काठमाडौं– विश्वकप फुटबलको सेमिफाइनलमा आज राति १२ः४५ बजे अर्जेन्टिना र क्रोएसिया भिड्दैछन्।
अर्जेन्टिना राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले सोमबार विश्वकपको सेमिफाइनलमा क्रोएसिया र क्रोएसियाबीचको खेलअघि प्रशिक्षण सत्र गरेका थिए।
क्रोएसियाविरुद्धको खेलका लागि मार्कोस अकुना र गोन्जालो मोन्टिएल दुवै हुने छैनन्। किनभने तिनीहरू दुवै निलम्बित छन् र प्रशिक्षणमा पनि उनीहरू सुरुवाती ११ को भागमा थिएनन्। निकोलस ट्याग्लियाफिकोले प्रशिक्षणअघि पत्रकार सम्मेलनमा बोल्दै टोलीले सोमबार प्रशिक्षणमा उनी लेफ्ट ब्याकमा थिए।
नेदरल्याण्डविरुद्धको खेलमा गोल गर्ने नाहुएल मोलिनाले राइट ब्याकको भूमिकामा निरन्तरता पाउने सम्भावना छ। यस्तै, रोड्रिगो डी पल, एन्जो फर्नान्डेज र एलेक्सिस म्याक एलिस्टर मिडफिल्डमा हुनेछटन्। अग्रपंतिमा कप्तान लियोनल मेसी, जुलियन अल्भारेज र एंगेल डी मारिया हुने सम्भावना रहेको अर्जेन्टिनी फुटबल संघको वेबसाइटमा उल्लेख छ।
स्कालोनीले प्रशिक्षणका क्रममा लिआन्ड्रो परेडेसलाई पनि प्रयास गरे। किनभनेऽ उनले डी मारियालाई प्रतिस्थापन गरेका थिए। आज भने डी मारियाले नै सुरुजाती गर्नेछन्।
सम्भावित सुरुवाती ११
एमिलियानो मार्टिनेज, नाहुएल मोलिना, क्रिस्टियन रोमेरो, निकोलस ओटामेन्डी, निकोलस टाग्लियाफिको, रोड्रिगो डी पल, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर, लियोनल मेस्सी, जुलियन अल्भारेज र एंगेल डी मारिया।
क्रोएसिया
क्रोएसियाली टोलीमा अर्जेन्टिनाको जस्तो कुनै खेलाडी निलम्बनमा छैनन्। खेलाडी घाइते हुने समस्या पनि छैन। यसर्थ, मुख्य प्रशिक्षक ज्लाट्को डालिचले क्वार्टरफाइनलमा ब्राजिलविरुद्ध खेलेको टोलीलाई नै सुरुवाती ११ मा स्थान दिने निश्चित छ।
सम्भावित सुरुवाती ११
डोमिनिक लिभाकोभिच, जोसिप जुरानोभिच, डेजान लोभ्रेन, जोस्को ग्भार्डिओल, बोर्ना सोसा, लुका माड्रिच, मार्सलो ब्रोजोभिक, मेटेओ कोभासिच, मारियो पासालिच, आन्द्रेज क्रामारिच र इभान पेरिसिच।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।