• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

लाल मोहम्मद हत्याकाण्ड:  काठमाडौंको लोलाङमा भेटियो २ थान पेस्तोल 

64x64
नारायण अधिकारी मंगलबार, पुस १२, २०७९  १६:४८
1140x725

काठमाडौं– लाल मोहम्मद (लाल महम्द दर्जी)को हत्यामा प्रयोग भएका २ थान पेस्तोल काठमाडौंको लोलाङमा भेटिएको छ। सुटरले भाडामा लिएर बसेको कोठा खानतलासी गर्दा २ थान पेस्तोल भेटिएको हो। 

प्रहरी स्रोतका अनुसार १ थान अटोमेटिक र अर्को कटुवा गरी २ थान पेस्तोल भेटिएको छ। ‘सुटर भाडामा बसेको कोठाबाट २ थान पेस्तोल भेटिएको हो। उक्त पेस्तोल फरेन्सिक जाँचका लागि पठाएका छौं,’ प्रहरीको उच्च स्रोतले नेपाल लाइभसँग भन्यो। 

लोलाङमा एउटा फ्ल्याट नै लिएर सुटरहरु बसेका पाइएको छ। गत वैशाखदेखि नै उनीहरुले मासिक १६ हजार रुपैयाँ तिरेर एउटा फ्ल्याट  भाडामा लिएर बसेका थिए। कपडाको व्यापार गर्ने भन्दै उनीहरुले भाडामा लिएको पाइएको छ।

उनीहरुले तल्लो तलामा रहेको होटलमा खाना खाने र माथिल्लो तलामा बसेर मोहम्मद हत्याको योजना बुन्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। मोहम्मद हत्यापछि फ्ल्याट बन्द थियो। लामो समयसम्म भाडामा लिएकाहरु फ्ल्याटमा नआएपछि घरधनीले ढोका फुटाएर हेर्दा कोठामा पेस्तोल फेला परेपछि प्रहरीलाई खबर गरेका थिए। 

सुटरहरुले प्रयोग गर्ने गरेको मोबाइल लोकेसन समेत लोलाङ एरियामा देखिएको र घरधनीले दिएको हुलिया सुटरसँग मेल खाएको प्रहरीले जनाएको छ। कोठामा पलङ, एउटा दराज र केही लत्ताकपडाहरु रहेका पाइएको छ। 

पेस्तोल भेटिएपछि प्रहरी वृत्त बालाजुले मुचुल्का समेत उठाएर उक्त पेस्तोल लगेको छ। अहिले उक्त पेस्तोल फरेन्सिक जाँचका लागि पठाइएको हो। 

मोहम्मदको हत्यामा २ थान पेस्तोल प्रयोग भएको पाइएको थियो। २ जना सुटरले २ वटा पेस्तोलबाट मोहम्ममाथि गोली प्रहार गरेका थिए। एउटा पेस्तोल भने घटनास्थलमै छाडेर भागेको अवस्थामा प्रहरीले बरामद गरेको थियो। 

अहिले फेरि २ थान पेस्तोल बरामद भएपछि मोहम्मद हत्या गर्नका लागि सुटरहरुले ३ थान पेस्तोल ल्याएको खुलेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

उक्त घटनापछि १ जना सुटर भने लोलाङस्थित आफ्नो कोठामा समेत पुगेको पाइएको छ। लोलाङबाट उनले १ जनालाई ३०० रुपैयाँ दिएर मोटरसाइकलमा कलंकीसम्म पुर्‍याउन लगाएको समेत अनुसन्धानबाट खुलेको छ। 

गत असोज ३ गते काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारको कृष्ण मन्दिर नजिकै गोली प्रहार गरी मोहम्मदको हत्या गरिएको थियो। हत्यामा सुन्धारास्थित सेन्ट्रल जेल (केन्द्रीय कारागार)देखि भारतसम्मको नेक्कस जोडिएको खुलेको छ। 

सर्लाहीको गडौता नगरपालिका–८ घर भएका महोम्मदले गोठाटारमा रामकृष्ण श्रेष्ठको साढे २ तले घर पुरै भाडामा लिएर गार्मेन्ट फ्याक्ट्री सञ्चालन गर्दै आएका थिए। 

प्रहरीका अनुसार महोम्मदको हत्यामा प्रत्यक्ष रुपमा ९ जना संलग्न भएको पाइएको छ। जसमा ३ जना नेपाली छन्। तीनै जनालाइ प्रहरीले यसअघि नै पक्राउ गरेर सार्वजनिक गरेको थियो। 

Gothatar_goli_Kanda_arrest1664535772.jpg
लाल मोहम्मद हत्याकाण्डमा पक्राउ परेका ३ जना

भारतीय नागरिक बब्लु पासवान भनिने गणेश कुमारको मुख्य योजनामा मोहम्दको हत्या भएको अनुसन्धान टोलीको ठहर छ। गणेश कुमारले महोम्मदको हत्याका लागि आफ्नी प्रेमिका भारतीय नागरिक ममता तिवारीलाई समेत प्रयोग गरेका थिए। यस्तै, नेपाली युवती सुमी स्याङतान, पर्साको वीरगञ्ज–१६ का १९ वर्षीय मोहराम मिया भनिने मोहरम मिया, १७ वर्षीय रेहान मियाको प्रयोग भएको थियो। 

मोहम्मदको हत्याका लागि काठमाडौंमा सबै बन्दोबस्त भारतको दिल्लीस्थित राना प्रताप बागमा घर भइ काठमाडौं बस्दै आएका नितिन खान भनिने नितिन मदानले गरेका थिए। भारतमा बसेर सबै योजना भने उनै बब्लुले बनाएको पाइएको छ। 

पक्राउ परेका दुई नेपाली युवा मोहराम र रेहानले रक्सौलदेखि काठमाडौंसम्म पेस्तोल ल्याएर सुटरलाई दिएका थिए। त्यसवापत उनीहरुले ३५ हजार रुपैयाँ लिएका थिए। अर्की नेपाली युवती सुमीले भने मोहम्मदको गतिविधि निगरानी गर्ने र भारतमा रहेका बल्लुलाई मोहम्मदको गतिविधिको फोटो, भिडियो पठाउने गरेको अनुसन्धानबाट खुलेको छ। 

घटनामा संलग्न भएका भारतीय नागरिकहरु बब्लु, नितिन, ममतासहित राजु भनिने दिनेश गुड्डु पटेल, महोम्मद नेजामुदिन भने अहिलेसम्म फरार छन्।

ममता तिवारी लागु औषध मुद्दामा केन्द्रीय कारागार हुँदा सुमी पनि जेल परेका बेला उनीहरुले जेलमै चिनजान भएको थियो। जेलबाट छुटेपछि ममताकै आग्रहमा रक्सौल पुगेर सुमीले बब्लुलाई भेटेपछि मोहम्मको रेकी गर्न तयारी भएकी थिइन्। 

सुमीले मोहम्मदको रेकी गरेकी थिइन्। रेकी गरेवापत बब्लुले १ लाख ४५ हजार दिने बताएका थिए। प्रहरीसँगको बयानमा सुमीले उक्त रकम भने नपाएको बताएकी छन्।

महोम्मदलाई गोली हान्ने व्यक्ति मोटरसाइकलमा आएर मोटरसाइकलमै फरार भएका थिए। तर अहिलेसम्म उक्त मोटरसाइक भने प्रहरीले पत्ता लगाउन सकेको छैन। सीसीटीभी फुटेजमा सुटरले पल्सर मोटरसाइकल प्रयोग गरेको देखिए पनि नम्बर प्लेट नखुल्दा समस्या भएको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार :

लाल मोहम्मद घटना : जेलमा भेट, भारतमा योजना, १३ दिनको निगरानीपछि यसरी भएको थियो हत्या

सेट्टीको कनेक्सन देखिएपछि रसुवा कारागार पुगेर सोधपुछको तयारी, हुण्डी धन्दा चलाउनेको पहिचान खुल्यो

गोठाटार गोलीकाण्ड: जुवा खालबाट पक्राउ परेका नितिन मदनले बनाएका थिए मोहम्मद हत्याको योजना?

गोठाटारमा मारिएका मोहम्मद: नक्कली भारुको कारोबार, काठमाडौंमा बलरामको हत्या र पाकिस्तानी एजेन्टलाई फोन

गोठाटार गोलीकाण्ड अनुसन्धान गर्न विशेष समिति गठन

गोठाटार गोली काण्ड : विवादास्पद पृष्ठभूमिका मोहम्मदको हत्या गर्ने को हुन्?

गोठाटारमा गोली प्रहारबाट घाइते भएका व्यक्तिको उपचारका क्रममा मृत्यु

पल्सर मोटरसाइकलमा आएका २ जनाले चलाएका थिए गोठाटारमा गोली

काठमाडौंको गोठाटारमा गोली चल्यो

प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  १६:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत् ज्यान मार्ने धम्की दिने युवक पक्राउ उनलाई प्रहरीले बुधबार कीर्तिपुरको नयाँ बजारबाट नियन्त्रणमा लिएको हो । उनले सामाविक सञ्जालमा अश्लिल गालीसहित प्रधानमन्त्री शाहलाई भदौ... बुधबार, भदौ १०, २०८३
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्