• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

हिउँले ढाकिएको जोखिमपूर्ण बाटोमा काँधमाथि बिरामी र देशको दुर्दशा दर्शाउने यो तस्बिर

64x64
गोविन्द देवकोटा बुधबार, पुस १७, २०८१  १९:५०
1140x725

काठमाडौं–  केही दिनअघि कर्णाली र सुदूरपश्चिममा पानी पर्यो। पानीसँगै हिउँ पर्यो । सामाजिक सञ्जालमा कर्णाली विभिन्न ठाउँमा हिउँ परेका तस्विरहरु देखिन थाले। गाउँ छाडेको वर्षौं भएको छ। हिउँको प्रत्यक्ष अनुभवबाट टाढिएको छु तर हिउँसँगका सम्झनाहरु ती तस्विरले ताजा बनाइदिन्छन्। हुम्लामा हिउँ परेको तस्विरसँगै अर्को एउटा तस्विर देखियो । जहाँ एक बिरामीलाई चार महिलाले बोकेर अस्पताल पुर्याइरहेका थिए। त्यो तस्विरले हिउँ र बिरामीसँग जोडिएका स्मृतितहरु ताजा बनाइदियो।

शहरमा हुर्केकाहरु हिउँ खेल्ने सपना देख्छन् । हामी हिउँ पर्ने गाउँमा हुर्किएकाले हिउँ खेल्नु भन्दा बढी झेलेका हुन्छौं । हिउसँग जोडिएका मीठातीता सम्झना छन्। तर, मेरो स्मृतिमा त्यो हिउँ परेको एकरात चाहिँ गढेर बसेको छ। यसपल्ट मैले त्यही रात सम्झिएँ।

दिनभर परेको हिउँदै झरीले अपराह्न तिर हिउँ बर्साउन थालिसकेको थियो। साँझ छिप्पिदै गर्दा स्थानीय भाषामा एक सुवैते अर्थात् एक सिरकको मोटाइ बराबर करिब आधा फिट जति हिउँ  जमिसकेको थियो। बाहिर बस्नै जाडोले कमाउन थालेपछि खाना पाकिरहेको चुल्होकै छेउमा बसिरहेको थिएँ। 

११ जनाको सामूहिक परिवार थियो। सबैले एकैपटक खाना खान सम्भव थिएन, पालो पर्खिन पर्थ्यो। सानो भान्सामा ६ जना जति अटाउँथ्यौं।  एकै त पुरानो घर,  त्यसैमा हिउँदको समय । घरमा पाहुना खाली हुन्थेनन् । बाहिरको कोही नआएपनि बेलुकीपख बुवासँग तमाखु खाँदै बात मार्न गाउँदके दुई/चार जना भइहाल्थे। कोही नआएको दिन हामीलाई समेत निसम्म (खल्लो) लाग्थ्यो। 

तल्लो घरको दाइ, अंकल र ठूलाबा बुवासँग तमाखु खानका लागि खाना खाने समयमै भान्सामा बसिराख्नुभएको थियो। म बाहिर ओब्रा (भान्सा बाहिरको कोठा)मा बसेर भोलिपल्ट शिकारका लागि जुत्ता र अन्य कपडा मिलाउँदै थिएँ। हिउँ परेको भोलिपल्ट बिहानै हिउँ फुस्रो हुने भएकाले कालिजको शिकारका लागि जाने मुख्य दिन हुन्थ्यो। हिउँ पर्न लाग्नेबित्तिकै प्रेम, महिन्द्र, रुपेश हामी सबै कुकुरसहित शिकारमा जाने सल्लाह थियो। 

जुत्ता र आमाका बाक्ला  पुराना मोजा (त्यो पनि खबरै नगरी) झोलामा लुकाउँदै थिएँ। त्यतिकैमा बुवाले भित्रबाट बोलाउनु भयो– ए कालु खाना खान आइजा। दाइ र भाउजुलाई पनि बोला। पत्रकारिताको दौरानमा देशका अधिकांश जिल्लामा घुमेको/देखेको छु। तर कहिँपनि बुहारीले पहिला खाने र सासु ससुराले अन्त्यमा खाने भेटेको छैन। तर  हाम्रो घरमा भाउजुहरुले नै पहिले खाने गर्नुहुन्छ,  बुवाआमाले अन्त्यमा। त्यसैले पनि बुवाले मलाइ र दाइ भाउजुलाई पहिला खानका लागि बोलाउनु भयो ।  सीमी र मकै मिक्स गरेर पकाएको तरकारी (कोल) सँगै मार्सी चामलको भात। 

भान्सामा छिरेपछि एकै लाइनमा ठूली भाउजु, भाइ, म, दाइका छोरा र छोरी सँगै खान लागेका थियौं। दुई गाँस मात्र मुखमा के हालेको थिएँ। बाहिरबाट कसैले बोलायो– कालु काकु! खाना खायौ? खाइसकेको भए बाहिर आऊ त! त्यतिबेला गाउँमा हिउँदको समयमा राति कहिलेकाहिँ साथीभाइ जमघट गर्थ्यौं । गाउँवाला जमघटमा सीमी र चाउचाउ मिसाएर पकाउने र त्यहि खाएर रातभर जुट पत्ती खेल्ने(दुई रुपैयाँ काउन्ट)। सायद त्यही होला भन्ने सोचेरै होला ठूल्दाइले मतिर आँखा तरेर हेर्नुभयो। 

तरपनि बाहिर हिउँको चिसो सिरेटो चलिरहेको छ, केही काम नै पो होला कि भनेर मैले भतिजो (प्रेम)लाई भित्रै आउन भनें।  उसले भन्यो– ‘एकछिन मात्र बाहिर आउनु जरुरी काम  छ।’ यति सुनेपछि दाइले पनि बाहिर जान अनुमति दिनुभयो  र म गएँ।  जोसँग प्राय रात बित्थ्यो मेरो। सायद त्यही भएर पनि फेरि कहाँ जान लागे दुई जना भनेर घरका मान्छेहरुले प्रश्न गरे। वार्षिक परीक्षा आउन एक साता मात्र बाँकी थियो। त्यसैले ममाथि निगरानी बढेको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

ढोका बाहिर के पुगेको थिएँ। उसले एकै सासमा भन्यो-  रामफूपुलाई सुत्केरी व्यथाले च्यापेछ, अस्पताल लैजानु पर्ने भो! रामू दिदी जसलाई गाउँमा राम भनेर पनि बोलाउँथे। उनको विवाह हाम्रो गाउँभन्दा पारी उम्खोलामा भएको थियो। उनको विवाहमा  घरसम्म पुर्याउन बर्याँति (माइती पक्ष) बनेर गएको थिएँ। घरदेखि अस्पतालसम्म पुग्न करिब साढे तीन किलोमिटर।  भर्खरै विकास देखेको गाउँमा त्योबेला चारपाङ्ग्रे एम्बुलेन्सको परिकल्पना थिएन। कि डोको थियो, कि दुलही बोक्ने डोली नै एम्बुलेन्स थियो र युवाका काँध थिए। अस्पतालसम्म  समयमै पुर्याउन सकिए बिरामीको ज्यान बच्थ्यो नत्र यसै भन्न नसकिने। किनकी यस्तो अवस्था दुई वर्षपहिले मैले देखेकै थिएँ। 

हाम्रो गाउँभन्दा उतापट्टीका एक जना दाइ हुनुहुन्थ्यो। अकस्मात पेट दुख्ने समस्या भएपछि मध्ये दिउँसोमा भाउजुले अस्पताल लैजानका लागि गाउँघरका सबैलाई हारगुहार गर्नुभयो। तर गाउँमा कोही छोरा मान्छे भेटिएनन्। यताउता गर्दै गर्दा गाउँका एक मुखिया भनौं या धामी,  उनको घरमा तीन हुल बाँधेर युवाहरु तास खेलिरहेका थिए। तर उनीहरुसमक्ष ती भाउजुले गरेको हारगुहार केही लागेन। आधा घन्टाभन्दा बढी रोइकराइ गरेपछि बल्ल केही युवाहरु स्ट्रेचरमा राखेर अस्पतालसम्म लैजान तयार भए। चार/पाँच जनाले बोकेर अस्पतालसम्म त लगे। तर अस्पतालसम्म लैजाँदासम्म निकै अवेर भैसकेको थियो। चिकित्सकले अस्पताल पुग्नेबित्तिकै मृत घोषणा गरे। कलिलैमा आफ्नो पति गुमाए पनि अहिले भाउजुले एक छोरा र छोरी राम्रैसँग हुर्काएकी छिन्। 

प्रेमले रामुदीदीको कुरा सुनाउनेबित्तिकै दुई गाँस मात्र  मुखमा राखेको म त्यत्तिकै छाडेर तयार हुन थालें । भोलिपल्ट शिकार खेल्न भनेर तयार पारेको जुत्ता र मोजा लगाएँ र चार काँधमध्ये एक काँधको एम्बुलेन्स हुनका लागि करिब एक फिटको हिउँमा खर्स्याङखुस्रुङ गर्दै रामुदिदिको घरतर्फ गयौं। खाना त सकेर जा भन्ने आमाको वचनलाई वास्तै नगरी हिँडेको थिएँ। किनकी त्यस्तो अवस्थामा ढिलो हुँदा जे पनि हुन सक्ने पहिलेदेखि नै थाहा थियो।

माथिल्लो घरमा पुग्दा सुत्केरी व्यथाले दिदी छटपटाइरहेकी थिइन्। प्रेम, म, स्वतन्त्र र हरिभक्त दाजु चार जना मात्र भयौं। एक त हिउँको बाटो त्यसैमा दुई जिउकी सुत्केरी करिब साढे तीन किलोमिटर बढी बाटो चार जनाले मात्र काँध नफेरि अस्पतालसम्म पुर्याउन सकिने अवस्था थिएन। तैपनि त्यति राति कहाँ मान्छे खोज्न जानु भएका केही युवाहरु कोही पढाइका लागि त कोही रोजगारीका लागि गाउँ छाडेको महिना दिन बढी भइसकेको थियो। त्यसैले बरु काँधै फेर्न नपाए पनि चारै जनाले पुर्याउँछम् भनेर रामुदिदीलाई बोकेर लागियो अस्पतालतिर। 

हिउँले बाटो पूरै ढाकेको थियो। ओरालो बाटो, हिउँले चिप्लो। लडिन्छ कि भन्ने पीर गर्दा गर्दै हिँडियो। त्यसैमा काँधमाथि स्ट्रेचरको खुट्टा र माथि ऐया–ऐया गर्दै चिच्याइरहेकी सुत्केरी दिदि। ध्यानपूर्वक बल्लबल्ल पाँच मिनेटपछि गाउँ काटियो र अर्को गाउँ पण्डितबाडा पुगियो। जहाँ बाटैमुनि घर थियो मनप्रसाद देवकोटाको। हरिभक्त दाइको आफन्त पनि पर्ने। रामुदिदी उनकी काकाकी छोरी थिइन्। त्यसैले एकछिन रोकेर मनप्रसादलाई बोलाइयो। सुत्ने तरखरमै रहेको मनप्रसाद हतार हतार कपडा र जुत्ता लगाएर आए। बल्ल स्वास आयो। कम्तिमा काँध फेर्न त पाइने भयो।

सामान्यत: हिँड्दा आधा घण्टा लाग्ने बाटो त्यो दिन २० मिनेट बढी करिब ५० मिनेट लाएर अस्पतालसम्म पुग्यौं। त्यहाँ पुर्याएको केही छिनमै दिदिले पहिलो सन्तानका रुपमा छोरा जन्माइन्। त्यसपछि हामी राति नै घर फर्कियौं। यो घटना करिब आजभन्दा १२ वर्षअघिको हो। त्यसबेला गाउँसम्म एम्बुलेन्स पुग्थेन। एम्बुलेन्स भनेकै गाउँका युवाहरु थिए। उनीहरु नहुँदा हुन् त कैयौंले अस्पताल पुग्न नपाउँदै ज्यान गुमाइसक्थे। कैयौंको  त गयो पनि। घरमा हुँदा दिनमा होस् या मध्यराति कैयौं बिरामीलाई अस्पतालसम्म पुर्याउँदा आफैं सहभागी भएको छु। अहिले त घर छाडेर बाहिर बस्नै थालेको १२ वर्ष पुग्न लागिसक्यो।

०००
त्योबेला बाटो पुगेको थिएन। तर, अस्पतालसम्म पुर्याउन युवाहरु थिए। अहिले बाटो पुगेको छ। त्यही बाटोमा गुड्ने गाडीमा चढेर युवाहरु बाहिरिएका छन्। कर्णालीमा महिलालेले बिरामी बोक्ने,   हलो जोत्ने र मलामी जाने प्रचलन नै थिएन। अहिले त्यस्ता तस्विर देखिदा कतिले परिवर्तनको आँखाबाट पनि चिहाउँछन् । तर, त्यो परिवर्तनको सकारात्मक तस्विर होइन, युवा विहिनताले ल्याएको बाध्यता हो। 

अहिले पनि कर्णालीतिर त्यस्ता गाउँ पनि छन्, जहाँका मानिसहरु अझै गाडी देख्न पाउनुलाई ठूलै खुशीको रुपमा लिन्छन्। त्यस्ता गाउँमा पनि पुगेका छन्, समृद्धिका सपना देखाउने दलालहरु। पुगेका छैनन्, त्यहीँको माटोमा उत्पादन गरेर सुखमय जीवन बिताउने साहस दिनेहरु। त्यसैले गाउँ निरन्तर रित्तिदा छन् । त्यसले बिरामी वा लासले महिलाको काँध भरिएको तस्विर आइरहेको छ। त्यो एउटा तस्विर मात्रै होइन, देशको दुर्दशा दर्शाउने चित्र हो।
 

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १९:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
गोविन्द देवकोटा
लेखकबाट थप
हिउँले ढाकिएको जोखिमपूर्ण बाटोमा काँधमाथि बिरामी र देशको दुर्दशा दर्शाउने यो तस्बिर
पुस पुन्नुवाँ : ‘रात ब्याउनू’ है साथ्यौ
नदी तटीय क्षेत्रसम्बन्धी सर्वोच्चको फैसलाविरुद्ध सत्तापक्ष-प्रतिपक्ष एकै ठाउँमा
सम्बन्धित सामग्री
क्यामेराबाट नेपाल चिनाउँदै भरतबन्धु थापा विश्व फोटोग्राफी दिवसका अवसरमा नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै थापाले आफ्नो फोटोग्राफी यात्रा, त्यसमा आएको परिवर्तन, व्यावसायिक स... बुधबार, भदौ ३, २०८३
कांग्रेस एकताको ‘शुत्रधार’ बन्न सक्छन् शशांक ? साँढे पाँच महिनाको विदेश बसाइपछि तत्कालीन सभापति शेर बहादुर देउवा स्वदेश फर्किदाको उत्साह सुकेधारामा आयोजना गरिएको ‘राष्ट्रिय सम्मेल... सोमबार, भदौ १, २०८३
रुझाउने पानीले रोकेन उपभोक्तालाई, ग्यासका लागि लामो लाइन [तस्बिरहरु] विरल वर्षाका बीच पनि क्षयरोग उपचार केन्द्र अगाडि उपभोक्ताहरू झरीमा रुझ्दै ग्यासका लागि तँछाडमछाड गरिरहेका छन्। आइतबार, साउन ३१, २०८३
ताजा समाचारसबै
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्