काठमाडौं– अर्जेन्टिनाकी उपराष्ट्रपति क्रिस्टिना फर्नान्डिज डी किर्चनरको हत्या प्रयास भएको छ। राजधानी ब्युनस आयर्समा रहेको आफ्नै निवासमा समर्थकसँग भेटघाट गरिरहेका बेला उनीमाथि पेस्तोल ताकिएको थियो।
समर्थकको भीडबाट एकजनाले उनको टाउकोमा लक्षित गर्दै पेस्तोल ताकेका थिए। तर गोली चल्न पाएन। पेस्तोलमा पाँच गोली भरिएको पाइएको छ।

उनी राष्ट्रपतिसमेत भइसकेकी छन्। उनको कार्यकालमा भ्रष्टाचार भएको आरोप लागेको छ तर त्यसलाई उनले इन्कार गर्दै आइरहेकी थिइन्। यही मामलामा अदालतको सुनुवाइपछि उनी घर पुगेकी थिइन्। त्यही बेला हत्या प्रयास भएको हो।
प्रहरीले पेस्तोलधारीलाई हिरासतमा लिएको छ। एक ३५ वर्षीय पुरुष रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।