भारत- अग्निपथ स्किम चलाइए पनि गोरखा भर्ती जारी राख्ने भारतले जनाएको छ। बिहीबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम् बाग्चीले पहिलेकै जस्तो भर्ती जारी रहने स्पष्ट पारेका हुन्।
उनले भनेका छन्, 'कुनै द्विविधा छैन। अग्निपथ योजना रहँदा पनि गोरखा जवानको बहाली पूर्ववत जारी रहन्छ।'
भारत र नेपालबीच सन् १९४७ मा गोरखा सैनिक भर्ती गर्ने विषयमा सन्धी भएको थियो तर अग्निपथ योजनापछि हुने/नहुने अन्योल थियो।
भारतीय रक्षा मन्त्रालयले यसवर्ष १४ जुनमा अग्निवीरको भर्ती घोषणा गरेको थियो। यस योजना अन्तर्गत मात्र चार वर्षका लागि भर्ती लिइनेछ। यसरी भर्ती हुनेमा एक चौथाइलाई निरन्तरता दिइने बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।