• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

यूएफओ ‘हन्टिङ’, आखिर विश्वसामु के लुकाउँदैछ अमेरिका?

64x64
गोविन्द देवकोटा शनिबार, फागुन ६, २०७९  १५:००
1140x725

काठमाडौं– जनवरी अन्तिम साता अमेरिकाको अलास्काको आकाशमा एक चिनियाँ बेलुन देखियो। मौसमको तथ्यांक संकलनका लागि छाडिएको उक्त बेलुन अमेरिकी आकाशमा पुगेपछि चीनले जासुसी गर्नका लागि अमेरिका आकाशमा  बेलुन पठाएको भन्दै अमेरिकामा सनसनी मच्चियो।

राष्ट्रपति जो बाइडेनको निर्देशनमा उक्त बेलुन अमेरिकी सेनाले फाइटर जेटको प्रहारबाट खसाल्यो। त्यसपछि चीन र अमेरिकाबीच केही तनाव उत्पन्न भयो। चीनले भने भूलवस उक्त बेलुन अमेरिकी आकाशमा पुगेको र त्यो बेलुन कुनै जासुसी गर्नका लागि नभई मौसमी तथ्यांक संकलनका लागि छाडिएको स्पष्टीकरण दिनुपर्‍यो। 

उक्त बेलुनलाई अमेरिकी फाइटर जेट एफ–२२ ले ४ फेब्रुअरीमा नष्ट गरेको थियो। तर पछिल्लो तीन दिनमा अमेरिकी वायु सेनाले तीनवटा अज्ञात वस्तु खसालेको छ। तीन तीनवटा अनआइडेन्टीफाइड अब्जेक्ट (यूएफओ)बारे अमेरिकाले आधिकारिक रुपमा कुनै जानकारी दिएको छैन। तर, अमेरिकी आकाशमा उडिरहेका एक कार आकारका ती वस्तुले उडान प्रभावित पारेको भन्दै वायुसेनाले फाइटर जेटमार्फत् खसालेको हो। 

खसालिएका फ्लाइङ अब्जेक्टमध्ये पहिलो अलास्कामा, दोस्रो क्यानडाको यूकोन प्रान्त र तेस्रो अमेरिकाको मिशिगनमा हो। तर यी अब्जेक्ट कुनै पक्षी, प्लेन, ड्रोन या एलियन(परग्रही) जहाज के हुन् भन्नेबारे कुनै जानकारी दिइएको छैन।

रोचक त के भने अमेरिकामा यस्ता अज्ञात उडनतस्तरी देखिएको यो पहिलोपटक भने होइन। बेला–बेला अमेरिकाले उडनतस्तरीको शिकार गरेको खबरहरु आउँछन्। या त त्यस्ता तस्बिर वा भिडियो पनि लिक हुन्छन्। 

तर अमेरिकाले कुनै बेलुन या त सैन्य अभ्यासका क्रममा गरिएका मिशन भन्दै टार्ने गरेको छ। एलियन विशेषज्ञले अमेरिकाले सूचना लुकाउने गरेको आरोप लगाउने गरेका छन्। केही समयअघि त एरिया–५१ मा अमेरिकाले एलियनसँग मिलेर संयुक्त खोज गरिरहेको पनि समाचार सार्वजनिक भएका थिए। त्यस सम्बन्धमा अमेरिकाले अहिलेसम्म कुनै आधिकारिक जवाफ दिएको छैन। न एरिया–५१ मा के चलिरहेको छ भन्ने जानकारी नै। 

आखिर अमेरिका विश्वसँग कुन रहस्य लुकाउँदैछ? एक्स्ट्रा टेरिस्टेरियल लाइफबारे अनुसन्धान गरिरहेकाहरु अमेरिकाले परग्रहीबारे सूचना विश्वसामु लुकाउँदै आएको आरोप लगाउँछन्।

फाइटर जेटमार्फत् सिधा खसाल्न बाइडेनको निर्देशन
९ फेब्रुअरीमा ग्राउन्ड राडारमार्फत् अमेरिकी सीमामा एक फ्लाइङ अब्जेक्ट भित्रिएको जानकारी प्राप्त भयो। उक्त अनआइडेन्टीफाइ अब्जेक्ट (यूएफओ)को पिछा गर्न अधिकारीहरुले एफ–३५ विमानलाई पछि लगाए। यो यूएफओ करिब ४० हजार फिटको उचाइमा उत्तरपश्चिम दिशातर्फ उडिरहेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

यो उचाई सिभिल एअर ट्राफिकका लागि खतरा उत्पन्न हुने मानिन्छ। यसको जानकारी राष्ट्रपति बाइडेनलाई पनि दिइयो। बाइडेनले उक्त यूएफओलाई खसाल्ने आदेश दिए। त्यसपछि १० फेब्रुअरीमा दिउँसो १ बजेर ४५ मिनेटमा क्यानडाको सीमासँग जोडिएको डेड हर्स, अलास्काको तटमा उक्त वस्तु खसालियो। 

अमेरिकी सेनाले उक्त यूएफओमाथि आक्रमण गर्नुभन्दा पहिला नै यो कुनै एअरक्राफ्ट नभएको जानकारी दिइएको थियो। न त त्यसमा कुनै मानिस सवार थिए। तै पनि राष्ट्रपतिको निर्देशनमा सेनाले आक्रमण गरेर उक्त वस्तु खसाल्यो। 
यस्तै १० फेब्रुअरीकै दिन पेन्टागनलाई एनओआरएडीले अलास्काको आकाशमा यूएफओ उडिरहेको जानकारी दियो।

यो यूएफओ केही घण्टापछि क्यानडाको हवाई क्षेत्रमा प्रवेश गर्‍यो। पछि क्यानडाको सीएफ–१८ र सीपी–१४० एअरक्राफ्ट उक्त यूएफओको पिछा गर्न पठाइयो। ११ फेब्रुअरीको बिहान ३ बजेर ४१ मिनेटमा फाइटर जेट–२२ले क्यानडाको युकोन प्रान्तनजिक यो यूएफओलाई एआइएम ९एक्स मिसाल प्रहारबाट खसालियो। 

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले उक्त घटनाबारे सामाजिक सञ्जाल ट्विटरमा नै जानकारी दिएका छन्। उनले ४० हजार फिटको उचाईमा उडिरहेको उक्त वस्तुले एअर ट्राफिकलाई प्रभावित पार्ने देखिएकाले खसालिएको बताएका छन्। उनले उक्त वस्तुबारे विस्तृत जानकारी नभएको भन्दै खसेका टुक्रा संकलन गरेर अनुसन्धान गरेपछि मात्र भन्न सकिने बताए। 

यो पनि पढ्नुहोस

यूएफओबारे पत्ता लगाउन राष्ट्रिय सुरक्षा अधिकारीलाई अमेरिकी राष्ट्रपति बाइडेनको निर्देशन

यस्तै १२ फेब्रुअरी उत्तरी अमेरिकामा एनओआरएडीको सूचना पाउनेबित्तिकै अमेरिकन एअरक्राफ्ट एफ–१६ मिशिगन नजिक उडिरहेको यूएफओको पछि लाग्यो। दिउँसो २ बजेर ४२ मिनेटमा अमेरिका र क्यानडाको सीमानजिक ह्यूरन नजिक पुगेको उक्त वस्तुमाथि मिसाइल प्रहार गरियो। 

फाइटर जेटका पाइलटलाई सिधै राष्ट्रपति जो बाइडेनले नष्ट गर्न आदेश दिएका थिए। अमेरिकाले उक्त वस्तु २० हजार फिटको उचाईमा उडिरहेको जानकारी दिएको छ। जसले यात्रुवाहक विमानलाई खतरा उत्पन्न गराउन सक्ने भएकाले खसालिएको बताएको छ। 

लगातार तीनवटा मानवरहित तीनवटा यूएफओ खसालेको अमेरिकाले यसबारे विस्तृत जानकारी भने दिएको छैन। यता अमेरिकी रक्षा विभागका प्रवक्ता जोन किर्बीले भने चिनियाँ बेलुन र फ्लाइङ अब्जेक्टबीच भिन्नता भएको बताएका छन्। आकार र बनावटमा बेलुनभन्दा फ्लाइङ अब्जेक्ट भिन्न रहेको किर्बीले बताएका छन्। स्पाई बेलुनको तुलनामा यी वस्तुको आकार सानो छ। 

यी वस्तुका साइज एक सानो कार आकारको रहेको बताइएको छ। यस्तै बनावटको कुरा गर्दा ह्यूरन लेकमा खसालिएको फ्लाइङ अब्जेक्ट कुनै अक्टेगनल सिलिन्डरजस्तो देखिन्छ। 

कहाँबाट आएका थिए यूएफओ? 
यो प्रश्नको जवाफ अमेरिकासँग छैन। या त भन्नुपर्दा अमेरिका जवाफ नै दिन चाहँदैन। यदि कसैलाई जानकारी भए पनि बाहिर आउँदैन। केही गरी यस्ता वस्तुबारे कुनै जानकारी सार्वजनिक भए पनि अमेरिकाले सैन्य अभ्यास या त अन्य कुनै बेलुन भएको जवाफ दिएर टार्ने गरेको छ। 

२० हजार फिटभन्दा माथि उडिरहेका तीनवटा वस्तु खसालिएको जानकारी त दिइयो। तर ती वस्तु के हुन्? कहाँबाट आएका हुन्? र यीनको उद्देश्य के हो? भन्ने कुनै जानकारी दिइएको छैन। 

अमेरिकी रक्षा विभागले फ्लाइङ अब्जेक्टका कारण हवाई उडान प्रभावित हुनसक्ने खतरा रहेकाले खसालिएको मात्र जानकारी दिएको छ। 

यसैबीच राष्ट्रपति बाइडेनले सुरक्षा अधिकारीहरुलाई यस्ता मानवरहित यूएफओबारे पत्ता लगाउन निर्देशन दिएका छन्। यस्ता वस्तुहरु कहाँबाट आएका हुन्? र यीनको उद्देश्य के हो भन्नेबारेमा पत्ता लगाउन उनले निर्देशन दिएका हुन्। 

गत ३१ जनवरीमा अमेरिकी आकाशमा स्पाई बेलुन देखिएपछि अमेरिकी एअरफोर्स र रक्षा विभाग अलर्ट भइसकेको थियो। यसपछि बेलुन मात्र होइन अमेरिकी एअरफोर्सले तीनवटा अनआइडेन्टीफाई अब्जेक्ट(यूएफओ) खसाल्यो। 

पहिला जुन फ्लाइङ अब्जेक्टलाई एअर स्पेस हुँदै जाने अनुमति दिइन्थ्यो, अब भने त्यसको निगरानी बढाइएको छ। अमेरिकी डिफेन्स कमाण्डले आफ्नो हवाई क्षेत्रमा कुनै पनि घुसपैठलाई रोक्नका लागि आफ्नो राडार सिस्टममा पहिलाभन्दा निकै स्तरोन्नति गरेको छ। 

अमेरिकी रक्षा विभागकी अधिकारी मेलिसा डाल्टनले हवाई क्षेत्रमा प्रभावकारी तरिकाले जाँच गरिरहेको बताएकी छन्। उनले भनिन्, ‘यसैको नतिजा हो, केही दिनयता हामीले लगातार यस्ता फ्लाइङ अब्जेक्ट पत्ता लगाएर खसाल्न सफल भएका छौं।’

यस्ता अज्ञात वस्तु हवाई उडानका लागि निकै खतरनाक मानिन्छन्। यसका कारण हवाई दुर्घटनाको जोखिम पनि उत्तिकै रहन्छ। यसका साथै अमेरिकाले आफ्नो देशको जासुसी गर्नका लागि प्रतिस्पर्धी देशले मानवरहित विमान पठाउने गरेको मानेको छ। चिनियाँ बेलुन प्रवेशपछि अमेरिकी अधिकारीहरुले अन्य देशबाट जासुसीका लागि यस्ता वस्तुहरु पठाइएको हुनसक्ने बताएका छन्।

अहिलेसम्म अमेरिकाले यस्ता वस्तुबारे आधिकारिक जानकारी त दिएको छैन। खसालिएका वस्तुका सामग्रीको अध्ययनपछि मात्र जानकारी दिनसक्ने बताइएको छ। तर अहिलेसम्म भएका यस्ता रहस्यमय घटनामा अमेरिकाले यथार्थपरक जानकारी दिएको भने रेकर्ड छैन। किनकी यस्ता घटनामा अमेरिकी सेनाले पहिल्यै घटनास्थल नियन्त्रणमा लिइहाल्छ। त्यहाँ सर्वसाधारण त के अन्य सरकारी अधिकारीहरुसमेत जान पाउँदैनन्। 

यस्ता गम्भिर घटनामा सेनाले सिधा राष्ट्रपतिसँग मात्र सम्पर्क गर्ने भएका कारण यूएफओबारे राष्ट्रपतिबाहेक अरु कसैलाई जानकारी हुँदैन। केही समयअघि अमेरिकामा त्रिभुज आकार र गोलाकार वस्तु उडिरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए। तर यसबारे सरकारी निकायबाट कुनै जवाफ आएन। 

प्रकाशित मिति: शनिबार, फागुन ६, २०७९  १५:००
  • ##ufo

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
गोविन्द देवकोटा
लेखकबाट थप
हिउँले ढाकिएको जोखिमपूर्ण बाटोमा काँधमाथि बिरामी र देशको दुर्दशा दर्शाउने यो तस्बिर
पुस पुन्नुवाँ : ‘रात ब्याउनू’ है साथ्यौ
नदी तटीय क्षेत्रसम्बन्धी सर्वोच्चको फैसलाविरुद्ध सत्तापक्ष-प्रतिपक्ष एकै ठाउँमा
सम्बन्धित सामग्री
मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति राजा सुल्तान इब्राहिमले नाजिबलाई ‘सशर्त माफी’ दिएका छन् । माफीको आदेशपछि उनलाई ‘सन् २०२८ अगस्ट २३ सम्मका लागि तोकिएको बाँकी सजाय घरम... शुक्रबार, असोज २, २०८३
युक्रेनसँगको युद्धपछि रुसमा पहिलोपटक संसदीय निर्वाचन, कब्जा गरेको भूभागमा पनि मतदान युक्रेनसँगको युद्धको पाँचौं वर्षमा यो चुनाव भइरहेको छ । सन् २०२२ फेब्रुअरीमा मस्कोले युक्रेनमा सेना पठाएपछि भइरहेको यो रुसको पहिलो स... शुक्रबार, असोज २, २०८३
नयाँ जङ्गली बिरालोको प्रजाति भेटियो वैज्ञानिकहरूले नयाँ प्रजातिको नाम टिल्काया क्याट राखेका छन् भने बोलिभियाको एक वन्यजन्तु उद्धार केन्द्रमा रहेको १० वर्षे बिरालोलाई ‘ट... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
अफवाहमा नलाग्न कांग्रेसको आग्रह, असोज ३ र ४ गते वडा अधिवेशनमा सहभागी हुन अपिल शुक्रबार, असोज २, २०८३
सिंहदबारबाट पक्राउ परेका गाउँपालिका अध्यक्ष २२ लाख धरौटी बुझाउन नसकेपछि कारागार चलान शुक्रबार, असोज २, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
एनसेल र नाटोबीच पर्यटकको कनेक्टिभिटी सुदृढ गर्ने समझदारी शुक्रबार, असोज २, २०८३
चीनबाट ६ सैन्य कार्गो विमानमार्फत राहत सामग्री प्राप्त शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्