• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

गण्डकी प्रदेशले बनायो सूचना हक ऐन

64x64
रिखिराम जिसी बिहीबार, साउन २६, २०७९  २२:०३
1140x725

पोखरा–बिरामी भएर स्वास्थ्य संस्थामा जाँदा स्वास्थ्यकर्मी नै भेटिएनन् अथवा कुनै उपकरणले काम गरिरहेको छैन, किन? साधारणतया बिरामीलाई स्वास्थ्य संस्थाले यी प्रश्नको जवाफ दिँदैनन्। बिरामी लुरुक्क अर्को स्वास्थ्य संस्थामा जान्छन्, जान बाध्य हुन्छन्। 

अब स्वास्थ्य संस्थामा डाक्टर छैनन्, किन, कहाँ गएका छन् जस्ता प्रश्नको जवाफ संस्थाले बिरामीलाई दिनैपर्ने कानुन गण्डकी प्रदेश सरकारले ल्याएको छ। स्वास्थ्य संस्था, निजी तथा सामुदायिक विद्यालय होस् या सार्वजनिक सेवा दिने निजी कम्पनी, उपभोक्तासँग सरोकार राख्ने सार्वजनिक महत्वको सूचना दिनुपर्ने व्यवस्था पनि ऐनले गरेको छ। त्यति मात्र होइन, युवा क्लब, आमा समूह, टोल विकास संस्था र उपभोक्ता समितिले पनि सूचना सार्वजनिक गर्नुपर्ने भएको छ। 

यस्ता थुप्रै महत्वपूर्ण निकायलाई सूचना सार्वजनिक गर्न बाध्य बनाउने कानुन सूचनाको हक प्रचलनमा व्यवस्था गर्न बनेको विधेयक बिहीबार गण्डकी प्रदेशसभाले सर्वसम्मत पारित गर्‍यो। पारित भएको विधेयकको दफा २२ को उपदफा १ मा स्वास्थ्य संस्थाले त्यस्तो संस्थासँग सम्बन्धित सूचना वा विवरण प्रकाशन गर्नुपर्ने व्यवस्था छ। सोही दफाको उपदफा २ मा उपदफा १ बमोजिमको सूचनामा स्वास्थ्य संस्थामा रहेको स्वास्थ्य सेवासँग सम्बन्धित स्रोत, साधनको विवरण र अवस्था, स्वास्थ्यकर्मी तथा अन्य जनशक्तिको दरबन्दी विवरण, कार्यरत जनशक्तिको नाम, योग्यता, विज्ञता, उपलब्ध हुने सेवा, निशुल्क उपलब्ध हुने सेवा तथा औषधी आदिको विवरण उल्लेख गर्नुपर्ने प्रावधान छ। 

उपदफा ३ मा स्वास्थ्य संस्थाले दैनिक रुपमा उपलब्ध हुने डाक्टर, नर्सको नाम र समय, दैनिक सेवा लिएका व्यक्तिको संख्या, त्यस्तो संस्थामा भर्ना भएका बिरामीको संख्या, जम्मा बेड संख्या, खाली बेड संख्यालगायतका विवरण प्रकाशन गर्नुपर्ने उल्लेख छ। विधेयकको दफा २१ को उपदफा २ मा विद्यालयमा रहेका शिक्षक तथा कर्मचारीको दरबन्दी संख्या, कार्यरत शिक्षक तथा कर्मचारीको शैक्षिक योग्यता, विद्यालयको आर्थिक स्रोतको अवस्थालगायतका विषयमा उल्लेख गर्नुपर्ने व्यवस्था राखिएको छ। 

सोही दफाको उपदफा ३ मा सामुदायिक विद्यालयले दैनिक रुपमा शिक्षक तथा विद्यार्थीको दैनिक उपस्थितिको विवरण, अनुपस्थित शिक्षकको नाम तथा अनुपस्थित हुनु पर्नाको कारणसमेत उल्लेख गरी सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था छ। 

Ncell 2
Ncell 2

उपदफा ४ मा सामुदायिक विद्यालय बाहेकका निजी तथा अन्य क्षेत्रबाट सञ्चालित विद्यालयले समेत त्यस्तो विद्यालयसँग रहेको जनशक्तिको विवरण, शिक्षक तथा कर्मचारीको शैक्षिक योग्यता, विद्यालयले लिने शुल्क, विद्यालयबाट प्रदान गरिने छात्रवृत्ति, छात्रवृत्ति प्राप्त गरेका विद्यार्र्थीको विवरणलगायतका सूचना सरोकारवालाले देख्ने गरी प्रकाशन गर्नुपर्ने भएको छ। 

विधेयकअनुसार सार्वजनिक सेवा प्रदायक व्यक्ति, समूह वा संस्थाले सार्वजनिक सेवासँग सम्बन्धित सूचना सरोकारवालाले देख्ने ठाउँमा प्रकाशन गर्नुपर्ने भएको छ। दफा २५ को उपदफा १ मा सार्वजनिक सेवा प्रदायक व्यक्ति, समूह वा संस्थाले आफूले प्रदान गर्ने सार्वजनिक सेवासँग सम्बन्धित सूचना सरोकारवालाले देख्ने ठाउँमा प्रकाशन गर्नुपर्ने व्यवस्था छ। 

अब उपभोक्ता समिति, क्लब, आमा समूह, टोल विकास संस्थाले संस्थासँग सम्बन्धित खर्च तथा आर्थिक स्थितिको विवरण अनिवार्य रुपमा प्रकाशन गर्नुपर्ने छ। विधेयकको दफा २४ को उपदफा १ मा प्रचलित कानुन बमोजिम गठन भएका उपभोक्ता समिति, क्लब, आमा समूह, टोल विकास संस्था, गैरसरकारी संस्था लगायतका अन्य सार्वजनिक सरोकार रहने समिति, समूह वा संस्थाले सोसँग सम्बन्धित विवरण सरकारी, गैरसरकारी निकाय वा व्यक्तिबाट प्राप्त आम्दानी, खर्च तथा आर्थिक स्थितिको विवरण त्रैमासिक रुपमा प्रकाशन गर्नुपर्ने उल्लेख छ।

सोही दफाको उपदफा २ मा उपदफा १ बमोजिमको दफा सरोकारवालाको उपस्थितिमा सार्वजनिक भेला वा सुनुवाइ गराई वार्षिक रुपमा समेत प्रवाह गर्नुपर्ने व्यवस्था छ। यो विधेयक गत चैत २३ गते प्रदेश कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री बिन्दुकुमार थापाले प्रदेश सभामा पेश दर्ता गरेका थिए। 

त्यसको ३ दिनपछि चैत २३ गते प्रदेश सभामा पेश गरिएको थियो । चैत २५ गते विधायन समितिमा दफाबार छलफलका लागि पठाइएको विधेयक बिहीबार विधायन समितिको प्रतिवेदनसहित पारित भएको हो।
 

प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९  २२:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रिखिराम जिसी
लेखकबाट थप
यसरी भएको थियो विमान दुर्घटना
फेवाताल क्षेत्र: अतिक्रमण बढी संरक्षण कम
अवैध संरचना हटाउँदै पोखरा महानगर
सम्बन्धित सामग्री
माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुला सूचनाअनुसार देशभर नेपाली शिक्षक ७४ जना, अंग्रेजी शिक्षक ९६ जना माग गरेको छ। यस्तै, गणित शिक्षक ८३ जना, विज्ञान शिक्षक ११३ जना, सामाज... शनिबार, माघ ३, २०८२
तिला नदीमा जिप खस्दा तीन जनाको मृत्यु उनका अनुसार मृत्यु हुनेमा दैलेख आठबिस नगरपालिका घर भएका २८ वर्षीय शङ्कर कठायत, अछामका टेकेन्द्र शाही र सहचालक कालीकोटको शुभकालिका–२... शनिबार, माघ ३, २०८२
आज यी दुई प्रदेशका उच्च पहाडी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र लुम्बिनी प्रदेशको तराई भू-भागका केही स्थानहरूमा तुँवालो लागेको छ । पहाडी तथा हिमा... शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
नेकपा कर्णाली प्रदेश संसदीय दलको नेतामा शाही चयन शनिबार, माघ ३, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
रेजा पहलवीले गरे इरानमा अमेरिकी हस्तक्षेपका निम्ति आह्वान शनिबार, माघ ३, २०८२
भावी सरकारमा पनि मिडियाकर्मीको प्रतिनिधित्व हुनुपर्छ : सञ्चारमन्त्री शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
रेजा पहलवीले गरे इरानमा अमेरिकी हस्तक्षेपका निम्ति आह्वान शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्