• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २१, २०८३ Sun, Sep 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

पुस पुन्नुवाँ : ‘रात ब्याउनू’ है साथ्यौ

64x64
गोविन्द देवकोटा सोमबार, पुस १५, २०८१  १८:४०
1140x725

काठमाडौं– बिहानैदेखि गमक्क बादल लागिरहेको थियो। आज सगियो (वर्षा) हुनेजस्तै छ बाहिर बादल। खाना खाइसकेपछि बाहिर हात धुन आउनुभएको बुबाले भन्दै हुनुहुन्थ्यो। हिउँदमा वर्षा हुनुभनेको हिउँ पर्नु नै हो। हिउँ परेपछि दिनभर गाउँभरीका साथीभाइ जम्मा भएर हिउँका गोला बनाउँदै खेल्न पाइने भएकाले मेरो मन प्रफूल्लित नै थियो। 

मंसिरमा हिउँदे बाली लगाइसकेपछि पुस महिनाभर केही काम हुँदैनथ्यो। युवा अवस्थाकाहरु कमाउनका लागि कालापहाडतिर जान्थे भने गाउँमा केटाकेटी, महिला र वृद्धवृद्धामात्रै हुन्थे। पुसमा जन्मिने मान्छे भाग्यमानी हुन्छ भन्ने लोकोक्ति अझै पनि हाम्रो गाउँघरमा छ। 

किनकी वर्खाभरी जम्मा पारेको अनाज, कामको सिजन पनि नभएकाले घरमै भएकाहरुले सुत्केरी र बच्चाको स्याहार गर्थे। र खानाको अभाव पनि हुन्थेन। घरमा भएकाहरु बादल छाउनेबित्तिकै कुनै बुढापाकाको घरमा जम्मा भएर आगो ताप्दै गफिने, ज्येष्ठ भइसकेकाले दन्त्यकथा भन्ने र आलू पोल्ने तथा मकै भुटेर खाने चलन थियो। 

मध्ये दिउँसोसम्म बादल कालो भइसकेको थियो र बाहिर चिसो पनि बढेको थियो। त्यसैले घरमा तल्लो माथिल्लो घरका दाईहरु बुवासँग तमाखु खाँदै गफिनका लागि भान्साभरी जम्मा भए। चु्लामाथि बसाइएको कराईभरी एकघान मकै हालेर आमा भुट्दैहुनुहुन्थ्यो। ‘ए कालू बाहिर हेरेर आइजा त हिउँ पर्न लाग्यो कि नाइ। गाइबाच्छालाई घाँस हाल्नुपर्छ’ तमाखुको एक सर्को तानेपछि पल्लो घरको देवीलाल दाइले भन्नुभयो।

हामी आधाघन्टादेखि घरभित्रै थियौं। हाम्रो भान्सा दुई बाहिरका कोठा कटेपछि मात्र भित्र आउँथ्यो। माथि एउटा खोपो थियो (सानो झ्याल) उज्यालो आउनका लागि। तर म सानो भएकाले माथिसम्म पुग्न सकिनँ र बाहिर बादल गमक्कै भएकाले भित्र उज्यालो पनि थिएन। हिउँदमा अत्यधिक चिसो हुने भएकाले जुम्लामा बनेका पुराना घरमा ठूला झ्याल हुन्थेनन्। साना खोपा मात्र हुन्थे। जहाँ बिरालोबाहेक अरु केही छिर्न सक्थेनन्। झ्याल त्यति सानो हुनुका पछाडि चोर सहजै घरभित्र नपसुन् भनेर पनि हो। 

बाहिर गएर हेर्दा त हिउँ पर्न थालिसकेको थियो। ’भख्खर चडीपाइले जति पडेको छ (चराको पाइला डुब्नेजति)– मेरो कुरा सुनेपछि देवीलाल दाई वस्तुभाउलाई घाँस हाल्नका लागि आफ्नो घर जानुभयो। हिउँ जमेपछि घर चुहिने भएकाले म पनि थाँडामा (छत)मा माटो कम भएको ठाउँमा प्लास्टिक छोप्न गएँ।

एकसरो लिहिनो (एउटै रुखलाई बीचबीचमा काटेर छतमा जान बनाइएको भर्‍याङ) बाट तल झर्दैगर्दा माथि बाटोबाट कसैले बोलायो–एक कालु काकु आज रात ब्याउन्या होइन? यसो हेरेँ–डोजर रहेर। सायद यो लेख पढेपछि उसले यो नाम सुनेर हाँस्छ होला पनि र रिसाउँछ होला पनि। ‘यत्रो भइसके काका अझै त्यो नाम बिर्सेका छैनन्’ भनेर।

खास नाम उसको प्रेम हो। प्रेम चौलागाई धुनदाईको छोरा। उसको शरीरमा यति बल थियो कि घरका लागि भरोट (बीम) लिन जाँदा एकातिर एक्लै उठाउन सक्थ्यो। त्यसैले पनि उसको नाम हामीले गाउँमा डोजर राखेका थियौं। अहिले पनि उसलाई गाउँमा बोलाउने डोजर नै हो। त्यसो त गाउँमा कोही व्यक्ति छैन जसको सही नाम बोलाउनुको सट्टा कुनै पात्र या वस्तुसँग जोडेर अलग्गै नाम नराखिएको होस्। मेरा पनि अनेक नाम छन्– ‘सुरो, पर्‍या’ आदीआदी। नाम किन बिगारिन्छ र कसरी बिगारिन्छ यसका बारेमा अर्को कुनै लेखमा समेट्नेछु। अहिले भने ‘रात ब्याउने’ कुरातिर लागौं। 

Ncell 2
Ncell 2
nimb
nimb

‘कसका घरमा हो रात ब्याउने(पूरै रात छर्लंग जाग्राम बस्ने)?’ – उसले भन्यो कविका घरमा। मन झसंग भयो। ला त्यो घरमा त भ्याउँछ यार– मैले जवाफ दिएँ। किनकी रात ब्याउँदा कविको पुरानो घरको ओख्लो (धान, गहुँ जौ कुट्नका लागि घरभित्रै बनाइएको ढुंगाको ओखल) भित्रको अँध्यारो गोठमा बस्थ्यौं। त्यहाँ पहिल्यैदेखि भ्याउँछ(भूतले तर्साउने)  भन्ने सुनेका थियौं। त्यसैले हामी कहिलेकाँहि कविको घर जाँदा साझपख एक्लै त्यो ओखरबाहिर हिँड्न पनि डराउँथ्यौं। ‘ह्या के हुन्छ र हामी आठ/दश जना हुन्छम् त।’ तै पनि बाहा (बेलुका) सल्लाह गरौंला भनेर म घरभित्र छिरे। 

करिब बेलुका पाँच बजिसक्दा प्रेम, महिन्द्र, रुपेस, भादुर (बहादुर), राजकुमार, रमेश, राम, जीवन सबै बाटोमा हिउँ खेल्दै आए। उनीहरुको हातमा ट्यांका (डेक्ची) थियो। तल्लोघरदेखि जो जो रात ब्याउने हुन् उनीहरुको घरबाट सीमी, चामल, नुन, तेल, चिनी, बेसार लगायत सबै चाहिने वस्तु उठाउँदै आएका रहेछन्। हरेक वर्ष देउसीपछि पिकनिक खाने र बचेको सामग्रीको अनेक परिकार बनाएर हामी कसैको गोठमा राति बस्थेम साथीभाइ। अनेक परिकारहरु उपलब्ध भएका सामग्रीले बनाएर खाँदै रातभर गफिँदै बस्थेम। अझ त्यसरी बस्दा तास भने छुट्दैनथ्यो। जुतपत्ति खेल्दै रातभर रमाइलो गर्दै बिताउँथेम।

पुस १५ हाम्रा लागि विशेष दिन रात ब्याउनका लागि। कम्तिमा त्यही निउँमा भए पनि हामी साथीभाइ रातभर कसैको गोठमा बसेर गेडा चाउचाउ, चिनीरोटी, आलूचप, सेल लगायत बनाउँदै खाने र रातभर जाग्राम बस्थेम। भर्खर ५/६ मा पढ्दै गरेका हामी अझ तास (जुटपत्ती) खेल्नकै लागि त्यसरी राति जम्मा हुन्थेम। हाम्रो घरबाट पनि म र माइलदाइ जाने भएकाले दुई जनाले उठाउने भागको उठाएम् र कविको घरतिर लागेम। केहीले बारीतिर बार हालेका सुकेका दाउराहरु खोजी गरे। केही चामललाई पिठो बनाउन लागे। 

नभन्दै जुन गोठमा भ्याउँछ भन्थे। त्यही गोठमै बस्ने भयौं। तर १०/१२ जना भएकाले खासै डरको माहोल भने भएन। दुई/तीन जना गेडा चाउचाउ बनाउँदै कोही सेलरोटी त कोही चिनीरोटीका लागि पिठो मोल्दै थिए। केही भने एक खेलमा २ रुपैयाँ दिनेगरी तास खेल्दै थिए। त्यो पनि नयाँ वर्षमा दिनेगरी। किनकी हामीसँग त्यतिबेला पैसा हुन्थेन। घरबाट नयाँ वर्ष, दशैं तिहारमा पचास/सय रुपैयाँ दिन्थे। त्यतिबेला दिनेगरी हामी तास खेल्न लागेम। 

बनिसकेपछि खाँदै तास खेल्दै थिएम्। बाहिर सुनसान मौसम थियो। पानीपर्दा पो आवाज आउँछ तर हिउँ पर्दा भने निकै सुनसान, अँध्यारो रात हुन्छ। त्यतिबेला परालको कुन्यूउबाट मुसा निस्के नि २० मिटर पस खस्य्राङखुस्रुङ आवाज सुनिहाल्थ्यो। सबै एकनासले बसिरहेका थिए। त्यतिकैमा बाहिरबाट कोही रोएको आवाज आउन थाल्यो। एकछिन त बिरालो हो कि भन्ने भयो। तर पछि कोही बुढीमान्छे रोएकोजस्तै आवाज दोहोरिन थाल्यो। 

एक त हामी बुझ्ने भएदेखि नै त्यो गोठमा तर्साउँछ भन्ने सुनेका हामीलाई त्यति भए के चाहियो र डर लाग्नलाई। लगातार आवाज दोहोरिन थालेपछि जुटपत्तिमा रमाइरहेका सबै साथीभाइको सातो गयो। एकछिन/दुई छिन नभइ बारम्बार अनौठो आवाज दोहोरिन थाल्यो। त्यसपछि हामीभन्दा उमेरले केही ठूलाहरुको अनुहारमा डर मात्र छल्किन्थ्यो। तर हामी भने रुन थालिहालेम्। बाहिर निस्केर हेर्ने हिम्मत कसैको भएन। सबै रुन र कराउन थाले। त्यतिकैमा पुन्न बाजे (गाउँमा बोलाउने नाम) पूर्ण पण्डित काम्न थालिहाले। त्यहाँ नजिक भएकै कुनै आत्मालाई खानुअघि नचढाएका कारण रुष्ट भएको भन्दै धामी काम्न थाले पुन्नबाजे। गाउँमा अझै पनि केही नयाँ पकाउँदा मान्ने देवी देवता र पितृलाई नचढाए समाउन आउँछन् भन्ने मान्यता छ। 

हामी बालकलाई त्यो कुराले त्यतिबेला विश्वास नदिलाउने कुरै भएन। पछि सबैले जानेनम् भनेर विन्ती चढाउन थाले। तर पनि आवाज रोकिएन। करिब दुई घन्टाजति गोठभित्र रुवाबासी नै चल्यो। त्यतिकैमा बारिबाट ढोकामा कसैले ढकढक हान्यो। हाम्रो मुटुले ठाउँ नै छाड्यो। बिस्तारै स्वतन्त्रले ढोका खोलेपछि कविकी आमा पो रहिछन्। हाम्रो चिच्याहट सुनेपछि माथिल्लो तलामा सुतिरहेकी उनी तल आएकी थिइन्।

किन रोयौं के भयो? भन्दै सोधेपछि हामीसँग भएको घटनाबारे जानकारी गरायौं। उनले हाम्रो डर निकाल्दै उक्त ठाउँमा रुपी बुढी भएको र तर्साउने कुरा गलत रहेको बताइन्। अलिकति मुटुले काम गर्न थाले पनि फेरि केही थिएन भने पुन्नबाजे किन पतुरे (शरीरमा देउता चढेर काम्नु) त? भन्ने प्रश्नले घेरिरह्यो। पछि उनले यदि तर्साउँदो हो त हामी यतिका वर्षदेखि कसरी घरमा बसेम् होला? भन्ने सोधेपछि भने मनमा केही शितल भयो। 

उनी सम्झाएर गइन्। करिब रातिको १ बजिसकेको थियो। तर लगत्तै फेरि सोही आवाज दोहोरिन थाल्यो। त्यसपछि फेरि दिमागले काम गर्न छाड्यो। रोइकराई गर्न थालेपछि अकस्मात फेरि ढोकाबाहिर हाहाहाहा– हेर केटाकेटी डराएका ? भन्ने आवाज आयो। लगत्तै प्रेमले ढोका खोलेर हेर्दा कविको अंकल हरिभक्त दाइ पो रहेछन्। साँझपख हाम्रो खानपिनका लागि तयारी गर्दै गर्दा उनले आफू पनि आउने भनेका थिए। तर हामीले ठूला मान्छे किन आउनु र? भनेर आउन दिएका थिएनम्। त्यही भएर पनि उनले हामीलाई तर्साएका रहेछन्। 

हुन त यो घटना भएको करिब १४/१५ वर्ष बढी भइसक्यो। तै पनि आज पुस १५। घरमा त्यसरी साथीभाइसँग नबसेको धेरै भइसक्यो। हामी हरेक वर्ष त्यसरी नै मनाउँथेम्। एक अर्काबीचको त्यो प्रेम अहिले विरलै भेट्न पाइन्छ। कोही कामका लागि बाहिर त कोही त्यहिँ भएर पनि जिम्मेवारीका कारण दशैं तिहारमासमेत घर जाँदा यति रमाइलो गर्ने अवसर जुट्न पाउँदैन। पुस १५ केटाकेटीका लागि मात्र होइन। ठूला मानिसहरुका लागिसमेत विशेष दिन थियो। रातभर जाग्राम बस्ने अनेक खालका रोटीहरु बनाएर खाने तथा छोरीचेलीहरु माइतमा आउने विशेष दिन। 

मान्यताअनुसार जुम्लीहरुले पुस १५ को रातलाई वर्षकै लामो रातका रुपमा पनि मनाउँछन्। वसन्त ऋतुको आगमन हुँदै गरेको र महिनाको मध्यदिन परेको हुँदा यस दिनलाई कर्णालीवासीहरूले पर्वको रुपमा मनाउँदै आएका हुन्। रात भरी नसुतेरै जाग्राम बस्दा आयु लम्बिने जनविश्वास छ। सबै भन्दा लामो रात पुस पन्ध्र गते हुने र लामो रात नसुतेर बिताउँदा आयु पनि निकै लामो हुने जनविश्वास रहेको छ। 

जुम्लाको राधे कद्दु (फर्सी) र जुम्ली कद्दु पकाउने र रात भरी हासखेल गर्नेसमेत गर्दछन्। त्यसरी रातभर जाग्राम बसेपछि बिहानै उठेर नुहाइन्छ। ननुहाउनेलाई त सुँगुरको जुनी पाइन्छ भनेर जिस्क्याउनेसमेत गर्दछन्। सायद अत्यधिक चिसोका कारण हिउँदभरी नुहाउन कठिन हुने भएकाले यो पर्वलाई नुहाउने अवसरका रुपमा पनि लिइएको हुनुपर्छ। किनकी जाँडो याममा जुम्लामा पुस १५ र माघ १ गतेलाई अनिवार्य नुहाउने व्यवस्था छ। 

यसपाली पनि सम्झनामै रह्यो पुस पुन्नुवाँ। मैले यही आलेखमार्फत् सम्झिएँ। अर्कोपाली समय मिलेछ भने पक्कै आउनेछु त्यसरी नै रातभर नसुतेर रमाइलो गर्न। तिमीहरुचाहिँ रात ब्याउनु है साथ्यौ। 

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  १८:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
गोविन्द देवकोटा
लेखकबाट थप
हिउँले ढाकिएको जोखिमपूर्ण बाटोमा काँधमाथि बिरामी र देशको दुर्दशा दर्शाउने यो तस्बिर
पुस पुन्नुवाँ : ‘रात ब्याउनू’ है साथ्यौ
नदी तटीय क्षेत्रसम्बन्धी सर्वोच्चको फैसलाविरुद्ध सत्तापक्ष-प्रतिपक्ष एकै ठाउँमा
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
भोटेकोशी बाढीबारे समीक्षा गर्न प्रचण्डले बोलाए नेकपाको बैठक आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
३ दिनमा भित्रियो ८८ हजार ग्यास सिलिन्डर, कुन कम्पनीका कति ? आइतबार, भदौ २१, २०८३
पाकिस्तानमा आतंकवादीविरुद्ध सुरक्षा बलको कारबाही तीव्र, २१ मारिए आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
जसपाका चार सांसद निष्कासित भएपछि : लुम्बिनी सरकारको सत्ता समीकरण अब कोसँग ? शनिबार, भदौ २०, २०८३
बेत्रावतीमा घरभित्रै फसेकी महिलाको बोल्न सक्ने अवस्थामा जीवितै उद्धार शनिबार, भदौ २०, २०८३
मुग्लिन–काठमाडौं सडक साँझ ६ बजेसम्म बन्द शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्