काठमाडौं– ट्विटरको ब्लु टिकको लागि ८ डलर तिर्नुपर्ने निर्णयमा तत्कालका लागि रोक लगाइएको छ। एलन मस्कले ट्विटर खरिद गरेपछि अकाउन्ट भेरिफिकेसन (ब्लु टिक)का लागि ८ डलर तिर्नुपर्ने नयाँ नियम ल्याएका थिए।
८ डलर तिरेपछि ब्लु टिक लिन पाइने नियम लागू भएपछि कैयौं फेक अकान्ट बनेको र तिनीहरुले ब्लु टिक पनि मिलेको थियो। ब्लु टिक पाएपछि फेक अकाउन्ट पनि कम्पनी तथा सेवा प्रदायकको वास्तविक अकाउन्ट जस्ते देखिन थालेका थिए।
यस्तै एक प्रकरणमा एली लिलि नामक कम्पनीको एक फर्जी अकाउन्ट बनाइएको थियो। ब्लुक टिक पाएको उक्त अकाउन्टबाट लेखिएको थियो ‘इन्सुलिन फ्री’।
यसबारेमा ट्विटरले कुनै प्रतिक्रिया दिएको छैन। तर एली लिलि नामक वास्तविक कम्पनीले ट्विट गर्दै भन्यो, ‘हामी उहाँहरुसँग माग्छौं, जसलाई फर्जी लिलि अकाउन्टबाट यो गलत सन्देश मिल्यो।’
यो घटनापछि ट्विटरबाट गलत सूचना फैलिनसक्ने जोखिम बढ्यो। त्यसपछि कम्पनीले शुक्रबार कम्पनीको सेयर कारोबारमा ४ प्रतिशत सम्मको गिरावट आयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।