Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

नेपालमा १ जनाले वर्षभरि खान्छन् १६ किलो प्याज, विदेशबाटै हुन्छ अर्बौंको आयात

64x64
कल्पना घिमिरे मंगलबार, माघ २४, २०७९  १८:३५
1140x725

काठमाडौं– भान्सामा दैनिक सलाद तथा मसलाका रुपमा प्रयोग हुने प्याजमा पनि नेपाल परनिर्भर छ। प्याजको उत्पादन बढाउन भन्दै सरकारले वर्षेनी करौडौं रुपैयाँको अनुदान दिने गर्छ। तर त्यसको असर उत्पादनमा परेको छैन। 

चालु आर्थिक वर्षको साउन महिनादेखि पुस महिनासम्म नेपालले ३ अर्व २३ करोड ३८ लाख ७१ हजार रूपैयाँ बराबरको ८७ हजार ५२८.६ मेट्रिकटन हरियो तथा सुकेको प्याज बाहिरी मुलुकबाट आयात गरेको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ। 

जसमध्ये भारतबाट मात्रै ३ अर्व २० करोड ६१ लाख ९३ हजार रूपैयाँको ८ हजार ७४६.५८ मेट्रिक टन प्याज आयात भएको छ। त्यसमा प्याजको बीउ मात्रै ४ लाख ८३ हजार रुपैयाँको १.३ मेट्रिकटन आयात भएको विभागको तथ्याङ्कले देखाउँछ। 

ताजा प्याज मात्रै ३ अर्व १५ करोड २७ लाख ४५ हजार रूपैयाँको ८६ हजार ३८६.६८ मेट्रिक टन आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ। टुक्रा पारेर सुकाएको प्याज भने ५ करोड २९ लाख ६५ हजार रूपैयाँको १ हजार ७२.५९ मेट्रिक टन भारतबाट आयात भएको छ। 

यस्तै, कोरियाबाट १ लाख ५२ हजार रुपैयाँको १५ केजी प्याजको बिउ आयात गरिएको विभागको तथ्याङ्कमा उल्लेख छ।  छिमेकी मुलुक चिनबाट पनि दुई करोड ७५ लाख २६ हजार रूपैयाँको प्याज आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ।

कालिमाटी तरकारी बजार विकास समितिका निर्देशक विनय श्रेष्ठ नेपालमा उत्पादन हुने प्याज हरियोमै बढी बिक्री गर्ने गरिएकाले भएकाले बाहिरी मुलुकबाट प्याज आयात गर्नु परेको बताउँछन्।

‘पहिलो कुरा स्वदेशी उत्पादनले बजारको माग धान्न सक्दैन। दोश्रो नेपालीहरुलाई छिटो आर्थिक आम्दानी गर्नुपर्ने हुन्छ। प्याज खेती प्रशस्त हुन्छ, तर हरियो प्याज उखेलेर बिक्री गर्दा छिटो आर्थिक आम्दानी हुने भयो। अर्को कुरा प्याज छिटो उखेलेपछि फेरि अर्को वस्तु खेती उत्पादन गर्न सकिन्छ। त्यसकारण हरियोमै प्याज बिक्री गरीने भएकाले बढी आयात गर्नु पर्ने बाध्यता छ,’ श्रेष्ठले भने।

भारतबाट मात्रै साढे १४ अर्बको प्याज आयात
सवा ३ वर्षको अवधिमा भारतबाट मात्रै साढे १४ अर्ब रुपैयाँको हरियो, सुकेको, बिउ प्याज आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ। आर्थिक वर्ष ०७७/०७८ देखि हालसम्म १४ अर्ब ६४ करोड ८१ लाख २८ हजार रूपैयाँको ३ लाख ८९ हजार ८१४.३४ मेट्रिक टन प्याज विदेशबाट आयात भएको छ। जसमध्ये भारतबाट मात्रै १४ अर्व ४५ करोड ४१ लाख ९६ हजार रूपैयाँको प्याज आयात भएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

आर्थिक वर्ष २०७७/०७८ मा ४ अर्व ९६ करोड ३६ लाख १३ हजार रूपैयाँको १२ हजार ८ सय ४५.६ मेट्रिक टन आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ।

आर्थिक वर्ष २०७८/०७९ मा ६ अर्व ४५ करोड ५३ लाख ७६ हजार रूपैयाँको १ लाख ७३ हजार ८३१.६५ मेट्रिक टन प्याज आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ।

आर्थिक वर्ष ०७९/०८० को ६ महिनाको अवधिमा नेपालले ३ अर्ब २३ करोड ३८ लाख ७१ हजार रूपैयाँको ८७ हजार ५२८.६ मेट्रिक टन प्याज आयात भएको छ।

माग धेरै, उत्पादन कम
नेपालमा मागभन्दा धेरै कम उत्पादन हुँदा वर्षेनी विदेशबाट अर्बौं रुपैयाँको प्याज आयात भइरहेको तथ्याङ्कले देखाउँछ। नेपाली उत्पादनले माग नधान्दा बाहिरी मुलुकबाट आयात गर्नेपर्ने बाध्यता रहेको सरोकारवालाहरुको भनाइ छ। 

Xtrem

Xtrem

आर्थिक वर्ष ०७७/०७८ मा प्रदेश १ मा १ हजार ९९४ हेक्टर जमिनमा खेती हुँदा २४ हजार १३५ मेट्रिक टन प्याज उत्पादन भएको थियो। यो प्रतिहेक्टर १२.१० मेट्रिक टनले उत्पादन भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ।

त्यस्तै, सोही आर्थिक वर्षमा मधेस प्रदेशमा १० हजार ८३७ हेक्टर जमिनमा खेती गरिएकोमा प्रतिहेक्टर १५.८४ मेट्रिक टनका दरले १ लाख ७१ हजार ६४९ मेट्रिक टन प्याज उत्पादन भएको थियो।

सोही आर्थिक वर्षमा बागमती प्रदेशमा १ हजार १२२ हेक्टर जमिनमा खेती गरिँदा प्रतिहेक्टर ११.८० मेट्रिक टनका दरले १३ हजार २४६ मेट्रिक टन प्याज उत्पादन भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ। 

उक्त आर्थिक वर्षमा गण्डकी प्रदेशमा ६८२ हेक्टर जमिनमा खेती भएकोमा प्रतिहेक्टर १२.६३ मेट्रिक टनका दरले ८ हजार ६६२ मेट्रिक टन प्याज उत्पादन भएको थियो।

लुम्बिनी प्रदेशमा २ हजार ८२३ हेक्टर जमिनमा खेती भएकोमा प्रतिहेक्टर १४.१४ मेट्रिक टनका दरले ३९ हजार ९११ मेट्रिक टन प्याज उत्पादन भएको थियो।

कर्णाली प्रदेशमा ७४९ हेक्टर जमिनमा खेती भएकोमा प्रतिहेक्टर ११.३२ मेट्रिक टनका दरले ८ हजार ४८२ मेट्रिक टन प्याज उत्पादन भएको थियो।

सुदुरपश्चिम प्रदेशमा २ हजार ४३ हेक्टर जमिनमा खेती भएकोमा प्रतिहेक्टर ११.२६ मेट्रिक टनका दरले २ हजार ११ मेट्रिक टन प्याज उत्पादन भएको थियो।

एक जनाले वर्षमा खान्छन् झण्डै १६ केजी प्याज 
आर्थिक वर्ष ०७७/०७८ मा ७ वटै प्रदेशमा गरी २ लाख ८९ हजार ९६ मेट्रिक टन प्याज उत्पादन भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ। सोही वर्ष १ लाख ७३ हजार ८३१.६५ मेट्रिक टन प्याज विदेशबाट आएको थियो। 

नेपालमा प्रतिव्यक्ति वार्षिक १५.४६ केजी प्याज खपत हुने राष्ट्रिय आलु, तरकारी तथा मसला विकास केन्द्रको वार्षिक प्रतिवेदनमा उल्लेख छ। 

राष्ट्रिय आलु, तरकारी तथा मसला विकास केन्द्रका सूचना अधिकारी सूचना अधिकारी सन्दीप सुवेदी नेपाल प्याजमा आत्मनिर्भर हुनका लागि कम्तीमा २५ हजार ९१० हेक्टर जमिनमा बाह्रै महिना प्याज खेती गर्नुपर्ने बताउँछन्। केन्द्रका अनुसार अहिले देशभर करिब १९ हजार हेक्टर जमिनमा प्याज खेती हुन्छ।

प्याजको आयात नियन्त्रणका लागि संघीय सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहत रहेको राष्ट्रिय आलु, तरकारी तथा मसला विकास केन्द्रले तराईका विभिन्न जिल्लामा प्याज खेती कार्यक्रम सञ्चालन गरिरहेको छ। 

प्याजको गुणस्तरीय बिउको उत्पादन वृद्धिका लागि यो कार्यक्रम सञ्चालन गरिएको सुवेदीले बताए। ५ वर्षमा बिउ उत्पादन बढाउने लक्ष्य रहेको उनको भनाइ छ। 

वार्षिक करिब १९ करोड रुपैयाँ बराबरको १९० मेट्रिक टन प्याजको बिउ उत्पादन गर्ने लक्ष्य रहेको उनले जानकारी दिए।  साथै प्याज खेतीका लागि अनुदान पनि दिइरहेको उनले जानकारी दिए। 

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १८:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्