काठमाडौं– युएस ओपन टेनिसको महिलातर्फको उपाधि विश्व नम्बर एक इगा स्वेटेकले जितेकी छन्।
न्युयोर्कमा भएको फाइनलमा पोल्याण्डकी इगाले ट्युनिसियाकी पाँचौं वरीयता प्राप्त ओन्स जाबेउरलाई हराउँदै उपाधि जितेकी हुन् ।
इगाले जाबेउरलाई ६-२ र ७-६(७-५) ले पराजित गरिन्।
इगाले पहिलो पटक युएस ओपनको उपाधि जितेकी हुन्। इगाको यो तेस्रो ग्रान्डस्लाम उपाधि हो।
यस अघि इगाले दुई पटक फ्रेन्च ओपन जितेकी थिइन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।