• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस ११, २०८२ Fri, Dec 26, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

‘गोल्डेन बल’ का दुई दाबेदार मेसी र मोड्रिचबीचको भिडन्त आज

64x64
नेपाल लाइभ मंगलबार, मंसिर २७, २०७९  १२:५०
1140x725

काठमाडौं– विश्वकपमा गोल्डेन बलका दुई दाबेदार खेलाडीबीचको भिडन्त मंगलबार राती हुदैछ। 

नेपाली समयअनुसार राती पौने एक बजे हुने खेलमा अर्जेन्टिना र क्रोएसिया फाइनल प्रवेशका लागि एक पल्ट फेरि भिड्दै छन्। 

अर्जेन्टिना जहाँ विश्व फुटबलका लोकप्रिय खेलाडी लिओनल मेसीको नेतृत्वमा उत्रिदै छ भने क्रोएसियालाई लुका मोड्रिचले प्रतिनिधित्व गर्दै छन्। यी दुवै कतारमा जारी विश्वकपको ‘गोल्डेन बल’ का दाबेदार हुन्। 

दुवैले आफ्नो टोलीलाई सेमिफाइनलको यात्रा गराइसकेका छन्। दुवै खेलाडीको यो अन्तिम विश्वकप पनि मानिएको छ। मेसी पाँचौ विश्वकपको आफ्नो सहभागितालाई सार्थक तुल्याउन कुनै पनि हालतमा क्रोएसियालाई पराजित गर्न चाहन्छन् भने मोड्रिच पनि गत विश्वकपको फाइनल पुगेर पराजय भोग्नु परेको इतिहासलाई उल्ट्याउन चाहन्छन्। 

मोड्रिचको पनि यो अन्तिम विश्वकप मानिएको छ। ३७ वर्षको उमेरमा पनि उनी लयमा देखिन्छन्। 

सबैभन्दा रोचक कुरा, यी दुवै खेलाडी यसअघिको विश्वकपका ‘गोल्डेन बल’ विजेता हुन्। अर्जेन्टिना फाइनल पुगेको सन् २०१४ को विश्वकपमा मेसीले ‘गोल्डेन बल’ जितेका थिए। २०१८ को विश्वकपमा फाइनल पुगेको क्रोएसियाबाट मोड्रिच ‘गोल्डेन बल’ विजेता बनेका थिए। 

आजको खेलमा जुन टिम फाइनल पुग्छ, त्यही टोलीको खेलाडी ‘गोल्डेन बल’ विजेता बन्ने लगभग पक्का छ। यद्धपि मोरक्कोका असरफ हाकिमी र हाकिम जियच तथा फ्रान्सका केलियन एमबाप्पे पनि गोल्डेन बलको दौडमा समावेश छन्। 

अर्जेन्टिनाले गत विश्वकपको बदला लिन आज क्रोएसियाली डिफेन्सको कडा सामना गर्नुपर्ने छ। रुसमा भएको विश्वकपमा क्रोएसियाले ३–० गोलले अर्जेन्टिनालाई स्तब्ध तुल्याएको थियो। 

Ncell 2
Ncell 2

समग्रमा यो विश्वकपमा यी दुई देशबीच तेस्रो पल्ट भिडन्त हुदैछ। सन् १९९८ मा क्रोएसियलाई १–० गोलले पराजित गरेयता विश्वकपमा अर्जेन्टिना जितको खोजीमा छ। 

क्रोएसियामा सेन्ट पीटरवर्गबाट खेल्ने डेन्जेन लोर्भेन, सेल्टिकका जुरानोभिच, याेस्काे ग्वार्दिओल जस्ता बलिया डिफेन्डर समावेश छन्। उनीहरूलाई मिडफिल्डबाट अनुवभी मोड्रिच, कोभासिच र ब्रोजोभिच जस्ता खेलाडीले सहयोग गर्ने कारण क्रोएसियाको डिफेन्स लाइन–अप निकै बलियो देखिन्छ। 

मिडफिल्डका यी तीनै खेलाडी लामो समयदेखि राष्ट्रिय टोलीमा रहेर खेलिरहेका छन्। रियल मड्रिडबाट व्यवसायिक फुटबल खेल्ने मोड्रिच, चेल्सीका कोभासिच र इन्टर मिलानका ब्रोजेभिचका कारण अग्रपंक्तिमा इभान पेरिसिच बलियो अवस्थामा देखिन्छन्। उनी भर्खरै क्रोएसियाबाट सर्वाधिक ३३ गोल गर्ने खेलाडी बनेका थिए। 

टोटेनहामका यी अनुभवी स्ट्राइकर पनि कतारमा लयमै देखिन्छन्। 

क्रोएसियाको तुलनामा अर्जेन्टिनाको डिफेन्स लाइन–अप युवा देखिन्छ। नेदरल्याण्ड्सविरूद्ध गोल हान्ने नावेल मोलिना, टोटेनहामबाट खेल्ने सर्जियो रोमेरोको यो पहिलो विश्वकप सहभागिता हो। सेन्टर–ब्याकको भूमिकामा देखिने रोमेरोले १७ अन्तर्राष्ट्रिय खेल मात्र खेलेका छन्। प्राविधिक रूपमा राम्रो देखिए पनि रोमेरोमा अनुभवको कमि छ। त्यसैले धेरै पल्ट अर्जेन्टिनी डिफेन्स दबाबको बेला चिप्लिएको देखिन्छ। 

जारी विश्वकपको ५ खेलमा अर्जेन्टिनाले १० गोल गर्नुको साथै ५ गोल पनि खाएको छ। अर्जेन्टिनाका लागि यो नै सबैभन्दा चिन्ताको विषय हो। टिममा निकोलस ओटामेन्डी र लिजान्द्रो मार्टिनेज जस्ता प्रभावशाली डिफेन्डर पनि सहभागी छन्। उनीहरूको प्रदर्शन आज कस्तो हुन्छ, यसले पनि खेलको दिशा तय गर्नेछ। 

क्रोएसियाले जारी विश्वकपको ६ खेलमा ६ गोल नै खाएको छ। र, उसले ६ गोल फर्काएको छ।  

अर्जेन्टिको मिडफिल्डमा आज एञ्जल डि मारिया फर्किने सम्भावना बलियो छ। ह्यामस्ट्रिङका कारण नेदरल्याण्ड्सविरूद्धको खेलमा उनी अन्तिम समयमा मात्र मैदान प्रवेश गरेका थिए। 

उनी टोलीमा फर्किएको खण्डमा मिडमा मेसीलाई केही सहज हुने देखिन्छ। नभए यसअघि मिडमा सबैभन्दा बढी दबाब मेसीले नै खेप्दै आएका थिए। युवा मिडफिल्डरद्धय रोड्रिगो डि पल र एलेक्सिस म्याक एलिस्टरबाट अर्जेन्टिनाले ठूलो आशा राखेको छ। तर, उनीहरूले चर्चा अनुसारको प्रदर्शन गर्न सकिरहेका छैनन्। यसले दबाब मेसीमा थपिएको छ। 

आजको खेलमा फेरि पनि मेसीको खेलले अर्जेन्टिनाको भाग्य निर्धारण हुने पक्का छ। गोलकिपरमा एमिलियो मार्टिनेजबाट अर्जेन्टिनाले फेरि एकपल्ट उत्कृष्ट प्रदर्शनको आशा राखेको छ। नेदरल्याण्ड्सविरूद्ध २ वटा पेनाल्टी जोगाउदै मार्टिनेजले आफ्नो टोलीलाई सेमिफाइनल पुर्याएका थिए। 

उनी ‘गोल्डेन ग्लोब्स अवार्ड’ को बलियो दावेदार पनि हुन्। उनलाई क्रोएसियाकै गोलकिपर डोमिनिक लिभाकोभिचले कडा टक्कर दिइरहेका छन्। लिभाकोभिचले नकआउट चरणमा जापानविरूद्ध अन्तिम १६ को खेलमा ३ वटा पेनाल्टी जोगाएका थिए। उनले क्वाटर फाइनलमा ब्राजिलका रोड्रिगोले हानेको पेनाल्टीलाई पनि जोगाएका थिए। 

त्यसैले आजको खेललाई मेसी र मोड्रिचबीच मात्र नभई मार्टिनेज र लिभाकोभिचविरूद्धको प्रतिस्पर्धाको रूपमा पनि हेरिएको छ। 
 

प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  १२:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसका विशेष महाधिवेशन पक्षधरले बुझाए स्मरण पत्र
६ सिडिओसहित १३ सहसचिव तथा उपसचिवको सरुवा (सूचीसहित)
नवनियुक्त परराष्ट्रमन्त्रीले गरे पदभार ग्रहण
सम्बन्धित सामग्री
साफ महिला क्लब च्याम्पियनसिप : उपाधिका लागि एपीएफ र इस्ट बंगाल भिड्दै दक्षिण एसियाली फुटबल संघ (साफ) ले पहिलो पटक यस क्षत्रेको महिला फुटबल विकासको लागि क्लब च्याम्पियनसिप आयोजना गरेको हो। जसमा नेपाल र भ... शनिबार, पुस ५, २०८२
नेपाली महिला फुटबल टोलीले आज चाइनिज ताइपेइसँग खेल्दै यसअघि नेपालले इन्डोनेसियासँगको खेल २–१ गोल अन्तरले हारेको थियो । नेपालले यो प्रतियोगितामा चोटका कारण सावित्रा भण्डारी (साम्बा) र सवि... मंगलबार, मंसिर १६, २०८२
नेपाली महिला राष्ट्रिय फुटबल टोली इन्डोनेसिया प्रस्थान कप्तान एञ्जिला सुब्बाको नेतृत्वमा जान लागेको २२ सदस्यीय टोलीलाई अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले बिदाइ गरे। आइतबार, मंसिर ७, २०८२
ताजा समाचारसबै
कांग्रेसका विशेष महाधिवेशन पक्षधरले बुझाए स्मरण पत्र शुक्रबार, पुस ११, २०८२
६ सिडिओसहित १३ सहसचिव तथा उपसचिवको सरुवा (सूचीसहित) शुक्रबार, पुस ११, २०८२
नवनियुक्त परराष्ट्रमन्त्रीले गरे पदभार ग्रहण शुक्रबार, पुस ११, २०८२
परराष्ट्रमन्त्री शर्माले लिए शपथ शुक्रबार, पुस ११, २०८२
‘प्रचण्ड’ र सञ्चार मन्त्री खरेलबीच भेटवार्ता शुक्रबार, पुस ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
ज्वागलबाट १२ घण्टापछि बाहिरिए बालेन बिहीबार, पुस १०, २०८२
बालेन र खगेन्द्र सुनारबीच भेटवार्ता, के भयो छलफल बिहीबार, पुस १०, २०८२
बालेन र डा. बाबुराम भट्टराईबीच के भयो छलफल ? बिहीबार, पुस १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्