• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

‘गोल्डेन बल’ का दुई दाबेदार मेसी र मोड्रिचबीचको भिडन्त आज

64x64
नेपाल लाइभ मंगलबार, मंसिर २७, २०७९  १२:५०
1140x725

काठमाडौं– विश्वकपमा गोल्डेन बलका दुई दाबेदार खेलाडीबीचको भिडन्त मंगलबार राती हुदैछ। 

नेपाली समयअनुसार राती पौने एक बजे हुने खेलमा अर्जेन्टिना र क्रोएसिया फाइनल प्रवेशका लागि एक पल्ट फेरि भिड्दै छन्। 

अर्जेन्टिना जहाँ विश्व फुटबलका लोकप्रिय खेलाडी लिओनल मेसीको नेतृत्वमा उत्रिदै छ भने क्रोएसियालाई लुका मोड्रिचले प्रतिनिधित्व गर्दै छन्। यी दुवै कतारमा जारी विश्वकपको ‘गोल्डेन बल’ का दाबेदार हुन्। 

दुवैले आफ्नो टोलीलाई सेमिफाइनलको यात्रा गराइसकेका छन्। दुवै खेलाडीको यो अन्तिम विश्वकप पनि मानिएको छ। मेसी पाँचौ विश्वकपको आफ्नो सहभागितालाई सार्थक तुल्याउन कुनै पनि हालतमा क्रोएसियालाई पराजित गर्न चाहन्छन् भने मोड्रिच पनि गत विश्वकपको फाइनल पुगेर पराजय भोग्नु परेको इतिहासलाई उल्ट्याउन चाहन्छन्। 

मोड्रिचको पनि यो अन्तिम विश्वकप मानिएको छ। ३७ वर्षको उमेरमा पनि उनी लयमा देखिन्छन्। 

सबैभन्दा रोचक कुरा, यी दुवै खेलाडी यसअघिको विश्वकपका ‘गोल्डेन बल’ विजेता हुन्। अर्जेन्टिना फाइनल पुगेको सन् २०१४ को विश्वकपमा मेसीले ‘गोल्डेन बल’ जितेका थिए। २०१८ को विश्वकपमा फाइनल पुगेको क्रोएसियाबाट मोड्रिच ‘गोल्डेन बल’ विजेता बनेका थिए। 

आजको खेलमा जुन टिम फाइनल पुग्छ, त्यही टोलीको खेलाडी ‘गोल्डेन बल’ विजेता बन्ने लगभग पक्का छ। यद्धपि मोरक्कोका असरफ हाकिमी र हाकिम जियच तथा फ्रान्सका केलियन एमबाप्पे पनि गोल्डेन बलको दौडमा समावेश छन्। 

अर्जेन्टिनाले गत विश्वकपको बदला लिन आज क्रोएसियाली डिफेन्सको कडा सामना गर्नुपर्ने छ। रुसमा भएको विश्वकपमा क्रोएसियाले ३–० गोलले अर्जेन्टिनालाई स्तब्ध तुल्याएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

समग्रमा यो विश्वकपमा यी दुई देशबीच तेस्रो पल्ट भिडन्त हुदैछ। सन् १९९८ मा क्रोएसियलाई १–० गोलले पराजित गरेयता विश्वकपमा अर्जेन्टिना जितको खोजीमा छ। 

क्रोएसियामा सेन्ट पीटरवर्गबाट खेल्ने डेन्जेन लोर्भेन, सेल्टिकका जुरानोभिच, याेस्काे ग्वार्दिओल जस्ता बलिया डिफेन्डर समावेश छन्। उनीहरूलाई मिडफिल्डबाट अनुवभी मोड्रिच, कोभासिच र ब्रोजोभिच जस्ता खेलाडीले सहयोग गर्ने कारण क्रोएसियाको डिफेन्स लाइन–अप निकै बलियो देखिन्छ। 

मिडफिल्डका यी तीनै खेलाडी लामो समयदेखि राष्ट्रिय टोलीमा रहेर खेलिरहेका छन्। रियल मड्रिडबाट व्यवसायिक फुटबल खेल्ने मोड्रिच, चेल्सीका कोभासिच र इन्टर मिलानका ब्रोजेभिचका कारण अग्रपंक्तिमा इभान पेरिसिच बलियो अवस्थामा देखिन्छन्। उनी भर्खरै क्रोएसियाबाट सर्वाधिक ३३ गोल गर्ने खेलाडी बनेका थिए। 

टोटेनहामका यी अनुभवी स्ट्राइकर पनि कतारमा लयमै देखिन्छन्। 

क्रोएसियाको तुलनामा अर्जेन्टिनाको डिफेन्स लाइन–अप युवा देखिन्छ। नेदरल्याण्ड्सविरूद्ध गोल हान्ने नावेल मोलिना, टोटेनहामबाट खेल्ने सर्जियो रोमेरोको यो पहिलो विश्वकप सहभागिता हो। सेन्टर–ब्याकको भूमिकामा देखिने रोमेरोले १७ अन्तर्राष्ट्रिय खेल मात्र खेलेका छन्। प्राविधिक रूपमा राम्रो देखिए पनि रोमेरोमा अनुभवको कमि छ। त्यसैले धेरै पल्ट अर्जेन्टिनी डिफेन्स दबाबको बेला चिप्लिएको देखिन्छ। 

जारी विश्वकपको ५ खेलमा अर्जेन्टिनाले १० गोल गर्नुको साथै ५ गोल पनि खाएको छ। अर्जेन्टिनाका लागि यो नै सबैभन्दा चिन्ताको विषय हो। टिममा निकोलस ओटामेन्डी र लिजान्द्रो मार्टिनेज जस्ता प्रभावशाली डिफेन्डर पनि सहभागी छन्। उनीहरूको प्रदर्शन आज कस्तो हुन्छ, यसले पनि खेलको दिशा तय गर्नेछ। 

क्रोएसियाले जारी विश्वकपको ६ खेलमा ६ गोल नै खाएको छ। र, उसले ६ गोल फर्काएको छ।  

अर्जेन्टिको मिडफिल्डमा आज एञ्जल डि मारिया फर्किने सम्भावना बलियो छ। ह्यामस्ट्रिङका कारण नेदरल्याण्ड्सविरूद्धको खेलमा उनी अन्तिम समयमा मात्र मैदान प्रवेश गरेका थिए। 

उनी टोलीमा फर्किएको खण्डमा मिडमा मेसीलाई केही सहज हुने देखिन्छ। नभए यसअघि मिडमा सबैभन्दा बढी दबाब मेसीले नै खेप्दै आएका थिए। युवा मिडफिल्डरद्धय रोड्रिगो डि पल र एलेक्सिस म्याक एलिस्टरबाट अर्जेन्टिनाले ठूलो आशा राखेको छ। तर, उनीहरूले चर्चा अनुसारको प्रदर्शन गर्न सकिरहेका छैनन्। यसले दबाब मेसीमा थपिएको छ। 

आजको खेलमा फेरि पनि मेसीको खेलले अर्जेन्टिनाको भाग्य निर्धारण हुने पक्का छ। गोलकिपरमा एमिलियो मार्टिनेजबाट अर्जेन्टिनाले फेरि एकपल्ट उत्कृष्ट प्रदर्शनको आशा राखेको छ। नेदरल्याण्ड्सविरूद्ध २ वटा पेनाल्टी जोगाउदै मार्टिनेजले आफ्नो टोलीलाई सेमिफाइनल पुर्याएका थिए। 

उनी ‘गोल्डेन ग्लोब्स अवार्ड’ को बलियो दावेदार पनि हुन्। उनलाई क्रोएसियाकै गोलकिपर डोमिनिक लिभाकोभिचले कडा टक्कर दिइरहेका छन्। लिभाकोभिचले नकआउट चरणमा जापानविरूद्ध अन्तिम १६ को खेलमा ३ वटा पेनाल्टी जोगाएका थिए। उनले क्वाटर फाइनलमा ब्राजिलका रोड्रिगोले हानेको पेनाल्टीलाई पनि जोगाएका थिए। 

त्यसैले आजको खेललाई मेसी र मोड्रिचबीच मात्र नभई मार्टिनेज र लिभाकोभिचविरूद्धको प्रतिस्पर्धाको रूपमा पनि हेरिएको छ। 
 

प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  १२:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो)
एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन सचिवालयबाट स्वीकृत, अब केन्द्रीय कमिटीमा जाने
सम्बन्धित सामग्री
आर्सनलको पहिलो हार, शीर्षस्थान गुम्यो ब्राइटनले ३–० ले पराजित गरेसँगै आर्सनलले जारी लिगमा पहिलो हार बेहोरेको हो। गोलअन्तरका कारण आर्सनल म्यानचेस्टर सिटीभन्दा पछाडि परेको... आइतबार, असोज ४, २०८३
रियलभन्दा ६ अंकले अगाडि पुग्यो बार्सिलोना ब्राजिलियन फरवार्ड राफिन्हाले ह्याट्रिक गरेपछि बार्सिलोनाले शनिबार सेभियालाई ३–१ ले पराजित गर्दै स्पेनिस ला लिगामा लगातार सातौं जित... आइतबार, असोज ४, २०८३
डेब्यु खेलमै साम्बाको तहल्का, म्यानचेस्टर सिटीको ५–० शानदार जित सिटीले च्याम्पियनसिप क्लब नर्विच सिटीलाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताको चौथो चरणमा स्थान बनाएको छ। शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो) आइतबार, असोज ४, २०८३
एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन सचिवालयबाट स्वीकृत, अब केन्द्रीय कमिटीमा जाने आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपठक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
यूएन महासभामा सहभागी प्रधानमन्त्री शाह मंगलबार जाने, परराष्ट्रमन्त्री आजै न्यूयोर्क उडे, यस्तो छ कार्यतालिका आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपठक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्