• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

गण्डकी प्रदेशले बनायो सूचना हक ऐन

64x64
रिखिराम जिसी बिहीबार, साउन २६, २०७९  २२:०३
1140x725

पोखरा–बिरामी भएर स्वास्थ्य संस्थामा जाँदा स्वास्थ्यकर्मी नै भेटिएनन् अथवा कुनै उपकरणले काम गरिरहेको छैन, किन? साधारणतया बिरामीलाई स्वास्थ्य संस्थाले यी प्रश्नको जवाफ दिँदैनन्। बिरामी लुरुक्क अर्को स्वास्थ्य संस्थामा जान्छन्, जान बाध्य हुन्छन्। 

अब स्वास्थ्य संस्थामा डाक्टर छैनन्, किन, कहाँ गएका छन् जस्ता प्रश्नको जवाफ संस्थाले बिरामीलाई दिनैपर्ने कानुन गण्डकी प्रदेश सरकारले ल्याएको छ। स्वास्थ्य संस्था, निजी तथा सामुदायिक विद्यालय होस् या सार्वजनिक सेवा दिने निजी कम्पनी, उपभोक्तासँग सरोकार राख्ने सार्वजनिक महत्वको सूचना दिनुपर्ने व्यवस्था पनि ऐनले गरेको छ। त्यति मात्र होइन, युवा क्लब, आमा समूह, टोल विकास संस्था र उपभोक्ता समितिले पनि सूचना सार्वजनिक गर्नुपर्ने भएको छ। 

यस्ता थुप्रै महत्वपूर्ण निकायलाई सूचना सार्वजनिक गर्न बाध्य बनाउने कानुन सूचनाको हक प्रचलनमा व्यवस्था गर्न बनेको विधेयक बिहीबार गण्डकी प्रदेशसभाले सर्वसम्मत पारित गर्‍यो। पारित भएको विधेयकको दफा २२ को उपदफा १ मा स्वास्थ्य संस्थाले त्यस्तो संस्थासँग सम्बन्धित सूचना वा विवरण प्रकाशन गर्नुपर्ने व्यवस्था छ। सोही दफाको उपदफा २ मा उपदफा १ बमोजिमको सूचनामा स्वास्थ्य संस्थामा रहेको स्वास्थ्य सेवासँग सम्बन्धित स्रोत, साधनको विवरण र अवस्था, स्वास्थ्यकर्मी तथा अन्य जनशक्तिको दरबन्दी विवरण, कार्यरत जनशक्तिको नाम, योग्यता, विज्ञता, उपलब्ध हुने सेवा, निशुल्क उपलब्ध हुने सेवा तथा औषधी आदिको विवरण उल्लेख गर्नुपर्ने प्रावधान छ। 

उपदफा ३ मा स्वास्थ्य संस्थाले दैनिक रुपमा उपलब्ध हुने डाक्टर, नर्सको नाम र समय, दैनिक सेवा लिएका व्यक्तिको संख्या, त्यस्तो संस्थामा भर्ना भएका बिरामीको संख्या, जम्मा बेड संख्या, खाली बेड संख्यालगायतका विवरण प्रकाशन गर्नुपर्ने उल्लेख छ। विधेयकको दफा २१ को उपदफा २ मा विद्यालयमा रहेका शिक्षक तथा कर्मचारीको दरबन्दी संख्या, कार्यरत शिक्षक तथा कर्मचारीको शैक्षिक योग्यता, विद्यालयको आर्थिक स्रोतको अवस्थालगायतका विषयमा उल्लेख गर्नुपर्ने व्यवस्था राखिएको छ। 

सोही दफाको उपदफा ३ मा सामुदायिक विद्यालयले दैनिक रुपमा शिक्षक तथा विद्यार्थीको दैनिक उपस्थितिको विवरण, अनुपस्थित शिक्षकको नाम तथा अनुपस्थित हुनु पर्नाको कारणसमेत उल्लेख गरी सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था छ। 

Ncell 2
Ncell 2
nimb
nimb

उपदफा ४ मा सामुदायिक विद्यालय बाहेकका निजी तथा अन्य क्षेत्रबाट सञ्चालित विद्यालयले समेत त्यस्तो विद्यालयसँग रहेको जनशक्तिको विवरण, शिक्षक तथा कर्मचारीको शैक्षिक योग्यता, विद्यालयले लिने शुल्क, विद्यालयबाट प्रदान गरिने छात्रवृत्ति, छात्रवृत्ति प्राप्त गरेका विद्यार्र्थीको विवरणलगायतका सूचना सरोकारवालाले देख्ने गरी प्रकाशन गर्नुपर्ने भएको छ। 

विधेयकअनुसार सार्वजनिक सेवा प्रदायक व्यक्ति, समूह वा संस्थाले सार्वजनिक सेवासँग सम्बन्धित सूचना सरोकारवालाले देख्ने ठाउँमा प्रकाशन गर्नुपर्ने भएको छ। दफा २५ को उपदफा १ मा सार्वजनिक सेवा प्रदायक व्यक्ति, समूह वा संस्थाले आफूले प्रदान गर्ने सार्वजनिक सेवासँग सम्बन्धित सूचना सरोकारवालाले देख्ने ठाउँमा प्रकाशन गर्नुपर्ने व्यवस्था छ। 

अब उपभोक्ता समिति, क्लब, आमा समूह, टोल विकास संस्थाले संस्थासँग सम्बन्धित खर्च तथा आर्थिक स्थितिको विवरण अनिवार्य रुपमा प्रकाशन गर्नुपर्ने छ। विधेयकको दफा २४ को उपदफा १ मा प्रचलित कानुन बमोजिम गठन भएका उपभोक्ता समिति, क्लब, आमा समूह, टोल विकास संस्था, गैरसरकारी संस्था लगायतका अन्य सार्वजनिक सरोकार रहने समिति, समूह वा संस्थाले सोसँग सम्बन्धित विवरण सरकारी, गैरसरकारी निकाय वा व्यक्तिबाट प्राप्त आम्दानी, खर्च तथा आर्थिक स्थितिको विवरण त्रैमासिक रुपमा प्रकाशन गर्नुपर्ने उल्लेख छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

सोही दफाको उपदफा २ मा उपदफा १ बमोजिमको दफा सरोकारवालाको उपस्थितिमा सार्वजनिक भेला वा सुनुवाइ गराई वार्षिक रुपमा समेत प्रवाह गर्नुपर्ने व्यवस्था छ। यो विधेयक गत चैत २३ गते प्रदेश कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री बिन्दुकुमार थापाले प्रदेश सभामा पेश दर्ता गरेका थिए। 

त्यसको ३ दिनपछि चैत २३ गते प्रदेश सभामा पेश गरिएको थियो । चैत २५ गते विधायन समितिमा दफाबार छलफलका लागि पठाइएको विधेयक बिहीबार विधायन समितिको प्रतिवेदनसहित पारित भएको हो।
 

प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९  २२:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रिखिराम जिसी
लेखकबाट थप
यसरी भएको थियो विमान दुर्घटना
फेवाताल क्षेत्र: अतिक्रमण बढी संरक्षण कम
अवैध संरचना हटाउँदै पोखरा महानगर
सम्बन्धित सामग्री
हटियामा राष्ट्रिय प्रसारण पुग्यो, किमाथांकामा पनि यसै वर्ष पुग्ने यसअघि लघु जलविद्युत् आयोजनामार्फत विद्युत् उपभोग गर्दै आएको उक्त क्षेत्रमा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत् आपूर्ति सुरु गरिएको... बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन आफ्ना राजनीतिक सल्लाहकार कुमार बेन र पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँगै प्रधानमन्त्री शाहले बुधबार बिहान पालाञ्चोक भगवती पुगेका... बुधबार, असोज २८, २०८३
विमानस्थल आसपास चंगा, ड्रोन र बेलुन नउडाउन नागरिक उड्डयन प्राधिकरणको आग्रह प्राधिकरण अन्तर्गतको गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले आज एक सूचना जारी गरी हवाई आवागमन हुने तथा विमान उडा... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
हटियामा राष्ट्रिय प्रसारण पुग्यो, किमाथांकामा पनि यसै वर्ष पुग्ने बुधबार, असोज २८, २०८३
आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा तामाङ विजयी, पाए ३२४५ मत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्