• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सुदूरपश्चिम प्रदेशमा आपराधिक घटनामा निरन्तर वृद्धि, १८–४० वर्ष उमेर समूहका बढी प्रभावित

64x64
शेरबहादुर ऐर बुधबार, साउन १८, २०७९  ०९:२५
1140x725

धनगढी- सुदूरपश्चिम प्रदेशमा अपराधका विभिन्न घटनामा १८ देखि ४० उमेर समूहका व्यक्तिहरू बढी संलग्न रहने गरेको पाइएको छ। 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको प्रदेशभरीको अपराधको विद्यमान अवस्था प्रतिवेदन अनुसार प्रदेशमा विभिन्न अपराधका घटनामा १८ देखि ४० उमेर समूहका बढी पीडित बनेको विश्लेषण गरिएको छ।

गत आर्थिक वर्ष ०७८/७९ मा जघन्य, गम्भीर, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकविरुद्धका अपराधमा ४० वर्षसम्म उमेर समूहका बढी पीडित बनेको प्रहरी प्रतिवेदनमा उल्लेख छ। प्रदेशमा जघन्य अपराधका तीन सय एक मुद्दा दर्ता भएकोमा १८ देखि ४० उमेर समूहका एक सय ६४ जना पीडित भएको प्रहरीले जनाएको छ। जघन्य अपराधमा १८ वर्षमुनि उमेर समूहका एक सय २० जना, ४० देखि ६० उमेर समूहका १९ र ६० भन्दा माथिका चार जना पीडित रहेका छन्।

प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशमा कर्तव्य ज्यानका ५८ मुद्दा दर्ता भएकोमा १८ देखि ४० उमेर समूहका ३५ जना संलग्न रहेका छन्। त्यस्तै, जबरजस्ती करणीका दुई सय ३५ मुद्दा दर्ता भएकोमा एक सय ३५, अपहरण तथा शरीर बन्धकका तीन मुद्दा दर्ता भएकोमा एक र मानववेचविखका आठ वटा मुद्दा दर्ता भएकोमा दुई जना पीडित रहेका छन्। 

गम्भीर प्रकारका अपराध अन्तर्गत दुई सय ८४ मुद्दा दर्ता भएकोमा १८ देखि ४० उमेर समूहका दुई सय नौ जना पीडित बनेका छन्। गम्भीर प्रकारका अपराधमा १८ वर्ष मुनिका आठ, ४० देखि ६० उमेर समूहका ७२ र ६० वर्ष भन्दा माथिका पाँच जना पीडित बनेका छन्।

प्रदेशमा ज्यान मार्ने उद्योगमा ७३ मुद्दा दर्ता भएकोमा १८ देखि ४० उमेर समूहका ५६ जना पीडित बनेका छन्। आत्महत्या दुरुत्साहनका ३० मुद्दा दर्ता भएकोमा २० जना, डाँका चोरीका चार मुद्दा दर्ता भएकोमा चार जना, अन्य चोरीका एक सय ७६ मुद्दा दर्ता भएकोमा एक सय २९ जना पीडित भएका छन्। 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक विरुद्धका चार सय २७ मुद्दा दर्ता भएकोमा १८ देखि ४० उमेरसमूहका दुई सय ५७ जना पीडित रहेका छन्। सो अपराधका घटनामा १८ वर्ष मुनिका एक सय ४७ जना, ४० देखि ६० उमेर समूहका १९ र ६० भन्दामाथिका उमेर समूहका चार जना पीडित रहेका छन्।

जबरजस्ती करणी उद्योगका ८९ मुद्दा दर्ता भएकोमा सो १८ देखि ४० उमेरसमूहका ५६ जना, बहुविवाहका ७९ दर्ता भएकोमा ७३ जना, जातिय छुवाछुतका चार मुद्दा दर्ता भएकोमा तीन जना पीडित रहेको प्रहरी तथ्यांक छ। 

Ncell 2
Ncell 2

प्रदेशमा विभिन्न अपराधका घटनामा १८ वर्षमुनि उमेर समूहका पीडित हुनेमा दोस्रो रहेको छ। मानव वेचविखनका घटनामा १८ वर्ष मुनिका उमेर समूहका छ जना, बालविवाहका पाँच मुद्दा दर्ता भएकोमा पाँच, अवैध गर्भपतनमा एक, बालयौन दुराचारमा १२, अप्राकृतिक मैथुनमा एक जना पीडित भएका छन्।

जबरजस्ती करणीमा १८ वर्षमुनिका १९, जबरजस्ती करणी उद्योगमा २९, चोरीमा तीन, ज्यानमार्ने उद्योगमा एक, आत्महत्या दुरुत्साहनमा तीन, गर्भ संरक्षण विरुद्धको कसुरमा एक, अपहरण तथा शरीर बन्धकमा एक, कर्तव्य ज्यानमा १४ जना पीडित भएका छन्।

प्रदेशमा लागु औषध, अवैध शिशु, मदिरा सेवा, सौताको रिसिविई, आर्थिक अभाव, लेनदेन, अशिक्षा, अन्धविश्वास लगायतलाई अपराधका प्रमुख कारण रहेको प्रहरी अनुसन्धानले जनाएको छ। ‘गाउँले, भाइ/बहिनी, जेठाजु÷बहुरानी, साली/भेना, चिनजान, फुपु, धर्मपुत्रि अधिकांश घटनामा पीडित र अभियुक्त बीचको पूर्व चिनजान सम्बन्ध रहेको, छिटफुटका घटनामा आफन्त अभियुक्त रहने गरेका छन्’ प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलले भने, ‘प्रहरी कार्यालयबाट विभिन्न सचेतनामुलक कार्यक्रम अघि बढाउँदा पनि अझै अपराधका घटनामा कमी ल्याउन सकिएको छैन।’

जातीय विभेद कायमै
सुदूरपश्चिम प्रदेशमा जातीय छुवाछुत, बोक्सी प्रथा, भेदभाव तथा अपमानजन्य लगायतका कुरिती कायमै रहेको छ। नौ वटा जिल्ला रहेको यस प्रदेशमा सामाजिक विकृत तथा कुरिति अझै हट्न सकेको छैन। आर्थिक वर्ष २०७८/७९ मा प्रदेशभरीमा भेदभाव तथा अन्य अपमानजन्य व्यवहार, बोक्सी आरोपमा कुटपिट, जातीय छुवाछुत लगायतका घटनाका मुद्दा दर्ता भएका छन्।

प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशमा भेदभाव तथा अन्य अपमानजन्य व्यवहारका दुई सय नौ मुद्दा दर्ता भएका छन्। जातिय छुवाछुतका चार वटा मुद्दा दर्ता भएको छ भने बोक्सी आरोपमा कुटपिटका एक मुद्दा दर्ता भएको छ।

जातिय छुवाछुत तथा विभेद र बोक्सी आरोपमा कुटपिटका घटना छरछिमेकीबाटै हुने गरेको पाइएको रिपोर्टमा उल्लेख गरिएको छ। अन्धविश्वासका कारण यस्ता घटना अझै समाजमा कायम रहेको प्रहरी वरिष्ठ उपरीक्षक रावलले बताए।

यस्तै प्रदेशमा सार्वजनिक हित, स्वास्थ, सुरक्षा, सुविधा र नैतिकताबिरुद्धको कसुरसम्बन्धीका चार सय ४७ मुद्दा दर्ता भएका छन् भने सार्वजनिक शान्ति बिरुद्धको कसुरसम्बन्धीका एक सय ७२ मुद्दा दर्ता भएका छन्।प्रदेशमा आर्थिक वर्ष २०७८/७९ सामान्य अपराधका सात सय ८० मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ।

प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  ०९:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
सुनसरी गोलीकाण्ड : छानबिन समितिले काम थाल्यो त्यसलगत्तै सुनसरीका साहयक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यलय सुनसरीका डीएसपी चन्द्रबहादुर खड... शुक्रबार, पुस १८, २०८२
एम्बुलेन्सबाट ५२१ किलो गाँजा बरामद आइतबार राति केराबारी गाउँपालिका–५ मा प्रहरीले ५ सय २१ किलो गाँजा बरामद गर्नुका साथै तस्करीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको हो। सोमबार, पुस १४, २०८२
७५० केजी गाँजासहित दुई जना पक्राउ को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले बताए । शनिबार, पुस १२, २०८२
ताजा समाचारसबै
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह आइतबार, पुस २७, २०८२
देउवालाई गगनको आग्रह : अब आराम गर्नुस्, मार्ग प्रशस्त गर्नुस् आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशनमा गगन–विश्वप्रकाशको सम्बोधन (LIVE) आइतबार, पुस २७, २०८२
कांग्रेस दास र लासहरूको पार्टी होइन, अब कांग्रेसमा कार्यकर्तालाई हेप्ने दिन सकिए : गगन थापा आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्