काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा चंगा, ड्रोन तथा बेलुनलगायतका वस्तु उडाउने गतिविधि नगर्न आग्रह गरेको छ।
प्राधिकरण अन्तर्गतको गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले आज एक सूचना जारी गरी हवाई आवागमन हुने तथा विमान उडान-अवतरण गर्ने क्षेत्रमा यस्ता गतिविधिले उडान सुरक्षामा गम्भीर असर पार्न सक्ने भन्दै सचेत गराएको हो।
कार्यालयले विमानस्थल आसपास चंगा उडाउने, ड्रोन सञ्चालन गर्ने र बेलुन उडाउनेलगायत गतिविधि नगर्न तथा नगराउन अनुरोध गरेको छ।
सूचनालाई अवज्ञा वा अटेरी गरी त्यस्ता गतिविधि गरेको वा गराएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने कार्यालयले चेतावनी दिएको छ। विमानस्थल क्षेत्रको उडान सुरक्षा सुनिश्चित गर्न सम्बन्धित सबैलाई जिम्मेवार बन्नसमेत आग्रह गरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।