काठमाडौं– नेपाली बजारमा सुन र चाँदीको मूल्यमा लगातार ठूलो गिरावट आएको छ। बुधबार सुनको मूल्य एकै दिन तोलामा २ हजार ७ सय रुपैयाँले घटेको छ।
यससँगै पछिल्लो तीन कारोबारी दिनभित्रमा मात्रै सुनको मूल्य प्रतितोला कुल ७ हजार रुपैयाँले घट्न पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ८९ हजार ५ सय रुपैयाँ कायम गरिएको छ।
यसअघि अघिल्लो दिन मंगलबार सुन प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने गत आइतबार यसको मूल्य २ लाख ९६ हजार ५ सय रुपैयाँ पुगेको थियो।
सुनसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ। बुधबार चाँदीको मूल्य तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला ४ हजार २५५ रुपैयाँमा झरेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ३५५ रुपैयाँमा खरिदबिक्री भएको थियो भने गत आइतबार यसको मूल्य प्रतितोला ४ हजार ४४० रुपैयाँ रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।