जनकपुरधाम– मधेस प्रदेश सरकारले आज विवाह पञ्चमीका अवसरमा सार्वजनिक बिदा दिएको छ।
गृह, सञ्चार तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको हो।
'मधेस प्रदेश सरकारद्वारा मिति २०८१ साल चैत्र २२ गतेको प्रदेश राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने बिदा सम्बन्धी सूचना सम्बन्धमा मिति २०८२ साल मङ्सिर ९ गते मङ्गलबारका दिन विवाह पञ्चमीको सार्वजनिक बिदा भएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ' जारी सूचनामा भनिएको छ।
त्रेता युगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदै छ।
मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदै छ। गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरे अनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।