काठमाडौं– अमेरिकी टेनिस स्टार सेरेना विलियम्सले टेनिस खेलबाट सन्यास लिएकी छन्।
शुक्रबार युएस ओपनमा अन्तिम खेल खेलेपछि उनले खेल जीवनबाट सन्यास लिएको घोषणा गरेकी हुन्।
न्यूयोर्कमा भएको उक्त प्रतिस्पर्धामा सेरेना अस्ट्रेलियाकी आयला टोमियानोभिचसँग पराजित भइन्। यद्यपि, उक्त खेल उनको जीवनमा सधैँ स्मरणीय रहनेछ। आयलासँगको खेलमा उनी ७–५, ६–७, (४–७) ६–१ ले पराजित भएकी हुन्।
४१ वर्षीया सेरेनाले आफ्नो २७ वर्षको शानदार खेल जीवनलाई शुक्रबार अन्तिम खेल खेल्दै विश्राम दिइन्। उनले खेलपछि भावुक मुद्रामा देखिएकी उनले उपस्थित दर्शकमाझ हात हल्लाउँदै खेल जीवनबाट बिदा लिइन्।
यसक्रममा कोर्टको बीचमा अन्तरवार्ता दिँदै गर्दा उनी निक्कै भावुक बनेकी थिइन्। उनको आँखामा आँशु रसाएका थिए। उनले आफ्नो परिवार, टिम, दर्शक तथा समर्थकहरुलाई आफूलाई गरेको समर्थनप्रति धन्यवाद दिइन्।
उनले सन् १९९५ देखि व्यवसायीक खेल जीवन सुरुवात गरेकी थिइन्। उनले आफ्नो खेल जीवनमा २३ सिंगल्स ग्राण्डस्लाम उपाधि जित्न सफल भइन्। साथै, लामो समय उनी विश्वको नम्बर एक महिला टेनिस खेलाडीको रुपमा स्थापित भइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।