पोखरा– नवौं खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङ क्रस कन्ट्री प्रतियोगितामा सहभागी त्रिभुवन आर्मी क्लबका खेलाडीको प्याराग्लाइडिङबाट खसेर मृत्यु भएको छ।
पोखरा महानगरपालिका–१८ सराङकोटमा आइतबार खेल चलिरहेको १०० मिटर माथिबाट जमिनमा खस्दा आर्मीका खेलाडी २६ वर्षीय निसिम थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
प्याराग्लाइडिङबाट खसेर घाइते थापालाई उपचारका लागि लागि मेट्रोसिटी अस्पताल पठाएको थियो। अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरीका प्रवक्ता, सुन्दर तिवारीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।