पोखरा– पोखरामा शुक्रबारदेखि सुरु भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथलेटिक्सको महिला १० हजा मिटर दौडको उपाधि वागमती प्रदेशले हात पारेको छ।
शनिबार बिहान भएको दौडमा वागमती प्रदेशकी सन्तोषी श्रेष्ठले प्रथम हुँदै स्वर्णपदक हात पारेकी हुन्। उनले उक्त दूरी ३६ मिनेट १९.३६ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन्।
पोखरा रंगशालामा शनिबार भएको खेलमा विभागीय टोली पुलिस क्लबकी राजपुरा पछाइलाई पछि पार्दै सन्तोषीले स्वर्ण जितेकी हुन्। राजपुराले निर्धारित दूरी ३६ मिनेट २२.४५ सेकेण्डमा पूरा गरिन्।
सन्तोषी १३औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक विजेता खेलाडी पनि हुन्। एपीएफकी पुष्पा भण्डारी ३७ मिनेट ४.०९ सेकेण्डमा निर्धारित दूरी पूरा गरी तेस्रो स्थानमा रहिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।