• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

नेपालमा १ जनाले वर्षभरि खान्छन् १६ किलो प्याज, विदेशबाटै हुन्छ अर्बौंको आयात

64x64
कल्पना घिमिरे मंगलबार, माघ २४, २०७९  १८:३५
1140x725

काठमाडौं– भान्सामा दैनिक सलाद तथा मसलाका रुपमा प्रयोग हुने प्याजमा पनि नेपाल परनिर्भर छ। प्याजको उत्पादन बढाउन भन्दै सरकारले वर्षेनी करौडौं रुपैयाँको अनुदान दिने गर्छ। तर त्यसको असर उत्पादनमा परेको छैन। 

चालु आर्थिक वर्षको साउन महिनादेखि पुस महिनासम्म नेपालले ३ अर्व २३ करोड ३८ लाख ७१ हजार रूपैयाँ बराबरको ८७ हजार ५२८.६ मेट्रिकटन हरियो तथा सुकेको प्याज बाहिरी मुलुकबाट आयात गरेको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ। 

जसमध्ये भारतबाट मात्रै ३ अर्व २० करोड ६१ लाख ९३ हजार रूपैयाँको ८ हजार ७४६.५८ मेट्रिक टन प्याज आयात भएको छ। त्यसमा प्याजको बीउ मात्रै ४ लाख ८३ हजार रुपैयाँको १.३ मेट्रिकटन आयात भएको विभागको तथ्याङ्कले देखाउँछ। 

ताजा प्याज मात्रै ३ अर्व १५ करोड २७ लाख ४५ हजार रूपैयाँको ८६ हजार ३८६.६८ मेट्रिक टन आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ। टुक्रा पारेर सुकाएको प्याज भने ५ करोड २९ लाख ६५ हजार रूपैयाँको १ हजार ७२.५९ मेट्रिक टन भारतबाट आयात भएको छ। 

यस्तै, कोरियाबाट १ लाख ५२ हजार रुपैयाँको १५ केजी प्याजको बिउ आयात गरिएको विभागको तथ्याङ्कमा उल्लेख छ।  छिमेकी मुलुक चिनबाट पनि दुई करोड ७५ लाख २६ हजार रूपैयाँको प्याज आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ।

कालिमाटी तरकारी बजार विकास समितिका निर्देशक विनय श्रेष्ठ नेपालमा उत्पादन हुने प्याज हरियोमै बढी बिक्री गर्ने गरिएकाले भएकाले बाहिरी मुलुकबाट प्याज आयात गर्नु परेको बताउँछन्।

‘पहिलो कुरा स्वदेशी उत्पादनले बजारको माग धान्न सक्दैन। दोश्रो नेपालीहरुलाई छिटो आर्थिक आम्दानी गर्नुपर्ने हुन्छ। प्याज खेती प्रशस्त हुन्छ, तर हरियो प्याज उखेलेर बिक्री गर्दा छिटो आर्थिक आम्दानी हुने भयो। अर्को कुरा प्याज छिटो उखेलेपछि फेरि अर्को वस्तु खेती उत्पादन गर्न सकिन्छ। त्यसकारण हरियोमै प्याज बिक्री गरीने भएकाले बढी आयात गर्नु पर्ने बाध्यता छ,’ श्रेष्ठले भने।

भारतबाट मात्रै साढे १४ अर्बको प्याज आयात
सवा ३ वर्षको अवधिमा भारतबाट मात्रै साढे १४ अर्ब रुपैयाँको हरियो, सुकेको, बिउ प्याज आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ। आर्थिक वर्ष ०७७/०७८ देखि हालसम्म १४ अर्ब ६४ करोड ८१ लाख २८ हजार रूपैयाँको ३ लाख ८९ हजार ८१४.३४ मेट्रिक टन प्याज विदेशबाट आयात भएको छ। जसमध्ये भारतबाट मात्रै १४ अर्व ४५ करोड ४१ लाख ९६ हजार रूपैयाँको प्याज आयात भएको छ।

Ncell 2
Ncell 2

आर्थिक वर्ष २०७७/०७८ मा ४ अर्व ९६ करोड ३६ लाख १३ हजार रूपैयाँको १२ हजार ८ सय ४५.६ मेट्रिक टन आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ।

आर्थिक वर्ष २०७८/०७९ मा ६ अर्व ४५ करोड ५३ लाख ७६ हजार रूपैयाँको १ लाख ७३ हजार ८३१.६५ मेट्रिक टन प्याज आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ।

आर्थिक वर्ष ०७९/०८० को ६ महिनाको अवधिमा नेपालले ३ अर्ब २३ करोड ३८ लाख ७१ हजार रूपैयाँको ८७ हजार ५२८.६ मेट्रिक टन प्याज आयात भएको छ।

माग धेरै, उत्पादन कम
नेपालमा मागभन्दा धेरै कम उत्पादन हुँदा वर्षेनी विदेशबाट अर्बौं रुपैयाँको प्याज आयात भइरहेको तथ्याङ्कले देखाउँछ। नेपाली उत्पादनले माग नधान्दा बाहिरी मुलुकबाट आयात गर्नेपर्ने बाध्यता रहेको सरोकारवालाहरुको भनाइ छ। 

आर्थिक वर्ष ०७७/०७८ मा प्रदेश १ मा १ हजार ९९४ हेक्टर जमिनमा खेती हुँदा २४ हजार १३५ मेट्रिक टन प्याज उत्पादन भएको थियो। यो प्रतिहेक्टर १२.१० मेट्रिक टनले उत्पादन भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ।

त्यस्तै, सोही आर्थिक वर्षमा मधेस प्रदेशमा १० हजार ८३७ हेक्टर जमिनमा खेती गरिएकोमा प्रतिहेक्टर १५.८४ मेट्रिक टनका दरले १ लाख ७१ हजार ६४९ मेट्रिक टन प्याज उत्पादन भएको थियो।

सोही आर्थिक वर्षमा बागमती प्रदेशमा १ हजार १२२ हेक्टर जमिनमा खेती गरिँदा प्रतिहेक्टर ११.८० मेट्रिक टनका दरले १३ हजार २४६ मेट्रिक टन प्याज उत्पादन भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ। 

उक्त आर्थिक वर्षमा गण्डकी प्रदेशमा ६८२ हेक्टर जमिनमा खेती भएकोमा प्रतिहेक्टर १२.६३ मेट्रिक टनका दरले ८ हजार ६६२ मेट्रिक टन प्याज उत्पादन भएको थियो।

लुम्बिनी प्रदेशमा २ हजार ८२३ हेक्टर जमिनमा खेती भएकोमा प्रतिहेक्टर १४.१४ मेट्रिक टनका दरले ३९ हजार ९११ मेट्रिक टन प्याज उत्पादन भएको थियो।

कर्णाली प्रदेशमा ७४९ हेक्टर जमिनमा खेती भएकोमा प्रतिहेक्टर ११.३२ मेट्रिक टनका दरले ८ हजार ४८२ मेट्रिक टन प्याज उत्पादन भएको थियो।

सुदुरपश्चिम प्रदेशमा २ हजार ४३ हेक्टर जमिनमा खेती भएकोमा प्रतिहेक्टर ११.२६ मेट्रिक टनका दरले २ हजार ११ मेट्रिक टन प्याज उत्पादन भएको थियो।

एक जनाले वर्षमा खान्छन् झण्डै १६ केजी प्याज 
आर्थिक वर्ष ०७७/०७८ मा ७ वटै प्रदेशमा गरी २ लाख ८९ हजार ९६ मेट्रिक टन प्याज उत्पादन भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ। सोही वर्ष १ लाख ७३ हजार ८३१.६५ मेट्रिक टन प्याज विदेशबाट आएको थियो। 

नेपालमा प्रतिव्यक्ति वार्षिक १५.४६ केजी प्याज खपत हुने राष्ट्रिय आलु, तरकारी तथा मसला विकास केन्द्रको वार्षिक प्रतिवेदनमा उल्लेख छ। 

राष्ट्रिय आलु, तरकारी तथा मसला विकास केन्द्रका सूचना अधिकारी सूचना अधिकारी सन्दीप सुवेदी नेपाल प्याजमा आत्मनिर्भर हुनका लागि कम्तीमा २५ हजार ९१० हेक्टर जमिनमा बाह्रै महिना प्याज खेती गर्नुपर्ने बताउँछन्। केन्द्रका अनुसार अहिले देशभर करिब १९ हजार हेक्टर जमिनमा प्याज खेती हुन्छ।

प्याजको आयात नियन्त्रणका लागि संघीय सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहत रहेको राष्ट्रिय आलु, तरकारी तथा मसला विकास केन्द्रले तराईका विभिन्न जिल्लामा प्याज खेती कार्यक्रम सञ्चालन गरिरहेको छ। 

प्याजको गुणस्तरीय बिउको उत्पादन वृद्धिका लागि यो कार्यक्रम सञ्चालन गरिएको सुवेदीले बताए। ५ वर्षमा बिउ उत्पादन बढाउने लक्ष्य रहेको उनको भनाइ छ। 

वार्षिक करिब १९ करोड रुपैयाँ बराबरको १९० मेट्रिक टन प्याजको बिउ उत्पादन गर्ने लक्ष्य रहेको उनले जानकारी दिए।  साथै प्याज खेतीका लागि अनुदान पनि दिइरहेको उनले जानकारी दिए। 

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १८:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
हरियो धनियाँ र काँक्रोमा भेटियो अत्याधिक विषादी बिहीबार भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा ५५.२९ प्रतिशत र नवलपरासीबाट ल्याइएको काँक्रोमा ४६.५ प्रतिशत... बिहीबार, मंसिर ४, २०८२
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य त्यसैगरी, मटरकोसा प्रतिकिलो १६०, घिउ सिमी (लोकल) प्रतिकिलो १५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १५०, घिउ सिमी (राजमा) प्रतिकिलो १००, ट... शनिबार, कात्तिक २९, २०८२
कृषिवस्तुहरु ओसारपसार तथा ढुवानीमा सहयोग गरिदिन कृषि विभागको आग्रह ढुवानीको क्रममा राजमार्गमा सिर्जित समस्याले कृषक/कृषि उद्यमी एंव कृषि व्यवसायीबाट गुनासो आएकाले ओसारपसारमा सहजीकरण गरिदिन विभागले आग... शुक्रबार, भदौ २७, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्