• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

हिउँले ढाकिएको जोखिमपूर्ण बाटोमा काँधमाथि बिरामी र देशको दुर्दशा दर्शाउने यो तस्बिर

64x64
गोविन्द देवकोटा बुधबार, पुस १७, २०८१  १९:५०
1140x725

काठमाडौं–  केही दिनअघि कर्णाली र सुदूरपश्चिममा पानी पर्यो। पानीसँगै हिउँ पर्यो । सामाजिक सञ्जालमा कर्णाली विभिन्न ठाउँमा हिउँ परेका तस्विरहरु देखिन थाले। गाउँ छाडेको वर्षौं भएको छ। हिउँको प्रत्यक्ष अनुभवबाट टाढिएको छु तर हिउँसँगका सम्झनाहरु ती तस्विरले ताजा बनाइदिन्छन्। हुम्लामा हिउँ परेको तस्विरसँगै अर्को एउटा तस्विर देखियो । जहाँ एक बिरामीलाई चार महिलाले बोकेर अस्पताल पुर्याइरहेका थिए। त्यो तस्विरले हिउँ र बिरामीसँग जोडिएका स्मृतितहरु ताजा बनाइदियो।

शहरमा हुर्केकाहरु हिउँ खेल्ने सपना देख्छन् । हामी हिउँ पर्ने गाउँमा हुर्किएकाले हिउँ खेल्नु भन्दा बढी झेलेका हुन्छौं । हिउसँग जोडिएका मीठातीता सम्झना छन्। तर, मेरो स्मृतिमा त्यो हिउँ परेको एकरात चाहिँ गढेर बसेको छ। यसपल्ट मैले त्यही रात सम्झिएँ।

दिनभर परेको हिउँदै झरीले अपराह्न तिर हिउँ बर्साउन थालिसकेको थियो। साँझ छिप्पिदै गर्दा स्थानीय भाषामा एक सुवैते अर्थात् एक सिरकको मोटाइ बराबर करिब आधा फिट जति हिउँ  जमिसकेको थियो। बाहिर बस्नै जाडोले कमाउन थालेपछि खाना पाकिरहेको चुल्होकै छेउमा बसिरहेको थिएँ। 

११ जनाको सामूहिक परिवार थियो। सबैले एकैपटक खाना खान सम्भव थिएन, पालो पर्खिन पर्थ्यो। सानो भान्सामा ६ जना जति अटाउँथ्यौं।  एकै त पुरानो घर,  त्यसैमा हिउँदको समय । घरमा पाहुना खाली हुन्थेनन् । बाहिरको कोही नआएपनि बेलुकीपख बुवासँग तमाखु खाँदै बात मार्न गाउँदके दुई/चार जना भइहाल्थे। कोही नआएको दिन हामीलाई समेत निसम्म (खल्लो) लाग्थ्यो। 

तल्लो घरको दाइ, अंकल र ठूलाबा बुवासँग तमाखु खानका लागि खाना खाने समयमै भान्सामा बसिराख्नुभएको थियो। म बाहिर ओब्रा (भान्सा बाहिरको कोठा)मा बसेर भोलिपल्ट शिकारका लागि जुत्ता र अन्य कपडा मिलाउँदै थिएँ। हिउँ परेको भोलिपल्ट बिहानै हिउँ फुस्रो हुने भएकाले कालिजको शिकारका लागि जाने मुख्य दिन हुन्थ्यो। हिउँ पर्न लाग्नेबित्तिकै प्रेम, महिन्द्र, रुपेश हामी सबै कुकुरसहित शिकारमा जाने सल्लाह थियो। 

जुत्ता र आमाका बाक्ला  पुराना मोजा (त्यो पनि खबरै नगरी) झोलामा लुकाउँदै थिएँ। त्यतिकैमा बुवाले भित्रबाट बोलाउनु भयो– ए कालु खाना खान आइजा। दाइ र भाउजुलाई पनि बोला। पत्रकारिताको दौरानमा देशका अधिकांश जिल्लामा घुमेको/देखेको छु। तर कहिँपनि बुहारीले पहिला खाने र सासु ससुराले अन्त्यमा खाने भेटेको छैन। तर  हाम्रो घरमा भाउजुहरुले नै पहिले खाने गर्नुहुन्छ,  बुवाआमाले अन्त्यमा। त्यसैले पनि बुवाले मलाइ र दाइ भाउजुलाई पहिला खानका लागि बोलाउनु भयो ।  सीमी र मकै मिक्स गरेर पकाएको तरकारी (कोल) सँगै मार्सी चामलको भात। 

भान्सामा छिरेपछि एकै लाइनमा ठूली भाउजु, भाइ, म, दाइका छोरा र छोरी सँगै खान लागेका थियौं। दुई गाँस मात्र मुखमा के हालेको थिएँ। बाहिरबाट कसैले बोलायो– कालु काकु! खाना खायौ? खाइसकेको भए बाहिर आऊ त! त्यतिबेला गाउँमा हिउँदको समयमा राति कहिलेकाहिँ साथीभाइ जमघट गर्थ्यौं । गाउँवाला जमघटमा सीमी र चाउचाउ मिसाएर पकाउने र त्यहि खाएर रातभर जुट पत्ती खेल्ने(दुई रुपैयाँ काउन्ट)। सायद त्यही होला भन्ने सोचेरै होला ठूल्दाइले मतिर आँखा तरेर हेर्नुभयो। 

तरपनि बाहिर हिउँको चिसो सिरेटो चलिरहेको छ, केही काम नै पो होला कि भनेर मैले भतिजो (प्रेम)लाई भित्रै आउन भनें।  उसले भन्यो– ‘एकछिन मात्र बाहिर आउनु जरुरी काम  छ।’ यति सुनेपछि दाइले पनि बाहिर जान अनुमति दिनुभयो  र म गएँ।  जोसँग प्राय रात बित्थ्यो मेरो। सायद त्यही भएर पनि फेरि कहाँ जान लागे दुई जना भनेर घरका मान्छेहरुले प्रश्न गरे। वार्षिक परीक्षा आउन एक साता मात्र बाँकी थियो। त्यसैले ममाथि निगरानी बढेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

ढोका बाहिर के पुगेको थिएँ। उसले एकै सासमा भन्यो-  रामफूपुलाई सुत्केरी व्यथाले च्यापेछ, अस्पताल लैजानु पर्ने भो! रामू दिदी जसलाई गाउँमा राम भनेर पनि बोलाउँथे। उनको विवाह हाम्रो गाउँभन्दा पारी उम्खोलामा भएको थियो। उनको विवाहमा  घरसम्म पुर्याउन बर्याँति (माइती पक्ष) बनेर गएको थिएँ। घरदेखि अस्पतालसम्म पुग्न करिब साढे तीन किलोमिटर।  भर्खरै विकास देखेको गाउँमा त्योबेला चारपाङ्ग्रे एम्बुलेन्सको परिकल्पना थिएन। कि डोको थियो, कि दुलही बोक्ने डोली नै एम्बुलेन्स थियो र युवाका काँध थिए। अस्पतालसम्म  समयमै पुर्याउन सकिए बिरामीको ज्यान बच्थ्यो नत्र यसै भन्न नसकिने। किनकी यस्तो अवस्था दुई वर्षपहिले मैले देखेकै थिएँ। 

हाम्रो गाउँभन्दा उतापट्टीका एक जना दाइ हुनुहुन्थ्यो। अकस्मात पेट दुख्ने समस्या भएपछि मध्ये दिउँसोमा भाउजुले अस्पताल लैजानका लागि गाउँघरका सबैलाई हारगुहार गर्नुभयो। तर गाउँमा कोही छोरा मान्छे भेटिएनन्। यताउता गर्दै गर्दा गाउँका एक मुखिया भनौं या धामी,  उनको घरमा तीन हुल बाँधेर युवाहरु तास खेलिरहेका थिए। तर उनीहरुसमक्ष ती भाउजुले गरेको हारगुहार केही लागेन। आधा घन्टाभन्दा बढी रोइकराइ गरेपछि बल्ल केही युवाहरु स्ट्रेचरमा राखेर अस्पतालसम्म लैजान तयार भए। चार/पाँच जनाले बोकेर अस्पतालसम्म त लगे। तर अस्पतालसम्म लैजाँदासम्म निकै अवेर भैसकेको थियो। चिकित्सकले अस्पताल पुग्नेबित्तिकै मृत घोषणा गरे। कलिलैमा आफ्नो पति गुमाए पनि अहिले भाउजुले एक छोरा र छोरी राम्रैसँग हुर्काएकी छिन्। 

प्रेमले रामुदीदीको कुरा सुनाउनेबित्तिकै दुई गाँस मात्र  मुखमा राखेको म त्यत्तिकै छाडेर तयार हुन थालें । भोलिपल्ट शिकार खेल्न भनेर तयार पारेको जुत्ता र मोजा लगाएँ र चार काँधमध्ये एक काँधको एम्बुलेन्स हुनका लागि करिब एक फिटको हिउँमा खर्स्याङखुस्रुङ गर्दै रामुदिदिको घरतर्फ गयौं। खाना त सकेर जा भन्ने आमाको वचनलाई वास्तै नगरी हिँडेको थिएँ। किनकी त्यस्तो अवस्थामा ढिलो हुँदा जे पनि हुन सक्ने पहिलेदेखि नै थाहा थियो।

माथिल्लो घरमा पुग्दा सुत्केरी व्यथाले दिदी छटपटाइरहेकी थिइन्। प्रेम, म, स्वतन्त्र र हरिभक्त दाजु चार जना मात्र भयौं। एक त हिउँको बाटो त्यसैमा दुई जिउकी सुत्केरी करिब साढे तीन किलोमिटर बढी बाटो चार जनाले मात्र काँध नफेरि अस्पतालसम्म पुर्याउन सकिने अवस्था थिएन। तैपनि त्यति राति कहाँ मान्छे खोज्न जानु भएका केही युवाहरु कोही पढाइका लागि त कोही रोजगारीका लागि गाउँ छाडेको महिना दिन बढी भइसकेको थियो। त्यसैले बरु काँधै फेर्न नपाए पनि चारै जनाले पुर्याउँछम् भनेर रामुदिदीलाई बोकेर लागियो अस्पतालतिर। 

Xtrem

Xtrem

हिउँले बाटो पूरै ढाकेको थियो। ओरालो बाटो, हिउँले चिप्लो। लडिन्छ कि भन्ने पीर गर्दा गर्दै हिँडियो। त्यसैमा काँधमाथि स्ट्रेचरको खुट्टा र माथि ऐया–ऐया गर्दै चिच्याइरहेकी सुत्केरी दिदि। ध्यानपूर्वक बल्लबल्ल पाँच मिनेटपछि गाउँ काटियो र अर्को गाउँ पण्डितबाडा पुगियो। जहाँ बाटैमुनि घर थियो मनप्रसाद देवकोटाको। हरिभक्त दाइको आफन्त पनि पर्ने। रामुदिदी उनकी काकाकी छोरी थिइन्। त्यसैले एकछिन रोकेर मनप्रसादलाई बोलाइयो। सुत्ने तरखरमै रहेको मनप्रसाद हतार हतार कपडा र जुत्ता लगाएर आए। बल्ल स्वास आयो। कम्तिमा काँध फेर्न त पाइने भयो।

सामान्यत: हिँड्दा आधा घण्टा लाग्ने बाटो त्यो दिन २० मिनेट बढी करिब ५० मिनेट लाएर अस्पतालसम्म पुग्यौं। त्यहाँ पुर्याएको केही छिनमै दिदिले पहिलो सन्तानका रुपमा छोरा जन्माइन्। त्यसपछि हामी राति नै घर फर्कियौं। यो घटना करिब आजभन्दा १२ वर्षअघिको हो। त्यसबेला गाउँसम्म एम्बुलेन्स पुग्थेन। एम्बुलेन्स भनेकै गाउँका युवाहरु थिए। उनीहरु नहुँदा हुन् त कैयौंले अस्पताल पुग्न नपाउँदै ज्यान गुमाइसक्थे। कैयौंको  त गयो पनि। घरमा हुँदा दिनमा होस् या मध्यराति कैयौं बिरामीलाई अस्पतालसम्म पुर्याउँदा आफैं सहभागी भएको छु। अहिले त घर छाडेर बाहिर बस्नै थालेको १२ वर्ष पुग्न लागिसक्यो।

०००
त्योबेला बाटो पुगेको थिएन। तर, अस्पतालसम्म पुर्याउन युवाहरु थिए। अहिले बाटो पुगेको छ। त्यही बाटोमा गुड्ने गाडीमा चढेर युवाहरु बाहिरिएका छन्। कर्णालीमा महिलालेले बिरामी बोक्ने,   हलो जोत्ने र मलामी जाने प्रचलन नै थिएन। अहिले त्यस्ता तस्विर देखिदा कतिले परिवर्तनको आँखाबाट पनि चिहाउँछन् । तर, त्यो परिवर्तनको सकारात्मक तस्विर होइन, युवा विहिनताले ल्याएको बाध्यता हो। 

अहिले पनि कर्णालीतिर त्यस्ता गाउँ पनि छन्, जहाँका मानिसहरु अझै गाडी देख्न पाउनुलाई ठूलै खुशीको रुपमा लिन्छन्। त्यस्ता गाउँमा पनि पुगेका छन्, समृद्धिका सपना देखाउने दलालहरु। पुगेका छैनन्, त्यहीँको माटोमा उत्पादन गरेर सुखमय जीवन बिताउने साहस दिनेहरु। त्यसैले गाउँ निरन्तर रित्तिदा छन् । त्यसले बिरामी वा लासले महिलाको काँध भरिएको तस्विर आइरहेको छ। त्यो एउटा तस्विर मात्रै होइन, देशको दुर्दशा दर्शाउने चित्र हो।
 

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १९:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
गोविन्द देवकोटा
लेखकबाट थप
हिउँले ढाकिएको जोखिमपूर्ण बाटोमा काँधमाथि बिरामी र देशको दुर्दशा दर्शाउने यो तस्बिर
पुस पुन्नुवाँ : ‘रात ब्याउनू’ है साथ्यौ
नदी तटीय क्षेत्रसम्बन्धी सर्वोच्चको फैसलाविरुद्ध सत्तापक्ष-प्रतिपक्ष एकै ठाउँमा
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
कुटपिटको आरोपमा पक्राउ परेका नेकपा नेता धरौटीमा छुटे बिहीबार, असोज १५, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बिहीबार, असोज १५, २०८३
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न बिहीबार, असोज १५, २०८३
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्