काठमाडौं– नेकपा एमालेका सांसद कृष्णप्रसाद दाहालले सरकारले कमिसनको खेलमा लागेर नयाँ स्टक एक्सचेन्ज ल्याउने तयारी गरेको टिप्पणी गरेका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भएको स्टक एक्सचेन्जलाई सक्षम र सुदृढ बनाउनुको सट्टा नयाँ स्टक एक्सचेन्ज ल्याउनु लागिएको बताए।
‘नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स खुला गर्ने विषयले संसद्मा पनि चर्चा पाएको छ। नेपालको पुँजी बजारमा नयाँ स्टक एक्सेन्ज आवश्यक छैन’, उनले भने, ‘सरकारले कमिसनको खेलमा यस्तो संस्था सञ्चालनमा ल्याउन लागेको छ। कमिसनको खेलमा नयाँ स्टक एक्सचेन्ज ल्याएर पुँजी बजारको विकास हुँदैन।’
दाहालले नयाँ स्टक एक्सचेन्ज ल्याउन लागिएको हो भने त्यसलाई रोक्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।