• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

पुस पुन्नुवाँ : ‘रात ब्याउनू’ है साथ्यौ

64x64
गोविन्द देवकोटा सोमबार, पुस १५, २०८१  १८:४०
1140x725

काठमाडौं– बिहानैदेखि गमक्क बादल लागिरहेको थियो। आज सगियो (वर्षा) हुनेजस्तै छ बाहिर बादल। खाना खाइसकेपछि बाहिर हात धुन आउनुभएको बुबाले भन्दै हुनुहुन्थ्यो। हिउँदमा वर्षा हुनुभनेको हिउँ पर्नु नै हो। हिउँ परेपछि दिनभर गाउँभरीका साथीभाइ जम्मा भएर हिउँका गोला बनाउँदै खेल्न पाइने भएकाले मेरो मन प्रफूल्लित नै थियो। 

मंसिरमा हिउँदे बाली लगाइसकेपछि पुस महिनाभर केही काम हुँदैनथ्यो। युवा अवस्थाकाहरु कमाउनका लागि कालापहाडतिर जान्थे भने गाउँमा केटाकेटी, महिला र वृद्धवृद्धामात्रै हुन्थे। पुसमा जन्मिने मान्छे भाग्यमानी हुन्छ भन्ने लोकोक्ति अझै पनि हाम्रो गाउँघरमा छ। 

किनकी वर्खाभरी जम्मा पारेको अनाज, कामको सिजन पनि नभएकाले घरमै भएकाहरुले सुत्केरी र बच्चाको स्याहार गर्थे। र खानाको अभाव पनि हुन्थेन। घरमा भएकाहरु बादल छाउनेबित्तिकै कुनै बुढापाकाको घरमा जम्मा भएर आगो ताप्दै गफिने, ज्येष्ठ भइसकेकाले दन्त्यकथा भन्ने र आलू पोल्ने तथा मकै भुटेर खाने चलन थियो। 

मध्ये दिउँसोसम्म बादल कालो भइसकेको थियो र बाहिर चिसो पनि बढेको थियो। त्यसैले घरमा तल्लो माथिल्लो घरका दाईहरु बुवासँग तमाखु खाँदै गफिनका लागि भान्साभरी जम्मा भए। चु्लामाथि बसाइएको कराईभरी एकघान मकै हालेर आमा भुट्दैहुनुहुन्थ्यो। ‘ए कालू बाहिर हेरेर आइजा त हिउँ पर्न लाग्यो कि नाइ। गाइबाच्छालाई घाँस हाल्नुपर्छ’ तमाखुको एक सर्को तानेपछि पल्लो घरको देवीलाल दाइले भन्नुभयो।

हामी आधाघन्टादेखि घरभित्रै थियौं। हाम्रो भान्सा दुई बाहिरका कोठा कटेपछि मात्र भित्र आउँथ्यो। माथि एउटा खोपो थियो (सानो झ्याल) उज्यालो आउनका लागि। तर म सानो भएकाले माथिसम्म पुग्न सकिनँ र बाहिर बादल गमक्कै भएकाले भित्र उज्यालो पनि थिएन। हिउँदमा अत्यधिक चिसो हुने भएकाले जुम्लामा बनेका पुराना घरमा ठूला झ्याल हुन्थेनन्। साना खोपा मात्र हुन्थे। जहाँ बिरालोबाहेक अरु केही छिर्न सक्थेनन्। झ्याल त्यति सानो हुनुका पछाडि चोर सहजै घरभित्र नपसुन् भनेर पनि हो। 

बाहिर गएर हेर्दा त हिउँ पर्न थालिसकेको थियो। ’भख्खर चडीपाइले जति पडेको छ (चराको पाइला डुब्नेजति)– मेरो कुरा सुनेपछि देवीलाल दाई वस्तुभाउलाई घाँस हाल्नका लागि आफ्नो घर जानुभयो। हिउँ जमेपछि घर चुहिने भएकाले म पनि थाँडामा (छत)मा माटो कम भएको ठाउँमा प्लास्टिक छोप्न गएँ।

एकसरो लिहिनो (एउटै रुखलाई बीचबीचमा काटेर छतमा जान बनाइएको भर्‍याङ) बाट तल झर्दैगर्दा माथि बाटोबाट कसैले बोलायो–एक कालु काकु आज रात ब्याउन्या होइन? यसो हेरेँ–डोजर रहेर। सायद यो लेख पढेपछि उसले यो नाम सुनेर हाँस्छ होला पनि र रिसाउँछ होला पनि। ‘यत्रो भइसके काका अझै त्यो नाम बिर्सेका छैनन्’ भनेर।

खास नाम उसको प्रेम हो। प्रेम चौलागाई धुनदाईको छोरा। उसको शरीरमा यति बल थियो कि घरका लागि भरोट (बीम) लिन जाँदा एकातिर एक्लै उठाउन सक्थ्यो। त्यसैले पनि उसको नाम हामीले गाउँमा डोजर राखेका थियौं। अहिले पनि उसलाई गाउँमा बोलाउने डोजर नै हो। त्यसो त गाउँमा कोही व्यक्ति छैन जसको सही नाम बोलाउनुको सट्टा कुनै पात्र या वस्तुसँग जोडेर अलग्गै नाम नराखिएको होस्। मेरा पनि अनेक नाम छन्– ‘सुरो, पर्‍या’ आदीआदी। नाम किन बिगारिन्छ र कसरी बिगारिन्छ यसका बारेमा अर्को कुनै लेखमा समेट्नेछु। अहिले भने ‘रात ब्याउने’ कुरातिर लागौं। 

Ncell 2
Ncell 2
nimb
nimb

‘कसका घरमा हो रात ब्याउने(पूरै रात छर्लंग जाग्राम बस्ने)?’ – उसले भन्यो कविका घरमा। मन झसंग भयो। ला त्यो घरमा त भ्याउँछ यार– मैले जवाफ दिएँ। किनकी रात ब्याउँदा कविको पुरानो घरको ओख्लो (धान, गहुँ जौ कुट्नका लागि घरभित्रै बनाइएको ढुंगाको ओखल) भित्रको अँध्यारो गोठमा बस्थ्यौं। त्यहाँ पहिल्यैदेखि भ्याउँछ(भूतले तर्साउने)  भन्ने सुनेका थियौं। त्यसैले हामी कहिलेकाँहि कविको घर जाँदा साझपख एक्लै त्यो ओखरबाहिर हिँड्न पनि डराउँथ्यौं। ‘ह्या के हुन्छ र हामी आठ/दश जना हुन्छम् त।’ तै पनि बाहा (बेलुका) सल्लाह गरौंला भनेर म घरभित्र छिरे। 

करिब बेलुका पाँच बजिसक्दा प्रेम, महिन्द्र, रुपेस, भादुर (बहादुर), राजकुमार, रमेश, राम, जीवन सबै बाटोमा हिउँ खेल्दै आए। उनीहरुको हातमा ट्यांका (डेक्ची) थियो। तल्लोघरदेखि जो जो रात ब्याउने हुन् उनीहरुको घरबाट सीमी, चामल, नुन, तेल, चिनी, बेसार लगायत सबै चाहिने वस्तु उठाउँदै आएका रहेछन्। हरेक वर्ष देउसीपछि पिकनिक खाने र बचेको सामग्रीको अनेक परिकार बनाएर हामी कसैको गोठमा राति बस्थेम साथीभाइ। अनेक परिकारहरु उपलब्ध भएका सामग्रीले बनाएर खाँदै रातभर गफिँदै बस्थेम। अझ त्यसरी बस्दा तास भने छुट्दैनथ्यो। जुतपत्ति खेल्दै रातभर रमाइलो गर्दै बिताउँथेम।

पुस १५ हाम्रा लागि विशेष दिन रात ब्याउनका लागि। कम्तिमा त्यही निउँमा भए पनि हामी साथीभाइ रातभर कसैको गोठमा बसेर गेडा चाउचाउ, चिनीरोटी, आलूचप, सेल लगायत बनाउँदै खाने र रातभर जाग्राम बस्थेम। भर्खर ५/६ मा पढ्दै गरेका हामी अझ तास (जुटपत्ती) खेल्नकै लागि त्यसरी राति जम्मा हुन्थेम। हाम्रो घरबाट पनि म र माइलदाइ जाने भएकाले दुई जनाले उठाउने भागको उठाएम् र कविको घरतिर लागेम। केहीले बारीतिर बार हालेका सुकेका दाउराहरु खोजी गरे। केही चामललाई पिठो बनाउन लागे। 

नभन्दै जुन गोठमा भ्याउँछ भन्थे। त्यही गोठमै बस्ने भयौं। तर १०/१२ जना भएकाले खासै डरको माहोल भने भएन। दुई/तीन जना गेडा चाउचाउ बनाउँदै कोही सेलरोटी त कोही चिनीरोटीका लागि पिठो मोल्दै थिए। केही भने एक खेलमा २ रुपैयाँ दिनेगरी तास खेल्दै थिए। त्यो पनि नयाँ वर्षमा दिनेगरी। किनकी हामीसँग त्यतिबेला पैसा हुन्थेन। घरबाट नयाँ वर्ष, दशैं तिहारमा पचास/सय रुपैयाँ दिन्थे। त्यतिबेला दिनेगरी हामी तास खेल्न लागेम। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बनिसकेपछि खाँदै तास खेल्दै थिएम्। बाहिर सुनसान मौसम थियो। पानीपर्दा पो आवाज आउँछ तर हिउँ पर्दा भने निकै सुनसान, अँध्यारो रात हुन्छ। त्यतिबेला परालको कुन्यूउबाट मुसा निस्के नि २० मिटर पस खस्य्राङखुस्रुङ आवाज सुनिहाल्थ्यो। सबै एकनासले बसिरहेका थिए। त्यतिकैमा बाहिरबाट कोही रोएको आवाज आउन थाल्यो। एकछिन त बिरालो हो कि भन्ने भयो। तर पछि कोही बुढीमान्छे रोएकोजस्तै आवाज दोहोरिन थाल्यो। 

एक त हामी बुझ्ने भएदेखि नै त्यो गोठमा तर्साउँछ भन्ने सुनेका हामीलाई त्यति भए के चाहियो र डर लाग्नलाई। लगातार आवाज दोहोरिन थालेपछि जुटपत्तिमा रमाइरहेका सबै साथीभाइको सातो गयो। एकछिन/दुई छिन नभइ बारम्बार अनौठो आवाज दोहोरिन थाल्यो। त्यसपछि हामीभन्दा उमेरले केही ठूलाहरुको अनुहारमा डर मात्र छल्किन्थ्यो। तर हामी भने रुन थालिहालेम्। बाहिर निस्केर हेर्ने हिम्मत कसैको भएन। सबै रुन र कराउन थाले। त्यतिकैमा पुन्न बाजे (गाउँमा बोलाउने नाम) पूर्ण पण्डित काम्न थालिहाले। त्यहाँ नजिक भएकै कुनै आत्मालाई खानुअघि नचढाएका कारण रुष्ट भएको भन्दै धामी काम्न थाले पुन्नबाजे। गाउँमा अझै पनि केही नयाँ पकाउँदा मान्ने देवी देवता र पितृलाई नचढाए समाउन आउँछन् भन्ने मान्यता छ। 

हामी बालकलाई त्यो कुराले त्यतिबेला विश्वास नदिलाउने कुरै भएन। पछि सबैले जानेनम् भनेर विन्ती चढाउन थाले। तर पनि आवाज रोकिएन। करिब दुई घन्टाजति गोठभित्र रुवाबासी नै चल्यो। त्यतिकैमा बारिबाट ढोकामा कसैले ढकढक हान्यो। हाम्रो मुटुले ठाउँ नै छाड्यो। बिस्तारै स्वतन्त्रले ढोका खोलेपछि कविकी आमा पो रहिछन्। हाम्रो चिच्याहट सुनेपछि माथिल्लो तलामा सुतिरहेकी उनी तल आएकी थिइन्।

किन रोयौं के भयो? भन्दै सोधेपछि हामीसँग भएको घटनाबारे जानकारी गरायौं। उनले हाम्रो डर निकाल्दै उक्त ठाउँमा रुपी बुढी भएको र तर्साउने कुरा गलत रहेको बताइन्। अलिकति मुटुले काम गर्न थाले पनि फेरि केही थिएन भने पुन्नबाजे किन पतुरे (शरीरमा देउता चढेर काम्नु) त? भन्ने प्रश्नले घेरिरह्यो। पछि उनले यदि तर्साउँदो हो त हामी यतिका वर्षदेखि कसरी घरमा बसेम् होला? भन्ने सोधेपछि भने मनमा केही शितल भयो। 

उनी सम्झाएर गइन्। करिब रातिको १ बजिसकेको थियो। तर लगत्तै फेरि सोही आवाज दोहोरिन थाल्यो। त्यसपछि फेरि दिमागले काम गर्न छाड्यो। रोइकराई गर्न थालेपछि अकस्मात फेरि ढोकाबाहिर हाहाहाहा– हेर केटाकेटी डराएका ? भन्ने आवाज आयो। लगत्तै प्रेमले ढोका खोलेर हेर्दा कविको अंकल हरिभक्त दाइ पो रहेछन्। साँझपख हाम्रो खानपिनका लागि तयारी गर्दै गर्दा उनले आफू पनि आउने भनेका थिए। तर हामीले ठूला मान्छे किन आउनु र? भनेर आउन दिएका थिएनम्। त्यही भएर पनि उनले हामीलाई तर्साएका रहेछन्। 

हुन त यो घटना भएको करिब १४/१५ वर्ष बढी भइसक्यो। तै पनि आज पुस १५। घरमा त्यसरी साथीभाइसँग नबसेको धेरै भइसक्यो। हामी हरेक वर्ष त्यसरी नै मनाउँथेम्। एक अर्काबीचको त्यो प्रेम अहिले विरलै भेट्न पाइन्छ। कोही कामका लागि बाहिर त कोही त्यहिँ भएर पनि जिम्मेवारीका कारण दशैं तिहारमासमेत घर जाँदा यति रमाइलो गर्ने अवसर जुट्न पाउँदैन। पुस १५ केटाकेटीका लागि मात्र होइन। ठूला मानिसहरुका लागिसमेत विशेष दिन थियो। रातभर जाग्राम बस्ने अनेक खालका रोटीहरु बनाएर खाने तथा छोरीचेलीहरु माइतमा आउने विशेष दिन। 

मान्यताअनुसार जुम्लीहरुले पुस १५ को रातलाई वर्षकै लामो रातका रुपमा पनि मनाउँछन्। वसन्त ऋतुको आगमन हुँदै गरेको र महिनाको मध्यदिन परेको हुँदा यस दिनलाई कर्णालीवासीहरूले पर्वको रुपमा मनाउँदै आएका हुन्। रात भरी नसुतेरै जाग्राम बस्दा आयु लम्बिने जनविश्वास छ। सबै भन्दा लामो रात पुस पन्ध्र गते हुने र लामो रात नसुतेर बिताउँदा आयु पनि निकै लामो हुने जनविश्वास रहेको छ। 

जुम्लाको राधे कद्दु (फर्सी) र जुम्ली कद्दु पकाउने र रात भरी हासखेल गर्नेसमेत गर्दछन्। त्यसरी रातभर जाग्राम बसेपछि बिहानै उठेर नुहाइन्छ। ननुहाउनेलाई त सुँगुरको जुनी पाइन्छ भनेर जिस्क्याउनेसमेत गर्दछन्। सायद अत्यधिक चिसोका कारण हिउँदभरी नुहाउन कठिन हुने भएकाले यो पर्वलाई नुहाउने अवसरका रुपमा पनि लिइएको हुनुपर्छ। किनकी जाँडो याममा जुम्लामा पुस १५ र माघ १ गतेलाई अनिवार्य नुहाउने व्यवस्था छ। 

यसपाली पनि सम्झनामै रह्यो पुस पुन्नुवाँ। मैले यही आलेखमार्फत् सम्झिएँ। अर्कोपाली समय मिलेछ भने पक्कै आउनेछु त्यसरी नै रातभर नसुतेर रमाइलो गर्न। तिमीहरुचाहिँ रात ब्याउनु है साथ्यौ। 

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  १८:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
गोविन्द देवकोटा
लेखकबाट थप
हिउँले ढाकिएको जोखिमपूर्ण बाटोमा काँधमाथि बिरामी र देशको दुर्दशा दर्शाउने यो तस्बिर
पुस पुन्नुवाँ : ‘रात ब्याउनू’ है साथ्यौ
नदी तटीय क्षेत्रसम्बन्धी सर्वोच्चको फैसलाविरुद्ध सत्तापक्ष-प्रतिपक्ष एकै ठाउँमा
सम्बन्धित सामग्री
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मोसन सिकनेस हवाईजहाज, पानीजहाज, बस, कार वा अन्य चलायमान साधनमा यात्रा गर्दा हुन सक्छ। केही मानिसलाई सामान्य गतिमा पनि समस्या हुन्छ भ... मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? म के कुरामा स्पष्ट छु भने सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रिया ‘मेकानिकल’ हुनुहुँदैन। शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार ! मंगलबार, कात्तिक ३, २०८३
चार दिनमै फेरि कारागारमा मंगलबार, कात्तिक ३, २०८३
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] मंगलबार, कात्तिक ३, २०८३
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्