काठमाडौं– राष्ट्रिय सभामा बीमा विधेयक २०७५ पेस भएको छ। अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाबाट सन्देशसहित पुगेको बीमा विधेक २०७५ राष्ट्रिय सभामा पेस गरेका हुन्।
प्रतिनिधि सभाको लेखा समितिमा सम्बन्धित सरोकारवालाहरुसँग छलफल भइ उक्त विधेयक सर्वसम्मत रुपमा पारित गरिएको अर्थमन्त्री शर्माले जानकारी दिए।
हाल कायम रहेको बीमा ऐन २०४९ ले बीमाको सबै विषय समेट्न नसकेकोले निकै लामो समयदेखि यो विधेयकको आवश्यकता महसुस गरिएको र अर्थ मन्त्रालयले विभिन्न चरणमा बीमा समिति, सरोकारवाला निकाय सबैसँग छलफल तथा अन्तक्रिया गरेर प्राप्त सुझावलाई समेट्ने प्रयास गरिएको अर्थमन्त्री शर्माले बताए।
शर्माले बैंक तथा वित्तीय संस्था नियमन गर्ने कानुनी व्यवस्थालाई आधार मानि बीमा विधेयक तयार गरिएको जानकारी दिए।
बैंक तथा वित्तीय क्षेत्रको नियमनका लागि नेपाल राष्ट्र बैंक ऐन २०५८, बैंक कसूर तथा सजाय ऐन २०६४ र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ समेत छन्।
बीमाका लागि सबै विषय प्रस्तुत विधेयकमा समेटिएका उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।