Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

नेपालका २८ जिल्लामा चिया खेती, तर विदेशबाटै हुन्छ करोडौंको आयात

64x64
कल्पना घिमिरे बिहीबार, फागुन ४, २०७९  ०७:३१
1140x725
तस्बिर: राष्ट्रिय चिया तथा कफी विकास बोर्ड

काठमाडौं- चिया तथा कफी विकास बोर्डका अनुसार नेपालका २८ जिल्लामा व्यावसायिक चियाखेती गरिन्छ। जसमध्ये झापा र इलाममा प्रशस्त चिया उत्पादन हुन्छ। तर स्वदेशी चिया प्रशस्त हुँदाहुँदै बाहिरी मुलुकबाट वर्षेनी १२ करोड रुपैयाँको चिया आयात हुने गरेको पाइएको छ।

चालु आर्थिक वर्षको साउन महिनादेखि पुस महिनासम्म ८ करोड १२ लाख ३८ हजार रुपैयाँको १६८.५० मेट्रिक टन चिया आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ। 

जसमध्ये २२ लाख ३० हजारको १.३९ केजी ग्रिन टी आयात भएको छ। त्यस्तै सात करोड ४८ लाख ७४ हजार रुपैयाँको १६७.११ मेट्रिक टन कालो चिया आयात भएको विभागको तथ्यांकले देखाउँछ।

चिया तथा कफी विकास बोर्डका प्रवक्ता दिपक खनालले नेपालमा विभिन्न कलात्मक चियाको माग भएको र कलात्मक चिया उत्पादनका लागि उच्च प्रविधिबाट प्रशोधन गरिनुपर्ने भएकाले नेपालमा सो प्रविधि नभएको कारण उच्च प्रविधिबाट प्रशोधित चिया आयात गरिने बताए।

‘नेपालमा चिया उत्पादन प्रशस्त छ। एभरेजमा वर्षेनी चार अर्बको चिया निर्यात हुने गरेको छ। नेपालमा केही चिया पारखीहरुले विभिन्न आर्टका चिया मन पराउने गर्छन् र विदेशबाट उच्च प्रविधिबाट प्रशोधित चिया सानो परिमाणमा महँगो शुल्क तिरेर  ल्याउने गरेका छन्,’ उनले भने।

सवाँ पाँच वर्षमा साढे ५३ करोडको चिया आयात
आर्थिक वर्ष २०७५/०७६ मा १२ करोड १६ लाख २३ हजार तीन सय रुपैयाँको ३४७.५३ मेट्रिक टन चिया आयात भएको भन्सार विभागले जनाएको छ। जसमध्ये ९ करोड ७० लाख ५८ हजार रुपैयाँको ३०४.९७ मेट्रिक टन कालो चिया, ग्रिन टी दुई करोड ६ लाख ७३ हजार रुपैयाँको ३८.३८ मेट्रिक टन र ३८ लाख ९२ हजार रुपैयाँको ४. १८ मेट्रिक टन ब्याग फिल्टर पेपर चिया आयात भएको छ। 

आर्थिक वर्ष २०७६/०७७ मा आठ करोड १३ लाख ३० रुपैयाँको २२३.३६ मेट्रिक टन चिया आयात भएको भन्सार विभागको तथ्यांकमा छ। जसमध्ये ६ करोड चार लाख ८७ हजार रुपैयाँको १९२.२८ मेट्रिक टन कालो चिया, एक करोड ११ लाख ८९ हजार रुपैयाँको ग्रिन टी, ३६ लाख ८९ हजार रुपैयाँको ४.५८ मेट्रिक टन ब्याग फिल्टर पेपर चिया र दुई लाख ४३ हजार रुपैयाँको १४८ केजी हर्बल चिया आयात भएको छ। 

आर्थिक वर्ष २०७७/०७८ मा १५ करोड ८४ लाख ५ हजार रुपैयाँको ३५८.०१ मेट्रिक टन चिया आयात भएको विभागको तथ्यांकमा उल्लेख छ। जसमध्ये १२ करोड ४७ लाख ७२ हजार रुपैयाँको ३१८.३३ मेट्रिक टन कालो चिया, ग्रिन टी दुई करोड ३८ लाख ४० हजार रुपैयाँको २८.४८ मेट्रिक टन, एक लाख सात हजार रुपैयाँको ७४ केजी हर्बल चिया र ६९ लाख ८६ हजार रुपैयाँको ब्याग फिल्टर पेपर चिया आयात भएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

२०७८/०७९ मा आठ करोड ८३ लाख ६२ हजार रुपैयाँको २१२.१९ मेट्रिक टन चिया आयात भएको विभागको तथ्यांकमा छ। जसमध्ये सात करोड १९ लाख ८७ हजार रुपैयाँको १८३.५८ मेट्रिक टन कालो चिया, एक करोड १६ लाख ५८ हजार रुपैयाँको २०.१३ मेट्रिक टन ग्रिन टी, दुई लाख ५० हजार रुपैयाँको ५३६ केजी हर्बल चिया र ४४ लाख ६६ हजार रुपैयाँको ७.९५ मेट्रिक टन ब्याग फिल्टर पेपर टी आयात भएको विभागको तथ्यांकमा उल्लेख छ।

२०७९/०८० मा साउन महिनादेखि पुस महिनासम्म ८ करोड १२ लाख ३८ हजार रुपैयाँको १६८.५० मेट्रिक टन चिया आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ। 

जसमध्ये सात करोड ४८ लाख ७४ हजार रुपैयाँको १६७.११ मेट्रिक टन कालो चिया, २२ लाख ३० हजारको १.३९ केजी ग्रिन टी र ४१ लाख ३५ हजार रुपैयाँको ४.४१ मेट्रिक टन ब्याग फिल्टर पेपर चिया आयात भएको विभागको तथ्यांकले देखाउँछ।    

आर्थिक वर्ष २०७५/०७६ देखि आर्थिक वर्ष २०७९/०८० को पुस मसान्तसम्ममा (सावा पाँच वर्षको अवधि) नेपालले विभिन्न मुलुबाट ५३ करोड ९ लाख ५८ हजार रुपैयाँको १३१४ मेट्रिक टन चिया आयात गरेको भन्सार विभागले जनाएको छ।

Xtrem

Xtrem

स्वदेशी उत्पादन हुँदाहुँदै वर्षेनी ७-१५ करोडको चिया आयात
आफ्नै चिया उत्पादन प्रशस्त छ। तर वर्षेनी सातदेखि १५ करोड रुपैयाँसम्मको चिया आयात हुने गरेको पाइएको छ। नेपालका केही चिया पारखीहरुले विभिन्न कलात्मक किसिमका चिया रुचाउने भएकाले बाहिरी मुलुकबाट आयात गर्नुपरेको चिया तथा कफी विकास बोर्डको भनाइ छ। 

आर्थिक वर्ष २०७३/०७४ मा २८२४१ हेक्टर जमिनमा २४४०९.२९ मेट्रिक टन चिया उत्पादन भएको बोर्डको तथ्यांकले देखाउँछ। जसमध्ये १८५४७.४० मेट्रिक टन सीटीसी चिया उत्पादन भएको थियो भने ५८६१.८९ मेट्रिक टन अर्थोडक्स चिया उत्पादन भएको थियो। सोही आर्थिक वर्षमा ९ करोड ६ लाख ७० हजार रुपैयाँको चिया आयात भएको बोर्डको तथ्यांकमा छ।

आर्थिक वर्ष २०७४/०७५ मा २८५९५ हेक्टर जमिनमा २४८०३.५७ मेट्रिक टन चिया उत्पादन भएको थियो। जसमध्ये १८८२५.६० मेट्रिक टन सीटीसी चिया उत्पादन भएको थियो भने ५९७७.९७ मेट्रिक टन अर्थोडक्स चिया उत्पादन भएको बोर्डको तथ्यांकले देखाउँछ। सोही आर्थिक वर्षमा १२ करोड ९ लाख सात हजार रुपैयाँको चिया आयात भएको बोर्डले जनाएको छ।

आर्थिक वर्ष २०७५/०७६ मा २८७३२ हेक्टर जमिनमा २५२०५.८६ मट्रिक टन चिया उत्पादन भएको थियो। जसमध्ये १९१०८ मेट्रिक टन सीटीसी चिया उत्पादन भएको थियो भने  ६०९७.८६ मेट्रिक टन अर्थोडक्स चिया उत्पादन भएको बोर्डको तथ्यांकमा देखिएको छ। सोही आर्थिक वर्षमा ११ करोड७७ लाख ३२ हजार तीन सय रुपैयाँको चिया आयात भएको थियो।

आर्थिक वर्ष २०७६/०७७ मा १६९०५ हेक्टर जमिनमा २४११८.२७ मेट्रिक टन चिया उत्पादन भएको थियो। जसमध्ये सीटीसी चिया १४९७७.३० मेट्रिक टन उत्पादन भएको थियो। २२५२ मेट्रिक टन अर्थोडक्स चिया, ७४५.५५ मेट्रिक टन ग्रिन टी उत्पादन र १४४.१२ मेट्रिक टन अन्य चिया उत्पादन भएको बोर्डको तथ्यांकमा देखिएको छ। सोही आर्थिक वर्षमा सात करोड ७४ लाख ६५० रुपैयाँको चिया आयात भएको बोर्डले जनाएको छ।

आर्थिक वर्ष २०७७/०७८ मा १६९२० हेक्टर जमिनमा २३७४५.९० मेट्रिक टन चिया उत्पादन भएको थियो। जसमध्ये सीटीसी चिया १५६५४.१० मेट्रिक टन चिया उत्पादन भएको थियो। ७१६८.२५ मेट्रिक टन अर्थोडक्स चिया, ७७२.४५ मेट्रिक टन ग्रिन टी उत्पादन र १५१.०९ मेट्रिक टन अन्य चिया उत्पादन भएको बोर्डको तथ्यांकमा उल्लेख छ।

सोही आर्थिक वर्षमा १५ करोड १३ लाख १२ हजार १४० रुपैयाँको चिया आयात भएको बोर्डले जनाएको छ। 

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  ०७:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्