• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

लिज ट्रस बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त 

64x64
नेपाल लाइभ मंगलबार, भदौ २१, २०७९  १७:४४
1140x725
(तस्बिर साभार: पिए मिडिया)

लन्डन- ब्रिटिश महारानी  एलिजाबेथ द्वितीयले सत्तारुढ कन्जरभेटिभ पार्टीकी नयाँ नेता मेरी एलिजाबेथ ट्रस (लिज ट्रस) लाई बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त गरेकी छिन्।

मंगलबार स्कटल्याण्डको बाल्मोरल क्यासलमा भेटपछि महारानीले  कन्जरभेटिभ पार्टीका लिज ट्रसलाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्।

मार्गरेट थ्याचर र टरिजा मेपछि ब्रिटेनको प्रधानमन्त्री हुने ट्रस तेश्रो महिला हुन्। यसअघि प्रधानमन्त्री बोरिस जोनसनले ब्रिटिश महारानीसमक्ष आफ्नो पदबाट राजीनामा दिएका थिए।

संसद्‌मा सत्तारुढ दलको नेता भएकाले महारानीले ट्रसलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेकी हुन्। 

९६ वर्षीय महारानी  एलिजाबेथ द्वितीयको कार्यकालमा नियुक्त हुने ट्रस १५ औं ब्रिटिश प्रधानमन्त्री हुन्, तर बाल्मोरल दरबारमा नियुक्ति पाउने पहिलो प्रधानमन्त्री।

यसअघिका सबै प्रधानमन्त्रीहरुलाई लन्डनस्थित बकिङ्घम दरबारमा महारानीले नियुक्ति दिएकी थिइन्। तर, यसपटक स्वास्थ्यको कारणले उनी स्कटल्याण्डमै बसिरहेको राजदरबारले जनाएको छ।  

सत्तारुढ दलको नयाँ नेता 
सत्तारुढ कन्जरभेटिभ पार्टीका १४१,००० भन्दा बढी सदस्य तथा सांसदहरुले गरेको मतदानबाट लिज ट्रस दलको नेता छनोट भएकी हुन्।

विवादै विवादमा घेरिएका प्रधानमन्त्री बोरिस जोनसनले गत जुलाई महिनामा पदबाट राजीनामा दिने घोषणा गरे पछि सत्तारुढ दलको नयाँ नेता छाने प्रक्रिया सुरु भएको थियो। 
 
लिज ट्रसले खसेको मतको ५७ प्रतिशत मत पाएकी थिइन् भने ऋषि सुनकले ४२ प्रतिशत मत पाएका थिए। सोमबार अपरान्ह लन्डन वेस्टमिन्स्टरमा उक्त घोषणा गरिएको थियो।  

Ncell 2
Ncell 2
nimb
nimb

उक्त घोषणापछि बोल्दै ट्रसले आफूले ऊर्जाको बढ्दो मूल्यसँग जुध्न र राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा सुधार गर्ने कामलाइ प्राथमिकता दिने बताइन्। 

बेलायतको अक्सफोर्डमा जन्मिएकी ४७ वर्षीय ट्रसले अक्सफोर्ड विश्व विद्यालयबाट स्नातक अध्ययन पूरा गरेकी छन्।  उनी सन् २०१० मा पहिलो पटक ब्रिटिश संसद्, हाउस अफ कमन्स, मा निर्वाचित भएकी थिइन्।
 
उनले शिक्षा, वातावरण, अन्तर्राष्ट्रिय व्यापार तथा परराष्ट्रमन्त्रीको रुपमा काम गरिसकेकी छन्। उनका श्रीमान मान ह्यु ओ लियरी एकजना लेखापाल हुन्।  उनीहरुका दुइ छोरी छन्।   

‘महंगी अरु बढ्न सक्ने’
नवनियुक्त प्रधानमन्त्री ट्रसले करका दर नबढाउने बरु कर कटौती गर्ने जनाएकी छन्।  तर, त्यसले गर्दा महंगी अरु बढ्न सक्ने जानकारहरु बताउँछन्। 

‘कर कटौती गरे पछि बजारमा पैसा बढी आउँछ, तर सामानहरु नपाउँदा महंगी अरु बढ्न सक्छ’, लण्डनमा बसोबास गर्ने एकजना आर्थिक विश्लेषक विकल चन्द्र आचार्यले भने, ‘कोभिडको समयमा ब्रिटेनको केन्द्रीय बैंकले ‘क्वान्टिटेटिभ इजिङ्ग’ (धेरै पैसा छापेर बजारमा पठाउने काम) गरेको थियो।  त्यसले पनि महंगी बढाएको हो।’

Xtrem

Xtrem

बेलायतमा अहिले महंगी झन्डै ११ प्रतिशत ले बढेको छ, जुन जी-७ मुलुकहरुमध्ये सबैभन्दा बढी हो।  रुस-युक्रेन युद्धका कारण ऊर्जाको मूल्य बढेकाले महंगी २० प्रतिशत नाघ्न सक्ने अनुमान गरिएको छ।
 
‘केन्द्रीय बैंकले व्याजदर बढाउँदै लगेको छ जसले गर्दा मोर्गेज (घर किन्न ऋण लिए वापत बैंकलाई तिर्नु पर्ने मासिक किस्ता) बढ्दै गएको छ।  ब्रिटेनमा श्रमिकहरुको अभाव छ, पौण्डको मूल्य घटिरहेको छ  र ब्रेक्जिटका नकारात्मक असरहरु पनि देखिएका छन्।  त्यसैले आगामी दिनहरु ब्रिटिश जनताका लागि कठिन हुने देखिन्छन्’, आचार्यले भने।
 
‘प्रधानमन्त्री ट्रसले विद्युत र खाना पकाउने ग्याँसको मूल्य बढ्न नदिन ऊर्जा व्यापार कम्पनीहरुलाई लाखौं  पौण्ड अनुदान दिने बताएकी छन्।  तर, त्यसले दिगो समधान दिँदैन।  वैकल्पिक ऊर्जाका लागि सरकारले लगानी बढाउन ढिला भै सकेको छ’, आचार्यले थपे।

प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७९  १७:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
सम्बन्धित सामग्री
यमनी शहर ताइज जाने सडक हुथी आक्रमणपछि अवरूद्ध क्षेत्रका एक प्रहरी स्रोतले एएफपीलाई भने, “हामीलाई जानकारी भए अनुसार हुथीहरूले अल–सफिया क्षेत्र कब्जा गरेका छन्। त्यहाँ उनीहरूले प्र... आइतबार, असोज १८, २०८३
होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी फर्सका अनुसार आईआरजीसीले दैनिक एकभन्दा बढी तेल ट्यांकरलाई निशाना बनाएको छ। यो घटनाक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज ज... आइतबार, असोज १८, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ उपबिजेता भई कास्य पदक प्राप्त गरेको जीतमा खुशी व्यक्त गर्दै चिनियाँ फुटबलको ‘अत्यन्त उज्ज्वल भविष्य’ रहेको ‘पुरुष अन्डर–२३’ का प्रशि... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्