तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले रासायनिक मल खरिदका लागि ९ अर्ब बजेट विनियोजन गरेका थिए। त्यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा पनि रासायनिक मल खरिदका लागि ११ अर्ब रुपैयाँ विनियोजन भएको थियो।

गत आर्थिक वर्ष २०७८/०७९ मा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत ल्याएको बजेटमा रासायनिक मल खरिदका लागि १३ अर्ब बजेट विनियोजन गरेका थिए। पछि अर्थमन्त्री जनार्दन शर्माले अध्यादेशमार्फत ल्याइएको बजेटलाई संशोधन गर्दै पूर्ण बजेट ल्याउँदा रासायनिक मल खरिदका लागि १५ अर्ब रकम विनियोजन गरिएको थियो।

चालु आर्थिक वर्ष २०७९/०८० मा सरकारले मल खरिदका लागि सुरुमा १५ अर्ब रकम विनियोजन गरेको थियो। फेरि गत सोमबार ७ अर्ब ५० करोड रुपैयाँ अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरिसकेको छ। तर यस वर्ष पनि किसानको मागअनुसार मल अपुग हुने देखिन्छ।

आगामी आर्थिक वर्ष २०८०/०८१ मा विनियोजन हुने बजेटबाट चालु आर्थिक वर्षमै खरिद प्रक्रिया सुरु गर्न सहमति प्राप्त भई खरिद प्रक्रियाको तयारी भइरहेको समेत कृषि मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  ०७:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
हरियो धनियाँ र काँक्रोमा भेटियो अत्याधिक विषादी बिहीबार भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा ५५.२९ प्रतिशत र नवलपरासीबाट ल्याइएको काँक्रोमा ४६.५ प्रतिशत... बिहीबार, मंसिर ४, २०८२
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य त्यसैगरी, मटरकोसा प्रतिकिलो १६०, घिउ सिमी (लोकल) प्रतिकिलो १५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १५०, घिउ सिमी (राजमा) प्रतिकिलो १००, ट... शनिबार, कात्तिक २९, २०८२
कृषिवस्तुहरु ओसारपसार तथा ढुवानीमा सहयोग गरिदिन कृषि विभागको आग्रह ढुवानीको क्रममा राजमार्गमा सिर्जित समस्याले कृषक/कृषि उद्यमी एंव कृषि व्यवसायीबाट गुनासो आएकाले ओसारपसारमा सहजीकरण गरिदिन विभागले आग... शुक्रबार, भदौ २७, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्