• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस ११, २०८२ Fri, Dec 26, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

यूएफओ ‘हन्टिङ’, आखिर विश्वसामु के लुकाउँदैछ अमेरिका?

64x64
गोविन्द देवकोटा शनिबार, फागुन ६, २०७९  १५:००
1140x725

काठमाडौं– जनवरी अन्तिम साता अमेरिकाको अलास्काको आकाशमा एक चिनियाँ बेलुन देखियो। मौसमको तथ्यांक संकलनका लागि छाडिएको उक्त बेलुन अमेरिकी आकाशमा पुगेपछि चीनले जासुसी गर्नका लागि अमेरिका आकाशमा  बेलुन पठाएको भन्दै अमेरिकामा सनसनी मच्चियो।

राष्ट्रपति जो बाइडेनको निर्देशनमा उक्त बेलुन अमेरिकी सेनाले फाइटर जेटको प्रहारबाट खसाल्यो। त्यसपछि चीन र अमेरिकाबीच केही तनाव उत्पन्न भयो। चीनले भने भूलवस उक्त बेलुन अमेरिकी आकाशमा पुगेको र त्यो बेलुन कुनै जासुसी गर्नका लागि नभई मौसमी तथ्यांक संकलनका लागि छाडिएको स्पष्टीकरण दिनुपर्‍यो। 

उक्त बेलुनलाई अमेरिकी फाइटर जेट एफ–२२ ले ४ फेब्रुअरीमा नष्ट गरेको थियो। तर पछिल्लो तीन दिनमा अमेरिकी वायु सेनाले तीनवटा अज्ञात वस्तु खसालेको छ। तीन तीनवटा अनआइडेन्टीफाइड अब्जेक्ट (यूएफओ)बारे अमेरिकाले आधिकारिक रुपमा कुनै जानकारी दिएको छैन। तर, अमेरिकी आकाशमा उडिरहेका एक कार आकारका ती वस्तुले उडान प्रभावित पारेको भन्दै वायुसेनाले फाइटर जेटमार्फत् खसालेको हो। 

खसालिएका फ्लाइङ अब्जेक्टमध्ये पहिलो अलास्कामा, दोस्रो क्यानडाको यूकोन प्रान्त र तेस्रो अमेरिकाको मिशिगनमा हो। तर यी अब्जेक्ट कुनै पक्षी, प्लेन, ड्रोन या एलियन(परग्रही) जहाज के हुन् भन्नेबारे कुनै जानकारी दिइएको छैन।

रोचक त के भने अमेरिकामा यस्ता अज्ञात उडनतस्तरी देखिएको यो पहिलोपटक भने होइन। बेला–बेला अमेरिकाले उडनतस्तरीको शिकार गरेको खबरहरु आउँछन्। या त त्यस्ता तस्बिर वा भिडियो पनि लिक हुन्छन्। 

तर अमेरिकाले कुनै बेलुन या त सैन्य अभ्यासका क्रममा गरिएका मिशन भन्दै टार्ने गरेको छ। एलियन विशेषज्ञले अमेरिकाले सूचना लुकाउने गरेको आरोप लगाउने गरेका छन्। केही समयअघि त एरिया–५१ मा अमेरिकाले एलियनसँग मिलेर संयुक्त खोज गरिरहेको पनि समाचार सार्वजनिक भएका थिए। त्यस सम्बन्धमा अमेरिकाले अहिलेसम्म कुनै आधिकारिक जवाफ दिएको छैन। न एरिया–५१ मा के चलिरहेको छ भन्ने जानकारी नै। 

आखिर अमेरिका विश्वसँग कुन रहस्य लुकाउँदैछ? एक्स्ट्रा टेरिस्टेरियल लाइफबारे अनुसन्धान गरिरहेकाहरु अमेरिकाले परग्रहीबारे सूचना विश्वसामु लुकाउँदै आएको आरोप लगाउँछन्।

फाइटर जेटमार्फत् सिधा खसाल्न बाइडेनको निर्देशन
९ फेब्रुअरीमा ग्राउन्ड राडारमार्फत् अमेरिकी सीमामा एक फ्लाइङ अब्जेक्ट भित्रिएको जानकारी प्राप्त भयो। उक्त अनआइडेन्टीफाइ अब्जेक्ट (यूएफओ)को पिछा गर्न अधिकारीहरुले एफ–३५ विमानलाई पछि लगाए। यो यूएफओ करिब ४० हजार फिटको उचाइमा उत्तरपश्चिम दिशातर्फ उडिरहेको थियो।

Ncell 2
Ncell 2

यो उचाई सिभिल एअर ट्राफिकका लागि खतरा उत्पन्न हुने मानिन्छ। यसको जानकारी राष्ट्रपति बाइडेनलाई पनि दिइयो। बाइडेनले उक्त यूएफओलाई खसाल्ने आदेश दिए। त्यसपछि १० फेब्रुअरीमा दिउँसो १ बजेर ४५ मिनेटमा क्यानडाको सीमासँग जोडिएको डेड हर्स, अलास्काको तटमा उक्त वस्तु खसालियो। 

अमेरिकी सेनाले उक्त यूएफओमाथि आक्रमण गर्नुभन्दा पहिला नै यो कुनै एअरक्राफ्ट नभएको जानकारी दिइएको थियो। न त त्यसमा कुनै मानिस सवार थिए। तै पनि राष्ट्रपतिको निर्देशनमा सेनाले आक्रमण गरेर उक्त वस्तु खसाल्यो। 
यस्तै १० फेब्रुअरीकै दिन पेन्टागनलाई एनओआरएडीले अलास्काको आकाशमा यूएफओ उडिरहेको जानकारी दियो।

यो यूएफओ केही घण्टापछि क्यानडाको हवाई क्षेत्रमा प्रवेश गर्‍यो। पछि क्यानडाको सीएफ–१८ र सीपी–१४० एअरक्राफ्ट उक्त यूएफओको पिछा गर्न पठाइयो। ११ फेब्रुअरीको बिहान ३ बजेर ४१ मिनेटमा फाइटर जेट–२२ले क्यानडाको युकोन प्रान्तनजिक यो यूएफओलाई एआइएम ९एक्स मिसाल प्रहारबाट खसालियो। 

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले उक्त घटनाबारे सामाजिक सञ्जाल ट्विटरमा नै जानकारी दिएका छन्। उनले ४० हजार फिटको उचाईमा उडिरहेको उक्त वस्तुले एअर ट्राफिकलाई प्रभावित पार्ने देखिएकाले खसालिएको बताएका छन्। उनले उक्त वस्तुबारे विस्तृत जानकारी नभएको भन्दै खसेका टुक्रा संकलन गरेर अनुसन्धान गरेपछि मात्र भन्न सकिने बताए। 

यो पनि पढ्नुहोस

यूएफओबारे पत्ता लगाउन राष्ट्रिय सुरक्षा अधिकारीलाई अमेरिकी राष्ट्रपति बाइडेनको निर्देशन

यस्तै १२ फेब्रुअरी उत्तरी अमेरिकामा एनओआरएडीको सूचना पाउनेबित्तिकै अमेरिकन एअरक्राफ्ट एफ–१६ मिशिगन नजिक उडिरहेको यूएफओको पछि लाग्यो। दिउँसो २ बजेर ४२ मिनेटमा अमेरिका र क्यानडाको सीमानजिक ह्यूरन नजिक पुगेको उक्त वस्तुमाथि मिसाइल प्रहार गरियो। 

फाइटर जेटका पाइलटलाई सिधै राष्ट्रपति जो बाइडेनले नष्ट गर्न आदेश दिएका थिए। अमेरिकाले उक्त वस्तु २० हजार फिटको उचाईमा उडिरहेको जानकारी दिएको छ। जसले यात्रुवाहक विमानलाई खतरा उत्पन्न गराउन सक्ने भएकाले खसालिएको बताएको छ। 

लगातार तीनवटा मानवरहित तीनवटा यूएफओ खसालेको अमेरिकाले यसबारे विस्तृत जानकारी भने दिएको छैन। यता अमेरिकी रक्षा विभागका प्रवक्ता जोन किर्बीले भने चिनियाँ बेलुन र फ्लाइङ अब्जेक्टबीच भिन्नता भएको बताएका छन्। आकार र बनावटमा बेलुनभन्दा फ्लाइङ अब्जेक्ट भिन्न रहेको किर्बीले बताएका छन्। स्पाई बेलुनको तुलनामा यी वस्तुको आकार सानो छ। 

यी वस्तुका साइज एक सानो कार आकारको रहेको बताइएको छ। यस्तै बनावटको कुरा गर्दा ह्यूरन लेकमा खसालिएको फ्लाइङ अब्जेक्ट कुनै अक्टेगनल सिलिन्डरजस्तो देखिन्छ। 

कहाँबाट आएका थिए यूएफओ? 
यो प्रश्नको जवाफ अमेरिकासँग छैन। या त भन्नुपर्दा अमेरिका जवाफ नै दिन चाहँदैन। यदि कसैलाई जानकारी भए पनि बाहिर आउँदैन। केही गरी यस्ता वस्तुबारे कुनै जानकारी सार्वजनिक भए पनि अमेरिकाले सैन्य अभ्यास या त अन्य कुनै बेलुन भएको जवाफ दिएर टार्ने गरेको छ। 

२० हजार फिटभन्दा माथि उडिरहेका तीनवटा वस्तु खसालिएको जानकारी त दिइयो। तर ती वस्तु के हुन्? कहाँबाट आएका हुन्? र यीनको उद्देश्य के हो? भन्ने कुनै जानकारी दिइएको छैन। 

अमेरिकी रक्षा विभागले फ्लाइङ अब्जेक्टका कारण हवाई उडान प्रभावित हुनसक्ने खतरा रहेकाले खसालिएको मात्र जानकारी दिएको छ। 

यसैबीच राष्ट्रपति बाइडेनले सुरक्षा अधिकारीहरुलाई यस्ता मानवरहित यूएफओबारे पत्ता लगाउन निर्देशन दिएका छन्। यस्ता वस्तुहरु कहाँबाट आएका हुन्? र यीनको उद्देश्य के हो भन्नेबारेमा पत्ता लगाउन उनले निर्देशन दिएका हुन्। 

गत ३१ जनवरीमा अमेरिकी आकाशमा स्पाई बेलुन देखिएपछि अमेरिकी एअरफोर्स र रक्षा विभाग अलर्ट भइसकेको थियो। यसपछि बेलुन मात्र होइन अमेरिकी एअरफोर्सले तीनवटा अनआइडेन्टीफाई अब्जेक्ट(यूएफओ) खसाल्यो। 

पहिला जुन फ्लाइङ अब्जेक्टलाई एअर स्पेस हुँदै जाने अनुमति दिइन्थ्यो, अब भने त्यसको निगरानी बढाइएको छ। अमेरिकी डिफेन्स कमाण्डले आफ्नो हवाई क्षेत्रमा कुनै पनि घुसपैठलाई रोक्नका लागि आफ्नो राडार सिस्टममा पहिलाभन्दा निकै स्तरोन्नति गरेको छ। 

अमेरिकी रक्षा विभागकी अधिकारी मेलिसा डाल्टनले हवाई क्षेत्रमा प्रभावकारी तरिकाले जाँच गरिरहेको बताएकी छन्। उनले भनिन्, ‘यसैको नतिजा हो, केही दिनयता हामीले लगातार यस्ता फ्लाइङ अब्जेक्ट पत्ता लगाएर खसाल्न सफल भएका छौं।’

यस्ता अज्ञात वस्तु हवाई उडानका लागि निकै खतरनाक मानिन्छन्। यसका कारण हवाई दुर्घटनाको जोखिम पनि उत्तिकै रहन्छ। यसका साथै अमेरिकाले आफ्नो देशको जासुसी गर्नका लागि प्रतिस्पर्धी देशले मानवरहित विमान पठाउने गरेको मानेको छ। चिनियाँ बेलुन प्रवेशपछि अमेरिकी अधिकारीहरुले अन्य देशबाट जासुसीका लागि यस्ता वस्तुहरु पठाइएको हुनसक्ने बताएका छन्।

अहिलेसम्म अमेरिकाले यस्ता वस्तुबारे आधिकारिक जानकारी त दिएको छैन। खसालिएका वस्तुका सामग्रीको अध्ययनपछि मात्र जानकारी दिनसक्ने बताइएको छ। तर अहिलेसम्म भएका यस्ता रहस्यमय घटनामा अमेरिकाले यथार्थपरक जानकारी दिएको भने रेकर्ड छैन। किनकी यस्ता घटनामा अमेरिकी सेनाले पहिल्यै घटनास्थल नियन्त्रणमा लिइहाल्छ। त्यहाँ सर्वसाधारण त के अन्य सरकारी अधिकारीहरुसमेत जान पाउँदैनन्। 

यस्ता गम्भिर घटनामा सेनाले सिधा राष्ट्रपतिसँग मात्र सम्पर्क गर्ने भएका कारण यूएफओबारे राष्ट्रपतिबाहेक अरु कसैलाई जानकारी हुँदैन। केही समयअघि अमेरिकामा त्रिभुज आकार र गोलाकार वस्तु उडिरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए। तर यसबारे सरकारी निकायबाट कुनै जवाफ आएन। 

प्रकाशित मिति: शनिबार, फागुन ६, २०७९  १५:००
  • ##ufo

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
गोविन्द देवकोटा
लेखकबाट थप
हिउँले ढाकिएको जोखिमपूर्ण बाटोमा काँधमाथि बिरामी र देशको दुर्दशा दर्शाउने यो तस्बिर
पुस पुन्नुवाँ : ‘रात ब्याउनू’ है साथ्यौ
नदी तटीय क्षेत्रसम्बन्धी सर्वोच्चको फैसलाविरुद्ध सत्तापक्ष-प्रतिपक्ष एकै ठाउँमा
सम्बन्धित सामग्री
दक्षिण अफ्रिकामा सामूहिक गोलीबारी : ११ जना पक्राउ जोहानेसबर्ग नजिकैको बेकरस्डलको एउटा भट्टी पसलमा स्थानीय समय अनुसार स्थानीय समयअनुसार बिहान १ बजे ग्राहकहरूमाथि जथाभाबी गोली चलाउने १... बिहीबार, पुस १०, २०८२
कर्नाटकमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु नेशनल हाइवे ४८ क्षेत्रमा उक्त दुर्घटना भएको हो । चित्र दुर्गका जिल्ला अधिकारीले भारतीय सञ्चार माध्यमलाई दिएको जानकारी अनुसार उक्त दु... बिहीबार, पुस १०, २०८२
नाइजेरियामा अपहरण गरिएका थप १३० बालबालिका रिहा देशको सबैभन्दा खराब सामूहिक अपहरण पछि भएको  पछिल्लो रिहाइलाई नाइजेरियाको सङ्घीय सरकारले ‘विजय र राहतको क्षण’ को रूपमा वर्णन गरेको छ। सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
कांग्रेसका विशेष महाधिवेशन पक्षधरले बुझाए स्मरण पत्र शुक्रबार, पुस ११, २०८२
६ सिडिओसहित १३ सहसचिव तथा उपसचिवको सरुवा (सूचीसहित) शुक्रबार, पुस ११, २०८२
नवनियुक्त परराष्ट्रमन्त्रीले गरे पदभार ग्रहण शुक्रबार, पुस ११, २०८२
परराष्ट्रमन्त्री शर्माले लिए शपथ शुक्रबार, पुस ११, २०८२
‘प्रचण्ड’ र सञ्चार मन्त्री खरेलबीच भेटवार्ता शुक्रबार, पुस ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
ज्वागलबाट १२ घण्टापछि बाहिरिए बालेन बिहीबार, पुस १०, २०८२
बालेन र खगेन्द्र सुनारबीच भेटवार्ता, के भयो छलफल बिहीबार, पुस १०, २०८२
बालेन र डा. बाबुराम भट्टराईबीच के भयो छलफल ? बिहीबार, पुस १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्