काठमाडौं– वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको पुस महिनासम्म स्थानीय संचित कोषको ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने भएका छन्।
अर्थ मन्त्रालयले यो सुविधालाई ६ महिनाका लागि थप गरेको अर्थ मन्त्रालयले जानकारी दिएको छ। गत आर्थिक वर्ष २०७८/७९ मा तरलता प्रवाह सहज गर्न भन्दै निक्षेपमा गणना गर्न पाउने सीमा ८० प्रतिशत बनाइएको थियो।
यसलाई ६ महिना थपगरी पुससम्म पुर्याइएको मन्त्रालयले जनाएको छ। यसले तरलता अभावको समस्यालाई केही हदसम्म समाधान गर्ने जानकारहरुको बुझाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।