पोखरा– नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स महिला लङजम्पमा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन्।
उनले पोखरा रंगशालामा ५.५८ मिटर जम्प गर्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन्। उक्त इभेन्टमा यसअघि गत असारमा निशा चौधरीले ५.४७ मिटर जम्प गर्दै शिला चौधरीले २०१८ मा राखेको ५.४५ मिटर जम्पको कीर्तिमानलाई भंग गरेकी थिइन्।
लुम्बिनीकी निशा चौधरीले ५.४९ मिटर जम्प गदै रजत तथा एपीएफकी शिला चौधरीले ५.३१ मिटर जम्प गर्दै कास्य जितिन्।
जारी नवौं खेलकुदमा यो जयरानीकोे तेस्रो स्वर्ण हो। उनले यसअघि महिला ४ सय मिटर हडल्र्स र १ सय मिटर हडल्र्समा स्वर्ण जितेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।