• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, वैशाख २९, २०८२ Mon, May 12, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व
सडकमा पोखिँदै चिनियाँहरुको डर र आक्रोश, चीनमा किन हुँदैछ राष्ट्रपति सीको विरोध?
64x64
नेपाल लाइभ मंगलबार, मंसिर १३, २०७९  १२:१९
1140x725
सेन्सरसिपको विरुद्ध खाली (कोरा) कागज हातमा लिएर विरोध प्रदर्शन। (तस्बिर: रोयटर्स)

काठमाडौं– कोरोना भाइरस (कोभिड १९)को असर पुरै विश्वमा पर्‍यो। र, चीन बाहेक लगभग पुरै विश्वले मानिसक्यो कि अब यही भाइरससँगै बाँच्नुपर्नेछ। तर चीनमा गएको ३ वर्षदेखि कयौं लकडाउन र कोभिड परीक्षण अभियान खेप्दै आएका मानिसहरु अब यसबाट सायद लाचार भइसकेका छन्, र उनीहरुको धैर्यता कमजोर हुँदै गइरहेको छ। 

कैयौं शहरमा कोभिड प्रतिबन्धनका विरुद्ध हजारौं मानिस सडकमा उत्रिएका छन्। मानिसहरु सोध्न थालेका छन् कि– सी चिनफिङको ‘जीरो कोभिड पोलिसी’ कहिलेसम्म सहनु पर्ला? राष्ट्रपति सी चिनफिङका लागि यो सबैभन्दा ठूलो ‘राजनीतिक परीक्षण’ पनि हो। 

चिनियाँहरु यो महामारीको भयबाट मुक्त हुन् चाहन्छन्, र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले मानिसहरुमा बढिरहेको आक्रोश र कोभिडप्रतिको भयका बीच उपयुक्त ‘बाटो’ खोज्नुपर्ने भएको छ। 

उरुमचीको पश्चिमी शहरमा एक अपार्टमेन्टमा आगो लाग्यो। पहिलो नजरमा यस्तो लाग्दैन थियो कि राष्ट्रव्यापी विरोध प्रदर्शनको पछाडि यो कारण हुन सक्छ। 

China_Birodh_Pradarshan_31669703428.jpg
तस्बिर: रोयटर्स

१० जनाले ज्यान गुमाउनुपरेको यो भयानक घटनाले ती दशौं लाख चिनियाँलाई भयवित बनाइदियो जो गगनचुम्बी अपार्टमेन्टहरुमा बस्छन्। आफ्नो फ्ल्याटमा फसेका छन्, तर भयंकर आगलागीका बाबजुद निस्किन असमर्थ छन्। किनकि बाहिर लकडाउन लागेको छ। 

प्रशासनले यस प्रकारको अवस्था सिर्जना नभएको भन्दै जवाफ दिएको छ, तर आम नागरिकमा बेचैनी र आक्रोश फैलिन रोकिएन। आफूलाई बचाउन भन्दै गुहार माग्दै गरेका फ्ल्याट निवासहरुको भिडियो सामाजिक सञ्जालहरुमा भाइरल हुन थालेपछि आक्रोश झनै फैलिँदै गयो। 

यो घटना कोभिड प्रतिबन्धका भयावह कहानीसँग जोडिएको नयाँ प्रकरण थियो। यसअगाडि पूरै शहरमा लकडाउन हुँदा समयमै उपचार नपाएर गर्भवती महिला र नवजात शिशुको मृत्यु भइरहेको र वृद्ध तथा बिमार मानिसहरुले पनि ज्यान गुमाउनु परिरहेको विवरणहरु सार्वजनिक भएका थिए। 

हरेक लकडाउनमा एउटै कुरा सार्वजनिक हुन थाल्यो– खानेकुरा र औषधिहरुको अभाव। किनकि जरुरी सामग्री उपलब्ध गराउन स्थानीय प्रशासनले धेरै समस्याहरुसँग जुझ्नु परिरहेको विषय पहिल्यै प्रष्ट भइसकेको थियो। 

Ncell 2
Ncell 2

त्यसपछि पनि धेरै डरलाग्दा घटनाहरु सार्वजनिक हुन थाले। जस्तै, मानिसहरुलाई क्वारेन्टिनमा लैजान लागेका बसहरु दुर्घटनाग्रस्त हुने, जसमा दर्जनौं मानिसहरुको मृत्यु भयो। साथै क्वारेन्टिन सेन्टरमा बालबालिकाको मृत्यु बढेको विषय पनि सार्वजनिक हुन थाल्यो। 

अधिकांश मानिसको अपेक्षा थियो कि सीसीपी कांग्रेस (चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशन)मा केही राहतको घोषणा हुन सक्छ। यसै महाधिवेशनबाट राष्ट्रपति सीले सत्तामाथिको आफ्नो पकड अझै बलियो बनाए। तर उनले जीरो कोभिड नीतिमा कुनै परिवर्तन नगरिने बताए। जसले मानिसहरुमा एकसाथ निराशा र आक्रोश अझै बढाइदियो। 

यसमा कुनै शंका छैन कि चीनको ‘जीरो कोडिड नीति’ले कोभिडबाट हुने मृत्यु कम गर्‍यो। यही नीतिका कारण विश्वका अन्य देशको तुलनामा चीनमा मृत्युदर धेरै तल रह्यो। तर यसले आम मानिसको उर्जा पनि कम गरिदियो। 

कोभिडको प्रतिबन्धमा फसिरहनु एक सामान्य अनुभव बन्न थाल्यो, जसका कारण चीनका ठूला शहरदेखि लिएर, सिनजियाङ र तिब्बत जस्ता दूर–दराजका क्षेत्रमा पनि आक्रोश बढ्दै गयो। 

यो प्रकरणले समाजका हरेक हिस्सालाई उद्वेलित गर्‍यो। विश्वविद्यालयका विद्यार्थी होउन् या कारखानाका मजदुर। मध्यमवर्गीय परिवार होउन् या सम्पन्न तप्का नै किन नहोस्। 

एक मानिसले बेइजिङ ब्रिजमा प्रदर्शन गरे। राष्ट्रपति सी चिनफिङको सार्वजनिक रुपमा आलोचना गर्ने उनको कदमले पूरै देशमा हलचल ल्यायो। र, यो घटनाले चीन बाहिर र भित्र पनि सीधा र चर्को विरोधका लागि एक आधार तयार गरिदियो, जसबाट अरु मानिसमा पनि साहस बढ्यो। 

China_Birodh_Pradarshan_21669703427.jpg
गेट्टी ईमेज

देशको केन्द्रीय शहर झेङजाउमा सैयौं मजदुरले आफ्नो अधिकारको माग गर्दै प्रदर्शन गरे। उनीहरुले निगरानी क्यामेरा र झ्यालहरु फुटाइदिए। जसकारण प्रहरीसँग झडप पनि भयो। 

दक्षिण पश्चिममा रहेको छोङ छिङ सहरमा मास्क नलगाएका एक व्यक्तिको भिडियो सार्वजनिक भयो। जसमा ती व्यक्तिले भनेका छन्, ‘मलाई स्वतन्त्रता देउ या मृत्यु।’ यो यस्तो वाक्य थियो जसलाई प्रदर्शनकारीले तुरुन्तै अपनाए। 

जब उरुमची आगजनीको घटना घट्यो त्यतिबेला देशव्यापी प्रदर्शनको भूमिका बनिसकेको थियो। उक्त शहरमा सयौं मानिस सडकमा उत्रिए। त्यसपछि सांघाइ, बेइजिङ, वुहान, नानजिङ र चेङ्‌गदूमा पनि यस्तै भयो। यहाँसम्म कि प्रदर्शनमा उत्रिएका नागरिकले सीसीपी र राष्ट्रपति सीले सत्ताबाट हट्नुपर्ने माग गर्न थालेका छन्। बीबीसीको सहयोगमा
 

प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  १२:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आजको मौसमः पहाडका केहि क्षेत्रमा वर्षाको सम्भावना
आज २५६९औँ बुद्ध जयन्ती मनाइँदै, देशभर सार्वजनिक बिदा
ला लिगामा रियललाई हराउँदै बार्सिलोना उपाधि नजिक
सम्बन्धित सामग्री
सिरियामा चार दिनदेखि डढेलो, नियन्त्रणमा चुनौती हालसम्म कुनै व्यक्ति घाइते भएको वा घरमा क्षति पुगेको विवरण आएको छैन। डढेलोको कारण भने अझै नखुलेको विभागले जनाएको छ। आइतबार, वैशाख २८, २०८२
जेनेभामा अमेरिका–चीन व्यापार वार्ता पुनः सुरु, पहिलो बैठक रचनात्मक भएको राष्ट्रपति ट्रम्पको भनाइ अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट, व्यापार प्रतिनिधि जेमिसन ग्रीर र चीनका उपप्रधानमन्त्री हे लिफेङबीच आइतबार दोस्रो दिन बिहान १० बजेप... आइतबार, वैशाख २८, २०८२
युद्धविरामका लागि रुस प्रतिबद्ध भएमा युक्रेन वार्ताका लागि ‘तयार’: जेलेन्स्की रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसै महिना इस्तानबुलमा किएभसँग प्रत्यक्ष वार्ताको प्रस्ताव गरेको केही घण्टापछि जेलेन्स्कीले उक्त कु... आइतबार, वैशाख २८, २०८२
ताजा समाचारसबै
आजको मौसमः पहाडका केहि क्षेत्रमा वर्षाको सम्भावना सोमबार, वैशाख २९, २०८२
आज २५६९औँ बुद्ध जयन्ती मनाइँदै, देशभर सार्वजनिक बिदा सोमबार, वैशाख २९, २०८२
ला लिगामा रियललाई हराउँदै बार्सिलोना उपाधि नजिक सोमबार, वैशाख २९, २०८२
साढे ३ वर्षपछि पहिलो पटक राप्रपा कार्यालय पुगे कमल थापा आइतबार, वैशाख २८, २०८२
कम्युनिष्ट पार्टीहरु एक ठाउँमा आउनुपर्छ : महासचिव वैद्य आइतबार, वैशाख २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
आफै अमेरिका छाड्न चाहने अवैध आप्रवासीले अब बोनस पाउने आइतबार, वैशाख २८, २०८२
भुसमुनि भेटियो ७२ लाखको सामान आइतबार, वैशाख २८, २०८२
सुन तोलामा सामान्य अंकले घट्यो, कतिमा हुँदैछ कारोवार ? आइतबार, वैशाख २८, २०८२
बङ्गलादेश अवामी लिगद्वारा पार्टीको गतिविधिमा प्रतिबन्ध लगाउने अन्तरिम सरकारको निर्णय अस्वीकार आइतबार, वैशाख २८, २०८२
निवर्तमान गभर्नर अधिकारीविरुद्ध सर्वोच्चमा रिट आइतबार, वैशाख २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्