• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ ११, २०८३ Mon, May 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बालेनको एक्सनमा सर्वसाधारणको साथ, मुख्य दलका नेताबाट चेतावनी 

64x64
सुरेन्द्र बजगाईं शुक्रबार, भदौ १०, २०७९  २१:४७
1140x725

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पछिल्लो केही दिनदेखि पार्किङको लागि भनेर स्वीकृति लिएर अवैध रुपमा अन्य प्रयोजनमा प्रयाेग भएका ठाँउहरू खाली अभियानमा क्रियाशील छन्। 

मेयर बालेनले यसको पहिलो सुरुआत महानगरको प्रहरी प्रमुखमा रहेका धनपति सापकोटालाई हटाएर राजु पाण्डेलाई ल्याएर गरे। अहिले अवैध संरचना हटाउने अभियानमा उनै पाण्डेले सहयोग गरिरहेका छन्। 

यसका साथै, उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख डिआइजी मिरा चौधरीले पनि मेयरको अभियानलाई साथ दिएकी छिन्। उनी पनि अहिले महानगरको अवैध संरचना भत्काउने अभियानमा मेयर बालेनसँगै पुग्ने गरेकी छिन्। 

काठमाडौं महानगरपालिकाले असार २२ गते नै सार्वजनिक सूचना जारी गर्दै अन्डरग्राउन्ड पार्किङका लागि अनुमति लिएर नक्सापास गराइएका भवनहरूमा पार्किङभन्दा अन्य प्रयोजनका लागि प्रयोग भइरहेको स्थानहरू खाली गर्न सूचना जारी गरेको थियो। 

‘अन्डरग्राउन्ड पार्किङका लागि अनुमति लिएर नक्सापास गराइएका भवनहरूमा पार्किङभन्दा अन्य प्रयोजनका लागि प्रयोग भइरहेका जानकारी तथा गुनासोहरू आएका छन्। महानगरले यससम्बन्धी सूचना जारी गरेको छ। सम्बन्धितहरूले सूचना अनुसार गरिदिनुहोला,’ महानगरपालिकाका मेयर बालेनले उक्त सूचना सामाजिक सञ्जालमा सेयर गर्दै लेखेका छन्, ‘अन्डरग्राउन्ड पार्किङमा मात्रै होइन, जे कुरा जुन प्रयोजनका लागि भनेर बनाइएका छन्, अनुमति लिइएका छन्, तिनलाई आपत्कालीन वा अतिविशेषबाहेकको अवस्थामा अन्य काममा प्रयोग गर्नु गैरकानुनी हो। त्यस्तो नगरौं। महानगर व्यवस्थापनमा सबै जिम्मेवार बनौं।’

महानगरले उक्त ३५ दिने म्याद गुज्रिएपछि त्यस्ता अवैध संरचना हटाउन लागेको हो। यसरी महानगरले अवैध संरचना हटाउनको लागि थापाथलीमा रहेको नर्भिक अस्पतालबाट सुरु गरेको थियो। तर, अस्पतालले सर्वोच्च गुहारेपछि उक्त स्थान खाली गर्नबाट महानगर रोकियो। यही कुरालाई लिएर मेयर बालेनले कडा कटाक्ष नै गरेका थिए।

उनले अदालतप्रति कटाक्ष गर्दै लेखेका थिए, ‘अल्पकालीन आदेश आएको मुद्दाको पेसी अझै पनि आएन, सायद यो कार्यकालपछि आउँछ कि।’

नर्भिक पछाडि भने मेयर बालेन डोजर लिएर नै सडकमा उत्रिएका छन्। उनले यो अभियान चलाएको केही दिनमा नै महानगरका धेरै कम्प्लेक्स र सरकारी भवनमा पार्किङका लागि भनेर  लिएका स्थानहरू खाली गराएका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

सरकारी भवनमा पनि महानगरको नजर 
काठमाडौं महानगरपालिकाका मेयर बालेनको नजर केही सरकारी भवनमा पनि परेको छ। उनले शुक्रबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको बेसमेन्टमा रहेका संरचनाहरू हटाउन लगाए। 

सेवा लिन जाने सेवाग्राहीले आफ्ना सवारीहरू विभागको बाहिर (सडक) मा पार्क गर्नुपर्ने बाध्यता रहेको र त्यसले समग्र सवारी आवागमनमा असर पुगेको भन्दै गुनासो गरेपछि महानगरको टोलीले शुक्रबार अनुगमन गरी त्यहाँको बेसमेन्टमा बनाइएको संरचना हटाएको छ। 

महानगर क्षेत्रका व्यावसायिक प्रतिष्ठानका भवन र सार्वजनिक भवनले सवारी पार्किङका लागि भनेर बेसमेन्ट बनाउन ‘कर छुट’ को सुविधा लिने गरेका छन्। 

अवैध संरचना हटाउन मेयर बालेन्द्र शाह आफैं अग्रसर भएका छन्। तर, शुक्रबार राहदानी विभागमा भने मेयर शाह उपस्थित भएनन्। त्यहाँ महानगर प्रहरीसहितको टोलीले संरचना हटाएको हो।

महानगरले उक्त पार्किङस्थल खाली गराएलगत्तै राहदानी विभागले सूचना जारी गरेर आइतबारदेखि उक्त स्थान पार्किङकै लागि प्रयोग हुने जनाएको छ।

यसअघि आवेदकहरूका लागि होल्डिङ एरियाका रुपमा प्रयोग हुँदै आए पनि महानगरले खाली गराएकाले आइतबारदेखि पार्किङका लागि मात्र उपयोग हुने विभागले सूचनामा उल्लेख गरेको छ। 

बालेनको एक्सनमा सर्वसाधारणको ताली, दलको चेतावनी
महागरका मेयर आफैं डोजर लिएर अवैध रुपमा प्रयोग भएका स्थानहरू खाली  गराउन हिँडेपछि अधिकांश सर्वसाधारणले सकारात्मक रुपमा लिएका छन्। उनलाई आम जनताले सामाजिक सञ्जालमा साथ दिइरहेका छन्। उनको कामको प्रशंसा पनि गरेका छन्।

यस्तै केही राजनीतिक दलका नेतृत्वहरुले पनि बालेको कामप्रति प्रशंसा गरेका छन्। प्रशंसा गर्नेमध्येकै एक हुन् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई। उनले बालेनको कामको प्रशंसा गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘वैज्ञानिक दृष्टिकोण, इमान्दारी र साहस यी तीन कुराको फ्यूजन जीवनमा भयो भने असम्भव काम गर्न सकिन्छ! सबै युवाहरूलाई विशेष आग्रह तथा शुभकामना!’

उनको कामको समर्थन गर्दै नेकपा एकीकृत समाजवादीकी नेतृ तथा पूर्व सहरी विकासमन्त्री रामकुमारी भाँक्रीले उनको समर्थन गरेकी छन्। 

सामाजिक सञ्जालमा एक सन्देश लेख्दै झाँक्रीले अब सबै अवैध संरचना र अतिक्रमणहरू हटाउनुपर्ने बताएकी छन्। आफूले नदी अतिक्रमण गरेर बनेका संरचना हटाउन खाेज्दा दबाब झेल्नु परेको उल्लेख गर्दै झाँक्रीले बालेनलाई भने राजनीतिक दबाब झेल्नुपर्ने अवस्था नरहेको टिप्पणी गरेकी छन्। 

‘यसपछि अब पालो हुनेछ उपत्यकाका नदी किनारका अतिक्रमण हटाउने। मैले बागमती करिडोरका ४१ वटा अतिक्रमित संरचना हटाइसकेको थिएँ। निर्वाचन आएको छ यसैले नगरौं भन्ने दबाब आयो र स्थगन गर्नुपर्‍यो,’ झाँक्रीले सामाजिक सञ्चालमा भनेकी छन्, ‘स्थानीय चुनावपछि २०७९ जेठ २ गतेबाट फेरि हटाउन सुरू भएको थियो। मेरो कार्यकाल लामो रहेन। मेयर बालेनजी र मैले केही योजना बनाएका थियौं। सुकुम्बासीको नाममा अतिक्रमण भएका स्थानहरूलाई खाली गर्ने कामको पनि केही योजना बनेको छ। मलाई जस्तो दलीय दबाब मेयर बालेनजीलाई हुँदैन।’  
इमान्दार प्रयास सफल हुने उल्लेख गर्दै पूर्वमन्त्री झाँक्रीले आफू सधैं बालेनको साथमा रहेको बताएकी छन्। 

तर बालेनको गतिविधिप्रति मुख्य दलका नेताहरुले भने आक्रोश पोखेका छन्। उनीहरुले बालेनको क्रियाकलापलाई अराजक भन्दै टिप्पणी गरेका छन्। एमालेका सांसद महेश बस्नेतले बालेनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नियन्त्रण गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन्। 

उनले भनेका छन्, ‘एउटा प्रोग्राम सकेर जस्ट घर पुगेँ, बालेनजीको टिप्पणी हेरेँ खुसी लाग्यो। तपाईंलाई सबैको घरको नक्सा हेर्ने भूत सवार भएछ। मेरो घरको नक्सा हेर्न मन भए सूर्यविनायक नगरपालिकामा काजमा आउनुहोला।’

बिहीबार अल्फाबिटा कम्प्लेक्समा अवैध संरचना भत्काउने क्रममा प्रमुख शाह र अल्फाबिटाका सञ्चालकबीच नक्सालाई लिएर भनाभन भएको थियो। पछि अफिस गएर नक्सा ल्याई देखाउँदै शाहले उक्त संरचना भत्काएका थिए। 

‘तपाईंलाई भत्काउने र ध्वंस गरेर हिरो हुन्छु भन्ने लाग्या होला। हाम्रोतिर ध्वंस होइन निर्माणको लहर चलेको छ। यताका डोजरमा मेयर चढ्दैनन्, ड्राइभर चढ्छन्। डोजर चलाउन रहर भए ड्राइभिङ सिकेर आउनुहोला,’ बस्नेतले शाहलाई निम्तो दिएका छन्। 

बस्नेतले दुई/चार सय फेसबुके फ्यान भए भनेर नमात्तिन पनि शाहलाई चेतावनी दिएका छन्। ‘विगतका यस्ता २/४ सय फेसबुके फ्यान भएका म्यान अहिले कहाँ छन्, खोज्नैपर्ने भाको छ। गाली गलौजको संस्कृति हाम्रो संस्कृति होइन। त्यसको विकास र प्रोत्साहनमा अहिले त रमाइलै होला पछि तपाईंका विरोधीले पनि त्यही शैली अपनाए भने गाह्रो होला,’ बस्नेतले फेसबुकमा लेखेका छन्।  

यस्तै सत्तारुढ नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मीन विश्वकर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अराजक गतिविधिलाई बढावा दिइरहेको टिप्पणी गरेका छन्।

मेयर शाहले अनधिकृत रुपमा बनाइएका भौतिक संरचनाहरूमा डोजर लगाएर भत्काउने काम गरिरहँदा कांग्रेस नेता विश्वकर्माको यस्तो प्रतिक्रिया आएको हो। गृहमन्त्रीलाई बन्दुक चलाउने अधिकार भयो भन्दैमा बन्दुक चलाउन नमिल्ने तर्क गर्दै नेता विश्वकर्माले स्थानीय तहको बजार व्यवस्थापन गर्ने नाममा मेयरहरूले 'अराजक गतिविधि गर्न नहुने' बताए। 

उनले भने, ‘हामी आज बजारमा के के देख्दैछौं त? भत्काउँदै हिँड्नु भएको छ नि हैन, मेयर साब। हाम्रो सिष्टमले भनेको त्यो हो त? त्यसको कानुनी प्रक्रिया छैन? अब भोलिदेखि सबै मेयरहरूले भत्काउँदै हिँडने हो भने त गृह मन्त्रीलाई बन्दुक चलाउने अधिकार छ। स्थानीय तहको बजार व्यवस्थापन गर्ने सबै अधिकार मेयरलाई छ। तर अधिकार छ भनेर शान्ति, सुरक्षा भएन भनेर गृहमन्त्री आफैंले बन्दुक बोकेर हिँडनु भयो भने के हुन्छ? हाम्रो सिष्टमलाई कति व्यवहारिक र अनुशासित भएर संचालन गर्छौं? हामीले छलफलयता केन्द्रित नगरेको हो कि? हामीले अराजक गतिविधिलाई बढावा दिइरहेका छौं। त्यसलाई विधि अनुसार चलाउनुपर्छ। गल्ती गर्नेलाई पत्र काटे भयो। उसलाई उपस्थित गराउने, बयान लिने र जरिवाना गरे भइहाल्यो। यतातिर ध्यान दिन जरुरी छ।’

नेता विश्वकर्माले गल्ती गर्नेहरूलाई मेयर शाहले बयान लिने, जरिवाना गर्ने प्रावधान भएपनि आतंकित बनाउने काम गरेको गुनासोसमेत गरे। उनले मेयर शाहको यस्तो गतिविधिले राजनीतिक प्रणालीमाथि नै आघात पुर्‍याउने दावी गरे।
तर अधिकांश शीर्ष नेताहरू भने मेयर बालेनको कामप्रति मौन छन्।

यो पनि पढ्नुहोस

बालेनलाई रामकुमारी झाँक्रीको ढाडस– इमान्दार प्रयास सफल हुन्छन्, म तपाईंको साथमा छु

यो पनि पढ्नुहोस

काठमाडौं महानगरले खाली गरायो राहदानी विभागको बेसमेन्ट

 

यो पनि पढ्नुहोस

बालेनको गतिविधिप्रति कांग्रेस नेता विश्वकर्माको टिप्पणी- गृहमन्त्रीले आफैं बन्दुक बोके के हुन्छ? 

 

यो पनि पढ्नुहोस

 

महानगरले ‘बेसमेन्ट’ खाली गराएपछि राहदानी विभागले भन्यो– अबदेखि पार्किङमै प्रयोग हुनेछ

 

यो पनि पढ्नुहोस

पार्किङ खुलाउने सूचनापछि बालेन शाहले भने– चाहेको यत्ति हो 

 

प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९  २१:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुरेन्द्र बजगाईं
लेखकबाट थप
किसान र उपभोक्ता ठगिने मात्रै, २५ वर्षदेखि उपभोक्ता अदालत चर्चामै सीमित
कहालीलाग्दो सडक दुर्घटना: लापरबाह चालक र गैरजिम्मेवार सरकार
आयल निगमका पदाधिकारीले इन्धनमा कालोबजारी गरेको आरोप, सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी
सम्बन्धित सामग्री
रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको सम्बन्ध नरहेको सरकारको स्पष्टोक्ति सोमबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले उक्त भ्रमण व्यक्तिगत प्रकृतिको भएको उल्लेख गरे। उनका अनुसार सभापत... सोमबार, जेठ ११, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकपछि निर्णयहरूको जानकारी दिएका हुन्। सोमबार, जेठ ११, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरबाट चलिरहेको हो । सोमबार, जेठ ११, २०८३
ताजा समाचारसबै
क्यानले गर्‍यो ६३ क्रिकेटरलाई पाँच समूहमा वर्गीकरण, कसको तलब कति? सोमबार, जेठ ११, २०८३
रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको सम्बन्ध नरहेको सरकारको स्पष्टोक्ति सोमबार, जेठ ११, २०८३
सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू सोमबार, जेठ ११, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, जेठ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
कांग्रेस नेता धनराजकी पूर्वपत्नी ज्योतिलाई २१ दिनभित्र अदालत उपस्थित हुन आदेश सोमबार, जेठ ११, २०८३
सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू सोमबार, जेठ ११, २०८३
ऋषि धमला सहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा आइतबार, जेठ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्