काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले मतदाता सूचीमा नाम दर्ता गरेर मतदान अधिकार सुनिश्चित गर्न आम नागरिकलाई आग्रह गरेकी छिन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेकी छिन्– 'सरकारले फागुन २१, २०८२ मा संसदीय चुनाव गर्ने लक्ष्यका साथ तयारी अगाडि बढाइरहेको छ।
यस सन्दर्भमा, म सबै नागरिकहरूलाई मतदाता सूचीमा पहिले नाम दर्ता गरेर आफ्नो मतदान अधिकार सुनिश्चित गर्न आग्रह गर्दछु।'

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।