• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

खाने तेल महँगियो, नाफा कमाउन एउटै तेललाई विभिन्न ब्राण्ड दिएर बिक्री

64x64
कल्पना घिमिरे सोमबार, माघ १६, २०७९  १२:३४
1140x725

काठमाडौं- नेपालीका भान्सामा दैनन्‌दिन खपत हुने वस्तु हो खाने तेल। तोरी, भटमास, सूर्यमुखी (सनफ्लावर), डाल्डा र गाई-भैंसीको घ्यू। यस्ता तेल तथा घ्यू नेपाली बजारमा विभिन्न ब्राण्डमा बिक्री हुने गर्छन्।

एउटै वस्तु भए पनि ब्राण्ड अनुसार मूल्य फरक हुनु स्वभाविक हो। तर नेपाली बजारमा एउटै ब्राण्डका तेल-घ्यू पनि पसलैपिच्छे फरक मूल्यमा बिक्री हुने गरेको पाइन्छ। 

तेलको मूल्यमा ब्राण्ड, गुणस्तर र त्यसको प्याकिङले मूल्यमा फरक पार्ने खुद्रा व्यापार संघका अध्यक्ष पबित्र बज्राचार्य बताउँछन्। ‘वस्तुको गुणस्तर हेरेर ब्राण्डअनुसार मूल्यमा फरक आउन सक्छ। प्याकेजिङले पनि केही हदसम्म भूमिका खेल्छ। कस्तो प्याकिङ छ, त्यसअनुसार मूल्यमा सामान्य फरक देखिन्छ। तर बजारमा एउटै ब्राण्डको तेल धेरै फरक मूल्य भने हुनु हुँदैन,’ उनले भने।

उपभोक्ता हित संरक्षण मञ्च नेपालका सचिव विष्णुप्रसाद तिमिल्सिनाले भने सरकारले बेवास्ता गर्दा एउटै तेललाई विभिन्न ब्राण्ड अनुसार फरक मूल्य राखेर व्यवसायीहरुले नाफा कमाउनका लागि बिक्री गर्ने गरेको बताए।

‘सरकारले तेल–घ्यूको मूल्य निर्धारण गर्न बेवास्ता गर्नाले विभिन्न कम्पनीले एउटै तेल–घ्यूको आफूखसी मूल्य राखेर असुल्ने गरेका छन्। यसले गर्दा आम उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका छन्। उपभोक्ता ठगिएका छन्। यसप्रति सरकारको ध्यान जाओस्। तेल, घ्यू लगायतका खाद्यान्नको मूल्य सरकारले निर्धारण गर्नुपर्छ। र, विभिन्न बहानामा मूल्यवृद्धि गर्न कम गरिनु पर्छ,’ उनले भने।

साथै उनले सरकारले विभिन्न खाद्यान्नको उपभोग्य मूल्य नीति ल्याउनु पर्ने बताए। सरकारले मूल्य नीति नल्याउँदा व्यवसायीहरुले एउटै खाद्यपदार्थको विभिन्न कम्पनी र विभिन्न ब्राण्ड बनाएर चर्को मूल्य असुल्दा आम उपभोक्ता चर्को मूल्यको मारमा परेको बताए।

tel-data-11674641702.jpg

‘एउटै तेल–घ्यूमा ब्राण्डले फरक पारेको छ। ब्राण्ड अनुसार एक/डेढ सय मूल्य बढी तिर्न उपभोक्ता बाध्य भएका छन्। यसप्रति पुरानो सरकारले बेवास्ता गर्यो। अब नयाँ सरकारले मूल्य नीति ल्याउँछ कि भन्ने आसा छ,’ उनले भने।

Ncell 2
Ncell 2

खुद्रा व्यापार संघले सनफ्लावर तेलको मूल्य प्रतिलिटर दुई सय ५५ रूपैयाँ तोकेको छ। तर बजारमा अहिले विभिन्न ब्राण्डका सनफ्लावर तेल प्रतिलिटर एक सय ५० देखि तीन सय ७५ सम्म बिक्री हुने गरेको पाइन्छ।  

खुद्रा व्यापार संघले काँचो तोरीको तेल प्रतिलिटर ३६० तेकेको छ। भुटेको तोरीको तेल चार सय रूपैयाँ तोकेको छ। बजारमा काँचो तोरीको तेल नै ३६० देखि चार सय रूपैयाँसम्म बिक्री भइरहेको छ। 

भटमासको तेल बजारमा प्रतिलिटर दुई सय ६० रूपैयाँदेखि तीन सय ४० रूपैयाँसम्म बिक्री भइरहेको छ। खुद्रा व्यापार संघले उक्त तेलको मूल्य प्रतिलिटर दुई सय ६० रूपैयाँ तोकेको छ।

एक महिनामै भटमास र सनफ्लावर तेलको मूल्य बढ्यो
एक महिनामै प्रतिलिटर पाँच रूपैयाँका दरले दुई प्रकारका खाने तेलको मूल्यवृद्धि भएको छ। जसमध्ये भटमास र सनफ्लावर तेलको मूल्य बढेको छ।

गत पुसमा खुद्रा व्यापार संघले भटमासको तेल प्रतिलिटर दुई सय ३५ रूपैयाँ तोकेको थियो। माघको मूल्य सूचीमा पाँच रूपैयाँ बढाएर दुई सय ४० रुपैयाँ पुर्याएको छ। सनफ्लावरको तेलमा पनि लिटरमा पाँच रुपैयाँले वृद्धि भएको 

छ। पुस महिनामा सनफ्लावर तेलको मूल्य प्रतिलिटर दुई सय ५० रूपैयाँ खुद्रा व्यापार संघले तोकेको थियो। खुद्रा व्यापार संघको माघ महिनाको मूल्यमा दुई सय ५५ रूपैयाँ तोकेको उल्लेख छ।

पाँच वर्षमा झण्डै दोब्बरले बढ्यो तेलको मूल्य
पाँच वर्षको अन्तरालमा खाने तेलमा निकै मूल्यवृद्धि भएको देखिन्छ। तोरीको तेल, सनफ्लावर तेल, भटमासको तेल, डाल्डा घ्यू र नेपाली घ्यूको मूल्यमा झण्डै दोब्बरले वृद्धि भएको छ।

नाकाबन्दी, कोभिड- १९, रुस–युक्रेन युद्धका कारण तेल आयातमा प्रतिबन्ध हुँदा त्यतिबेला नेपालमा तेलको मूल्यमा वृद्धि भएको देखिन्छ। तर अहिले तेलको मूल्यवृद्धि हुनुपर्ने कुनै कारण नभएको उपभोक्ता संरक्षण मञ्चका सचिव तिमिल्सिना बताउँछन्।

२०७५ को माघ महिनामा भुटेको तोरीको तेलको मूल्य प्रतिलिटर २६० रूपैयाँ थियो। २०७६ मा १० रूपैयाँ बढेर २७० रूपैयाँ पुगेको थियो। २०७७ मा ३० रूपैयाँल बढेर तीन सय रूपैयाँ पुगेको थियो। २०७७ मा ७० रूपैयाँले बढेर तीन सय ७० रूपैयाँ पुग्यो। २०७९ मा आइपुग्दा प्रतिलिटर ३० रूपैयाँले बढेर भुटेको तोरीको तेलको मूल्य प्रतिलिटर चार सय रूपैयाँ पुगेको छ। पाँच वर्षमा उक्त तोरीको तेल झण्डै दोब्बरले बढेको छ।

२०७५ को माघ महिनामा काँचो तोरीको तेलको मूल्य प्रतिलिटर १६० रूपैयाँ थियो। २०७६ मा एक सय ६० रूपैयाँ कायम रहेको थियो। २०७७ मा प्रतिलिटर ४० रूपैयाँ बढेर दुई सय रूपैयाँ पुगेको थियो। २०७७ मा ७० रूपैयाँ बढेर दुई सय ७० रूपैयाँ पुग्यो। २०७९ मा आइपुग्दा प्रतिलिटर ९० रूपैयाँले बढेर काँचो तोरीको तेल प्रतिलिटर तीन सय ६० रूपैयाँ पुगेको खुद्रा व्यापार संघको मूल्यसूचीमा उल्लेख छ। 

भटमासको तेलमा पनि उस्तै मूल्यवृद्धि भएको देखिन्छ। २०७५ मा भटमासको तेल प्रतिलिटर एक सय ४० रूपैयाँ थियो। २०७६ मा १० रूपैयाँ बढेर एक सय ५० रूपैयाँ पुगेको थियो। २०७७ मा ५० रुपैयाँले वृद्धि भएर दुई सय रूपैयाँ पुगेको थियो भने २०७८ मा ३० रूपैयाँले बढेर दई सय ३० रूपैयाँ पुगेको थियो। २०७९ मा आइपुग्दा दई सय ४० रूपैयाँ पुगेको छ। यो झण्डै दोब्बरले मूल्यवृद्धि भएको हो।

२०७५ मा सनफ्लावर तेलको मूल्य प्रतिलिटर एक सय ५० रूपैयाँ थियो। क्रमशः २०७६ मा १० रूपैयाँ बढेर प्रतिलिटरको एक सय ६० रुपैयाँ पुग्यो। २०७७ मा ५० रूपैयाँले बढेर प्रतिलिटर दुई सय १० रूपैयाँ पुगेको थियो भने २०७८ मा ३० रूपैयाँ बढेर प्रतिलिटर दुई सय ४० रूपैयाँ पुगेको थियो। 

२०७९ माघमा आइपुग्दा उक्त तेलको मूल्य प्रतिलिटर दुई सय ५० रुपैयाँ पुगेको छ। यो २०७५ को मूल्यअनुसार झण्डै दोब्बर हो।

tel-data-21674641728.jpg

२०७५/०७६ मा डाल्डा घ्यूको मूल्य प्रतिलिटर एक सय ४० रूपैयाँ थियो। २०७७ मा ४० रूपैयाँ बढेर प्रतिलिटर १८० रूपैयाँ पुग्यो। २०७८ मा ५० बढेर प्रतिलिटर दुई सय ३० रूपैयाँ पुगेको थियो। २०७९ माघमा आइपुग्दा डाल्डा घ्यूको मूल्य प्रतिलिटर दुई सय ३० रूपैयाँ कायम रहेको छ।

२०७५ मा नेपाली घ्यू प्रतिकिलो सात सय ५० रूपैयाँ थियो। २०७६ मा एक सय रूपैयाँले बढेर प्रतिकेजी आठ सय ५० रूपैयाँ भएको थियो। २०७७ मा ५० रूपैयाँ बढेर प्रतिकेजी ९ सय रूपैयाँ पुग्यो। २०७९ माघसम्म आइपुग्दा उक्त घ्यूको मूल्य प्रतिकेजी १२ सय रूपैयाँ पुगेको छ।

६ महिनामा झण्डै ३२ अर्बको खाने तेल आयत 
आर्थिक वर्ष २०७९/२०८० को सुरुवातदेखि गत पुससम्म ३१ अर्ब ४८ करोड ३७ लाख ७५ हजार खाने तेल आयात भएको भनसार विभागको तथ्याङ्कमा उल्लेख छ।

जसमध्ये सबैभन्दा बढी भटमासको तेल आयात हुने गरेको छ। गत साउनदेखि पुससम्म २३ अर्ब ८४ करोड २१ लाख सात हजार रूपैयाँको भटमासको तेल आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।

सनफ्लावरको तेल सात अर्ब ४२ करोड पाँच लाख ८४ हजार रुपैयाँको आयात भएको विभागको तथ्यांकमा उल्लेख छ। २२ करोड ५ लाख ८९ हजार रुपैयाँको डाल्डा घ्यू आयात भएको छ।

तोरीको तेल मात्रै ७७ लाख ८४ हजार रूपैयाँको आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ। 

पहिलाकै मूल्यमा खाने तेल बाहिरी मुलुकबाट पनि नियमित आयात भइरहेको उपभोक्ता संरक्षण सचिव तिमिल्सिना बताउँछन्।

‘अहिले आयातमा अवरोध पनि छैन। कुनै भन्सार शुल्क बढेको भन्ने पनि छैन। तर विना कारण तेलको मूल्य बढ्नु भनेको चानचुने कुरा होइन। तेल, घ्यू दैनिक खपत हुने आधारभूत पौष्टिक तत्व हो। यसको अभावमा मान्छे अस्वस्त हुन्छ। यसै मूल्यवृद्धि हुनु भनेको उपभोक्ताले उपभाग गर्न कम गर्नु हो। यसको असर उपभोक्तामा पर्छ। यसप्रति सरकारको ध्यान जावस्,’ उनले भने।

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १२:३४
  • #खाने–तेल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
एकैदिन सुनको मूल्य १० हजार ४०० रुपैयाँ बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २ लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ। बुधबार, माघ ७, २०८२
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९८ रुपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ०९ पैसा र बिक्र... बुधबार, माघ ७, २०८२
सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १८५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ८ सय १० रुपैयाँमा कारोबार भइरहेको महासं... सोमबार, माघ ५, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्