• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

नेपालका २८ जिल्लामा चिया खेती, तर विदेशबाटै हुन्छ करोडौंको आयात

64x64
कल्पना घिमिरे बिहीबार, फागुन ४, २०७९  ०७:३१
1140x725
तस्बिर: राष्ट्रिय चिया तथा कफी विकास बोर्ड

काठमाडौं- चिया तथा कफी विकास बोर्डका अनुसार नेपालका २८ जिल्लामा व्यावसायिक चियाखेती गरिन्छ। जसमध्ये झापा र इलाममा प्रशस्त चिया उत्पादन हुन्छ। तर स्वदेशी चिया प्रशस्त हुँदाहुँदै बाहिरी मुलुकबाट वर्षेनी १२ करोड रुपैयाँको चिया आयात हुने गरेको पाइएको छ।

चालु आर्थिक वर्षको साउन महिनादेखि पुस महिनासम्म ८ करोड १२ लाख ३८ हजार रुपैयाँको १६८.५० मेट्रिक टन चिया आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ। 

जसमध्ये २२ लाख ३० हजारको १.३९ केजी ग्रिन टी आयात भएको छ। त्यस्तै सात करोड ४८ लाख ७४ हजार रुपैयाँको १६७.११ मेट्रिक टन कालो चिया आयात भएको विभागको तथ्यांकले देखाउँछ।

चिया तथा कफी विकास बोर्डका प्रवक्ता दिपक खनालले नेपालमा विभिन्न कलात्मक चियाको माग भएको र कलात्मक चिया उत्पादनका लागि उच्च प्रविधिबाट प्रशोधन गरिनुपर्ने भएकाले नेपालमा सो प्रविधि नभएको कारण उच्च प्रविधिबाट प्रशोधित चिया आयात गरिने बताए।

‘नेपालमा चिया उत्पादन प्रशस्त छ। एभरेजमा वर्षेनी चार अर्बको चिया निर्यात हुने गरेको छ। नेपालमा केही चिया पारखीहरुले विभिन्न आर्टका चिया मन पराउने गर्छन् र विदेशबाट उच्च प्रविधिबाट प्रशोधित चिया सानो परिमाणमा महँगो शुल्क तिरेर  ल्याउने गरेका छन्,’ उनले भने।

सवाँ पाँच वर्षमा साढे ५३ करोडको चिया आयात
आर्थिक वर्ष २०७५/०७६ मा १२ करोड १६ लाख २३ हजार तीन सय रुपैयाँको ३४७.५३ मेट्रिक टन चिया आयात भएको भन्सार विभागले जनाएको छ। जसमध्ये ९ करोड ७० लाख ५८ हजार रुपैयाँको ३०४.९७ मेट्रिक टन कालो चिया, ग्रिन टी दुई करोड ६ लाख ७३ हजार रुपैयाँको ३८.३८ मेट्रिक टन र ३८ लाख ९२ हजार रुपैयाँको ४. १८ मेट्रिक टन ब्याग फिल्टर पेपर चिया आयात भएको छ। 

आर्थिक वर्ष २०७६/०७७ मा आठ करोड १३ लाख ३० रुपैयाँको २२३.३६ मेट्रिक टन चिया आयात भएको भन्सार विभागको तथ्यांकमा छ। जसमध्ये ६ करोड चार लाख ८७ हजार रुपैयाँको १९२.२८ मेट्रिक टन कालो चिया, एक करोड ११ लाख ८९ हजार रुपैयाँको ग्रिन टी, ३६ लाख ८९ हजार रुपैयाँको ४.५८ मेट्रिक टन ब्याग फिल्टर पेपर चिया र दुई लाख ४३ हजार रुपैयाँको १४८ केजी हर्बल चिया आयात भएको छ। 

आर्थिक वर्ष २०७७/०७८ मा १५ करोड ८४ लाख ५ हजार रुपैयाँको ३५८.०१ मेट्रिक टन चिया आयात भएको विभागको तथ्यांकमा उल्लेख छ। जसमध्ये १२ करोड ४७ लाख ७२ हजार रुपैयाँको ३१८.३३ मेट्रिक टन कालो चिया, ग्रिन टी दुई करोड ३८ लाख ४० हजार रुपैयाँको २८.४८ मेट्रिक टन, एक लाख सात हजार रुपैयाँको ७४ केजी हर्बल चिया र ६९ लाख ८६ हजार रुपैयाँको ब्याग फिल्टर पेपर चिया आयात भएको छ।

Ncell 2
Ncell 2

२०७८/०७९ मा आठ करोड ८३ लाख ६२ हजार रुपैयाँको २१२.१९ मेट्रिक टन चिया आयात भएको विभागको तथ्यांकमा छ। जसमध्ये सात करोड १९ लाख ८७ हजार रुपैयाँको १८३.५८ मेट्रिक टन कालो चिया, एक करोड १६ लाख ५८ हजार रुपैयाँको २०.१३ मेट्रिक टन ग्रिन टी, दुई लाख ५० हजार रुपैयाँको ५३६ केजी हर्बल चिया र ४४ लाख ६६ हजार रुपैयाँको ७.९५ मेट्रिक टन ब्याग फिल्टर पेपर टी आयात भएको विभागको तथ्यांकमा उल्लेख छ।

२०७९/०८० मा साउन महिनादेखि पुस महिनासम्म ८ करोड १२ लाख ३८ हजार रुपैयाँको १६८.५० मेट्रिक टन चिया आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ। 

जसमध्ये सात करोड ४८ लाख ७४ हजार रुपैयाँको १६७.११ मेट्रिक टन कालो चिया, २२ लाख ३० हजारको १.३९ केजी ग्रिन टी र ४१ लाख ३५ हजार रुपैयाँको ४.४१ मेट्रिक टन ब्याग फिल्टर पेपर चिया आयात भएको विभागको तथ्यांकले देखाउँछ।    

आर्थिक वर्ष २०७५/०७६ देखि आर्थिक वर्ष २०७९/०८० को पुस मसान्तसम्ममा (सावा पाँच वर्षको अवधि) नेपालले विभिन्न मुलुबाट ५३ करोड ९ लाख ५८ हजार रुपैयाँको १३१४ मेट्रिक टन चिया आयात गरेको भन्सार विभागले जनाएको छ।

स्वदेशी उत्पादन हुँदाहुँदै वर्षेनी ७-१५ करोडको चिया आयात
आफ्नै चिया उत्पादन प्रशस्त छ। तर वर्षेनी सातदेखि १५ करोड रुपैयाँसम्मको चिया आयात हुने गरेको पाइएको छ। नेपालका केही चिया पारखीहरुले विभिन्न कलात्मक किसिमका चिया रुचाउने भएकाले बाहिरी मुलुकबाट आयात गर्नुपरेको चिया तथा कफी विकास बोर्डको भनाइ छ। 

आर्थिक वर्ष २०७३/०७४ मा २८२४१ हेक्टर जमिनमा २४४०९.२९ मेट्रिक टन चिया उत्पादन भएको बोर्डको तथ्यांकले देखाउँछ। जसमध्ये १८५४७.४० मेट्रिक टन सीटीसी चिया उत्पादन भएको थियो भने ५८६१.८९ मेट्रिक टन अर्थोडक्स चिया उत्पादन भएको थियो। सोही आर्थिक वर्षमा ९ करोड ६ लाख ७० हजार रुपैयाँको चिया आयात भएको बोर्डको तथ्यांकमा छ।

आर्थिक वर्ष २०७४/०७५ मा २८५९५ हेक्टर जमिनमा २४८०३.५७ मेट्रिक टन चिया उत्पादन भएको थियो। जसमध्ये १८८२५.६० मेट्रिक टन सीटीसी चिया उत्पादन भएको थियो भने ५९७७.९७ मेट्रिक टन अर्थोडक्स चिया उत्पादन भएको बोर्डको तथ्यांकले देखाउँछ। सोही आर्थिक वर्षमा १२ करोड ९ लाख सात हजार रुपैयाँको चिया आयात भएको बोर्डले जनाएको छ।

आर्थिक वर्ष २०७५/०७६ मा २८७३२ हेक्टर जमिनमा २५२०५.८६ मट्रिक टन चिया उत्पादन भएको थियो। जसमध्ये १९१०८ मेट्रिक टन सीटीसी चिया उत्पादन भएको थियो भने  ६०९७.८६ मेट्रिक टन अर्थोडक्स चिया उत्पादन भएको बोर्डको तथ्यांकमा देखिएको छ। सोही आर्थिक वर्षमा ११ करोड७७ लाख ३२ हजार तीन सय रुपैयाँको चिया आयात भएको थियो।

आर्थिक वर्ष २०७६/०७७ मा १६९०५ हेक्टर जमिनमा २४११८.२७ मेट्रिक टन चिया उत्पादन भएको थियो। जसमध्ये सीटीसी चिया १४९७७.३० मेट्रिक टन उत्पादन भएको थियो। २२५२ मेट्रिक टन अर्थोडक्स चिया, ७४५.५५ मेट्रिक टन ग्रिन टी उत्पादन र १४४.१२ मेट्रिक टन अन्य चिया उत्पादन भएको बोर्डको तथ्यांकमा देखिएको छ। सोही आर्थिक वर्षमा सात करोड ७४ लाख ६५० रुपैयाँको चिया आयात भएको बोर्डले जनाएको छ।

आर्थिक वर्ष २०७७/०७८ मा १६९२० हेक्टर जमिनमा २३७४५.९० मेट्रिक टन चिया उत्पादन भएको थियो। जसमध्ये सीटीसी चिया १५६५४.१० मेट्रिक टन चिया उत्पादन भएको थियो। ७१६८.२५ मेट्रिक टन अर्थोडक्स चिया, ७७२.४५ मेट्रिक टन ग्रिन टी उत्पादन र १५१.०९ मेट्रिक टन अन्य चिया उत्पादन भएको बोर्डको तथ्यांकमा उल्लेख छ।

सोही आर्थिक वर्षमा १५ करोड १३ लाख १२ हजार १४० रुपैयाँको चिया आयात भएको बोर्डले जनाएको छ। 

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  ०७:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
हरियो धनियाँ र काँक्रोमा भेटियो अत्याधिक विषादी बिहीबार भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा ५५.२९ प्रतिशत र नवलपरासीबाट ल्याइएको काँक्रोमा ४६.५ प्रतिशत... बिहीबार, मंसिर ४, २०८२
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य त्यसैगरी, मटरकोसा प्रतिकिलो १६०, घिउ सिमी (लोकल) प्रतिकिलो १५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १५०, घिउ सिमी (राजमा) प्रतिकिलो १००, ट... शनिबार, कात्तिक २९, २०८२
कृषिवस्तुहरु ओसारपसार तथा ढुवानीमा सहयोग गरिदिन कृषि विभागको आग्रह ढुवानीको क्रममा राजमार्गमा सिर्जित समस्याले कृषक/कृषि उद्यमी एंव कृषि व्यवसायीबाट गुनासो आएकाले ओसारपसारमा सहजीकरण गरिदिन विभागले आग... शुक्रबार, भदौ २७, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्