बग्दाद- इराकका शक्तिशाली शिया नेता मुक्तदा अल-सद्रले राजनीतिबाट सन्यास लिने घोषणा गरेपछि समर्थक र सुरक्षाकर्मीबीच झडप हुँदा २० जनाको ज्यान गएको छ। सयौं प्रदर्शनकारी घाइते भएको बीबीसीले जनाएको छ।
राजधानी बग्दादका साथै बसरा, नजफ़, नासिरिया र हिल्ला सहरमा समेत हिंसा भड्किएको छ। गतवर्ष अक्टुबरमा भएको निर्वाचनमा उनको मुक्तदाको समूहले सबैभन्दा धेरै सिट जितेको थियो। तर उनलाई सरकार बनाउन अर्को इरान समर्थित शिया समूले वार्ता गर्न इन्कार गरिदिएको थियो।
इराकमा १० महिनासम्म नयाँ सरकार कसैले बनाउन सकेको छ। राजनीतिक गतिरोधकाबीच महंगी र बेरोजगारी अत्याधिक बढेको छ। यसकारण अन्तरिम सरकारसँग जनता आक्रोशित छन्। मुक्तदाको सरकार बन्दा समस्या हल हुने उनीहरु समर्थितको बुझाइ छ तर सरकार बनाउने उपाय नदेखेपछि उनले सन्यास घोषणा गरेका छन्।
४८ सालका मुक्तदा पछिल्लो दुई दशकदेखि इराकको सार्वजनिक र राजनीतिक परिदृष्यमा ठूलो प्रभाव राख्छन्। उनको मेहदी सेना देशका पूर्व तानाशाह सद्दाम हुसेनको मृत्युपछि सबैभन्दा शक्तिशाली र हतियारसहितको संगठनका रुपमा उदाएको थियो।
मुक्तदा बेरोजगारी, लोडसेडिङ र भ्रष्टाचारबाट आजित आमजनसँग जोडिन सफल भएका थिए। उनी इराकमा धेरै चाँडो सडकमा समर्थक ल्याउने र फिर्ता लिन सक्ने ताकत राख्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।