Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सीता परित्याग: जानाजान थोपरिएको एक ‘सफेद’ झुट!

64x64
गोविन्द देवकोटा मंगलबार, साउन २९, २०८१  ११:१६
1140x725

काठमाडौं– गत चैत्र १६ मा देशभरका हिन्दू धर्मावलम्बीहरुले सामाजिक सञ्जालमा राम नवमीको शुभकामना दिँदै गर्दा मेरो ध्यान एक जना आफूलाई सेक्यूलर बताउने मित्रको पोष्टमा पुग्यो। आफ्नी गर्भवती पत्नीलाई एउटा धोवीले कुरा काटेकै भरमा त्याग गरी जंगलमा पठाउने राम कसरी आदर्शवादी हुनसक्छ? हामीले घरमा सुन्दै आएको रामायणको कथामा पनि सोही बताउने गरिन्थ्यो। जब लंकाबाट विजय प्राप्त गरी राम अयोध्या फर्किए तब रामको राज्यविशेषक भयो। ‘लामो समयसम्म अपहरणमा परेर अर्काको देशमा रहेकी पत्नीबारे कसैबाट केही कुरा आउँछ कि भनी रामले आफ्ना प्रजाको विचार बुझ्न लगाए। कसैबाट केही प्रतिक्रिया आएन। तर एक दिन धोवीका पतिपत्नीबीच झगडा हुँदै गर्दा धोवीले भन्यो, ‘म त्यो रामजस्तो हो अर्काले अपहरण गरी ल्याएको पत्नी फिर्ता ल्याउने। सीता गर्भवती छे। त्यो बच्चा कसको हो?’ जब रामका सैनिकले यो खबर रामकहाँ पुर्यारए तब उनले लक्ष्मणलाई लगाएर सीतालाई परित्याग गरी जंगलमा छाड्नि लगाए।’ हामीले बालपनमा अग्रजहरुबाट सुनेको कहानी यही हो।

ती मित्रको पोष्टल र आफूले बालपनमा सुनेको कहानीबारे सोच्दा साँच्चिकै आफ्नी गर्भवती पत्नीलाई कसैले आरोप लगाएकै भरमा परित्याग गर्ने राजा कसरी पुरुषोत्तम हुन सक्छ? मेरो मनमा लामो समयदेखि यही कुरा खेलिरह्यो। कुनै हिन्दू धर्मका गुरुहरु नेपाल आउँदा र प्रवचन दिँदा पनि सामाजिक सञ्जालमा सेक्यूलरहरुको आरोप यही नै हुन्छ। एउटी गर्भवती पत्नी त्याग गरी जंगलमा धपाउने रामलाई आदर्श मानेर पुज्नेहरुबाट सुसभ्य समाजको परिकल्पना कसरी गर्न सकिन्छ? यो प्रश्न आम भइसकेको छ। यस्तै अर्को आरोप हो शास्त्र पढेकैले रामले पुष्पक विमानमा सवार भएर शुद्र सम्भुकको हत्या गरे। 

के साँच्चीकै रामले पत्नी सीतालाई गर्भवती अवस्थामा त्यागेकै हुन्? शास्त्र पढेकैले रामले सम्भुकको हत्या गरेकै हुन्? यो छोटो आलेखमा यी दुई प्रश्नको जवाफ खोतल्ने प्रयास गरेको छु। रामायण महाकाव्य रचियता बाल्मिकी हुन्। सीता परीत्याग र सम्भुक बधको प्रशंग रामायणको उत्तरकाण्डमा उल्लेख छ। 

तर उत्तरकाण्ड बाल्मिकीले लेखेका होइनन्। यदि बाल्मिकी रामायण अध्ययन गर्ने हो भने न सीता परीत्यागको प्रशंग छ न सम्भुक बधको कथा नै। यो उत्तर काण्ड रामायणसँग किन जोडिएर आयो त? हुन त विभिन्न ठाउँमा रामायणका भिन्नभिन्न तरिकाले कथा लेखिएका छन्। तर मुख्य गरी आधिकारिक रामायण बाल्मिकीले लेखेको काव्य नै मानिन्छ।

भारतका संविधान निर्माता भनेर चिनियका बाबासाहेब अम्बेडकरले आफ्नो पुस्तकमा सीता परित्याग र सम्भुक बधको प्रशंगलाई पनि उल्लेख गरेका छन्। ६ वटा काण्डमा रचित बाल्मिकी रामायणको अन्तिम अध्याय फलस्रुतिगं हो। जसमा रामायणको कथाले सुन्ने मानिसको जीवनमा कसरी सकारात्मक प्रभाव पार्छ भन्ने उल्लेख छ।

रामायणको छटौं काण्डका रुपमा रहेको युद्ध काण्डमै नै पूरै कथाको अन्य भएको छ। बाल्मिकी रामायणको युद्ध काण्डको छटौं च्याप्टरको १२८ हेरौं। जसमा लेखिएको छ:

स राज्यमखिलं शासन्निहतारिर्महायशा:।। ६–१२८–९१
राघव: परमोदार: शऽशास परया मुदा।
उवाच लक्ष्मणं रामो धर्मज्ञं धर्मवत्सल: ।। ६–१२८–९२

अर्थात यस श्लोकमा लंका विजयपछि फर्किएका राम अयोध्याको राजा भए।

Ncell 2
Ncell 2
nimb
nimb

अर्को ९०औं श्लोकमा भनिएको छ 
विभीषणो पि ध्र्मात्मा सह रैर्नैर्ऋतर्षभै: ।। ६–१२८–९०
लब्घ्वा कुलध राजा लङ्कां प्रयान् महायशा:।

रावण बधपछि लंकाको राजाको जिम्मेवारी रावणका कान्छा भाई विभिषणले पाए। श्लोक ८९ मा रामसँगै युद्धमा होमिएका किष्किन्धाका राजा सुग्रिवबारे उल्लेख छ। वानर श्रेष्ठ सुग्रिव रामको राज्यविषेकपछि आफ्नो राज्य चलाउन किष्किन्धा फर्किए।

सुग्रिवफ वानरश्रेष्ठो दृष्टा रामाभिषेचनम्।। ६– १२८–८९
पूजितश्रैव रामेण किष्किन्धां प्राविशत्पुरीम्।

रामले आफूसँगै वनवासमा गएर सेवा गरेका भाई लक्ष्मणलाई युवराजको पदवी लिन प्रस्ताव गरे। र लक्ष्मणले मानेनन्। यसबारे श्वक ९३ मा उल्लेख छ। 
आतिष्ठ धर्मज्ञ मया सहेमां
गां पूर्वराजाघ्यूषितां बलेन।
तूल्यं मया त्वं पितृभिर्घृता या।
तां यौवराज्ये धूरमुद्वहस्व । ६–१२८–९३

Xtrem

Xtrem

तर लक्ष्मणले नमानेपछि भरतलाई युवराजका लागि प्रस्ताव गरियो र उनले युवराज पदवी धारण गरे। भरतको युवराज नियुक्तिबारे श्लोक ९४ मा यसरी उल्लेख गरिएको छ:
सर्वात्मना पर्यनुनीयमानो। 
यदा न सौमित्रिरुपैति योगम्।
नियुज्यमानो पि च यावराज्ये
ततोस्भ्याषिञ्चद्धरतं महात्मा ।। ६–१२८–९४

यसपछि श्लोक ९५ मा राम राज्यबारे उल्लेख गरिएको छ। यसलाई नै रामायणको ह्याप्पी इन्डिङ मान्न सकिन्छ। जहाँ रामले आफू राजा भएपछि पौण्डरिक, अश्वमेघ, वाजपेयेन लगायतका यज्ञ गरे र ऋषिमुनि तथा देवताहरुलाई प्रश्न पारेको उल्लेख छ। श्लोक ९५ देखि १०६ मा रामराज्यको वर्णन गरिएको छ। एउटा सीनेमामा जसरी अन्यमा ‘एण्ड दे लिभ्ड ह्याप्पीली इभर आफ्टर’ भनेर लेखिएको हुन्छ। त्यसरी नै श्लोक ९५ देखि १०६ सम्म अध्ययन गर्ने हो भने रामराज्य स्थापित भएपछि अयोध्यामा खुसियालीका साथ रहन गएको उल्लेख छ।

पौण्डरीकाश्वमेधाभ्यान् वाजपेयेन चासकृत।
अन्यैश्व विवधैर्यज्ञैरयजत्पार्थिवर्षभ: ।। ६–१२८–९५
यसरी वर्णन गरिएको छ।
न पर्यदेवन्विधवा न च व्यालकृतं भयम्।
न व्याधिजं भयन् वापि रामे राज्यं प्रशासति।। ६–१२८–९९

कुनै जंगली जनावरहरुले आक्रमण गर्थेनन् र उनीहरुको डर पनि थिएन। राम राज्य स्थापित भएपछि कुनै रोगब्याधीका कारण मानिसहरुले कष्ट भोग्नुपरेन। मानिसहरु बिना कुनै संकट हजारौं वर्षसम्म बाँचे।

यस्तै श्लोक १०० मा चोर, डाकु तथा लुटेराहरुबाट कुनै मानिसले दुख नपाएको र वृद्धहरुले आफ्ना सन्तानहरुको काजकिरिया गर्नु नपरेको उल्लेख छ।
निर्दस्युरभवल्लोको नानर्थ: कन् चिदस्पृशत्।

न च स्म वृद्धा बालानां प्रतकार्याणि कुर्वते।। ६–१२८–१००
आसन्वर्षसहस्त्राणि तथा पुत्रसहस्त्रिण: । 
निरामया विशोकाश्व रामे राज्यं प्रशासति।। ६–१२८–१०२

यस्तै वृक्षहरुमा समयमै फूल फुल्ने र फल फल्न थाले। बादल सही समयमा वर्षिन्थे। हावाको स्पर्श आनन्दमयी थियो:
नित्यपुष्पा नित्यफलास्तरव: स्कन्धविस्तृता:।
कालवर्षी च पर्जन्य: सुखस्पर्शश्व मारुत: ।। ६–१२८–१०४

यस्तै श्लोक १०५ मा समाजको अवस्थाबारे चित्रण गरिएको छ। जहाँ सबै जातजातीमा मानिसहरुले आ–आफ्नो भूमिकाअनुसारको काम गर्थे। कसैमा वैरभाव र लोभलालच थिएन। सन्तुष्टिका साथ आ–आफ्नो काम गर्थे।

ब्राह्मणा:क्षत्रीया वैश्या: शुद्रा लोभविवर्जिता:।
स्वकर्मसु प्रवर्तन्ते तुष्ठा: स्वैरेव कर्मभि: ।। ६–१२८–१०५
आसन् प्रजा धर्मपरा रामे शासति नानृता:।

श्लोक १०६ मा सबैले आ–आफ्नो जिम्मेवारीअनुसारको कामको जिम्मेवारी लिएका थिए। सबैमा नैतिक मान्यता थियो। सबैले धर्मको पालना गर्थे। सोही कारण रामराज्य दश हजार वर्षसम्म निर्वाध चलिरह्यो।
सर्वे लक्षणसम्पन्ना: सर्वे धर्मपरायणा:।। ६–१२८–१०६
दशवर्षसहस्त्राणि रामो राज्यमकारयत्।

अब यति उल्लेख हुँदा रामायणको कहानी यही सामाप्त भएको देखिन्छ। यसलाई एक ह्याप्पी इन्डिङका रुपमा लिन सकिन्छ। बाल्मिकी रामायणको अन्तिम सेक्सन फलस्रुतिगं सेक्सन हो। जसमा यो कहानी आदर्श सामाज निर्माणका लागि सुन्न सुझाइएको छ। यो घटनाक्रमले मानव जीवनमा राम्रो प्रभाव पार्नका लागि सुन्न किन आवश्यक छ भन्नेबारे बाल्मिकीले सुझाएका छन्।

फलस्रुतिगं को श्लोक १२५ मा लेखिएको छ: 
आयुष्यमारोग्यकरं यशस्यं।
सौभ्रातृकं बुद्धिकरं शुचं च।
स्रोतव्यमेतन्नियमेन सद्धि।
राख्यानमोजस्करमृद्धिकामै: ।। ६–१२८–१२५

यो अन्तिम अर्थात फाइनल सेक्सन हो। रामायण कथा यतिमै सकिन्छ। तर यसभन्दा अघि उत्तरकाण्ड कसरी आयो। राममाथि जुन आरोप लगाइन्छ त्यो सब उत्तरकाण्डमाथि टेकेर लगाउने गरिएको छ। उत्तरकाण्ड रामायणको मुख्य कहानीभन्दा पछि थप गरिएको हो। जसलाई जबरजस्ती अगाडि बढाइएको छ। मुख्य कहानीविरुद्ध हुनेगरी उत्तरकाण्ड लेखिएको छ।

श्लोक १०८ लाई हेर्ने हो भने बाल्मिकीद्वारा लेखिएको रामायण नै अन्तिम र सत्य हो। बाल्मिकीले ह्याप्पी इन्डिङका साथ कथाको अन्त्य गरेका छन्। 
श्लोक १०८ मा लेखिएको छ: 
आदिकाव्यमिदं चार्ष पूरा वाल्मीकिना कृतम्।
पठेद्य: श्रुणुयाल्लोके नर: पापात्प्रमुच्यते।।६–१२८–१०८

यसको अर्थ हो यो आदिकाव्य रामायण बाल्मिकीद्वारा सबैभन्दा पहिले लेखिएको हो। यसबाट नै प्रमाणित हुन्छ कि सीता परित्याग र सम्भुक बधको प्रशंग यसमा कतै पनि उल्लेख छैन। उत्तर काण्डमा उल्लेखित प्रशंग पनि आफैंमा विरोधाभाषपूर्ण छन्।

उत्तरकाण्डमा सम्भुकको बधबारे उल्लेख छ। जसमा रामले पुष्पक विमानमा सवार भएर सम्भुकको खोजी गरे र बध गरे भन्ने छ। तर युद्ध काण्डको च्याप्टर १२७ मा लंका जितेपछि जब राम अयोध्या फर्किन्छन् तब पुष्पक विमान कुवेरलाई नै फिर्ता गर्छन्। उक्त विमान रावणले लंका कब्जा गरेकै बेला कुवेरबाट खोसेर लिएका थिए। जब लंका विजयपछि उक्त विमान कुवेरलाई फिर्ता गरिसकिएको उल्लेख छ भने उत्तरकाण्डमा सम्भुक बधका लागि रामसँग पुष्पक विमान कहाँबाट आयो?

कुवेरको कुरा गर्ने हो भने उत्तरकाण्डको च्याप्टर १३ मा रावण र बाँकी राक्षसले ऋषिमुनि र देवताहरुको यज्ञमा बाधा उत्पन्न गराएको उल्लेख छ। जब यो कुरा कुवेरले सुनेपछि रावणकहाँ त्यसो नगर्नका लागि एक दूत पठाउँछन्। तर जब ती दूतलाई रावणसमक्ष लगिन्छ तब रावणले ती दूतलाई तरबारको प्रहार गरी हत्या गरिदिन्छन्। साथै उक्त दूतको शवलाई राक्षसहरुले खाएको प्रशंग छ। यो कहानी सीता हरणभन्दा निकै पहिलेको कुरा हो। यो कहानी पनि एक तरिकाले विरोधाभाषपूर्ण छ।

तर बाल्मिकी रामायणमा उल्लेख गरिएअनुसार कुवेरको शान्तिदूतलाई हत्या गरिएको दाबीलाई सही मान्न सकिँदैन। किनकी सीता अपहरणपछि रामले रावणलाई सम्झाउन शान्तिदूतहरु पठाएको उल्लेख छ। जहाँ पहिला हनुमान र पछि अंगदलाई शान्तिदूतका रुपमा पठाइएको छ।

जब हनुमानलाई रावणको अघि उभ्याइन्छ तब दूतलाई के गर्ने भन्नेबारे रावण सोच्छन्। उचित सजायका लागि आफ्ना भाइ तथा मन्त्री विभिषणसँग सुझाव माग्छन्। सुन्दर काण्डको च्याप्टर ५२ को श्लोक १५ मा विभिषण भन्छन् ‘कुनै पनि शान्तिदूतको लागि शास्त्रमा निश्चित सजायको व्यवस्था गरिएको छ। हातखुट्टा काट्ने, अंगभंग गर्ने, कोर्रा लगाउने वा शीर मुण्डन तथा शरीरमा कुनै प्रकारको नमेटिने निशान बनाइदिने। तर दूतलाई हत्या गर्ने जस्तो सजाय यसअघि कहिले भएको थिएन।’ विभिषणको सोही सुझावअनुसार नै हनुमानको पुच्छरमा आगो लगाइएको थियो।

सुन्दरकाण्डमा विभिषणले यसअघि कुनै दूतको हत्या गरिएको थिएन भनेर उल्लेख गरिनुले नै उत्तरकाण्डमा कुवेरको दूतको हत्या गरिएको प्रशंग झुट हो भन्ने पुष्टि हुन्छ। किनकी कुवेरको दूतको हत्या प्रशंग सीता अपहरणअघि नै हो। जहाँ हत्या गरिएको भनेर दाबी गरिएको छ। तर त्यसको निकैपछि भएको सीता अपहरणपछि दूतहरुको सजायमा विभिषणले यसअघि दूतको हत्या गर्ने गरिएको छैन भनेर स्पष्ट लेखिएको छ। यदि उत्तरकाण्डको कुरालाई सत्य मान्ने हो भने हनुमानको सजाय निर्धारण हुँदा विभिषणले यसअघि कुनै दूतको हत्या गरिएको छैन भनेर किन भन्थे? यसबाट के पुष्टि हुन्छ भने वास्तविक रामायणसँग उत्तरकाण्डको कुनै साइन नै छैन। यो त पछि जोडिएको हो।

उत्तरकाण्डमा लेखिएका कहानीलाई रामायणको निरन्तरता मान्न सकिन्नँ। उत्तर काण्ड कहिले र कसले लेख्यो यसको ऐतिहासिक प्रमाण भने भेटिँदैन। तर यो एक यस्तो कहानी हो जसले ब्राह्मणवाद र जातीवाद तथा पृतृसत्तालाई प्रसय दिने उद्देश्यले लेखिएको हो। समाजमा जातीवादका नाममा आफ्नो सत्ता चलाउने र नारीहरु पुरुषभन्दा कमजोर, उनीहरुमाथि पुरुषले शासन गर्नुपर्छ भन्ने मनसायले नै उत्तरकाण्ड लेखिएको अनुमान लगाउन सकिन्छ। समाजका केही जातीवादी र पुरुषसत्तावादी सोचका मानिसले उत्तरकाण्डलाई जबर्जस्ती तरिकाले रामायणमा जोडिदिएका हुन्। यो अजेण्डा अहिले पनि चलिरहेकै छ। यस्ता कैयौं झुटहरु उल्लेख छन् उत्तरकाण्डमा जो बाल्मिकी रामायणसँग कुनै सम्बन्ध नै राख्दैनन्।

अन्त्यमा भारतीय एक सायर मालिकजादा जावेदको दुई शेयर राख्दै आलेख अन्त्य गर्दछु
जो दूसरों से गजल कहलवा के लाते हैं
जुवां खुली तो तलफ्फुजसे मार खाते हैं

यी सायरले भनेजस्तै कथित वामपन्थी र सेक्यूलरहरु आफूहरु क्रान्तिकारी बन्ने ध्याउन्नमा अजेण्डाभित्रका झुटहरुलाई बाहिर ल्याउँदैनन्। उनीहरुलाई केवल आफ्नो अजेण्डा सेट गर्नु छ र आफ्नो ठेक्का चलाउनुछ। यता धार्मिक गुरुहरुको हालत पनि यहि नै हो। यदि सत्य उजागर भयो भने उनीहरुको खेतीपाती पनि धेरै दिन चल्दैन। लामो समयसम्म समाजलाई विभाजनमा राखिराख्न सकियो भने न उनीहरुको धन्धा चल्ने हो। सोही कारण पनि बाक्लो कुर्सीमा आसन्न भएर झुट फैलाइरहेका छन्। समाज पनि उस्तै छ न शास्त्रको अध्ययन छ न ज्ञान नै। न झुट र सत्य के हो भनेर पहिल्याउने चासो नै। सोही कारण पनि भीडमा जसले जे भन्यो उसैका पछि लागेका छन् र त सेक्यूलरवादी र धार्मिक भीरुहरुको दोकान निर्वाध नाफामुखी चलिरहेको छ। 
 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  ११:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
गोविन्द देवकोटा
लेखकबाट थप
हिउँले ढाकिएको जोखिमपूर्ण बाटोमा काँधमाथि बिरामी र देशको दुर्दशा दर्शाउने यो तस्बिर
पुस पुन्नुवाँ : ‘रात ब्याउनू’ है साथ्यौ
नदी तटीय क्षेत्रसम्बन्धी सर्वोच्चको फैसलाविरुद्ध सत्तापक्ष-प्रतिपक्ष एकै ठाउँमा
सम्बन्धित सामग्री
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन बिहीबार, असोज २२, २०८३
एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने बिहीबार, असोज २२, २०८३
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित बिहीबार, असोज २२, २०८३
आवासीय चिकित्सकलाई होस्टल खाली गर्न जारी गरेको उर्दीप्रति सरकारले माग्यो पीडितसँग माफी बिहीबार, असोज २२, २०८३
विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणमा गैरप्राथमिक आयोजनाको बजेट लगाइने बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्