काठमाडौं– यो चाडपर्वको बेलामा एनसेलका ग्राहकले अब अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्छन्। चाडवाडको बेलामा घरमा रहँदा होस् या बाहिर जहाँ भएपनि पनि डेटा सेवा लिन सकिने गरि एनसेल आजियाटा लिमिटेडले नौलो तथा आकर्षक ‘होम एन्ड अवे डेटा प्याक’ अफर संचालनमा ल्याएको छ।
दशैं, तिहार र छठ पर्वको अवसरमा ल्याइएको यो प्याक प्रयोग गरि ग्राहकले शुभकामना आदानप्रदान, चाडपर्वको उत्साह, उमङ्ग साट्नुका साथै आफ्ना प्रियजन र साथीभाइसँग सम्पर्कमा रहिरहन सक्छन्। ग्राहकले यो प्याकमा करसहित ५९९ रूपैयाँमा ३० जीबी होम डेटा र ३० जीबी अवे डेटा गरि कूल ६० जीबी डेटा पाउँछन्।
यो प्याक एनसेलले बिहीबारदेखि सञ्चालनमा ल्याएको हो। ग्राहकले *१७१२३*३०# डायल गरेर यो प्याक किन्न सक्छन्। यसैगरि एनसेल एप र एनसेलको वेबसाइटमार्फत पनि यो प्याक लिन सकिन्छ।
प्याकमा पाइने कुल ६० जीबी डेटामा ३० जीबीको होम डेटा ग्राहकले घरमा रहँदा प्रयोग गर्नका लागि पाउँछन् भने ३० जीबीको अवे डेटा घर बाहिर बाहिर जहाँ पनि चलाउन सक्छन्। यो प्याक अन्तर्गत डेटा चलाउनका लागि ग्राहकले जुन स्थानमा रहि यो प्याक सुचारु गर्दछ त्यही स्थानलाई होम लोकेसन मानिन्छ र अन्य स्थानलाई अवे लोकेसन मानिन्छ।
ग्राहकले आफ्नो आवश्यकता अनुसार आफ्नो होम प्याकको स्थान परिवर्तन पनि गर्न सक्छन् र प्याकमा रहेको डेटाबाट फाइदा लिन सक्छन्। यो प्याक सुचारु भएपछि २८ दिनको लागि मान्य रहन्छ।
यो डेटा प्याकको विषेशता भनेको प्याकमा रहेको डेटा भोलुम खपत भइसके पछि प्याकको समयावधि रहेसम्म पे एज यू गो (पेजी) दर लागू हुँदैन। होम एण्ड अवे डेटा प्याकमा रहेको डेटा सकिएमा ग्राहकले कुनै पनि अन्य डेटा प्याक खरिद गरि डेटा चलाउन सक्छन्।
डेटा सेवालाई अझै सुलभ बनाउँदै आफ्ना ग्राहकका लागि नेपालमा नै पहिलो पटक यस्तो नौलो तथा आकर्षक प्याक ल्याएको एनसेलले जनाएको छ। चाडपर्वको अवसरमा ल्याइएको यस प्याकले ग्राहकलाई घर होस् या बाहिर देशको जुनसुकै स्थानमा रहि शुभकामना आदानप्रदान गर्न, चाडवाडको उत्साह तथा उमङ्ग साट्न र आफ्ना प्रियजन तथा साथीभाइहरुसँग सहजै सम्पर्क रहिरहन मद्दत गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।