• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस ११, २०८२ Fri, Dec 26, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष

एकाध महिलाको गल्तीलाई जोडेर हदम्याद राख्ने कुरा पितृसत्तात्मक सोच : अधिवक्ता ढुंगाना [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ आइतबार, असार २६, २०७९  १४:१७
1140x725

महिला तथा बालिकामाथि हुने यौनजन्य अपराधको घटनामा उजुरीका लागि हद म्याद राख्ने कानुनी व्यवस्था तत्काल हटाउन पछिल्लो समय माग भइरहेको छ। अधिकारकर्मी र महिलावादीहरुले यस विषयलाई जोडतोडका साथ उठाइरहेका छन्। आठ वर्षअघि नाबालिग हुँदा आफूमाथि बलात्कार भएको भन्दै एक किशोरीले भिडियोमार्फत बताएसँगै पछिल्लो समय हदम्यादबारे थप बहस भइरहेको हो। यसबारे कानुन बनाउने थलो संसद्‍मा पनि बहस भइरहेको छ। हदम्याद हटाउनु पर्ने भन्दै वकालत गर्दै आएकी अधिवक्ता मीरा ढुंगानासँग नेपाल लाइभले कुराकानी गरेको छ:

कतिपय नेतादेखि सेलिब्रेटीसम्म बलात्कारको आरोपमा तानिएका छन्। पछिल्लो समय घटना बढी सार्वजनिक भएका हुन् कि, संख्या नै बढेको हो?
अहिले एकपछि अर्को घटना सार्वजनिक पनि भएका हुन्, कतियय हदसम्म। अर्को भनेको संख्या पनि बढेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ। कतिपयले सामाजिक सञ्जालको माध्यमबाट पनि बोल्न सुरु गरेका छन्। आफू नाबालिग हुँदा बलात्कार भएको बारे अहिले अरु बोलेको कारण बोल्न सहज भएको देखिन्छ। 

अहिले हदम्यादको कुरा उठेको छ। हदम्याद बढाउने वा हटाउने बहस अहिले मात्र हो कि पहिला पनि उठ्ने गरेको थियो?
नेपालमा सशस्त्र युद्ध भयो। त्यो समय महिलाहरु बोल्ने अवस्थामा थिएनन्। त्यो अवधिमा अझ बढी बलात्कारका घटना भएका छन्। त्यो बेलामा ३५ दिनभित्र उजुरी दिनुपर्ने व्यवस्था थियो। कतिको केसमा हदम्याद नाघिसकेको हुन्थ्यो। अर्को 'इज्जत जाने डर' भन्ने भाष्यले पनि पीडित खुलेर बोल्न सकेनन्। त्योबेला पीडित बोल्ने वातावरण थिएन। ढिला बोले हदम्यादका कारण न्याय दिनसक्ने अवस्था पनि थिएन।

मैले हेरेको केसमध्ये एक आनीको हो। आनी आफैं एक वर्षजति डिप्रेसनमा गइन्। उनको उपचार हुन एक वर्ष समय लाग्यो। उजुरी पनि भएको थियो। यो तिम्रो गल्ती होइन्, तिमीले गरेको केही होइन भन्दै म आफैंले सम्झाउँदै गएँ। आफूलाई किन लाञ्क्षित गर्छौं। तिमीले गरेको गल्ती हो? भनेर बारबार मैले सोधें।

बौद्ध धर्मअनुसार आधा पाप बाचुन्जेल भोग्नैपर्छ भन्ने सिकाइएको रहेछ। अरुको गल्ती भए पनि आधा भोग्नै पर्ने धर्मशास्त्रमा लेखिएको रहेछ। जसका कारण आनी झन् डिप्रेसनमा गइन्।  

सुन्तली धामीमाथि आफ्नै सहकर्मीले सामूहिक बलात्कार गरेका थिए। उनी पनि छिनछिनमा डिप्रेसनबाट पीडित हुन्थिन्। १५/१५ दिनमा परामर्श गर्न नपाए र नभ्याए डिप्रेसनमा गइहाल्ने अवस्था हुन्थ्यो। समाजको दृष्टिकोण पुरुषप्रधान र वैवाहिक परम्पराका कारण पनि बोल्ने सक्ने अवस्था छैन।

No description available.

हदम्यादले कस्ता समस्या देखियो? यसलाई हटाउनका लागि यसअघि पहल भएनन्?
पहिलाको जुन ३५ दिने हदम्याद छ, त्यो समय उजुरी हाल्न नजाँदा कसुरदार उल्टै अम्किने अवस्था सिर्जना भयो। यस्तो समस्या देखिएपछि महिला कानुन विकास मञ्चले ३५ दिने हदम्याद एकदमै कम भयो, दण्डहीनता बढ्यो, कसुर गर्छ, कसुर गरेको ठहर भएन भने उ अम्किदैँ जान्छ। जसका कारण उसले अर्को पनि कसुर गर्ने सम्भावना हुन्छ भनेर बढाउने कुरामा बहस गर्न थाल्यौं।  

Ncell 2
Ncell 2

३५ दिने हदम्याद एकदमै कम भयो भनेर हामी सर्वोच्चमा गयौं। चार पाँचवटा उदाहरण लिएर। यो हदम्यादका कारण पीडित समयमा बोल्न सक्दैनन्। हदम्याद कट्दा उजुरी दर्ता नभएर पीडित उल्टै अन्यायमा परेका छन्, भनेर भन्यौं।

त्यसबेला २०६५ सालमा सर्वोच्चबाट हदम्याद लचिलो हुनुपर्यो भनेर एक फैसला भयो। सर्वोच्चले बोलिदिएपछि पनि तत्काल हदम्यादमा हेरफेर गर्ने वा कानुनमा संशोधन गर्ने काम भएन त्यो बेला।

यो पनि पढ्नुस्- उकालो लाग्दो बलात्कारको ग्राफ: ५८ महिनामा १० हजार ३३२ उजुरी, अधिकांश पीडित १६ मुनिका

त्यसपछि सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी ऐन आयो। त्यो विशेष कानुन थियो । त्यसमा पनि त्यो बेलाको युद्धमा भएका अपराधको न्यायको लागि बनेको हो। तर, त्यहाँ पनि कतै यो विषयमा कुनै अक्षर लेखिएको थिएन। युद्धमा भएको अपराध सम्बोधन नहुने अवस्था सिर्जना भयो। त्यति बेला नै मुलुकी ऐनको जबरजस्ति करणीको महल ११ नै लिनुपर्ने अवस्था थियो। ३५ दिने हदम्यादले त युद्धमा भएका बलात्कारका घटनामा कतै पनि छोएन।  

म आफैं निवेदक भएर सर्वोच्च अदालतमा मुद्दा हाले। २०७२ सालको सुरुमा नै त्यसको फैसला भएको थियो। २०७२ को असोजको ३ गते संविधान जारी भयो असोज १४ गते अर्को लैंगिक समानता ऐन आयो। त्यो ऐनमा अरु थुप्रैकुरा परिवर्तित थिए। त्यसमा हदम्याद ३५ दिनदेखि ६ महिनासम्म भनेर राखिएको थियो।  ६ महिनाको हदम्यादले पनि कतिपय मुद्दालाई सम्बोधन गर्न सकेन। त्यसपछि २०७४ भदौमा मुलुकी अपराध फौजदारी संहिता ऐन आयो। त्यसले १ वर्षको हदम्यादको व्यवस्था गरेको हो। 

२०७२ वैशाख १२ गते भूकम्प गयो। त्यो समयमा महिला, एकल महिला पिछडा वर्गका महिला धेरै नै हिंसामा परेको भेटियो। हामीले पनि १४ वटा जिल्लामा कानुनी परामर्श पनि गर्‍यौं। घरघरमा नजिकका नातादारे र अझ घरकै मान्छेबाट हिंसा भैराखेको छ। त्यसरी अध्ययन गर्दा हदम्याद हटाइनु पर्छ भन्ने बहस हामीले त्यो अध्ययनबाट थालेका हौं। नेपाल प्रहरीको तथ्यांक अनुसार पनि  आफन्तबाट बलात्कार भइरहेको देखिन्छ। आफन्तहरुबाट बलात्कार हुनुको कारण के के हुन सक्छन्? भइहाले बोल्न सकेका छन् कि छैनन्? समाजमा स्थापित कसरी भएका छन्? घरकै मान्छेबाट बलात्कारको संख्या बढ्दो छ। पहिलो कुरा मानसिक रुपमा पनि अस्वस्थ हुने कारण देखिएको छ। वैवाहिक बलात्कारका पीडित पनि आउँछन्। वैवाहिक बलात्कार पनि हुन्छ भनेर आफैं निवेदक बनेर सर्वोच्च अदालतमा जाने म नै हुँ।

यो पनि पढ्नुस्- बलात्कार मुद्दामा प्रभावशालीसामू निरीह पीडित

परामर्श गर्दै जाँदा महिला पुरुष दुवै जनालाई गरिन्छ।  पीडितको इतिहास थाहा पाउँदै गर्दा के निर्क्यौलमा पुगिन्छ भने पुरुष मानसिक रोगी हो। उसमा पितृसत्तात्मक सोच छ। आरोप लगाउने यही हो, महिला नै नराम्री भनेर घरपरिवार समाजले भन्न थाल्छ। महिला त्यो घरको होइन्, अर्कोको घरबाट आएकी हुन्छ। फेरि त्यहि घरमा जानुपर्छ। उही समाजमा बस्नुपर्छ, जसका कारण पीडित उल्टै अर्को हिंसा भोग्न थाल्छन्।

मैले हाडनाता जबरजस्ती करणीका मुद्दा पनि हेरेको छु, आफ्नै जेठो दाजुले बलात्कार गर्दा बुबाआमा हुनेबेलासम्म मैले बोल्न सकिन् भनेर आमा बुबाको मृत्युपछि मात्र बहिनीले उजुरी दिएको अवस्था छ। हाडनातामा हदम्याद थिएन। जाहेरीबाट आए पनि हुन्छ। फिरादबाट व्यक्तिवादी मुद्दा हुन्छ। म आफैंले प्रमाण बटुलेर गएको छु। समाजको संरचनाका कारण र बुझाइका कारण पनि आफन्तबाट नै बलात्कार भएका छन्। महिलालाई हेर्ने दृष्टिकोण नै गलत छ। भैइहाले बोल्नका लागि निकै समय लाग्ने अवस्था छ। 

No description available.

वैवाहिक बलात्कारको कारण के रहेछ? यो किन भइरहेको छ?
पुरुषले हामीसँग कुरा खोल्दैनन्। महिलाहरुले वैवाहिक बलात्कार भएको कुरा पनि खोल्छन्। पुरुषप्रधान समाजले विवाह भनेको शारीरिक सम्बन्ध राख्नका लागि दिएको सर्टिफिकेट हो भनेर बुझेको छ। जसका कारण विवाहित महिलालाई पनि बलात्कार भएको छ। यो निकै जटिल छ। बलात्कार भएको भनेर भन्न सक्ने अवस्था पनि हुँदैन। फेरि घरपरिवार, समाजमा नै आएर अड्किन्छ। 

कतिपयले हदम्याद हटाउँदा यसको फाइदा उठाउने पनि देखिनसक्छन् भनेर पनि बहस हुन थालेको छ। यसले कस्तो प्रभाव पार्छ?
एकाध महिलाले वैदेशिक रोजगारीमा गएको पुरुषको सम्पत्ति लिएर भागेको जस्ता घटनालाई लिएर समग्र पीडितलाई अन्याय हुने गरि तर्क गर्नु आफैंमा गलत हो। ठूलो संख्याको अवस्था के छ भन्ने हिसाबले हामीले बुझ्नुपर्छ। हदम्याद हिजो पनि अवस्था हेरेर बढाउँदै लगिएको छ। पीडितले एक वर्षभित्र बोल्न नसक्ने अवस्था अहिलेका घटनाले देखाएको छ। एक जना युवतीलाई आफू नावालिग हुँदा बलात्कार भएको कुरा खोल्न ८ वर्ष लागेको दृष्य पनि देखियो। हिजो जनयुद्धमा भएका गम्भीर प्रकृतिका घटना पनि अहिले खुलिराखेका छन्। पीडितले जहिले बोल्न सक्छ त्यो बेला नै उजुरी दर्ता हुनुपर्छ। त्यसैले आफू नाबालिग हुँदा भएका घटना बोल्न थालेका छन् भने हदम्यादका कारण प्रहरीले उजुरी लिदैँन भने पीडित झन् राज्यबाट नै पीडित हुने देखिएको छ।

प्रकाशित मिति: आइतबार, असार २६, २०७९  १४:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसका विशेष महाधिवेशन पक्षधरले बुझाए स्मरण पत्र
६ सिडिओसहित १३ सहसचिव तथा उपसचिवको सरुवा (सूचीसहित)
नवनियुक्त परराष्ट्रमन्त्रीले गरे पदभार ग्रहण
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
कांग्रेसका विशेष महाधिवेशन पक्षधरले बुझाए स्मरण पत्र शुक्रबार, पुस ११, २०८२
६ सिडिओसहित १३ सहसचिव तथा उपसचिवको सरुवा (सूचीसहित) शुक्रबार, पुस ११, २०८२
नवनियुक्त परराष्ट्रमन्त्रीले गरे पदभार ग्रहण शुक्रबार, पुस ११, २०८२
परराष्ट्रमन्त्री शर्माले लिए शपथ शुक्रबार, पुस ११, २०८२
‘प्रचण्ड’ र सञ्चार मन्त्री खरेलबीच भेटवार्ता शुक्रबार, पुस ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
ज्वागलबाट १२ घण्टापछि बाहिरिए बालेन बिहीबार, पुस १०, २०८२
बालेन र खगेन्द्र सुनारबीच भेटवार्ता, के भयो छलफल बिहीबार, पुस १०, २०८२
बालेन र डा. बाबुराम भट्टराईबीच के भयो छलफल ? बिहीबार, पुस १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्