काठमाडौं– सानिमा बैंकले आफ्ना ग्राहकका लागि दशैं तथा तिहारका लागि विशेष छुटको योजना ल्याएको छ।
बैंकले सानिमा मोबाइल बैंकिङ सेवा प्रयोग गरी भुक्तानी गर्ने ग्राहकलाई १० प्रतिशत अधिकतम अर्थात् एक सय रुपैयाँसम्मको छुट प्रदान गर्ने जनाएको छ।
यो योजना असोज १६ गतेदेखि २२ गतेसम्म र कात्तिक ७ गतेदेखि १२ गतेसम्म फोनपे मर्चेन्टहरुका लागि लागू गरिएको बैंकले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ।
यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गरी दीर्घकालीन रुपमा नगदको प्रयोगमा कमी ल्याउने बैंकले विश्वास लिएको छ। सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय र १२० वटा एटिएम सञ्चालनमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।