काठमाडौं– जति–जति प्रविधिको विकास हुँदै गएको छ त्यति नै ब्रम्हाण्डको उत्पत्तिप्रति मानिसको चासो बढ्दो छ। अन्तरिक्षमा कदम राखेसँगै वैज्ञानिकले यसको रहस्य पत्ता लगाउने कोशिस जारी राखेका छन्।
अन्तरिक्षबारे वैज्ञानिकको अनुसन्धान निरन्तर चलिरहेको छ। हरेक दिन एउटा न एउटा नयाँ रहस्यमाथि पर्दा उठ्दै जान थालेका छन्। अन्तरिक्षसम्बन्धी यस्ता केही रहस्य छन् जो तपाईंलाई जानकारी नहुन पनि सक्छ।
अन्तरिक्षमा कुनै आवाज छ?
हामी प्रायः कार-मोटर, लाउडस्पीकर र कारखानाबाट आउने आवाजले हैरान हुन्छौं र कतै एकान्तमा जान चाहन्छौं। तर पूर्ण शान्ति भएको ठाउँ पाउन गाह्रो छ। तर के तपाईंलाई थाहा छ? अन्तरिक्षमा कुनै पनि प्रकारको आवाज आउँदैन। यो किनभने अन्तरिक्षमा वातावरण छैन। जसका कारण आवाज घुम्नका लागि कुनै माध्यम उपलब्ध छैन।
हिराले बनेको ग्रह
कल्पना गर्नुहोस् कि यदि तपाईंलाई हीरा नै हीरा भएको ग्रहमा पठाइयो भने के हुन्छ। अन्तरिक्षमा एउटा यस्तो ग्रह छ, जुन हिराले बनेको छ। पृथ्वीभन्दा करिब दोब्बर आकारको यो सुपर अर्थको नाम ‘५५ क्यान्क्रि–ई’ हो, जसको अधिकांश भाग हिरा र ग्रेफाइटले ढाकिएको छ।
सौर्यमण्डलको सबैभन्दा तातो ग्रह
तपाईंले सोचिरहनु भएको छ कि बुध सौर्यमण्डलको सबैभन्दा तातो ग्रह हो। किनकी यो सूर्यको सबैभन्दा नजिक छ। यस्तो लाग्छ भने तपाईं विल्कुल गलत हुनुहुन्छ। शुक्र सौर्यमण्डलको सबैभन्दा तातो ग्रह हो। शुक्र ग्रहको तापक्रम करिब ४५० डिग्री सेल्सियस छ।
यहाँ हुन्छ निलो रंगको सूर्यास्त
धेरै मानिसहरू सुन्दर सूर्यास्त हेर्न संसारभर घुम्छन्, तर के तपाईंले कतै नीलो रंगको सूर्यास्त देख्नु भएको छ? वास्तवमा यो दृश्य पृथ्वीमा देख्न त सम्भव छैन। तर नासाका वैज्ञानिकहरूका अनुसार हाम्रो सौर्यमण्डलको रातो ग्रह मंगलमा सूर्यास्तको रंग नीलो हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।