काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश जोगाउन बृहत् वामपन्थी एकता आवश्यक रहेको बताएका छन्।
अखिल नेपाल ट्रेड युनियन महासंघले शनिबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्।
संघीय लोकतान्त्रिक गणतन्त्र र यसमार्फत जनताका मुद्दा सफल पार्न बृहत् वामपन्थी एकताको आवश्यकता रहेको उनले बताए।
उनले समाजवादी मोर्चामा आबद्धहरू छिट्टै एकता घोषणाको तयारीमा रहेको पनि जानकारी दिए। देशको रक्षाको निम्ति, राष्ट्रिय स्वाधीनता रक्षा र सुदृढीकरणको निम्ति देशभित्रका सबै वामपन्थीहरू मिल्नुको विकल्प नभएको उनको भनाइ छ।
उनले देश ठूलो संकटमा परेकाले राष्ट्रिय संकट, राष्ट्रिय स्वाधीनताको रक्षाको निम्ति राष्ट्रिय एकता अनिवार्य रहेको उल्लेख गरे। उनले यति ठूलो संकट यसअघि कहिल्यै नदेखिएको पनि बताए।
प्रचण्डले भने, ‘जनताका मुद्दा सफल पार्न बृहत् वामपन्थी एकता आवश्यक महसुस गरेका छौँ। हामी समाजवादी मोर्चामा आबद्धहरू छिट्टै एकता घोषणाको तयारीमा छौँ। राष्ट्र यति वेला ठूलो संकटमा छ। राष्ट्रिय स्वाधीनताको रक्षाका निम्ति राष्ट्रिय एकता अनिवार्य छ।’
वामपन्थी शक्तिसँगै देशभक्त लोकतान्त्रिक शक्तिहरूसँग पनि मोर्चाबन्दी गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।