काठमाडौं– हाम्रो पृथ्वीको प्राकृतिक उपग्रह तथा चन्द्रमा वैज्ञानिक, खगोलविद् र आम मानिसका लागि आकर्षणको केन्द्रबिन्दु बन्दै आएको छ। नासाको आर्टेमिस–१ मिसन प्रक्षेपण हुनु केही दिनअघि चन्द्रमाको एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ।
जुन तस्बिरमा चन्द्रमाको सौन्दर्य हेर्नलायक छ, सबैको ध्यान आकर्षित गरिरहेको छ। अन्तरिक्ष फोटोग्राफर एन्ड्रयू म्याकार्थी र कोनोर माथर्नले चन्द्रमाको दुई लाखभन्दा बढी तस्बिरहरु खिचेर एकत्रित गरेका छन्।
यी दुवै फोटोग्राफरले आफ्नो उत्कृष्ट ‘क्रिएटिभिटी’ इन्स्टाग्राममार्फत् सेअर गरेका छन्। उनीहरुले गरेको पोष्ट अनुसार दुई वर्षअघिदेखि नै यस परियोजनामा काम गर्न थालेका थिए।
म्याकार्थीले यो फोटो १७४ मेगापिक्सेलको रहेको बताएका छन्। उनले यो चन्द्रमाको अहिलेसम्मकै उच्च रिजोलुसन सर्ट भएको दाबी गरेका छन्। म्याकार्थी विस्तृत फोटो खिच्न र चन्द्रमाको सतहको भौगोलिक विशेषताहरू बुझ्नमा माहिर मानिन्छन्। माथर्नले लुइसियानाबाट चन्द्रमाको पाँच सय तस्बिरहरुको कलर डेटा संकलन गर्दै क्लिक गरेका थिए।
चन्द्रमाको उत्कृष्ट तस्बिर बनाउन दुवैले ९ महिनासम्म सम्पादनको काम गरे। तस्बिरमा चन्द्रमा रातो र गनमेटल निलो रंगमा देख्न सकिन्छ। यसमा एकातिर प्रकाश देखिन्छ, जसलाई तस्बिरमा पनि देख्न सकिन्छ। यो भाग पृथ्वीतिर केन्द्रित रहेको छ।
एस्ट्रोफोटोग्राफरका अनुसार प्रविधिसँगै उनीहरुले यो काममा क्यामेरा, ट्राइपड र स्टार ट्र्याकरको प्रयोग गरेका छन्। यद्यपि, म्याकार्थीले यस्तो कामका लागि धैर्यता निकै महत्त्वपूर्ण रहेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।