• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ १३, २०८२ Tue, Jan 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
माया हत्या प्रकरण:

चार दिनदेखि आमा अचेतः होसमा हुँदा बोलाउँछिन्– माया कब आउने हई?

64x64
ललित बोहरा आइतबार, मंसिर १८, २०७९  १०:००
1140x725

बैतडी– २१ वर्षीय माया लुहारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा म्यादी प्रहरी भएर आफ्नो जिम्मेवारी पूरा गरिन्। उनको सपना केही दिनका लागि खटाइने म्यादी मात्र होइन प्रहरी बनेर सधैं समाजको सुरक्षा गर्ने थियो। 

तर, उनको सपनामाथि सुरक्षा निकायकै मान्छेबाट तुसारापात भयो। उनको सपना मात्रै सकिएन, सँगै सकियो श्वास पनि। भौतिक संसारबाट उनी त बिदा भइसकिन् तर उनकी आमा भने अझै छोरी कुरिरहेकी छिन्। 

बैतडीको पञ्चेश्वर गाउँपालिकामा बस्ने आमा रमा लुहार छोरीको हत्या भएदेखि नै अचेत छिन्। छोरी माया लुहार (भुरी)को घाँटी रेटेर हत्या भएपछि रमा होसमा छैनिन्। 

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलेकी मायाको हत्यापछि अहिले गाउँ शोकमा डुबेको छ। छोरीको हत्याको खबर पाएलगत्तै रन्थनिएर बेहोस भएकी रमा अहिले होसमा आउनेबित्तिकै छाती पिटेर रुन थाल्छिन्। होसमा आउनेबित्तिकै छोरीलाई खोज्छिन्। 

छोराहरुको अगाडि रुँदै रमा भन्छिन्, ‘माया कब आउने हई’। छोराहरुले मायाँ आउँछे भन्दै थम्थम्याउँछन्। चार दिनदेखि रमाले अन्नको दाना मुखमा हालेकी छैनन्। ५५ वर्षीया  रमाको मानसिक अवस्थासमेत बिग्रँदै गइरहेको छ। मायाकी बहिनी टिकु लुहार भन्छिन्, ‘दिदीको हत्यापछि आमाको अवस्था खराब बन्दै गएको छ। जतिबेला नि दिदीकै नाम लिएर बर्बराउनुहुन्छ।’

Ncell 2
Ncell 2

आरोपी सशस्त्र प्रहरी जवान फरार 
२१ वर्षीया माया लुहारको हत्यामा संलग्न रहेको भन्दै पीडित परिवारले एक प्रहरी जवानको नाममा किटानी जाहेरी दिएका छन्। मृतकका आफन्तले शिवनाथ गाउँपालिका–४ सोलपला घर भएका सशस्त्र प्रहरी जवानसमेत रहेका भरत राम कोलीको नाममा किटानी जाहेरी दिएका हुन्। 

आरोपित कोलीले केही दिन अगाडि मायाको मोबाइल खोसेको र मोबाइल लैजान बोलाएर हत्या गरेको मृतकका परिवारले दाबी गरेको छ। आरोपित सशस्त्र प्रहरी जवान भरत कोलीले नै बहिनीको हत्या गरेको मृतक मायाका दाईले बताए। 

माया लुहार मंगलबार घरबाट कुलाउ बजार गएकी थिइन्। तर घर नफर्केपछि खोजी गर्दै जाँदा बुधबार शिवनाथ गाउँपालिका ६ स्थित शिवनाथ मन्दिर नजिकै घाँटी रेटी हत्या गरेको अवस्थामा उनको शव फेला परेको थियो। उनीसँगै कुलाउ गएकी मृतककी भदै नेहा लुहार घाँटीमा धारिलो हतियार प्रयोग गरी घाइते बनाइएको अवस्थामा फेला परेकी थिइन्।

उनी शिवनाथ र पञ्चेश्वर गाउँपालिकाको सिमाना लामाडाँगा भन्ने स्थानमा फेला परेकी थिइन्। अहिलेसम्म दोषीलाइ पक्राउ गर्न नसकेको भन्दै स्थानीयले आक्रोश पोखेका छन्। प्रहरी प्रशासनले  आरोपित पक्राउ गर्न ढिलाई गरिरहेको भन्दै स्थानीयले आन्दोलन गर्ने चेतावनी दिएका छन्। 

आरोपी कोलीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी प्रेम शाहीले बताए। घटनाको अनुसन्धान भइरहेकाले धेरै कुरा भन्न नमिल्ने उनको भनाइ छ।   

एक वर्षमै चार पीडादायी घटना
छोरीको वियोगमा विक्षिप्त बनेकी रमाको घरमा एक वर्षकै अवधिमा चारवटा पीडादायी घटना भएका छन्। श्रीमान र जेठी छोरीको मृत्युको पीडा सेलाउन नपाउँदै कान्छी छोरीको हत्याले उनी विक्षिप्त भएकी हुन्। 

उक्त घटनामा गम्भीर घाइते भएकी नातीनी नेहा लुहार अस्पतालको शय्यामा छटपटाइरहेकी छिन्। माया दिदीका छोराछोरीका लागि कपडा किनर ल्याउँदै भन्दै भदैनीलाई साथमा लिएर बजार गएकी थिइन्। 
 

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १०:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ललित बोहरा
ललित नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
दल बदलेपछि बैतडीका एक जनप्रतिनिधि पद मुक्त
हजारौँ रोपनी जमिनमा सिँचाइ गर्ने २० लाख लिटर क्षमताको पोखरी पुनर्निर्माण गर्ने भएपछि कृषक उत्साहित
बैतडीमा ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सम्बन्धित सामग्री
निर्वाचन सुरक्षामा उच्च सतर्कता अपनाउन सशस्त्र प्रहरी संगठनलाई महानिरीक्षक अर्यालको निर्देशन सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयमा माघ ११ गतेदेखि विभिन्न कार्यालयको प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्न लागेका अधिकृतहरूलाई... सोमबार, माघ १२, २०८२
खैरो हिरोइनसहित नागढुङ्गाबाट एकजना पक्राउ प्रहरी प्रभाग तथा लागूऔषध नियन्त्रण ब्यूरो नागढुङ्गाको टोलीले चन्द्रागिरि नगरपालिका–२ स्थित चेक प्वाइन्टमा काँकडभिट्टाबाट काठमाडौँ आ... सोमबार, माघ १२, २०८२
नागढुंगाबाट खैरो हेराइनसहित युवक पक्राउ पक्राउ पर्नेमा बागमती प्रदेश–००१–००६ ख ७३३५ नम्बरको बसमा सवार ३६ वर्षीय निरोज न्यौपाने छन्। आइतबार, माघ ११, २०८२
ताजा समाचारसबै
नेपाली रुपैयाँ निरन्तर कमजोर मंगलबार, माघ १३, २०८२
टेम्केमैयुङमा ‘एक घर एक करेसाबारी’ कार्यक्रम मंगलबार, माघ १३, २०८२
यस्तो रहनेछ देशभरको मौसम मंगलबार, माघ १३, २०८२
गगन थापाले भने– नागरिकको सेवक हुन सर्लाही आएको हुँ सोमबार, माघ १२, २०८२
निर्वाचन सुरक्षामा उच्च सतर्कता अपनाउन सशस्त्र प्रहरी संगठनलाई महानिरीक्षक अर्यालको निर्देशन सोमबार, माघ १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी सोमबार, माघ १२, २०८२
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर सोमबार, माघ १२, २०८२
कांग्रेस सभापति गगन थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ जाँदै सोमबार, माघ १२, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ १२, २०८२
सचिव पौडेलले पाइन् बीमा प्राधिकरणको सञ्चालक समिति अध्यक्षको जिम्मेवारी सोमबार, माघ १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्