काठमाडौं– स्याङ्जाको पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले स्थानीय तहको समृद्धिको आधार सहकारी क्षेत्र भएकाले सहकारी अभियान र स्थानीय तहबीच समन्वय तथा सहकार्य हुनुपर्नेमा जोड दिएका छन्।
राष्ट्रिय सहकारी बैंक लिमिटेड पुतलीबजार शाखाले बिहीबार पुतलीबजारमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख रेग्मीले यस्तो बताएका हुन्।
ग्रामीण क्षेत्रमा रहेका जनताको उत्पादन बढाउने, उत्पादित वस्तुको संकलन र बजारीकरणका लागि स्थानीय तह र सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै उनले सहकारीको पुँजी र प्रविधिलाई जनताको आयआर्जनमा लगाउन उनले सुझाव दिए।
कार्यक्रममा बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्य कुँवरले दुर्गम क्षेत्रमा बस्ने जनताको वित्तीय पहुँचको क्षेत्र सहकारी भएकाले सहकारीको सञ्चालन प्रक्रियालाई थप व्यवस्थित गराउँदै सेवा सुविधालाई प्रविधिमैत्री र सदस्य केन्द्रित बनाउनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।