काठमाडौं– तत्कालिन सोभियत संघका अन्तिम नेता (राष्ट्रपति) मिखाइल गोर्बाचोभको निधन भएको छ। सोभियत संघको पतन रोक्न नसकेका, तर रक्तपात नगरी शीतयुद्धको अन्त्य गरेका गोर्भाचोभको ९१ वर्षको उमेरमा निधन भएको रुसी समाचार संस्थाहरुले जनाएका छन्।
‘लामो समयदेखि गम्भीर बिमारीसँग जुझिरहेका गोर्भाजेभको आज साँझ निधन भएको छ,’ मस्कोको सेन्ट्रल क्लिनिकल हस्पिटलले मंगलबार राति भनेको छ।
मिखाइल गोर्बाचोभ सन् १९८५ मा सोभियत संघ (युएसएसआर) को राष्ट्रपति चुनिएका थिए। सोभियत संघको पतन हुँदा (सन १९९१) सम्म राष्ट्रपति रहेका गोर्बाचोभका दुईवटा नीतिलाई महत्वका साथ लिइन्छ– पहिलो, अभिव्यक्ति स्वतन्त्रता र दोस्रो, पुनर्गठन।
अभिव्यक्ति स्वतन्त्रताको उनको नीतिले नै मानिसहरुले सरकारको आलोचना गर्न सुरु गरेका थिए।
गोर्भाचोभका ती कदमलाई सुधारका संकेत भनिए पनि सोभियत संघको विघटनका लागि महत्त्वपूर्ण कारक मानिन्छ। आफ्नो अनेकौं कोसिसका बाबजुद पनि उनले विघटनलाई रोक्न सकेनन्।
सोभियत संघको पतनपछि आधुनिक रुसको शुरुवात भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।