• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सुदूरपश्चिम प्रदेशमा आपराधिक घटनामा निरन्तर वृद्धि, १८–४० वर्ष उमेर समूहका बढी प्रभावित

64x64
शेरबहादुर ऐर बुधबार, साउन १८, २०७९  ०९:२५
1140x725

धनगढी- सुदूरपश्चिम प्रदेशमा अपराधका विभिन्न घटनामा १८ देखि ४० उमेर समूहका व्यक्तिहरू बढी संलग्न रहने गरेको पाइएको छ। 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको प्रदेशभरीको अपराधको विद्यमान अवस्था प्रतिवेदन अनुसार प्रदेशमा विभिन्न अपराधका घटनामा १८ देखि ४० उमेर समूहका बढी पीडित बनेको विश्लेषण गरिएको छ।

गत आर्थिक वर्ष ०७८/७९ मा जघन्य, गम्भीर, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकविरुद्धका अपराधमा ४० वर्षसम्म उमेर समूहका बढी पीडित बनेको प्रहरी प्रतिवेदनमा उल्लेख छ। प्रदेशमा जघन्य अपराधका तीन सय एक मुद्दा दर्ता भएकोमा १८ देखि ४० उमेर समूहका एक सय ६४ जना पीडित भएको प्रहरीले जनाएको छ। जघन्य अपराधमा १८ वर्षमुनि उमेर समूहका एक सय २० जना, ४० देखि ६० उमेर समूहका १९ र ६० भन्दा माथिका चार जना पीडित रहेका छन्।

प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशमा कर्तव्य ज्यानका ५८ मुद्दा दर्ता भएकोमा १८ देखि ४० उमेर समूहका ३५ जना संलग्न रहेका छन्। त्यस्तै, जबरजस्ती करणीका दुई सय ३५ मुद्दा दर्ता भएकोमा एक सय ३५, अपहरण तथा शरीर बन्धकका तीन मुद्दा दर्ता भएकोमा एक र मानववेचविखका आठ वटा मुद्दा दर्ता भएकोमा दुई जना पीडित रहेका छन्। 

गम्भीर प्रकारका अपराध अन्तर्गत दुई सय ८४ मुद्दा दर्ता भएकोमा १८ देखि ४० उमेर समूहका दुई सय नौ जना पीडित बनेका छन्। गम्भीर प्रकारका अपराधमा १८ वर्ष मुनिका आठ, ४० देखि ६० उमेर समूहका ७२ र ६० वर्ष भन्दा माथिका पाँच जना पीडित बनेका छन्।

प्रदेशमा ज्यान मार्ने उद्योगमा ७३ मुद्दा दर्ता भएकोमा १८ देखि ४० उमेर समूहका ५६ जना पीडित बनेका छन्। आत्महत्या दुरुत्साहनका ३० मुद्दा दर्ता भएकोमा २० जना, डाँका चोरीका चार मुद्दा दर्ता भएकोमा चार जना, अन्य चोरीका एक सय ७६ मुद्दा दर्ता भएकोमा एक सय २९ जना पीडित भएका छन्। 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक विरुद्धका चार सय २७ मुद्दा दर्ता भएकोमा १८ देखि ४० उमेरसमूहका दुई सय ५७ जना पीडित रहेका छन्। सो अपराधका घटनामा १८ वर्ष मुनिका एक सय ४७ जना, ४० देखि ६० उमेर समूहका १९ र ६० भन्दामाथिका उमेर समूहका चार जना पीडित रहेका छन्।

जबरजस्ती करणी उद्योगका ८९ मुद्दा दर्ता भएकोमा सो १८ देखि ४० उमेरसमूहका ५६ जना, बहुविवाहका ७९ दर्ता भएकोमा ७३ जना, जातिय छुवाछुतका चार मुद्दा दर्ता भएकोमा तीन जना पीडित रहेको प्रहरी तथ्यांक छ। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रदेशमा विभिन्न अपराधका घटनामा १८ वर्षमुनि उमेर समूहका पीडित हुनेमा दोस्रो रहेको छ। मानव वेचविखनका घटनामा १८ वर्ष मुनिका उमेर समूहका छ जना, बालविवाहका पाँच मुद्दा दर्ता भएकोमा पाँच, अवैध गर्भपतनमा एक, बालयौन दुराचारमा १२, अप्राकृतिक मैथुनमा एक जना पीडित भएका छन्।

जबरजस्ती करणीमा १८ वर्षमुनिका १९, जबरजस्ती करणी उद्योगमा २९, चोरीमा तीन, ज्यानमार्ने उद्योगमा एक, आत्महत्या दुरुत्साहनमा तीन, गर्भ संरक्षण विरुद्धको कसुरमा एक, अपहरण तथा शरीर बन्धकमा एक, कर्तव्य ज्यानमा १४ जना पीडित भएका छन्।

प्रदेशमा लागु औषध, अवैध शिशु, मदिरा सेवा, सौताको रिसिविई, आर्थिक अभाव, लेनदेन, अशिक्षा, अन्धविश्वास लगायतलाई अपराधका प्रमुख कारण रहेको प्रहरी अनुसन्धानले जनाएको छ। ‘गाउँले, भाइ/बहिनी, जेठाजु÷बहुरानी, साली/भेना, चिनजान, फुपु, धर्मपुत्रि अधिकांश घटनामा पीडित र अभियुक्त बीचको पूर्व चिनजान सम्बन्ध रहेको, छिटफुटका घटनामा आफन्त अभियुक्त रहने गरेका छन्’ प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलले भने, ‘प्रहरी कार्यालयबाट विभिन्न सचेतनामुलक कार्यक्रम अघि बढाउँदा पनि अझै अपराधका घटनामा कमी ल्याउन सकिएको छैन।’

जातीय विभेद कायमै
सुदूरपश्चिम प्रदेशमा जातीय छुवाछुत, बोक्सी प्रथा, भेदभाव तथा अपमानजन्य लगायतका कुरिती कायमै रहेको छ। नौ वटा जिल्ला रहेको यस प्रदेशमा सामाजिक विकृत तथा कुरिति अझै हट्न सकेको छैन। आर्थिक वर्ष २०७८/७९ मा प्रदेशभरीमा भेदभाव तथा अन्य अपमानजन्य व्यवहार, बोक्सी आरोपमा कुटपिट, जातीय छुवाछुत लगायतका घटनाका मुद्दा दर्ता भएका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशमा भेदभाव तथा अन्य अपमानजन्य व्यवहारका दुई सय नौ मुद्दा दर्ता भएका छन्। जातिय छुवाछुतका चार वटा मुद्दा दर्ता भएको छ भने बोक्सी आरोपमा कुटपिटका एक मुद्दा दर्ता भएको छ।

जातिय छुवाछुत तथा विभेद र बोक्सी आरोपमा कुटपिटका घटना छरछिमेकीबाटै हुने गरेको पाइएको रिपोर्टमा उल्लेख गरिएको छ। अन्धविश्वासका कारण यस्ता घटना अझै समाजमा कायम रहेको प्रहरी वरिष्ठ उपरीक्षक रावलले बताए।

यस्तै प्रदेशमा सार्वजनिक हित, स्वास्थ, सुरक्षा, सुविधा र नैतिकताबिरुद्धको कसुरसम्बन्धीका चार सय ४७ मुद्दा दर्ता भएका छन् भने सार्वजनिक शान्ति बिरुद्धको कसुरसम्बन्धीका एक सय ७२ मुद्दा दर्ता भएका छन्।प्रदेशमा आर्थिक वर्ष २०७८/७९ सामान्य अपराधका सात सय ८० मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ।

प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  ०९:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै बुधबार, असोज २८, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बुधबार, असोज २८, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बुधबार, असोज २८, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्