काठमाडौं– पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान गोली लागि घाइते भएका छन्। पाकिस्तानको गुजरानवालाको अल्लाहवालामा एक कन्टेनरनजिकै भएको गोली हानाहानमा पूर्वप्रधानमन्त्री तथा पीटीआईका अध्यक्ष खान घाइते भएको बीबीसी हिन्दीले उल्लेख गरेको छ।
बीबीसीले पीटीआई नेता डा यास्मिन राशिदलाई उद्धृत गर्दै खान घाइते भएको बताएको छ। यस्तै, बीबीसी उर्दूका अनुसार उक्त हमलामा सांसद फैसल जावेद पनि घाइते भएका छन्।
प्रहरीले घटनास्थलबाट एकजना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।