काठमाडौं– पछिल्लो एक सातादेखि निरन्तर रुपमा ओरालो लागेको नेप्से परिसूचक बुधबार पनि घटेर कारोबार बन्द भएको छ।
बुधबार नेप्से परिसूचक ११.९७ अंक घटेर १९३९.८८ बिन्दुमा झरेको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.७० अंक, फ्लोट इण्डेक्स ०.८० अंक र सेन्सेटिभ फ्लोट ०.५२ अंक घटेको छ।
बुधबार कारोबारमा आएका २२४ कम्पनीको २९ लाख ४३ हजार कित्ता सेयर ८२ करोड ६२ लाख ३० हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। पछिल्लो समय नेप्से परिसूचकसँगै कारोबार रकमसमेत गिरावट हुँदै आएको छ। मंगलबार १ अर्ब १९ करोड ७ लाख ६५ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो।
बुधबार नेप्सेका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचकबाहेक अन्य सबै उपसमूहको परिसूचक घटेको छ। म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.७८ प्रतिशत बढेको छ। तर व्यापार उपसमूहको परिसूचक २.४३ प्रतिशत घटेको छ।
बुधबार नेप्से परिसूचकमा गिरावट आए पनि सनराइज फस्ट म्यु्चुअल फण्डको इकाई मूल्य ७.७२ प्रतिशतले बढेको छ। त्यस्तै, अपर हेवाखोला हाइड्रोपावरको सेयरमूल्य ६.३८ प्रतिशत बढेको छ।
यता, प्राइम कमर्सियल बैंकको ऋणपत्रको मूल्य ५.८८ प्रतिशत घटेको छ। त्यस्तै, उन्नती सहकार्य लघुवित्तको सेयरमूल्य यसदिन ५ प्रतिशत घटेको छ। आज नेपाल टेलिकमको ५ करोड १५ लाख ६० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।