• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ १४, २०८३ Sun, Aug 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष

बढ्दैछन् आफन्तहरूबाट बलात्कृत, घटनाबारे बोल्नै सक्दैनन् पीडित

64x64
धनु विश्वकर्मा आइतबार, असार २६, २०७९  १६:५५
1140x725

काठमाडौं— अधिवक्ता शशी बस्नेतले आफन्तबाटै बलात्कार भएका दुईवटा घटना हेरिराखेकी छन्। एउटा हाडनाता करणी हो। अर्को चाहिँ सोल्टीले दिदीबहिनीलाई नै बलात्कार गरेको घटना।

काठमाडौंमा बस्दै आएका एक दम्पती सम्बन्ध बिग्रेपछि कानुनी रुपमा अलग भए। उनीहरूको एक जना छोरी छिन्। पारपाचुके भैसकेपछि छोरी आमा बुबा दुवैसँग बस्थिन्। छोरी कान सुन्दिनन्। उनको मानसिक अवस्था पनि सुस्त छ। 
सुस्त मनस्थितीकै कारण त्यति धेरै बोल्दिनन्। उनी बुबासँग बस्न मान्दिन थिइन्। कहिलेकाहीँ आमाले कर गरेर बुबासँग बस्न पठाउँथिन्। 

छोरीमा एकाएक परिवर्तन आयो। झनै नबोल्ने, टोलाउने गर्न थालिन्। निरास हुने, झस्किने गर्न थालिन्। दुब्लाउँदै पनि गइन्। केही रोग लागेको आशंकामा उनले छोरीलाई चेकजाँचका लागि विभिन्न अस्पताल पुर्‍याइन्। तर, रोग पत्ता लागेन।

यसैबीच पिसाब गर्दा छोरी रोएको उनले थाहा पाइन्। योनीबाट रगत बगेको पनि देखिन्। त्यसपछि कान्ति बाल अस्पताल लगिन्। योनीमा चोट देखेपछि चिकित्सकले बलात्कार भएको हुन सक्ने आशंका गरे। 

छोरीलाई सोध्दा भन्न मानिनन्। फकाउँदै सोध्दा झन्डै एक वर्षपछि बल्ल बुबाले बलात्कार गरेको बताइन्। आमा छाँगाबाट खसेझैँ भइन्। बुबासँग जान नमानेको रहस्य बल्ल उनले थाहा पाइन्।

सबै कुरा थाहा पाएपछि उनले पूर्वपतिविरुद्ध हाडनाताकरणीको मुद्दा दायर गरिन्। मानसिक रूपमा सुस्त छोरी अहिले झनै बिरामी छिन्। शारीरिक र मानसिक दुवै समस्या छन्। 

अर्को घटना पनि काठमाडौंकै हो। दुई दिदीबहिनी एक जना आफन्तबाटै बलात्कृत भए। ती ‘आफन्त’ आमासँग सोल्टीका नाता पर्छ। दुवै परिवारले साझा लगानी गरेर घर किनेका छन्।  एकै परिवारजस्तो भएर बसेका थिए।

कोरोनाको पहिलो लहर थियो। लकडाउन घोषणा भइसकेको थियो। दुई नाबालिग दिदी बहिनी घरमै बस्थ्ये। परिवारका अरु सदस्य भने काममा जान्थे। घरमा एक्लै बसेको मौका छोपेर दिदीलाई ती व्यक्तिले पटकपटक बलात्कार गरे। यो क्रम करिब एक वर्षसम्म चल्यो। 

nimb
nimb

ती बालिकाले घरमा भन्न सकिनन्। त्यसबाट बलात्कारीको हिम्मत बढ्यो। उसले बहिनीलाई पनि बलात्कार ग¥यो। दिदीलाई बलात्कार गर्ने गरेको बहिनीलाई थाहा थिएन। बहिनीले आफूमाथि भएको घटना दिदीलाई सुनाइन्। अनि दिदीले पनि बहिनीलाई सुनाइन्। तर, दुवै जनाले परिवारका सदस्यलाई भनेनन्। 

ती व्यक्तिले एक वर्षसम्म दिदीबहिनीलाई नै बलात्कार गरिरहे। यो क्रम निरन्तर दोहोरिरहँदा उनीहरूमा मानसिक समस्या सुरु भयो। टोलाएर बस्न थाले। आमाले विभिन्न क्लिनिक र परामर्श केन्द्र लगिन्, तर केही पत्ता लागेन।

एकदिन आर्थिक लेनादेनाको झगडा भयो। आमाको ती आफन्तसँग ठूलो झगडा भयो। उसले आमालाई मार्नेसम्मको धम्की दियो। झगडा गरेको बेला ‘बलात्कार गरिदिने’ धम्की पनि दियो। यो कुरा सुनेका दिदीबहिनीले बल्ल घटना परिवारलाई भन्ने हिम्मत गरे। 

दिदीलाई भन्दा बहिनीलाई बढी शारीरिक र मानसिक आघात परेको थियो। परिवारले उनको उपचारका लागि धेरै वटा अस्पताल लगे। लाखौँ खर्च गरे। तर, उनी झन् थलिँदै गइन्। करिब एक महिनाअघि उनको मृत्यु भयो। उक्त मुद्दा अहिले जिल्ला अदालत काठमाडौँमा विचाराधीन छ।

प्रहरीको तथ्यांक– आफन्तबाट हुने बलात्कारका घटना बढ्दो
नेपाल प्रहरीको अभिलेख अनुसार पछिल्लो पाँच वर्षमा आफन्तबाट हुने बलात्कारका घटना क्रमशः बढिरहेको छ। आर्थिक वर्ष २०७४/७५ मा जम्मा बलात्कारका घटना १ हजार ६७४ वटा भएका थिए। जसमा १३७ वटा घटना आफन्तबाटै भएका थिए। आव २०७५/७६ मा जम्मा बलात्कारका घटना २ हजार ५७० वटा हुँदा १६९ वटा घटना आफन्तबाटै भएका थिए।

आव २०७६/७७ मा बलात्कारका घटना २ हजार ४४९ वटा हुँदा १९० वटा आफन्तबाट भए। त्यसैगरी आव २०७७/७८ मा २ हजार ८१५ वटामध्ये ३२३ वटा घटना आफन्तबाटै भए।

आर्थिक वर्ष २०७८/७९ को वैशाखसम्मको अभिलेखअनुसार २ हजार ८० घटना भएका छन्। जसमध्ये २०४ वटा आफन्तबाट भएका छन्। प्रहरीको तथ्यांक अनुसार बलात्कार गर्नेमा हजुरबुबा, बुबा, झड्केलो बुबा, ससुरा, काका, मामा, दाजुभाइ, देवर, जेठाजु, भदा, भिनाजु छन्। पछिल्लो पाँच वर्षमा घरमालिका, केटासाथी, शिक्षक, अन्य चिनेजानेको, पारपाचुके भएको श्रीमानलगायतबाट पनि बलात्कार भएको छ। 

के भन्छन् सरोकारवाला निकाय?
अधिवक्ता शशी बस्नेतका अनुसार पनि आफन्तले बलात्कार गरेको घटनामा पीडित निकै ढिला बोल्ने गरेका छन्। ‘घरपरिवार, समाज, इज्जत र भविष्यको भयका कारण आफन्तबाट भएको जबरजस्ती करणीमा बोल्न सक्दैनन्,’ उनी भन्छिन्। 

आफ्नो प्रतिरक्षा गर्न नसक्ने बालबालिकालाई बलात्कारीले ‘तार्गेट’ गर्ने गरेको बस्नेतको भनाइ छ। आफन्तले बलात्कार गरेको भन्दा परिवारले विश्वास नगर्ने हुँदा उनीहरूलाई बोल्न गाह्रो भएको उनले बताइन्।

सुस्त मनस्थिती वा बोल्न नसक्नेहरू धेरै बलात्कारमा पर्ने गरेको बस्नेतको भनाइ छ। ‘पृतिसत्ता समाजमा छोरी हुर्काइको संरचना फरक छ। बुबाले नै छोरीलाई बलात्कार गरेको घटना धेरै छन्। महिलामाथि हुने अपमानको संस्कार पनि यसमा दोषी छ,’ उनले भनिन्। 

अनुसन्धानकर्ता राजु चापागाईंका अनुसार पीडितहरु नावालिग हुँदा परिवार र समाजबाट बिस्थापित हुने वा आफूलाई विश्वास नगर्ने डरले पनि भन्न सकेका हुँदैनन्। नेपालमा त्यस्ता पिडितलाई पुनस्र्थापना गर्ने व्यवस्था नभएक कारण पनि खुल्न डराएको उनको भनाइ छ। 

अधिवक्ता र्मिला श्रेष्ठका अनुसार आफन्तबाट बलात्कारका घटना बढ्नुमा वैदेशिक रोजगारी पनि एउटा कारण हो। ‘समाजले नै महिलालाइ दोस्रो दर्जामा राखेको छ। आफन्तलाई बलात्कार गर्दा सजिल्यै बोल्न नसक्ने अवस्था पिडकले थाहा पाएर नै घटना बढिरहेका छन्,’ उनले भनिन्, ‘मेरो अध्ययनमा पनि बालबालिका, आर्थिक रुपमा विपन्न महिला, एकल महिला र वैदेशिक रोजगारीमा गएका घरहरुमा महिलामाथि ससुरा, देवर, जेठाजुबाट बलात्कार भएको छ।’

नेपाल प्रहरीका प्रवक्ता विष्णु कुँवर भने सामाजिक सञ्जालको नकारात्मक प्रयोग र कसुरदारले पनि आफन्तलाई सजिलै विश्वास गराउन सक्ने हुँदा यस्ता घटना बढेको बताउँछन्। 

यस श्रृंखलाका अन्य सामग्री 
बलात्कार मुद्दामा प्रभावशालीसामु निरीह पीडित 
उकालो लाग्दो बलात्कारको ग्राफ: ५८ महिनामा १० हजार ३३२ उजुरी, अधिकांश पीडित १६ मुनिका 
एकाध महिलाको गल्तीलाई जोडेर हदम्याद राख्ने कुरा पितृसत्तात्मक सोच : अधिवक्ता ढुंगाना [अन्तर्वार्ता]
योगप्रसाद उपाध्यायदेखि गंगा चौधरीसम्म : बलात्कारका विषयमा नेताकै अभिव्यक्ति असंवेदनशील

 

प्रकाशित मिति: आइतबार, असार २६, २०७९  १६:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
रसुवा बाढी : बेपत्ता भएकामध्ये ७५२ जनाको शव फेला, ८ हजार ७३० जनाको उद्धार आइतबार, भदौ १४, २०८३
मुग्लिन–काठमाडौं वैकल्पिक बाटो खुल्यो, इन्धन आपूर्तिमा समस्या नहुने आइतबार, भदौ १४, २०८३
कप्तान सन्दीप लामिछानेले एक महिनाको तलब विपद् राहत कोषमा दिने आइतबार, भदौ १४, २०८३
फुर्केखोलामा तत्काल बेलीब्रिजल जोड्न सकिँदैन : महानिर्देशक डा. जैसी आइतबार, भदौ १४, २०८३
उद्धार र राहतमा पार्टीलाई प्रभावकारी काम गर्न रविको निर्देशन आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध आइतबार, भदौ १४, २०८३
सीमाक्षेत्रमा बनेको ताल १४ फुटबल मैदान बराबर, दोस्रो ताल पनि फेला आइतबार, भदौ १४, २०८३
त्रिशूलीको बाढीले धादिङको गल्छीमा चार घर बगायो आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्