काठमाडौं– लिबियाली सेना र सशस्त्र समूहबीच आइतबार भएको झडपमा परी ३२ जनाको मृत्यु भएको छ।
अरब न्यूजका अनुसार सेना र सशस्त्र समूहबीच भएको झडपमा ३२ जनाको मृत्यु भएको छ भने १५९ जना घाइते भएका छन्।
लिबियामा सशस्त्र समूहले शुक्रबार साँझदेखि कैयौँ अस्पतालमा क्षति पुर्याउनुका साथै भवनमा आगजनी गरेका थिए। आक्रमणबाट छ वटा अस्पताल प्रभावित भएका छन् र एम्बुलेन्सहरु प्रभावित क्षेत्रमा पुग्न सकेका छैनन्। त्यहाँको मन्त्रालयले घटनालाई यसअघि नै ‘युद्ध अपराध’को सज्ञा दिँदै यसको निन्दा गरेको थियो।
सन् २०१९ र २०२० मा हफ्तारले लिबियाको राजधानीलाई जबर्जस्ती कब्जा गर्ने प्रयास गरेयता लिबियाको राजधानीमा भएको यो सबैभन्दा घातक हिंसा हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।